A+ A A-

कतारमा साउदी सहित ४ मुस्लिम देशको सम्बन्ध विच्छेद

कृष्ण सारू मगर

Image may contain: skyscraper, sky and outdoor
काठमाण्डौं, जेठ २२ । आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै साउदी अरेबिया, संयुक्त अरब इमरेट्स, बहराइन र इजिप्टले कतार सँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन् ।

द्वन्द्व ग्रस्त अरब मुलुक यमनमा कतारले बिद्रोही सैन्य शक्तिलाई सहयोग गरेको, अलकायदा तथा मुस्लिम ब्रदरहुड जस्ता संगठनलाई प्रायोजन गरेको र कतारी सरकार द्वारा सञ्चालित अल जजिरा टीभी च्यानल मार्फत् अस्थिरता फैलाउन सहयोग गरेको यी देशले आरोप लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

साउदी अरेबियाले जारी गरेको बक्तब्यमा कतारले अरब क्षेत्रमा आतंकवादलाई प्रवर्द्धन गरेको तथा यो क्षेत्रको स्थायित्वमा समस्या सिर्जना गरेले अातंकवादलार्इ संरक्षण गरेको साउदीको अारोप छ ।

उसले कतारसँगको कुटनीतिक सम्बन्ध, जमिन, जल तथा हवाई सम्पर्क बिच्छेद गरेको घोषणा गरेको रोयटर्सले जनाएको छ ।

यसैगरी संयुक्त अरब इमरेट्सले पनि कतारले आतंकबादलाई प्रायोजन र संरक्षण गरेको अभियोग लगाउँदै कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको छ । उसले कतारी कूटनीतिज्ञलाई ४८ घण्टा भित्र मुलुक छाड्न आदेश दिएको छ ।


इजिप्टको परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै कतारसँगको हवाई तथा सामुदि्रक पारवहन स्थगित गरिएको बताएको छ ।
श्रोतका अनुसार साउदीको निकट सहयोगी मानिएको बहराइनले पनि कतारी नागरिकलाई १४ दिनभित्र मुलुक छाडन तथा कूटनीतिक कर्मचारीलाई ४८ घण्टाभित्र फिर्ता हुन आदेश दिएको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी