A+ A A-

देवदहलाई भ्रष्टचार मुक्त नगरपालिका बनाउन राष्ट्रिय जनमुक्तिलाई जिताउनु पर्ने

गोविन्द घर्ती

जेठ २१ । देवदहलाई भ्रष्टचार मुक्त नगरपालिका बनाउन राष्ट्रिय जनमुक्तिलाई जिताउनु पर्ने संघीय परिषद सदस्य दलबहादुर विरकट्टाले बताउनु भएको छ ।

उहाले देवदहलाई पर्यटकीय र कृषि क्षेत्रको हवको रुपमा विकास गर्न राष्ट्रिय जनमुक्ति पार्टी संग योजना रहेकोको जोड दिनु भयो । राष्ट्रिय जनमुक्ति पार्टी देवदह–९/१०, को निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

नेता विरकट्टाले आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमुक्तिको उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्ताहरु एकजुट भएर लाग्न आग्रह गर्नु भयो । उहाले संविधानमा आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित नभए पनि स्थानीय तहको अधिकारलाई निर्वाचन मार्फत उपयोग गर्दै जाने पार्टीको निर्णय अनुसार स्थानीय तहको निर्वाचनमा होमिएको बताउनु भयो ।

उहाले देशलाई मुक्त बनाउन राष्ट्रिय जनमुक्ति पार्टीको नेतृत्वले सक्ने भन्दै आगामी असार १४ गते हुने निर्वाचनमा जनमुक्ति पार्टीलाई जिताउन आग्रह गर्नु भयो । वडा समितिका अध्यक्ष गमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य हुमबहादुर डिसुवा, नगर समितिका अध्यक्ष डम्वरबहादुर थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । नगर समितिका उपाध्यक्ष जसुमाया सूयंवशीको स्वागत र मनबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी