A+ A A-

नेकपा एमाले देवदह–८, शाखा कमिटीको विस्तारित बैठक सम्पन्न

गोविन्द घर्ती

जेठ १९ । नेकपा एमाले देवदह–८, शाखा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । निर्देशक कमिटीका संयोजक यम रानाको अध्यक्षता र पार्टीका पुर्व जिल्ला सदस्य डोलराज चापागाईको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै चापागाईले देवदह नगरलाई समृद्धि, सम्पन्न र व्यवस्थित बनाउनका लागि एमालेलाई मतदान गरी विजयी गराउनु पर्नेमा जोड दिनु भयो । उहाले देवदह क्षेत्र विगत देखि नै एमालेको आधार क्षेत्र भएकोले विपक्षहरुले एमालेको जनमतलाई प्रभाव पार्न नसक्ने बताउनु भयो । उहाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनले देवदहवासीको भविष्य फैसला गर्ने भएकोले सवै मतदाताहरुले एमालेलाई विजयी गराउनु पर्नेमा जोड दिनु भयो ।

बैठकमा जिल्ला कमिटीका पुर्व सल्लाकार उमापति पाण्डे, मेयर पदका उम्मेदवार टिकाराम चापागाई, उपमेयर विद्यालक्ष्मी गुरुङ्ग, क्षेत्रीय कमिटीका सदस्य दण्डपाणी भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । बैठकमा अगुवा कार्यकर्ताहरुले स्थानीय टोल र वस्तीहरुमा प्रचार प्रसार अभियानलाई तिव्र पार्ने निर्णय गरेको छ । शाखा कमिटीका ईन्चार्ज अर्जुन खनालको संचालनमा बैठक सम्पन्न भएको थियो । त्यसैगरी नेकपा एमाले देवदह–१, शाखा कमिटीको बैठक सम्पन्न भएको छ ।

शाखा कमिटीका अध्यक्ष रामबहादुर पराजुलीको अध्यक्षता र पुर्व जिल्ला कमिटी सदस्य डोलराज चापागाईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । सोही अवसरमा बोल्दै नेकपा एमाले देवदहका मेयर पदका उम्मेदवार टिकाराम चापागाईले देवदहको समस्यालाई समाधान गर्न यहाका जनताको जीवन स्तर उकास्न आफु प्रतिवद्ध भएर योगदान दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी