A+ A A-

प्राविधिकरणले गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयवासी आक्रोसित

गोविन्द घर्ती

Image may contain: 24 people

जेठ १९ । नेपाल विद्युत प्राविधिकरणले आम नागरिक संग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयवासी आक्रोसित भएका छन् ।

देवदह क्षेत्रमा अनियमित लोडसेडिङ्ग र विद्युत ट्रिपको समस्या झेल्नु परेको भन्दै आक्रोसित स्थानीयवासी संग विद्युत कार्यालय बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले लिखित सम्झौत गर्नु भएको थियो । प्रमुख मिश्रले स्थानीयवासी संग ४ दिन भित्र देवदह क्षेत्रको समस्या समाधान गर्ने लिखित हस्ताक्षर गर्नु भएको थियो ।

बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले लिखित सहमति गरेपनि कार्यान्वयन नगरेको भन्दै स्थानीयवासी आक्रोसित भएका हुन । आक्रोसित स्थानीयवासीले देवदहको शितलनगरमा रहेको विद्युत कार्यालयमा ताला लगाई विद्युत आपूर्तिमा समेत अवरोध गरेका थिए । स्थानीयवासीले लगाएको ताला प्रहरी प्रशासनले तोडेको स्थानीयवासीहरुको भनाई रहेको छ । स्थानीयवासीको आक्रोस पछि बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले आफुले देवदहको समस्या समाधान गर्न लागि परेपनि विद्युत कार्यालय नवलपरासीको हस्तक्षेपका कारण आफनो प्रयास विपल भएको बताउनु भयो ।

उहाले नवलपरासीबाट देवदह क्षेत्रको समस्या समाधान नहुने भएपछि शितलनगरबाट नवलपरासीको फिडर छुट्टै निर्माण गरी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सोही अवसरमा आक्रोसित स्थानीयवासीले भने देवदह क्षेत्रको विद्युत समस्याको समाधान नगरे जुनसुकै कदम चाल्न सक्ने चेतावनी दिएको छ । बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले शितलनगरबाट नवलपरासीको फिडर छुट्याउने कार्य तत्काल शुरु गरी समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी