A+ A A-

पाल्पामा आचार संहिताको उल्लंघन

देव पचभैया

Image may contain: 13 people, people smiling, people standing
पाल्पा, जेठ १८ - असार १४ गते हुने स्थानिय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै गर्दा पाल्पाका राजनैतिक दल र नेता कार्यकर्ताले चुनावी आचारसंहिताको उल्लंघन गर्न थालेका छन् ।

Image may contain: tree, plant, sky and outdoor

प्रचार प्रसार र  घरदैलो अभियानलाई  तिव्र पार्दे अघि बढेका दल, नेता, उम्मेदवार र तिनका कार्यकर्ताले आचारसहिता विपरित चुनाव चिन्ह अंकित कपडा (टिसर्ट र टोपी)  बाडिरहेका छन् । गाडीका गाडी चुनाव चिन्ह अंकित कपडा पाल्पा भित्रिरहेको सवारी चालकले बताएका छन् । वालवालीकाले समेत चुनाव चिन्ह अंकित  पार्टीका कपडा लगाएर प्रचार प्रसारमा सामेल भएका छन् । चुनाव चिन्ह अंकित टिसर्ट लगाएका केही युवा र बृद्धहरु रक्सीले मातेर बाटैमा सुतेको दृश्य समेत देखिन थालेको छ । नियम बिपरित उम्मेदवार आफैले चुनाव चिन्ह अंकित कपडा र टोपी लगाएर भोट माग्दै हिडेका छन् । बजार भित्रकै सार्वजनिक स्थल मठमिन्दर र पार्टी पौवामा दलिय झण्डा राखिएका छन् । तानसेनको सित्तलपार्टी, हुलाकचोक निरको शिव मन्दिर, तेश्र्रो सडक लगाएतका स्थानमा पार्टीका झण्डा राखिएका छन् । तानसेनको वडा वडामा खोलिएको प्रसार प्रसार समितिको सम्पर्क कार्यालयमा पार्टीका चुनावी गित विहानै देखि राती सम्म घन्किरहेका छन् । उम्मेदवारको पैसामा गाउमा डोजर चलेको पनि गुनासा आएका छन् । टोल टोलमा दैनिक खसी बाख्रा ढालेर भोज खुवाउने गरेका केही उम्मेदवारले आर्थिक सहयोगको प्रलोभन देखाएको मतदाताको भनाई छ ।

Image may contain: plant and outdoor

निर्वाचन आचार संहित बिपरित काम गर्ने जोकोहीलाई कानुन अनुसार कारवाही गर्ने चेतावनी दिदै प्रमुख निर्वाचन अधिकृत भरतमणि खनालले अहिले सम्म कुनै उजुरी नआएको बताउनुभएको छ । अनुगमनलाई तिव्र पारेका छौ, प्रमुख निर्वाचन अधिकृत खनालले भन्नुभयो कानुन बिपरित गर्नेलाई अवश्य कारवाही हुन्छ ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी