A+ A A-

खुट्टा भाचिएर उपचाररत ईश्वरलाई सहयोगको लागि आग्रह

मीना थापामगर

Image may contain: 1 person, sitting

पोखरा, जेठ १६ - गलकोट नगरपालिका वडा नं. १० ज्याठर निवासी १४ वर्षका इश्वर श्रीसको दाउरा चिर्न जाँदा रुखको मुडाले च्यापेर बाँया खुट्टा भाचिएका कारण ५ दिनदेखि मणिपाल हस्पिटलमा उपचाररत छन् । उनको पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकोले समयमा उपचार गर्न ढिलाइ भइरहेको उनका मामा रामप्रसाद पुनले बताए ।

ऊ सानै उमेरको छँदा बाबा दलबहादुर श्रीसमगरको मृत्यु भएपछि आमा चन्द्रकुमारीको साथमा दुखसुख गरी जीवन गुजारा गर्दै आएका ईश्वर श्रीसको अचानक खुट्टा भाँचिएपछि आमालाई पर्नुसम्मको मर्का परेको छ । एउटा दिदी पनि विहेपछि आफ्नो घरमा रहेकोले आमाको काख र दुखसुखको साथी बनेका ईश्वरलाई ईश्वरले पनि साथ नदिदा उनको परिवारमा झन पिडामाथि पिडा थपिएको छ । उसको आम्दानीको स्रोत केही नभएका कारण सहयोग रकम जुटाउनको लागि टाइगर्स फिल्म प्रा.लि.का डाइरेक्टर गोविन्द पुनमगर र दिपेश काउचा मगरले सबैसँग आग्रह गरेपनि आवश्यक रकम नजुटेकाले थप सहयोगको लागि आग्रह गरेका छन् ।

हालसम्म ईश्वरको उपचारको लागि गलकोट नगरपालिका वडा नं. १० ज्याठरबाट रु. ३५ हजार, घुम्टे समाज बागलुङ–पोखराबाट रु. ११ हजार ५ सय ६५ (पाण्डवखानी, रिघा, सिसाखानीबाट), समाजसेवी गौरी गुरुङबाट रु. २ हजार सहयोग प्राप्त भएको छ । हालसम्म संकलन भएको रकम उपचारको क्रममा सकिएको उनका मामा रामप्रसाद पुनले जानकारी दिए । चिकित्सकका अनुसार ईश्वरको बुधबार सर्जरी गर्नुपर्ने बताएका छन् । बायाँ खुट्टाको दुई ठाउँमा भाँचिएकोले खर्च धेरै लाग्ने अस्पताल स्रोतले बताएको छ । तर आवश्यक रकम नभएकोले सहयोग गरिदिनुहुन सहयोगी महानुभावहरुलाई अनुरोध गरेको छ ।

सहयोग गर्न चाहनेहरुले सम्पर्क नं. ९८०५१६३७८८ र ९८१८६१५०६१ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी