A+ A A-

होम बहादुर थापा मगरको अध्यक्षतामा तानसेन नगर समिति गठन

कुमार थापा मगर

पाल्पा बैशाक २३ - राष्ट्रिय जनमुक्ति पार्टी पाल्पा तानसेन नगर समितिको दोस्रो अधिबेशनका प्रमुख अतिथि पार्टीका उपमहासिचव टोप अस्लामी ले उद्धघाटन गर्नु भयो ।

प्रमुख अतिथि अस्लामीले स्थानीय तहको निर्वाचनामा राष्ट्रिय जनमुक्ति पार्टीका सबै नेता र कार्यकर्ताहरु सक्रिय रुपमा लाग्न अनुरोध गर्नु भयो । संघीय गणतन्त्र नेपालको लागि २० बर्ष पछि हुनलागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सुनिश्चित हुनुपर्ने बताउनुभयो । साथै पहिलो र दोस्रो चरणको निर्वाचन बिचको समय लामो हुन नहुने उहाको भनाई थियो । दोस्रो नगर अधिबेशनमा संगठन विभाग उपप्रमुख के.वि पुनले सिंह दरवारको अधिकार गाउ गाउमा ल्याउन राष्ट्रिय जनमुक्ति पार्टी निरन्तर लड्दै आएको बताउनु भयो ।

संघीय परिषद सदस्यहरु केहर सिं राना मगर, गिता सारु मगर, पाल्पा जिल्ला अध्यक्ष नारायण बहादुर कुवर राष्ट्रिय जनमुक्ति पार्टी सबै बाहुन देखि बादी र सबै जनजाति वर्ग समुदायको आशाको केन्द्र हो भन्नुभयो । साथै सबै खाले बिभेदको अन्त्य र पूर्ण संघीयताको सुनिश्चता भ्रस्ट्रचार मुक्त समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सम्पन्न दोस्रो अधिबेशन नगर समिति प्रेम गाहाको संचालनमा मा्ेहन कुमारी बुढाले स्वागत गर्नु भएको थियो ।

दोस्रो अधिबेशन होम बहादुर थापाको अध्यक्षतामा नगर समिति गठन गरेको छ । जस्को उपाध्यक्ष प्रेम बहादुर गाहा मगर, सचिवमा डिल ब. राना, सह सचिव राधा थापा, कोषाध्यक्षमा कमला गाहा चयन हुनुभएको छ ।

सदस्यहरुमा तुल्सीराम सोमरे, टिका बहादुर राना, मिना छहरी, र चन्द्र बहादुर राना निर्वाचित हुनुभएको छ । बिधान सम्मत रहेर आवश्यक अनुसार समितिले सदश्यहरु थप गर्न सकेन छ । अधिबेशन कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी करिब २० जनाले पार्टी प्रबेश समेत गरेका थिए ।

 

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी