A+ A A-

देवदहको अपराधीक क्रियाकलाप क्षेत्रमा सिसिटिभि जडान

गोविन्द घर्ती


Image may contain: 5 people, people sitting, child, tree and outdoor

बैसाख ११ । लागुऔषध तथा अवैध कारोवार रोक्न नसक्दा देवदह क्षेत्रमा अपराधीक क्रियाकलाप बढ्दै गएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

अपराधीक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरुलाई राजनैतिक संरक्षण रहेकोले देवदह क्षेत्रमा अपराधीक क्रियाकलाप दिन प्रतिदिन बढिरहेकोमा जोड दिएका थिए । देवदह प्रहरी चौकीले आयोजना गरेको स्थानीय निर्वाचनमा देवदह क्षेत्रको शान्ति सुरक्षा विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले देवदह क्षेत्रको विभिन्न स्थानमा सिसिटिभि क्यामरा जडान गर्न सके अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न सकिनेमा जोड दिएका थिए । सिसिटिभि क्यामराले अपराधीक क्रियाकलाप न्यूनिकरण गर्न मद्दत पुग्ने भएकोले देवदह क्षेत्रको अति समवेदनशिल स्थानमा जडान गर्नु पर्ने बताएका थिए । उनीहरुले देवदह अपराधिक क्रियालापको अखडाको रुपमा विकसित हुदै गएकोले अपराधिक क्रियाकलाप रोक्न राजनैतिक दल, सुरक्षा निकाय, विभिन्न संघसंस्थाहरु चनाखो भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक सुरज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सिद्धिचरण भट्टराई, निलकण्ठ पौडेल, टिकाराम चापागाई, नेपाली काग्रेसका डिल्लीराज मरासिनी, नेकपा माओवादी केन्द्रका नमराज पुरी, देवदह आदर्श बहुमुखी क्याम्पसका जीवलाल पराजुली, रेडियो देवदहका कृष्णप्रसाद पौडेल, गाउ वन समन्वय सञ्जालका खेमनारायण अधिकारी, उद्योग व्यापार संगठनका गोविन्द ठड्राई, त्रिलोचन दहाल, सुरज खरेल, दिपेश मल्ल, राजन अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

अन्र्तक्रिया कार्यक्रमले सिसिटिभि क्यामरा जडानको लागि संभावित अध्ययन गर्न देवदह नगरपालिकाको संयोजकत्वमा समिति गठन गरेको छ । जसको सदस्यहरुमा जीवलाल पराजुली, कृष्णप्रसाद पौडेल, राजन अधिकारी, खेमनारायण अधिकारी, गाृपाल ढकाल, गोविन्द ठड्राई, कोषबहादुर गुरुङ्ग, थोनेश्वर लम्साल, कृष्णप्रसाद पोखरेल, सुरज खरेल, तिलक विश्वकर्मा रहनु भएको छ ।

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी