A+ A A-

पालुड.टारको उपलब्धि कामरेडका मुत्र ब्यापार

माओवादीको चर्चित बैठकले निकास हैन अन्यौलता मात्र दिएकोछ । पालुगंटार बैठकको मूख्य उपलब्धि त्यहाँ बेच्न जम्मा गरिएको सहभागीहरुको मूत्र मात्र थियो ।

- जेबी पुन मगर

यसपटक त्यो भएन जुन अनुमान गरिएकोथियो । तीन नेताका दस्तावेज चुहिएपछि एनेकपा माओवादीका ती नेताका धाकधम्की, घुर्कीको लम्बेतान बयान मिडियामा छरपरस्त थिए । तर ति जति नै कुर्लेपनि जति बिध्न सत्तोसरापमा लिप्त भएपनि कुम जोडेर रुदै एकापसमा बिलय भयौं भन्दै बैठकबाट निस्कने ठानिएको थियो  । धेरै बिश्लेषकहरुले माओवादी आन्दोलनको स्थापित मान्यता जस्तै यस्तो नौटकींको अनुमान गरेकाथिए । केहिले यो बिस्तारित बैठकबाट केहि हुने आश गरेकाथिए । त्यो केहि माओवादी टुक्रनुसम्मको थियो । तर माओवादीलाई नजिक देखि नियालिरहेकाहरुले यस्तो चमत्कारको अपेक्षा गरेका थिएनन् । तर बैकठरुपी अखडाबाट बाहिरिएका तीनमूर्तिका जवाफ माथिका दुबै अनुमानसंग मेल खादैनथे । सदा ठूलो बिजय प्राप्त गरयौं । फुट्दाफुट्दै जुट्यौं । दुश्मनको षड्यन्त्र बिफल पार्यौ भन्दै उत्साहका साथ माइकको अगाडि खडा हुने कामरेडहरु यसपटक बाहिर निस्कनासाथ भारतलाई प्रमुख शत्रु किटान गरिएको छैन भन्ने स्पस्टोक्ति दिदैं हिंडिरहेकाछन् ।
बैठकले न  कम्यूनिस्ट पार्टीमा नभई नहुने प्रमुख अन्र्तविरोध सम्बन्धि कार्यनीति पास गर्न सक्यो न त संविधान निर्माण र लडाकु समायोजनका बारेमा कुनै ठोस रणनीति तय गर्न सक्यो । जति विवाद भएपनि यस्ता बैठक भित्र छिरेपछि यसअघि कार्यनीति र रणनीतिमा नोट अफ डिसेन्टका बावजुद मुल मुद्दामा नेतृत्वको एउटै स्वर हुन्थ्यो । तर यसपटक भारतलाई हेर्ने जस्तो महत्वपूर्ण प्रश्नमा तीन नेता तीन तीर देखिए र अन्त सम्म यसमा कुनै मेल हुन सकेन । जनविद्रोह जस्तो गतबर्ष ३६५ दिन  अभ्यास गरेको तर नराम्ररी असफल तीन तयारी ९ जनविद्रोहको तयारी० मा   भने तीन नेताको एउटै स्वर थियो । यसपटकको बैठक तीन महत्वाकाक्षी नेताका चरम गुटबन्दीको नागों अभ्यास र मुत्र ब्यापार बाहेक पालुड।्टार बैठकका गन्न सकिने उपलब्धि केहि थिएनन् ।

किन यस्तो भो

 सेक्टरकाण्डमा नराम्ररी असफल तत्कालिन महासचिव मोहन बैद्यले नेतृत्वको कमान कामरेड प्रचण्डलाई सुम्पेकाथिए । अति महत्वाकाक्षीं र बिपरित धु्रबलाई एकापसमा भिडाएर माथि पुग्ने खुराफात जानेका प्रचण्डले त्यतिबेला बैद्यलाई असहयोग गरेका र सेक्टर काण्ड असफल पार्न भूमिका खेलेको समेत आरोप लगाइन्छ । उनले मोहन बैद्यको पद ताकेर त्यसो गरेको आरोपीहरुको कथन छ ।
त्यो हो वा होइन तर सेक्टरकाण्डको असफलताको फाइदा जति उनले लिएका चाहि पक्का  हो ।

अहिले प्रचण्ड जे जति छन् त्यहि खुराफातका आधारमा छन् । तत्कालिन मसालका  केन्द्रिय स्तरका नेता पुष्पकमल दाहालले त्यतिबेला आफु माथि उक्लन अनेकन हत्कण्डा अपनाउने गरेको त्यतिबेलाको मसालको दस्तावेजमा पनि प्रस्ट देखिन्छ । उनी दलभित्र अरुलाई लड्ने भिडाउने र त्यसबाट आफ्नो स्वार्थ पूर्ति गर्न अगाडि थिए तर उनी कहिल्यै खुल्दैनथे । उनी अरुको काँधमा बन्दुक राखेर यस्तो शिकार गर्थे । त्यतिबेला उनले सबैभन्दा सीपी गजुरेललाई यस्ता काममा उपयोग गर्ने गरेकाथिए । प्रचण्ड नाम पनि उनले तीनै बाट उधारो लिएका हुन् । उनको आफ्नै श्रृजना होइन । उनले यो पूरानो बानी अद्यापि  अभ्यास गरिरहेकाछन् ।

प्रचण्डका गुरु रुपलाल विश्वकर्मा जसले उनलाई राजनीतिको कखरा सिकाए तिनका बिरुद्ध प्रचण्डले गरेको षड्यन्त्रको चर्चा अहिले पनि पुराना बाम नेताहरु सम्झिरहन्छन् । प्रचण्डका एक जना पुराना सहकर्मीको भनाईमा दलित भएका कारण रुपलालले काठमाण्डुमा डेरा नपाएपछि प्रचण्डले उनलाई एउटा सल्लाह दिएकाथिए । विकलाई उनका चेला प्रचण्डले जनै झुण्ड्याएर डेरा खोज्न सल्लाह दिएका थिए । तर रुपलालले त्यसो गर्न मानेनछन् । प्रचण्डले राम्रो उद्देश्यका लागि झुठ बोल्न केहि नहुने भन्दै उनलाई उक्साएपछि रुपलालले त्यसै गरेछन् ।
तर डेरा पाएको केहि महिनामै रुपलाल बिरुद्ध केन्द्रिय समितिमा उजुरी परेछ । उजुरीको आधारमा कुरा अगाडि बढेपछि बल्ल रुपलालले आफ्नो चेलाको असली मुहार थाहा पाएछन् । प्रचण्डकै डिजाइनमा जाबो डेरा पाउनलाई पनि उत्पिडक जातिको परिचय दिने नेताले कसरी क्रान्तिको नेतृत्व गर्न सक्छ भन्र्दै ठूलो इस्यू बनाएपछि त्यहि कारणले रुपलाल पदबाट हटेको बताइन्छ । यस्ता षड्यन्त्रबाट आजित धुरन्धर वाम नेता रुपलालले अन्तिम समयमा नेपालमा वर्गीय हैन जातीय अन्र्तविरोध प्रमुख रहेछ त्यसैले प्रमुख शत्रु पनि हिन्दु धर्म पालित पोषित आन्तरिक सामंत हुन् भनि वर्ग बिश्लेषण गरि छुट्टै दल खोलेकाथिए । उनले त्यसो गरेपछि शुरुमा उनको ठूलो महिमागान गर्ने प्रचण्डहरुले उनलाई जासुस र गद्दार उपमारुपी गुरुदक्षिणा दिएकाथिए ।  प्रचण्डको यस्तो रुप उनका सहकर्मी सबैले भोगेकाछन् ।
धेरै पूरानो कुरा गर्नु पर्देन । जयनुद्ध शुरु हुदा रोल्पामा शुरु गरिएको सिज अभियानका हिरो रामबहादुर थापा बादल थिए । उनको ख्यातिको राप सानो थिएन । त्यसरी उनको प्रख्याति फैलन थालेपछि कामरेड प्रचण्डले उनलाई ठूलो कार्वाही गरे । तत्कालिन सैन्य प्रमुख थापाबाट सबै पद आफुमा सारेपछि मात्र उनले कार्वाही फुकुवा गरेकाथिए । थापाको र पम्फा भुसालको यौन सम्बन्धलाई कारण देखाई उनले बादललाई सधारण सदस्यताबाट समेत खारेज गरिदिएकाथिए । पछि  आफुलाई खतरा नहुने देखेपछि उनको कार्वाही फुकुवा गरिएकोथियो । त्यतिबेला  बाबुराम भट्राइलाई थापा बिरुद्ध प्रयोग गरिएकोथियो । संयोग मात्र नहुनसक्छ, लामो समय देखिको सम्बन्धको खुलासा पनि बाबुरामका नजिक मानिएकी पम्फाले त्यसै समय सार्वजनिक गरेकीथिइन ।
अहिले प्रचण्डलाई बादलको रत्ति डर छैन । किनकी उनलाई महासचिव पदमा झुण्ड्याइदिएपनि मर्यादाक्रमको हिसाबले उनको स्थान पाँचौंमा झरिसकेकोछ । हिंजो प्रचण्डका प्रतिद्धन्द्धि थापाको यो बिजोग प्रचण्डको उपयोगवादी नीति कै कारण संभव भएको हो । माओवादी सरकारमा पुग्दा उनलाई रक्षामन्त्री बनाई उठ्नै नसक्ने गरि थापाको मानमर्दन गर्ने गज्जबको आइडिया प्रचण्डलाई भन्दा अर्कालाई हुदैंन । हाल थापा अप।ंग सरह बसेकाछन् । अब उनी चाहेर पनि माथि उठ्न सक्ने स्थितिमा छैनन् ।
   रुपलाललाई जसरी प्रचण्डहरुले जासुसको पगडी गुथाएरै मारे लगभग त्यस्तै तरिकाले थापा लाई पनि तह लगाए । प्रचण्डले बाबुराम र मोहन बैद्यरुपी खतरालाई पनि त्यसै गरि तह लगाउन खोजेकाथिए । तर नेपाल बिस्तार गर्ने गोरखा राज्यका प्रमुख तीन सल्लाहकार पण्डित मध्ये एकका नाति बाबुरामलाई त्यसरी तह लगाउन प्रचण्डले चाहेर पनि सक्थेनन् । सकेनन् पनि ।
उता प्यूठानमा बैद्य हाकिमको परम्परागत काममा सिद्धहस्त पुस्ताका  पुराना नेता मोहन बैद्य ९पोखरेल० लाई बाबुराम बिरुद्ध उपयोग गर्नु प्रचण्डका लागि फलामको च्यूरा चपाए सरह नै भयो । प्यूठान जसलाई वाम राजनीतिको उद्भव र प्रयोगशाला दुबै ठानिन्छ, त्यहाँका परम्परागत खेलाडी बैद्य प्रचण्डले सोंचे जति कमजोर देखिएनन् । दाहालको खुराफात बिरुद्ध भट्राई र पोखरेलको गुट्बन्दीको योग यति बलवान थियो कि अल्पमतमा रहेका बाबुराम समेत पालुड।्टारमा बलियो देखिए । बैद्यले आफुले नेतृत्व लिने समेत उद्घोष गरे । यो उनको प्रचण्डलाई सेक्टर काण्डपछि हस्तान्तरण गरेको पद फिर्तीको संकेत जस्तै थियो । सर्पको खुट्टा सर्पले देख्छ भन्ने कथन यसपटक राम्ररी चरितार्थ भएकोछ । किनकी यसपटकको विवादका नायक खलनायक सबै एउटै कुलका थिए  । दाहालको खुराफातरुपी अस्त्र दुई उपाध्यक्षले उनकै थाप्लोमा बजारिदिएकाछन् ।
त्यसैले पालुड।्टारमा माओवादीले अरु बैठकको तुलनामा केहि उपलब्धि हासिल गर्र्न सकेन । मुत्र ब्यापार भन्दा ठूलो उपलब्धि माओवादीका निम्त पालुड।टार प्लेनम रहेन । तिन नेताका महत्वाकांक्षाको साक्षी बस्नु बाहेक सयौं प्रतिनिधिका अन्य कुनै काम नै देखिएन । यसले राम्रो भविस्यको संकेत गर्देन । प्रमुख दलको यस्तो अन्यौलताको भारी नेपाली जनताको थाप्लोमा पर्ने निश्चित छ ।

Error: No articles to display