A+ A A-

परिवर्तन पक्का तर अग्रगमन या पश्चगमन !

यसपटक पुनः अपेक्षा गरे बमोजिम म्याद थप सम्बन्धमा केहि नखरा गर्ने गराउने काम भो । अन्तमा ३ महिनाका लागि संविधानसभाको आयु लम्ब्याइयो । सबैलाई थाहा थियो यहि सब नौटंकी पश्चात म्याद थपिनेछ । गत बर्ष पनि यस्तै भूमिका र नाटकपछि एक बर्षका लागि  म्याद थप गरिएकोथियो । यसपटक त्यहि नियति दोहोरिन्छ भन्ने द्धिविधा कसैलाई थिएन ।

जेवी पुन मगर

संविधानसभा सम्बन्धि के हुने कसो गरिने भन्ने रोमांचक कसैमा बाँकी देखिदैन । रोमांचक मरेपछ िजति ठूला र अप्राकृतिक दुर्घटना भएतापनि त्यसलाई सहर्ष स्विकारिने प्रवृत्ति हामीकहाँ छ । संविधानसभा सम्बन्धमा पनि त्यस्तै डरलाग्दो प्रवृत्ति हावी हुने डर छ । संविधानसभाले अपेक्षा गरेबमोजिम कुनै काम गर्न नसकेपछि त्यसप्रति मान्छेको मोहभंग भएको दृष्टान्ट हो यो ।
कुनै पनि विषयमा यसरी मोभहंग हुनु खतरनाक हुनसक्छ । बिशेषगरि त्यो राजनीतिमा भए झन खतरनाक भैदिनसक्छ । नेपाली राजनीतिको यू टर्न यस्तै मानसिकता हावी भएपछि हुने  गरेकोछ । अर्थात हामीले भन्ने गरेको ठूलठूला परिवर्तन यस्तै मोभहंगतापछि निस्कने गरेकोछ । माओवादी नेता प्रचण्डले बारम्बार प्रयोग गर्ने क्रमभंगता पनि यहि मोभहंगताबाट आउने गरेकोछ । मोभंगभएपछि हुने क्रमभंगताले राम्रो नराम्रो परिणति दुबै ल्याउने गरेकोछ । जस्तै पृथ्विनारायणशाहकालको परिवर्तनपछि राणाकालको प्रार्दुर्भाव गनर्जे जंगबहादुर राणाले यसते अस्त्र शुरुमा प्रयोग गरे । त्यसो त नेपाली राजनैतिक इतिहासको पाना पल्टाउदा त्यसअघि पनि यो तिगडम मज्जाले प्रयोग भएको देखिन्छ तर राणाकालको रचनाकारले शुरु गरेको यो कालखण्डदेखि बढी रोचक र नयाँ नयाँ प्रवृत्ति हुदैं यो अघि बढेकोछ । त्यसैले यसको महत्व विशेष छ ।
राणाकालपछि पुनः राजाशाही फर्काउन भएका संघर्ष र राजनीतिमा जनताको राणाहरुप्रतिको वितृष्णालाई ठूलो हतियार बनाइयो । यसमा घागडान राजनीतिज्ञहरुको मगज लागेकोथियो । राणाहरुको ऐयासी र तिनका बैभवताको बखान गरेर जनतालाई उद्देलित बनाइएकोथियो । भाईभारदारहरुको आन्तरिक संघर्षले आजित जनता नयाँ स्वाद चाहन्थे र यसका निम्ति विपी देखि राजा त्रिभुवन सम्मको संघर्ष र कार्यकर्ता परिचालनले  ठूलो  रोल खेलेकोथियो । नेपाली काग्रेसले सशस्त्र संघर्ष समेत गरेर त्रिभुवनलाई गद्दीमा ल्यायो । यसमा राजा र काग्रेसको गठबन्धनले राणाहरुप्रतिको मोहभंग गराउन सफल रहयो । अन्तमा राणाहरुले हतियार फाले र गठबन्धनलाई सत्ताको चाबी बुझाए । राणाखलक अहिले विश्वभर छरिएर बसेकाछन् र यस्तो वैभवताको स्मरण मात्र उनीहरुसंग बाँकी छ । १०४ बर्ष सम्म लगातार राज गनर्जे राणाको समेत यसरी पतन संभव हुन्छ भन्ने यसले देखायो ।
त्यसपछि पुनः शुरु भएको राजतन्त्रको संगसंगै नेपाली काग्रेंसको पंचायती प्रजातन्त्रको यात्रा मा पनि त्यहि नियति दोहोरिन्छ । केहि समय संगै हिडेपछि यी दुई गठबन्धनमा पनि दरार आँउछ । एउटाले अर्काेलाई देखिनसहने संस्कृति पुनः शुरु हुन्छ । जसरी त्यसअघि राणा र शाह मिलेर चलाउदा शाहले कोइराला खलकको साथ समाएर आफ्नो राजपाठ लिए । त्यसैगरि फेरि शाहले एकलौटी शासन गनर्जे सपना देख्न थाले । पुनः गठबधन्न खतरामा पर्यो । यसपटक राजा महेन्द्रले त्यस्तो एकलौटी शासन गनर्जे महत्वाकाांक्षा पालेकाथिए । त्यसपछि उनले आफ्ना सहयात्री नेपाली काग्रेंस अर्थात कोइराला परिवारमाथि हैकम लाद्न शुरुगरे । महत्वपूर्ण कुरा के हो भने राजनीतिमा एउटा प्रमुख नेतामाथि हुने ब्यवहारबाट त्यस दलको नीति तय हुने गर्दछ । भयो त्यहि । कोइरालाल परिवारले यसलाइ आफ्नो आत्मसम्मानसंग जोड्यो । त्यसले आन्दोलनको रुप लियो । र, राजतन्त्रलाई धरापमा पार्यो । यो द्धन्द्धमा नेकाले शाहतन्त्र विरुद्ध चलाएको संघर्षले मोभहंगता तोड्यो । जनतालाई शाहतन्त्र विरुद्ध उक्साएर उसलाई एक्ल्याएपछि नेकाले सफलता प्राप्त गर्यो  । राजतन्त्रलाई झुकाइयो र अन्ततः २०४६ सालको परिवर्तन संभव भयो या गराईयो ।
२०४६ सालको परिवर्तनमा नेकाले वाम दलहरुको साथ लिई राजतन्त्रलाई कमजोर तुल्यायो । प्रजातन्त्र ल्यायो भनियो । त्यपछि पुनः शुरु भयो मिलिजुली संस्कृतिको राजनीति । नेपालको राजनीतिमा नै उहिल्यै देखि एक खालको मिलिजुली संस्कृति ब्याप्त छ । राणा फाल्न शाह र नेका शाह फाल्न नेका र वामको गठबधन्न त्यसैको परिणति हो । तर २०४६ सालको यो गठबन्धनपनि   धेरै टिकेन । इतिहासमा जस्तै । नेका र वाम गठबन्धन कमजोर हुदैं गएपछि फेरि राजखलकले दाँउ हेर्न खोजे । उसले दुई गठबन्धनमा दरार हाल्न खोज्यो । त्यसपछि शुरु भएको अन्र्तद्धन्द्धले राजनीतिक उथलपुथल ल्यायो । र, माघ १८ पछि राजा ज्ञानेन्द्रले आफ्नो बुवाकै पथ समातेर राजनीति गर्न शुरु गरे । दलहरुको किचलोमा खेल्न थाले । उनी सफल भए पनि । त्यसमा दलहरुको आन्तरिक द्धन्द्धले ठूलो रोल खेल्यो ।
दलहरु सत्तासंचालनमा झैझगडामा लिप्त थिए । तछाडमछाड गरिरहेकाथिए । खुट्टा तानातान गरिरहेकाथिए । त्यहि मौकामा ज्ञानेन्द्रले चा।ैका हाने । सत्ता हातमा लिए । माघ १९ त्यहि कालखण्ड थियो । दलका नेताहरुलाई अपहेलना गर्न थालियो । उनीहरुको मानमर्दन शुरु गरियो । माथि नै भनियो नेताहरुमाथि गरिने ब्यवहारले राजनीतिको दिशानिर्देश नै उल्टाउने गर्दछ ।  त्यहि भयो । दलहरुलाई हेला गरेपछि त्यसलाइ आत्मसम्मानको प्रश्न बनाएपछि राजाका दिनगन्ति शुरु भए । सत्रस्त्र संघर्ष गरिरहेको माओवादीलाई दलहरुले साथ लिए । यसपटक नेका ,एमाले र वामघटकले माओवादीलाई साथमा लिई राजतन्त्र विरुद्ध गरेको आन्दोलन सफल पनि भयो ।
कतिसम्म भयो भने अविछिन्न नगरेपनि  २ सय ६०बर्ष चलाइएको भनिएको राजतन्त्रको समूल नस्ट भयो । गणतन्त्र आयो । राजा नै गए । राजतन्त्र नै ढल्यो । केहि चमत्कार नहुदासम्म यो फर्कने गुन्जाइस पनि छैन ।
तर राजतन्त्र फाल्न गठबधन्न बनाएका दलहरुबीचमा फेरि इतिहास नै दोहोरिने छाँटकाँट देखिएकोछ । प्रवृत्ति पुनराबृत्ति भएकोछ । दलहरुबीच मारामार चलेकोछ । आधारभूत कुरामै विवाद छ । संविधानसभा त बहाना मात्र हो । मूल कुरा दलहरुबीच सत्ता साझेदारीमै कुरा नमिलेको हो ।  गिरिजाप्रसाद कोइरालालाई राष्टपति नबनाएर माओवादीले गरेको भयंकर भूल अहिले उसले भोगिरहेकोछ । उसले सत्ता नै पाउन सकेकोछैन । नेकाका नेतालाई चिढ्याएपछि  जसरी राणा र राजतन्त्र ढल्यो त्यसरी नै माओवादीको दभं र दबदबा झरेकोछ । यहि हो नेपाली राजनीतिको कटु यथार्थ । अहिले पनि त्यहि भैरहेकोछ । तर अब हेर्नु छ यो सत्ता ढाल्न कुन नयाँ गठबधन्न बन्छ र त्यसले कुन रुप लिन्छ । तर यो गठबन्धन लामो चल्ला जस्तो देखिदैन । यसको साटो कुन गठबन्धन आँउछ यसै भन्न सकिन्न । त्यो परिवर्तकारी पनि हुनसक्छ र पश्चगमनकारी पनि हुनसक्छ । नेपाली जनताले फेरि अर्काे कुनै परिवर्तन देख्ने दिन आउन थाले जस्तोछ । किनकी इतिहासमा जस्तै पुनः मोभहंगताको प्रारम्भ शुरु भैसकेकोछ ।

एभरेष्टबाट

Error: No articles to display