A+ A A-

पूर्ब गोरखा सैनिकको नागरिक्ता निरन्तरता कार्याशाला गोष्ठीमा के भने ? प्रचण्डले



राज्यसत्ता संबादाता,

 

ललितपुर,असोज १ - भूतपूर्ब सैनिक कल्याणकारी समिति नेपाल तथा बृटिश र गोरखा नेपाली नागरिक्ताको निरन्तरता संघर्ष समिति बेलायतले भदौ २८ गतेका दिन  ब्रिटिस गोर्खा भूतपूर्ब सैनिक र उनका परिवारलाई बंशजको आधारमा नेपाली नागक्तिाको निरन्तरता र पुजि पलायनको बारेमा कार्यशालागोष्ठी सम्पन्न गरेको छ ।

 

उक्त कार्यशालागोष्ठीमा मुख्य बक्ताको रुपमा पूर्र्ब प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (ने.क.पा)का अध्यक्ष माननीय सांसद पुस्पकमल दाहाल प्रचण्ड थिए । बिशेष बक्ताका रुपमा पूर्ब मन्त्री एबं संघिय समाजबादी फोरमका बरिष्ठ नेता अशोक राई , पूर्ब मन्त्री एबं ने.क.पाका माननीय सांसद पम्फा भुसाल,नेपाली कांग्रेसका पूर्ब राज्य मन्त्री दिलमान पाख्रीन थिए । अथितिका रुपमा बिभिन्न पार्टीका पूर्ब तथा बर्तमान माननीय सांसदहरुको बाक्लो उपस्थित रहेको थियो ।

 

संबीधानबिद्ध डा. चन्द्रकान्त ज्ञावाली ,क्या.यमबहादुर बुढाथोकी मगर र  सा.प्रा.बालकृष्ण माबुहांगले भूपू सैनिक र उनका परिवारको नेपाली नागरिक्ता निरन्तरताको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथी प्रा.डा. ओम गुरुंगले टिपणी गरेका थिए ।

 

उक्त कार्यशालागोष्ठीका अध्यक्षता आयोजक समितिका अध्यक्ष क्या. यमबहादुर बुढाथोकीले गरेका थिए भने स्वागत मन्तब्य समितिका उपाध्यक्ष क्या. हिमाल राईले र संस्थाका सचिब मुक्ति बहादुर घर्तीले कार्यक्रम संचालन गरेका थिए ।

 

ब्रिटिस गोरखा नेपाली नागरिक्ताको निरन्तरता संघर्ष समिति बेलायतले पठाएको शुभकामना सन्देश समितिका सदस्य क्या. भिमबहादुर लिम्बुले पढेर सुनाएका थिए । साथै उक्त दिनको संपूण खर्च बेलायतका संघर्ष समितिले सहयोग गरेको थियो । कार्यक्रम जावलाखेलको LOVELY BANGUET तेस्रो तला बालमन्दिरमा सम्पनन भएको थियो ।

 

कार्यशालागोष्ठीमा प्रचण्डले ब्यक्त गरेका बिचार हुबहु राखिएकोछ ।

 

यो बिषयमा संबैधानीक कानुन ज्ञाता डा. चन्द्रकान्त ज्ञावाली जीले संक्षिप्तमा भए पनि बुझीने गरी समस्याको चुरो याहाहरु मर्फत राख्नु भएको छ । म दुई टिन्टा कुरामा मात्रै म मेरो धारणा राखेर बिदा हुन चहान्छु ।

 

पहिलो कुरा अहिलेको संबीधान बनाउने बेलामा हामीहरुको ध्यान बिदेशमा रहेको नेपालीहरु गैर आवासिय नेपालीहरुलाई पनि नेपाली नागरिक्ता लिन बाट बञ्चित गरिनु हुन्न र नागरिक्ता दिनुहुन्न भन्ने यि दुईवटा बिषमा गंभिर छलफल भएको थियो । र छलफलपछि हामीहरुकै बिषेश पहलमा गैर आवासिय नेपालीहरुलाई पनि नेपाली नागरिक सरह अन्य सबै सुबिधा प्राप्त गर्ने गरि यि सबै हक अधिकार उपयोग गर्ने गरि नागरिक्ताको ब्याबस्था गर्नु पर्छ भन्ने ब्यबस्था राखिएको हो ।

 

राजनैतिक अधिकार भने बिदेशमा बसेर देशभित्र उपभोग गर्न स्थिति हुदैन भन्ने त्यस अर्थमा दोहोरो नागरिक्ताको औपचारिक ढंगले ईन्टरड्युस गरिएको यो पहिलो चोटिको संबैधानीक बेबस्था हो । त्यतिबेला तपाईहरुको तर्फबाट भिन्नरुपमा र बेबस्थिति रुपमा अहिले जसरी तहां कुरा उठेको भए पूर्ब सैनिकहरुकोहकमा अझ अगर त्यसमा पनि ब्रिटिस गोर्खाजहरुकोहकमा के गर्ने भन्ने बिषयमा तेतिबेला संबैधानिक समितिमा यो रुपमा प्रश्न उठेको मलाई अ‍ैले संझना छैन ।

 

ब्रिटसि सैनिकसरह सुबिधा पाउनु पर्छ भन्ने बिषयमा धेरै लामो समय सम्म तपाइहरुले आवाज उठाउदै आएको यूकेमा पनि त्यो त्याहाका र्पाल्यामेण्ट,तेहाका मन्त्रीहरुले पनि त्यो बिषयलाई गंभीरता पूर्बक लिनु पर्ने अबस्था तपाइहरुले सिर्जना गर्दै गरेको र ति सुबिदाहरु प्राप्त गर्नु पर्छ भन्ने कुरा खाली पूर्ब सैनिकहरुको पहिचान र अधिकारको कुरा मात्र नभएर स्वयम नेपालको राष्ट्रियता,नेपालको सार्भभौमसत्ता संग यो संबन्धित कुरा हो भने र मैले यू.केमा जादा पनि पटक पटक तपाईहरु संग र त्याहाका सरकारका प्रतिनिधिहरु संग कुरा गर्ने गरेको थिए ।  र याहा पनि तपाईहरुले उठाउनु भएको आवाजहरुलाई यो तपाईहरुको कुनै समुदाय बिषेशको या कुनै पूर्ब सैनिकहरुको कुनै चांसोको बिषय हैन यो नेपाल राज्यको , नेपालको स्वतन्त्रता संग संबिन्धत नेपालको आत्मासम्मान संग संबन्धित भएको हुनाले र १९४७ को सन्धि अनुसार पनि सहमतिअनुसार ब्रिटसि सरकार र हाम्रो नेपाली सैनिकहरुको बिचमा सबै अवसर र अधिकार समान हुनु पर्छ भन्ने मान्यता स्थापित गर्नाका लागी तपाईहरुको आवाज र आन्दोलनलाई हामीले साथ दिदै आयौ र नागरिक्ताको बिषयमा दोहोरो नागक्तिालाई एकहद सम्म हामीले संबोधन गर्यौ यो पहिलो पटक नेपालको संबैधानिक ब्याबस्थामा यस खालको प्रावधान राखिएको हो ।

 

अब अहिले बंशजको आधारमा नागरिक्ताको निरन्तरता हुनु पर्यो भन्ने आवाज जो हजुरहरुले उठाउदै आईरहनुभएको छ ,मैले संबीधान निर्माणको बेलामा भएको छलफल र बहसबाट उठेको कुरा के हो भने तपाईहरु त अहिले पनि बंशजको आधारमा नागरिक त अहिले पनि हुदैहुनुहुन्छ ।  तपाइहरुले प्राप्त गरेको बंशजको नागक्तिा खोस्ने त्यस्तो कुराको बारेमा संबीधानले कहिकतै गरेको पनी छैन , त्यसकारण तपाईहरु अन्य गैर आवासीय नेपाली जस्तो नभएर तपाईहरुको अलग्गै परिभाषा नेपाल राष्ट्रसंग जोडिएकोछ र नेपलाले गरेको नेपाल, भारत र यू.के बिचमा भएको संझौता द्धारा तपाईहरुलाई रेगुलेट गरिएको स्थिति हो ।

 

र अहिलेको संबैधानिक ब्याबस्थाले तपाईहरुको बंशजको नागरिक्ता खोस्ने भन्ने बेबस्था गरेको मैले बुझेको छैन । तर, पनि याहां केहि न केहि कन्फ्यूजन चांहि देखियो ,अन्य गैर आवासीय नेपालीहरु, १९४७ को त्रिपछिय सन्धी द्धारा परिभाषीत गरिएका ब्रिटसि गोर्खामा रहेका सैनिकहरुको नागरिक्ताको बिषयमा अलग,अलग परिभाषा नहुंदा कहिन कहि केहि कन्फ्यूजन छ भन्ने देखियो । त्यसकारण तपाईहरुले उठाउनु भएको आवाज भनौ अहिले हाम्रो बंशजको आधारमा  प्राप्त भएको नागरिक्ता ,किनकि राष्ट्रियताको आधारले हामी नेपाली हौ, बंशजको आधारमा हामीले नागरिक्ता प्राप्त गरेको हो र ब्रिटिस नागरिक्ता हामीले सम्मान स्वरुप त्रिपक्षिय सन्धी अनुसार प्राप्त गरेको र त्यो सुबिदा प्राप्त गर्नु पर्छ भन्ने लडाईको परिणाम र तपाईहरुले गरेकोे आन्दोलनको परिणामले त्यो सम्मान प्रात गर्नु भयो ।

 

यध्यपी त्यो सम्मान प्राप्त गर्नु पर्छ भन्ने कुरा १९४७ मानै ब्याबस्था गरिएको हो । तर, त्यस्को कार्यन्वयन गर्ने क्रममा जुन कम्जोरी थियो त्यो करेक्सन गर्ने सम्बन्धमा पछिल्लो चरणमा त्यो सम्मान तपाईहरुले ब्यबाहारिकरुपले प्राप्त गर्नु भयो । तर, त्यो प्राप्त गरेको अहिलेको कुनै नौलो सन्धी संझौता अनुसार नभएर १९४७ कै सन्धी सम्झौता भएको हुनाले र तपाईहरुको बंशजको नागरिक्ता खारिज गर्ने प्रावधान पनि भएन र कुनै अधिकार पनि होईन । संबैधानीकरुपले भने यो बिषयलाई संबिधानमा कानुन बनाउदा किलियर गर्ने कुरा हो या संबीधानमै संसोधन गरेर कन्फ्यूजनलाई किलियर गर्ने र संबिधानमै छलफल चलाउने र स्थिितिलाई स्पस्ट गर्ने कुराको आबस्यक्ता मैले याहा प्रस्तुत भएका बिषय बस्तुहरु र याहा अहिले भरखरै डा. चन्द्रकान्त ज्ञावली साबले राख्नु भएका कुराहरु आबस्यक छ भन्ने मैले महसुस गरे ।
 
अस्ति भरखरै पनि  यूकेका एकजना मन्त्री याहा आउनु भएको थियो र दुबै सेना नेपाली र ब्रिटीस सेनालाई समान अधिकार जो चलिरहेको अभियान छ, त्यो अभियानको बारेमा पनि दुईतिन हप्ता पहिले मैले कुरा राखेको थिए । यो बिषय संपूर्णरुपमा अझै पनि टुंगि सकिएको त छैन सकरात्मक ढंगले तपाईहरु दिन प्रतिदिन सफल्तातिर तपाईहरु अगाडी बडेको देख्छु र नेपाल सरकार नेपालका राजनीतिक दलहरु,नेपालको राजनीतिक नेतृत्व पनि तपाईहरु संग नेपालकै समग्र नेपालको हितका कारण जोडिएको छ र सहयोग पनि रहदै आएको छ ।

 

अब यो नागरिक्ता संबन्धी कन्फ्यूजन पनि मलाई लाग्छ छिटै अहिले सायद समितिमा जो संघीय कानून संग संबन्धीत बिषयमा छलफलमा पनि छ । र त्याहांको छलफमा पनि राजनीतिक नेतृत्वतहको छलफलमा पनि र अहिले उठेको यो बिषयमा पनि एकछिनपछि हाम्रो पार्टीको सचिवालय बैठक पनि छ र त्यो बिषयमा तपाईहरुले उठाएको नागरिक्ता संबन्धी बिषयमा छलफल अगाडी बडाउने म तपाईहरुलाई बिस्वास दिलाउन चहान्छु र म तपाईहरुको सदै साथमा रहने छु तपाईहरुको यो कार्यक्रम सफल्ताको शुभकामना छ , धन्यबाद ।

 


 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर