A+ A A-

इजरायलबाट फर्केपछि कृषिमा रमाउँदै कमला

माया घले मगर

इलाम, असोज २० - आठबर्ष इजरायल बसेर फर्केकी कमला सेढाइ पाँचथरबाट इलाम झरेकी हुन् । चार बर्षअघि परिवार सहित इलाम झरेकी उनी अहिले इलामका लागि अगुवा कृषि उद्यमीको रुपमा चिनिन थालेकी छन् ।

इलामको बरबोटे ५ बसाई सरेपछि कमलाले श्रीमान महानन्द ओझासँग मिलेर अजय अबिजयपोल्ट्री फार्म एंव ओझा किवी फार्म शुरु गरिन् । इजरायलमा बस्दा दुःख सुखको अनुभव गरेकी उनले नेपालमा पनि विदेशमा पोख्ने पसिना पोखे उन्नती गर्न सकिने अनुभव गरेको सुनाइन् ।

त्यही अनुभवले उनलाई कृषिमा मेहनत गर्ने बनायो । बिहान देखि बेलुकासम्म पसिना बगाउन सिकायो । उनले सुनाईन “विदेशले कामलाई सम्मान गर्न सिकायो ।” विदेशको त्यही सिकाई नै उनका लागि कृषि उद्यमी बन्ने बाटो बनेको छ ।

इजरायलको मरुभुमीमा कृषिमा प्रगती गरेको देख्दा कमलालाई नेपालको उर्वरतामा सुन फल्छ जस्तै लागेको थियो । मेहनत गरेर टनेलमा उमारेको तरकारी फलेको देख्दा गरे के हुँदैन भन्ने प्रेरणा पाएकी उनले त्यही प्रेरणालाई पछ्याउने प्रयास गरिरहेकोे बताइन् ।

कमला र महानन्द मिलेर अहिले दैनिक ८ देखी १० जनाले रोजगारी पाएका छन् । अझै धेरैलाई रोजगार दिने योजना रहेको महानन्दले बताए । २२ रोपनी जमिनमा चार सय बोट किवी र अलैची खेतीगरेका उनीहरूले आफ्नै बलबुताले सबै गरिरहेका छन् । सरकारी निकायबाट भने उनीहरुले सहयोग पाएको छैनन् ।

उनीहरुले कुखुरा फार्म समेत संचालन गरेका छन् । अहिले एक हजार दुईसय कुखुरा अण्डाको लागि पालेका छन् । उत्पादन भएको अण्डा इलाम र आसपासको बजारमा खपत हुने गरेको बताए । मासुको लागि पाँच सय कुखुरा पालिएका छन् । लेयर्स खुकुराबाट दैनिक राम्रो कमाइ गर्न सकिने कमलाले बताइन् । २५ लाखको लगानी गरेका उनीहरूले यही व्यावसायबाट व्यवहार र बचत गर्दै आएको बताइन ।

Last Updated on Thursday, 06 October 2016 16:12

Hits: 885

सल्यानमा इजरायली प्रविधिबाट तरकारी खेती शुरु

मायाँ घले मगर 
 
सल्यानमा पहिलो पटक इजरायली प्रविधिबाट टमाटार खेती शुरु गरिएको छ । सल्यान कोर्वांगझिम्पेको दारिमज्यूलामा हाडटेक प्रविधिबाट झन्डै ६० लाखको लागतमा गोलभेडा खेती शुरु गरिएको हो । दारिमज्युलामा सहकारी संस्थाको अगुवाइमा कोर्वांगझिम्पे गाविसको वडा नम्बर–२ दारिमज्यूलामा १५ रोपनी क्षेत्रफलमा ३८ वटा फलामे टनेल बनाएर खेती गरिएको सहकारी संस्थाका अध्यक्ष केश बहादुर विष्टले बताए ।
 
‘हामीले सम्भवत यस क्षेत्रमै पहिलोपटक यो प्रविधिबाट गोलभेडा खेती शुरु गरेका छौँ’ उनले भने, ‘ एकपटक लगानी गरिसकेपछि पटक–पटक ठूलो लगानी गर्नु नपर्ने र गोलमेल पनि धेरै गर्नु नपर्ने भएपछि यसतर्फ हामीले हात हालेका हौँ ।’ एकैपटक ठूलो लगानीबाट तरकारी खेती सुरु गरिएको पहिलो घटना भएको बताउदै उनले हाइटेक प्रविधि सल्यानीहरु सबैका लागि नयाँ प्रविधि भएको बताए ।
 
फलामको टनेलभित्र खेती गरिने सो प्रविधि अन्र्तरगत भुईमा प्लाष्टिक मल्च राखिने हुँदा गोडमेलको झन्झट नहुने, किराबाट जोगाउन जालीको व्यवस्था गरिएको र छानाबाट तापक्रम वस्थापन गर्न हरियो मेट राखिएका कारण यो लोकप्रिय भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत टेक प्रसाद लुईटेलले बताए ।
 
थोपा सिचाई प्रविधिबाट सिचाईको व्यवस्था गरिएको र ८ मिनेटमा १२ हजार विरुवालाई एकैपटक सिचाई हुने समेत उनले बताए । कुल ६० लाखको लगानी रहेकोमा एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको ४८ लाख र बाँकी स्थानिय किसानहरुको लगानी छ । कृषकहरुले ३८ वटा फलामे टनेलभित्र १२ हजार बढि टमाटरका विरुवा रोपेका छन् ।
 
जिल्लामा झण्डै २७ सय प्लाष्टिक टनेलहरु बाँसका भएकाले बढिमा ३ देखि ५ वर्ष टिक्छन्, तर यो फलामको भएकाले ५० वर्ष टिक्छ उनले भने । कृषकहरुले लगाएको सो १२ हजार गोलभेडाको बिरुवाबाट वार्षिक झण्डै ५० लाख बराबरको गोलभेडा उत्पादन हुने लुईटेलले बताए ।

Last Updated on Friday, 19 August 2016 03:13

Hits: 1518

निरज गुरुङले हङकङ प्रहरी विभागमा सपथ लिए

मुककाजी (काजी) गुरुङ हङकङ

गत अक्टोबर २०१५ मा हङकङ पुलिसको छनौटमा परेका निरज गुरूङले सफलातापूर्वक ६ महिनाको तालीम सकेर विधिवत रूपमा आज (३० अप्रिल २०१६) मा सपथ लिएका छन् । एबरडिन स्थित पुलिस एकेडेमीमा आज हङकङ पुलिसकै ईतिहासमा हंगकंग पुलिसको पोशाकमा पहिलो पटक नेपालीको रुपमा प्रवेश गर्दै हङकङ पुलिस फोर्समा पाईला टेक्ने पहिलो नेपाली युवा भएका छन।
उनको परिश्रमले पाएको सफलताले नै वीर गोर्खालीको नाममा कमाएको ईज्जतमा एउटा नयाँ अध्याय थपेका छन। हङकङबासी सिंगो नेपालीको गौरव बनेका छन। लागू दुर्ब्यसनमा नेपाली युवाको चढ्दो तथ्याङ्कमा नेपाली पुस्ता जेहेन्दार पनि छन भन्ने सन्देश दिंदै युवाहरुको रोल मोडेल बनेका छन । यसरी तपाई हामीलाई यती धेरै खुशी दिने पिता भिम गुरुङ र माता गंगा गुरुङको ज्येष्ठ सुपुत्र १९ बर्षिय निरज गुरुङ गण्डकी अञ्चल स्याङ्जा जिल्ला माझकोट शिवालय ५ रानीश्वारा निवासी हुन ।
यसै सन्दर्भमा, हामी हङकङ लगायत देशबिदेशमा बस्ने तमाम नेपालीहरुको तर्फबाट निरज गुरुङ लगायत वहाँको परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं । यसैगरी बिदेशी भूमिमा ठूलो होस या सानो, यसरी स्थानीय सरह सरकारी तहमा पुग्नु भनेको अवश्य पनि सानोतिनो कुरा होईन । कोशीस गरे अवश्य सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा ज्वलन्त उदाहरण बनेका छन निरज गुरुङ ।
अबको दिनहरुमा हामी पनि केही न केही नयाँ कामको लागि अगाडि बढौं जागौं प्रायसः महिनै पिच्छे जसो आयोजना गरिने बीबीक्यु कार्यक्रम, नेपालबाट आमन्त्रित कलाकारहरुको त्यो साङ्गीतिक कार्यक्रम र फिल्मी प्रदर्शनी भन्दा नयाँ पिंढीहरुको लागि भावी कार्यक्रमहरुको तर्जुमा गरौं । जसबाट अवश्य भोलिका दिनहरुमा हाम्रा सन्ततीहरु पनि स्थानीय सरह नै उच्च ओहोदामा पुग्न सकुंन । स्मरण रहोस, निरज गुरूंग युनलोंगस्थित हिमालय परियोजनाबाट पूर्व तयारी गरि हंगकंग पुलिसमा छनौट भएका हुन ।

Last Updated on Saturday, 07 May 2016 01:35

Hits: 1030

दुबै हातका हत्केला र एउटा खुट्टा नभएका आनन्द कुमारको संघर्ष

देब पचभैया 

काठमाण्डौ,अषाढ १६-उनको दुबै हातको नाडी देखि माथिको भाग छैन, दाया खुट्टा पनि छैन । जन्मिदै अपाङगता भएका भारत घर भई काठमाण्डौ सुनधाराको पुलनिरको सडमा बसेर दैनिक चित्र कोर्ने २१ बर्षिय आनन्द कुमार पासवानले चित्रै कोरेर दैनिक ६ सय देखि हजार सम्म कमाउछन् ।  बिधालय जान नपाएपनि आफु ५/ ६ बर्षको छदै चित्र कोर्न थालेको संझिने आनन्दकुमार बाबुको मृत्यु पनि १६ बर्ष अघि आमा संगै नेपाल (काठमाण्डौ ) आए ।

सानै देखि चित्र कोर्न सिपालु उनले काठमाण्डौका बिभिन्न सडकमा चित्र कोरेरै आमा र आफ्नो जिवन गुजारे । उनले सडकमै बसेर चित्र कोर्छन्, दर्शकले हेरेर आर्थिक सहयोग गर्छन् । चित्र मनपरे एक शय चालि बढी पैसा दिन्छन् र घरमा लग्छन् । चित्र नबिक्दा दैनिक ६/७ सय हुन्छ । उनी भन्छन् चित्र बिग्दा हजार माथि हुन्छ ।

पानी पर्दा बर्बाद हुन्छ, सबै चित्र भिज्छन्, एउटा खुट्टाले दर्गुन पनि सक्दैन ।

उनकी आमा अहिले बिरामी छिन् । किड्निीको पथ्ठरी पछि अप्रेसन आवश्यक भएपनि पैसाको अभाब भएको उनको भनाई छ ।

जिन्दगीभर सडकमै बस्न सकिदैन होला, उनको आसा छ, कसैले सहयोग गरे पसलमा बसेर चित्र कोर्ने सपना छ ।

आमाको उपचार र पसलमा बसेर चित्र कोर्न सहयोग पाए मलाई हात र खुट्टाको मालुम नहोला, उनी भन्छन् सहयोग गर्नेलाई भगवान मानेर पुजा गर्थे ।

जिन्दगीमा कसैप्रति गुनासो छैन, गरिबको घरमा जन्म भयो, पढ्न पाएन, हात र खुट्टाको अपाङ्ग छु र पनि चित्र कोर्ने सिप पाएको छु ।

आफुले आफै सिकेको कला भन्दा आधुनिक शैलिको चित्र कोर्न तालिम पाए जाती हुने उनको भनाई छ  ।

Last Updated on Sunday, 31 July 2016 13:55

Hits: 766

झमकको झल्कोमा याम बहादुर मगर , प्रधानमन्त्री बन्ने सपना !

इमान सिं राना / रामपुर, पाल्पा  

खुट्टाले लेखेर विश्व प्रख्यात हुने व्यक्ति को हो ? यसमा धेरैको जवाफ आउछ धनकुटाकी झमक घिमिरे । हो उनले खुट्टाले नै लेखरै जिवनको यथार्थता बताईन ।

उनको कृति ‘जिवन काँडा कि फुल’ले उनलाई चर्चामा ल्यायो । उनको मेहनतलाई जो कसैले पनि प्रशंसा गरे । झमक घिमिरेलाई जानेका, बुझेका र उनको बारेमा थाहा पाएकालाई यस्तै व्यक्ति छ र ? भन्ने लाग्न सक्छ तर रामपुर नगरपालीका २ बर्दाकोट पाल्पाका याम खाम्चा मगरको अबस्था ठ्याक्कै उस्तै छ ।  न हातले लेख्छन्, न त बोल्न सक्छन् तर पनि उनको खुट्टाको सहायताले गर्ने कार्य र लगनशीलताको अगाडी सबै अचम्ममा पर्छन् । हो रामपुर नगरपालिका वडा नम्बर २ बर्दाकोटका १८ बर्षे युवक याम खाम्चा मगरको दैनिकी जो कोहीको भन्दा भिन्न छ ।

दैनिक गृहकार्य गर्न, पढ्न र चित्र कोर्न मन पराउने यामको खुट्टामा जादु नै छ स्थानिय–रोशन सिं सारु मगरले भने । उनको दुवै हात छ तर कमजोर छन् । गला छ तर बोल्न सक्दैनन् । सुन्न र देख्नमा भने अगाडी छन् । जो कसैले सोधेको र देखेको कुरा खुट्टाले कापीमा लेखेर जवाफ दिन्छन् ।  जन्मदै जण्डिसले छोएका उनको राम्रो उपचार र खानपानको अभाबकै कारण यस्तो अबस्था भएको उनका बुवा मान बहादुर खाम्चा मगरले बताए । ३ छोरा र १ छोरी मध्ये माइलो छोराको अबस्थाले कहिले काही मान बहादुरलाई पिरोले पनि छोराको हौसलाले उनको मन थामेको छ । आमा योगमाँया मगरका अनुसार उनी एकघण्टा लगाएर बिद्यालय पुग्छन्, बिद्यालय पुग्न अरुलाई २० मिनेट लाग्छ । २ खुट्टाको सहायताले कापी र कलम चापेर उनी लेख्छन् । लेख्न मात्र हैन उनले खाना पनि खुट्टाले खान्छन् । व्यस्त नहुँदा आमाले भात खुवाइदिने याम अन्य समयमा भने आमाले मुछेर दिएको भात चम्चाको प्रयोगले खान्छन् ।

हामीसँग उनले कापीमा नै लेखेर कुराकानी गरे । घरको पिढीमा बसेर पढ्दै लेख्दै गरेका यामले के बन्ने भन्दा भबिश्यमा डाक्टर बन्ने जवाफ लेखेर दिए । किन डाक्टर नै बन्ने प्रश्न गरेपछि उनले डाक्टर शब्द काटेर प्रधानमन्त्री बन्ने जवाफ दिए । किन प्रधानमन्त्री बन्ने नी भन्दा उनको जवाफ थियो –देशलाई अगाडी बढाउन, बिकास उपलब्ध गराउन । तिमीलाई के गर्न मनपर्छ भन्ने हाम्रो प्रश्नमा उनले चित्र कोर्न लेखे र लगत्तै गाईको चित्र पेन्सिलले कोरे । तिमीलाई गाई मनपर्छ भन्ने शब्द फुत्किन नपाउदै उनले कापीमा लेखेर भने आकर्षक लाग्छ र नेपालको राष्ट्रिय गाई र डाँफे हो उनको जवाफ थियो । झ्यालमा राखेको सिसीको मसीको बिर्को खु्ट्टाले खोलेर कलममा मसी भर्दै गरेका उनले समाउन साथ दिन खोज्दा मानेनन् । सक्ने काम आफैले नै गर्नुपर्छ भन्दै मसी भर्न नदिएको उनले कापीमा लेखे ।

२०५४ साल असोज २२ मा जन्मेका उनी गर्भमै जण्डिस भएको उनकी आमा योगमाँयाले बताइन् । उपचारका लागि डाक्टरसम्म पुग्न पहुँच नभएकाले घरमै औषधी मुलो गरि केही ठिक भयो । सुत्केरीका बेला जण्डिस भएरै प्रयाप्त पौष्टिक आहारा खान नपाएपछि उनको अवस्था कमजोर बन्दै गयो । जसका कारण ८ बर्षसम्म उनले शरीर धान्न सकेनन् । ७ बर्षको उमेरमा सदरमुकाम तानसेनको मिसन अस्पतालमा उपचारका लागि लगेपनि उनमा खासै सुधार आउन सकेन । पौष्टिक आहाराको कमीले नै समस्या आएको डाक्टरले बताउदै आमाछोराको खानपानमा जोडदिन भनेपछि गाँउको परिवेश र परिवारको वातावरण त्यस्तै भएको बुवा मान बहादुरको भनाई छ । त्यसपछि ८ बर्षको हुँदा उनले बिस्तारै ओछ्यान छाडे र हिडडुल गर्न थाले । खानपान र सुझ बुझले १२ बर्षको हुँदा उनी गाँउकै बालज्योति प्राबिमा कक्षा १ मा भर्ना भए । शरीर थाम्न सक्नेभएपछि छोरालाई पढाउने चाहाना बाबुआमामा बढ्यो । स्कुलमा गएर केही सिक्छ भनेर बिद्यालय लग्यौ, बिद्यालय जान थालेपछि अन्य छोराछोरी भन्दा ऊ नियमित जान थाल्यो बाबु मान बहादुरले भने ।

बिस्तारै अक्षर चिन्न लेख्न र साथीहरुसँग घुलमिल भएपछि उ दिन नबिराई बिद्यालय जान थाल्यो । गाँउकै स्कुलबाट कक्षा ५ पास गरेका उनी अहिले गाँउबाट केही पर आनन्दीभञ्याङ्गको बालहित माबिमा ६ कक्षामा पढ्दैछन् । अन्तिम परिक्षा दिएर बसेका याम अब ७ कक्षामा पढ्न जाने बताए । एकपटक पनि फेलको अनुभब नगरेर उनी कक्षामा उत्कृष्ठ ५ भित्र पर्दै आएका छन् । ३० जना बिद्यार्थी रहेका कक्षामा अहिले उसले झन् प्रगति गरेको छ –बिद्यालयका प्रध्यानाध्यापक नवलसिं विरकट्टाले भने । बिद्यालयको मिहेनती राम्रो बिद्यार्थी हो उ लगनशील छ हामीले पढ्नमा सहयोग गरेका छौ विरकट्टाले भने । गणित बिषयमा सर्बोउत्कृष्ट हुन् उनी । कक्षा कोठामा साथी भाईसँग नै पढ्ने व्यबस्था बिद्यालयले गरेको छ । डेक्स बेन्चको बिचमा राखिएको चटाईमा बसेर उनी पढ्ने लेख्ने गर्छन् । भारतमा मजुदरी गर्ने बुवा मान बहादुर अहिले घरमा आएका छन् । मान बहादुरका जेठो छोरा पुनाराम भारतमा नै काम गर्छन ।

कान्छो छोरा माधब कक्षा ९ मा अध्ययनरत छन् भने छोरी मुना कक्षा ४ को परिक्षा दिएकी छन् । धेरै समय शिक्षकसँग बसेर पढ्न मन भएको बताउने उनी कुनै साधन पाएको खण्डमा आफुलाई आउन जान र पढ्नमा समय हुने बताए । यति धेरै प्रतिभाका धनी १८ बर्षिय याम बहादुरको अझ सम्म नागरिकता र  अपाङ्गता परिचय पत्र बनेको छैन । केही बर्ष अघि रामपुरमा चलेको शिबिरमा छोराको फोटो खिचेर जिल्लाका मान्छेले लगेपनि अहिले सम्म परिचय पत्र नबनेको उनका आमाले जानकारी दिए ।

 

Last Updated on Saturday, 16 April 2016 09:19

Hits: 687

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी