A+ A A-

राजमुपाद्वारा संविधानसभा घेराउ

संविधानसभामो म्याद सकिन एक दिनबाँकी रहँदा राष्ट्रिय जनमुक्ति पार्टी संविधानसभा घेराउ गरेको छ । जेठ १३ गते विहान बबरमहलमा विशाल जुलुसका सहित संबिधानसभा पुगेर घेराउन गरिएको हो ।


जातीय समानुपातिक प्रतिनिधित्व र पहिचानको ग्यारेन्टी सहितको संबिधान १४ जेठभित्रै जारी गर्नुपर्ने माग सहित घेराउ गरिएको सो पार्टी महासचिव केशव र्सूवंशीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । महासचिव र्सूयवंशीका अनुसार धर्ना भोलि पनि जारी रहने छ ।  

Last Updated on Saturday, 26 May 2012 08:58

Hits: 868

गैर-आदिवासीलाई आदिवासी बन्ने रहर !


लक्की शेर्पा
एक्काइसौं शताब्दीमा आएर पनि केही समुदायलाई आदिवासी जनजाति बन्न रहर लागेको देख्दा अचम्म लागेको छ । जबकी प्रतिनिधित्वको कुरा गर्दा प्रमुख दलहरु वाहुनकै कब्जामा छ । सबै दलका नेता वाहुन नै छन् । प्रशासनको उच्च तहमा १५ प्रतिशत जातीले ८६ प्रतिशत भन्दा बढी स्थान ओगट्दा पनि ३७ प्रतिशत आदिवासी जनजातिले विरोध गरेका छैनन् । दलीत र मधेशीहरु पनि  खुशी नै छन् ।
नेपाल एकिकरण भएदेखि नै एउटै जातिको हिजीमेनीमा रहनुलाई साँचो अर्थ मै जातीयतामा आधारित देश भन्नुपर्ने हुन्छ । जुन हामीले अहिले अभ्यास गरिरहेका छौं । आदिवासी जनजाति को हुन भन्ने वित्तिकै चेपाङ् र राउटे सबैभन्दा अगाडि आउँछन् ।


(सभासद् शेर्पाद्वारा याहूग्रुप नेपाल नेर्टवर्क फर सस्टेनेबल डेभलपमेन्ट(एनएनएसडी) मा व्यक्त धारणाको सम्पादित अंश )

Last Updated on Thursday, 24 May 2012 09:27

Hits: 919

गाउँ-गाउँ बस्ती-बस्तीबाट उठे जनजाति

आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आन्दोलनमा गाउँगाउँ बस्तीबस्तीबाट आदिवासी जनजातिहरु आफ्ना अधिकारका लागि सडकमा उत्रेका छन् । जेठ ८ गते भएको वार्तामा सरकारले जनजातिलाई अधिकार नदिने लक्षण देखाएपछि जेठ ९ गते विहानैदेखि जनजातिहरु सडकमा उत्रेका हुन ।

काठमाडौं कलंकीबाट डब गर्वुजा पुन, कोटेश्वरबाट गजुरधन राई, सामाखुशीबाट गोविन्द छन्त्याल, सातदोबाटोबाट एस लिम्बु र नयाँबानेश्वरबाट विशाल चौधरीले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार तेस्रो दिनको आन्दोलनमा अघिल्लो दुई दिनको तुलनामा जनसहभागिता दोब्बर भएको छ । तर राजधानीमा भन्दा भन्दा पनि उपत्यका वाहिरको जुलुस अझै ठूलो छ ।

इहरीमा जागेका जनजातिहरु
नवलपरासीबाट तिलबहादुर झेंडी, बुटवलबाट विष्णु सिँजाली, भैरहवाबाट सूर्य सारु, स्याङ्जाबाट दुर्गा राना, पाल्पाबाट देव पचभैया, सुनसरीबाट लोक आङला, इलामबाट विदुर साँवा, सुर्खेतबाट रामबहादुर घर्ति, रुकुमबाट हिरा बुढा, तनहुँबाट मिन थापा, पोखराबाट मुसहाङ झेंडीले वडा वडा टोलटोलबाट जनजातिहरु सडकमा पुगिसकेका छन् । दुर्गा रानाका अनुसार आन्दोलनका लागि टोल स्तरीय आन्दोलन परिचालन कमिटी यसअघि नै गठन गरिएको थियो ।

यसैवीच पहिचान सहितको संघीयता दिने विषयमा काँग्रेस र एमाले वाधक भएको सरकारसँगको वार्तामा संयुक्त संघर्ष समितिकातर्फबाट वार्ता टोली सदस्य रहेका चन्द्र श्रीस मगरले जानकारी दिएका छन् । जेठ ८ गते चार चरणको वार्ता भएपनि शासकहरुको जनजातिलाई अधिकार नदिने मानसिकताका कारण सहमति जुट्न नसकेको हो । जेठ ९ गतेपनि वार्ता जारी हुने वार्ताटोलीका श्रीस मगरले जानकारी दिएका छन् ।

Last Updated on Tuesday, 22 May 2012 03:42

Hits: 1119

जातीय पहिचान अस्विकारे पार्टी फोड्ने एमाले उपाध्यक्षको चेतावनी

नेकपा एमाले उपाध्यक्ष अशोक राईले पार्टी वाहुन क्षेत्रीले मात्रै शासन गर्ने व्यवस्थाको पक्षमा गए पार्टी फोड्ने चेतावनी दिएका छन् । जेठ ९ गते बसेको स्थायी समिति वैठकमा उनले यस्तो चेतावनी दिएका हुन ।

पार्टी अनुशासन आयोगले आदिवासी जनजातिको पक्षमा मतदान गर्नेलाई कारवाही गर्ने चेतावनीयुक्त निर्णय गरेलगत्तै राईले वैठकमा यस्तो धारणा राखेका हुन । उनले आफूसहित सबै जनजाति  र उत्पीडितहरु आफूसँगै लाग्ने बताएका थिए ।

तीन दिने बन्दको क्रममा भईरहेको वार्तामा एमाले र काँग्रेसले आदिवासी जनजातिलाई कुनै हालतमा अधिकार दिन नहुने अडान लिएको छ । यहीकारणले पटक पटकको वार्ता विफल भईरहेको छ ।

यसैवीच नेपाली काँग्रेस लगायतका पार्टीहरुमा पनि जनजातिहरुले वाहुन नेतृत्व नमान्ने तयारी गरिहेका छन् । जेठ ८ गते बसेको जनजाति ककसको वैठकमा पनि सबै जनजातिहरुले वाहुन नेतृत्वको पार्टीबाट राजिनामा दिने विषयमा छलफल भएको थियो ।

Last Updated on Tuesday, 22 May 2012 11:40

Hits: 991

जनजातिको आन्दोलनमा सघाउन जनमुक्तिको आव्हान


राष्ट्रिय जनमुक्ति पार्टीले जेठ ७ गतेदेखि जारी आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आन्दोलनमा सघाउन न्याय प्रेमी जनतामा आव्हान गरेको छ । जेठ ८ गते निकालिएको पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापा र महासचिव केशव सूर्यवंशीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा नश्लवादी एकाधिकारको अन्त्य र जातीय मुक्तिका लागि भएको आन्दोलनलाई सघाउन आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ;नेपालको बहुजातीय बहुभाषी बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रिय पहिचान र संरचनालाई वैज्ञानिक सम्बोधन गरी नयाँ संविधान बनाउन दवाब दिने उद्देश्यले भएका ककश आदिवासी\जनजाति, महिला, मधेशी, थारु, दलित, मुश्लिम समुदायहरुको शान्तिपूर्ण आन्दोलनप्रति राष्ट्रिय जनमुक्ति पार्टी ऐक्यवद्धता जाहेर गर्दछ ।'

आफ्ना नेता कार्यकर्ताहरु हिजोदेखि नै आन्दोलनमा सकि्रयतापुर्वक लागेको तर आन्दोलनलाई लक्ष्यसम्म पुर् याउन सम्पूर्ण संघीयता र गणतन्त्रवादीहरु एक हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । नश्लवादी (Geneism) एकाधिकारको अन्त्य र जातीय मुक्तिको अधिकार प्राप्ति गर्नका लागि सामाजिक सद्भाव संयम र धैर्यतालाई कायम राख्दै देशभर चलीरहेको सबै जाति र समुदायहरुको निरन्तर संघर्ष तथा आन्दोलनलाई पूर्ण रुपमा सघाउन पार्टी कार्यकर्ता सदस्य तथा संघीयता पक्षधरहरु सबैमा राष्ट्रिय जनमुक्ति पार्टी जोडदार आव्हान गर्दछ विज्ञप्तिमा उल्लेख छ ।'

Last Updated on Monday, 21 May 2012 08:31

Hits: 945

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६