A+ A A-

जनजाति प्रतिष्ठान विघटन गरे आन्दोलनमा जान्छौं :जनजाति अगुवाहरु

केहर सिं थापा मगर

काठमाण्डौं,असार २५—नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान विघटन गरे आन्दोलनमा जाने जनजाति अगुवाहरुले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदको सचिवालय आदिवासी जनजाति संघहरुको विशेष भेला हिजो काठमाण्डौं,वानेश्वरको अल्फावेटा होटेलमा सम्पन्न भएको थियो ।  

महासंघका अध्यक्ष तथा सांसद नगेन्द्र कुमार कुमालको अध्यक्षतामा,राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.चैतन्य सुब्बाको विशेष अतिथिमा,महासंघको पूर्वमहासचिव आङकाजी शेर्पा,कानूनविद् खुसीलाल थारु र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष तथा पूर्व सभासद शान्ति जिरेल अतिथि थिए ।

आदिवासी जनजातिहरुले छुट्टै आदिवासी जनजाति मन्त्रालय माग गरेका छन् । सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी गर्ने चर्चा चलिरहेका बेला नेपाल आदिवासी जनजाति महासंघले छुट्टै मन्त्रालय माग गरेको हो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष डण्डु शेर्पाले स्वागत् तथा मन्तव्य राखेका थिए,भने राई याक्खाका महासचिव चन्द्रविक्रम राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

महासंघको विषेश भेलाले प्रतिष्ठान कुनैपनि हालतमा खारेजी हुन नदिनेमा जोड दिँदै बरु छुट्टै मन्त्रालय स्थापना गर्न दबाब दिने निश्कर्ष निकालेको महासंघका सवै अध्यक्ष प्रतिनिधिहरुले माग राखे ।

६ सदस्यी सहजीकर्ताका संयोजकको तर्फ बाट  रेशम गुरुङले आदिवासी जनजातिहरुको  प्रतिष्ठान बारेमा  प्रकाश  पारेका थिए । जस्मा,

१.४० प्रतिशत रहेको आदिवासी जनजाति जसको आर्थिक,राजनैतिक,समाजिक,धार्मिक र सांस्कृतिक पक्षको मूलधारमा नआइसकेकोले यो प्रतिष्ठान रहिरहन आवश्यक छ ।

२.स्थानीय निकायमा पूर्नसंरचना हुनुपर्ने ।

३.सवै आदिवासी जनजातिको भाषा आयोग हुनुपर्ने ।

४.बालानन्द पौड्यालको नेतृत्वमा बनेको संघीय सिमाना निर्धारणलाई आदिवासी जनजाति पहिचान सहितको  भौगोलिक र बैज्ञानिक हुनुपर्ने ।

कार्यक्रममा डा.चैतन्य सुब्बा र कानुनविद् खुसीलाल थारुले कार्यपत्र  प्रस्तुत गरेका थिए ।

कार्यक्रमा उपस्थित  महासंघमा आवद्ध जातिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले कार्यपत्र  माथि टिप्पणी गरेका थिए । टिप्पणीकर्ताहरुमा नेवा दे दवुका अध्यक्ष नरेश ताम्राकार,नरभु घले,याक्खा छुम्माका महासचिव दिपक याक्खा,दुरा समाज सेवाका अध्यक्ष गोकुल प्रसाद दूरा,ताजपुरिया समाज सेवाका अध्यक्ष नित्यानन्द ताजपुरिया,किरात राई या योक्खाका उपमहासचिव डिवी सरोज राई ,आदिवासी जनजाति चलचित्रकर्मीका अध्यक्ष अमित सुनुवार,

efin

याक्थुम चुम्लुङका महासचिव प्रेम येङदेन,नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगर,तामाङ घेदुङका अध्यक्ष मोहन गोले,थकाली सेवा समाजका तर्फ बाट कृष्ण कुमारी शेरचन,आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष साथै विदेश शाखावाट कमला थापा मगर आदिवासी जनजाति युवा महासंघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर,चेपाङ संघको तर्फबाट पूर्व सभासद् गोविन्द चेपाङ,पशुपति शेरचन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका  अध्यक्ष दोजाङ शेर्पा,सुनुवार सेवा समाजका अध्यक्ष रनवीर सुनुवार,बराम सेवा समाजका अध्यक्ष किरण बराम,राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष तथा पूर्व सभासद शान्ति जिरेल, महासंघको पूर्वमहासचिव आङकाजी शेर्पाले आदिवासी जनजातिको प्रतिष्ठान यथावत रहनु पर्ने,जनजाति आयोगको सट्टा जनजाति मन्त्रालय हुनुपर्ने माग राख्दै यदि नभएमा आन्दोलनमा होमिने सरकारलाई चेतावनी दिए ।

 ‘नेपालका आदिवासी जनजातिहरुको समग्र सामाजिक, साँस्कृतिक, भाषिक, आर्थिक, राजनीतिक आदि विकासको लागि छुट्टै आदिवासी जनजाति मन्त्रालय स्थापना गरिनु पर्छ । प्रतिष्ठान त्यहि मन्त्रालयको एक स्वायत्त निकायको रुपमा रहने व्यवस्था गरिनुपर्छ भन्ने भेलाको निष्कर्ष हो, जनजातिहरुको भेलाले अब बन्ने हरेक ऐन समानुपातिक समावेसी सिद्धान्त र नेपालले हस्ताक्षर गरेको आदिवासी सम्बन्धि अन्तराष्ट्रिय सन्धि सम्झौताअनुसार हुनुपर्ने माग पनि गरेको छ । जसका लागि सरकारले ऐन बनाउँदा सम्बन्धित सरोकारवालासँग परामर्श गर्नुपर्ने अध्यक्ष कुमालले बताए ।

यस्तै गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको सीमा निर्धारण गर्दा आदिवासी जनजातिहरुलाई प्रत्यक्ष सहभागिता गराउन पनि भेलाले गरेको छ ।

भेलामा महासंघमा आवद्ध ५६ आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधी, जनजाति अगुवा तथा विभिन्न दलमा आवद्ध जनजाति सांसदहरुको उपस्थिति थियो ।

 

Last Updated on Saturday, 09 July 2016 16:59

Hits: 574

मगर भाषा कसरी लेख्ने ? विचार गोष्ठी सम्पन्न

केहर सिं थापा मगर

काठमाण्डौं,असार २१ — मिति असार १८ गतेका दिन  मातृभाषा केन्द्र नेपाल द्धारा आयोजित मगर भाषाको लेख्ने तरिका विषयक प्रस्तावित परीक्षण संस्करण,२०७१को  पुनरावलोकन तथा छलफल कार्यक्रम  सम्पन्न भयो ।

नेपाल मगर संघ बाह्र मगरात भाषिक उपाध्यक्ष दलबहादुर विर्कटा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

विशेष अतिथिमा नेपाल मगर संघका पूर्वमहासचिव तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वसदस्य सचिव लोक बहादुर थापा मगर, डा.मीन श्रीस मगर,नेपाल मगर लेखक संघका बरिष्ट उपाध्यक्ष विष्णु सिंजाली मगर,मातृ भाषा केन्द्र नेपालका निर्देशक शुसिल सुब्बा,भाषा विशेषज्ञ तथा परामर्श दाता डा.नेत्रमणि दुमी राई(त्रिभुवन विश्व विद्यालय) थिए ।

नेपाल मगर संघको सभाहल कंलकीमा भएको कार्यक्रम सञ्चालन रोमी लामिछाने मगरले गरेका थिए भने कार्यपत्र प्रस्तुति विजय लुङ्गेली मगरले गरेका थिए । यो पुस्तिका मगर भाषा लेख्ने तरिका मातृभाषा केन्द्र को संयुक्त पहलमा २०७० चैत  २४ देखी २०७१ वैशाख ५ गते सम्म सञ्चालित कार्यशालामा तयार गरिएको थियो ।

यसको उदेश्य :

मगर भाषी जिज्ञासुजनहरुको सल्लाह र सुझावअनुसार मगर भाषा लेख्ने तरिका लाई स्तरीकरण बनाउन यस पुस्तिकाले प्रस्ताव गरेको छ । यसका ५ वटा उदेश्यहरु छन् ।

१.मगर भाषीहरु बीच यस प्रस्तावित लेख्ने तरिकाको प्रयोगले लेखाइमा एकरुपता ल्यउन चाहएको छ ।साथै यो पुस्तिकाले सबै मगर भाषिहरुलाई पठन पाठनमा उत्साहित बनाउनेछ ।

२.नेपाली भाषामा लेखपढ गरिरहेका तथा मगर भाषामा बिना कठिनाइ लेखपढ गर्न चाहने जिज्ञासु ब्यक्तिहरुलाई यस लेख्ने तरिकाको माध्यमबाट सहयोग पुर्याउने छ ।

३.यस मगर भाषा लेख्ने तरिकालाइ सक्दो सरल र सहज बनाइ मगर भाषिहरुको लागि औपचारिक –विधालय) तथा अनौपचारिक प्रौढ, महिला) शिक्षामा पठन पाठन गर्न सक्ने बनाउने ।

४.यस मगर भाषा लेख्ने तरिकाको आधारमा समयअनुसार अझ वैज्ञानिक र व्यवहारिक बनाइ, मगर भाषिक समुदायमा भाषा लेख्ने शैली लाई व्यापकता दिने ।

५.यो पुस्तिका मगर मातृभाषामा सरल प्रकारले लेख्न र पढ्न अभ्यास गराउन र साधारण साक्षरहरुका लागि लक्षित बनाएर तयार पारिएको हो । तथापि यस प्रस्तावित संस्करणमा हाललाई उच्च स्तरीय भाषा शास्त्रीय तथा प्राज्ञिक तवरले निर्धारण गरिएको छैन । प्रस्तुत लेख्ने तरिका विभिन्न व्याक्तिहरुको योगदान द्धारा तयार पारिएको पहिलो प्रयोगात्मक प्रयास हो ।

यस पुस्तिकाको पहिलो संस्करण वि.सं.२०५० सालको वर्णमाला पहिचान गोष्ठिले मगर भाषिहरुको माझमा ल्याएको वर्ण विन्यासमा आधारित थियो । जसमा उल्लेखित मान्यताका आधारमा लेख्दै जाँदा मगर समुदाय बीच यसमा समय सापेक्ष सुधार परिमार्जन गर्न आवश्यक देखियो ।

यो पुस्तिकाको पुनरावलोकनको लागि २०७२ वैशाख १२ गते आमन्त्रण गरिएका प्रायः मगरभाषी व्याक्तिहरुले समेत लेखनमा सजिलो नभएको प्रतिक्रिया जनाएका थिए । लेखपढ गर्न कठिन र अस्वभाविक वर्णविन्यास जोसुकै लाई स्वीकार्य हुदैन वर्षौ देखि मगर भाषा देवनागरी लिपीमा लेखिदै आएको छ । भाषाविज्ञानले भाषा जहिले पनि जटिलता बाट सरलतातिर बग्दछ भनी भन्दछ । हामीसवै लाई बाल्य—अवस्था देखिनै देवनागरी लिपीको गहिरो छाप परेको छ । यसकारण बहुसंख्यक मगरहरुको भावना र प्रतिक्रिया लाई कदर गर्दै देवनागरी लिपीमा  आधारित रही यथासक्य सरल र व्यवहारिक यो मगर भाषाको लेख्ने तरीका लाइ प्रस्ताव गरिएको छ ।

यी माथिको उदेश्य बारे टिप्पणीकारहरु लोकबहादुर थापा मगर,डा. मीन श्रीस मगर,खड्ग सारु मगर,विष्णु सिंजाली मगर, डा. नेत्र दुमी राई,पूर्णबहादुर राना मगर,गणेश राना मगर लगायतले मिश्रीत टिप्पणी गरेका थिए । मातृभाषा केन्द्र नेपालले यस कार्यपत्र माथि छलफल गरीएका बुँदाहरू एकमुष्टगरी मगर मातृभाषा केन्द्रले भविष्यमा पुस्तक प्रकाशित गर्ने भएको छ ।

 

 

Last Updated on Wednesday, 06 July 2016 11:45

Hits: 1851

मगर समाज र मगरहरुले यसो गरे कसो होला !

अन्चल हुइन्चेन राना मगर 

पोखरानेपाल

समाजको अर्थ र कर्तब्यहरु प्रति कतिपय हाम्रा अभिभाबक देखि लिएर युवा सम्म जानी जानी वा अन्जानमा हो अलिकती अनभिज्ञ देखिन्छ । त्यसैले पनि हो कि समाज अझै बलियो हुन सकिरहेको छैन । समाज पनि फरक फरक हुन्छन ,मिश्रित  समाजदाजु भाइको सानो समाजजातिय समाजसिमित जिल्ला भरिको समाज र केन्द्रीय समाज आदि हुन । जुन समाजको नाम रहेता पनि काम गर्ने तरिकाहरु र उद्देस्याहरु भने एउटै हुन ।


यिनै बिषय अन्तर्गत आज हामी मगर समाज र उद्देस्यबारे छोटो कुराकानी गरौ । आज हामी केन्द्रीय मगर समाजको बारे, उदेस्य र भुमिकाहरु कस्तो खालको हुनु पर्ने बारे छोटो प्रष्ट पार्न चाहन्छौ ।


नेपाल मगर समाजको स्थपना गरेको पनि धेरै बर्ष भयो र यसका शाखाहरु प्रत्यक जिल्लामा मात्र नभै विश्व भरी जहाँ मगर त्यहा  मगर समाज भएको पाइन्छ । बिदेशमा सबै भन्दा ठूलो संख्या रहेको मगर संघ बेलायत र हङकङ हो । त्यस पछि कोरिया, अमेरिका, पर्चुगल, बेल्जियम पर्दछ । भारत र भुटानमा पनि मगर समाज ठूलो संख्यामा रहेको छ ।


नेपाल अधिराज्य भरिका मगरहरु र विश्व भरी छरिएर रहेका मगर संघहरुको साझा घर हो केन्द्रिय मगर संघ काठमाडौ नेपाल । पहिले पहिल यातायातको असुबिधाहरु थिए अहिलेको जस्तो सन्चार मध्यमहरु थिएन तर त्यो अवस्थ अहिले छैन ।  त्यसकारण समाजलाई गठबन्धन गर्न त्यती  अफ्ठेरो देखिदैन । हरेक जिल्लाबाट, हरेक राष्ट्रबाट समाजका प्रतिनिधिहरु  मगर समाजलाई के कसरी अगाडि बढाउन सकिन्छ र भिबिन्न एजेन्डाहरु बोकेर गएका हुन्छ्न । टाढा टाढा बाट आउने दाजु भाइ दिदी बहिनी कुटुम्बहरुको जम्मा हुने छलफल गर्ने पबित्र घर केन्द्रीय मगर घर काठमाडौ नेपाल हो । कुनै पनि बेला मगर समुदाय भित्र कसैलाइ कुनै अापत  बिपत समस्याहरु आइ परेको खन्डमा त्यसको लागि समाधान गर्नका लागि नै समाज खोलिएको हो । समाजमा सकारात्मक सस्कारहरुलाई जोगाउन र नकरात्मक सस्कार रिति रिवाजहरुलाइ बन्द गर्नको लागि नै समाज खोलिन्छ ।  त्यती मात्र होइन घर टोल भित्र अशिक्षितबाट कसरी शिक्षित बनाउनुको साथै आफ्नो कलह सस्कृती, भाषा ,लिपि परम्परालाई जोगाइ राखनको लागि नै समाज खोलिएको हुन्छ । एक आपसमा सदभाब माया र राम्रो नराम्रो कार्यहरुमा सहयोग अादान प्रदान गर्नको लागि नै समाज खोलिन्छ । यिनै हुन समाजका अर्थहरु ।


मगर समुदाय भित्र राजनिती र चेतनाको बिकास हुन अति आवश्यक छ तर राजनिती र समाजको बाटो अलग अलग भएकोले राजनितीलाई समाबेस गरेर कहिल्यै पनि समाजमा छिराउनु हुदैन । राजनितीलाई अलग राखेर सबैले समाजको लागि कसरी अगाडि बढाउन सकिन्छ लोप भएका भाषा,सन्स्क्रिती , लिपि ,मगर रोषहरु जो सकारात्मक र जस्ले सहि पहिचान दिन सक्दछ त्यसका लागि संरक्षक गर्नु नै तपाईं हाम्रो आवश्यक र समाजको दायीत्व पनि हो ।


समाज कुनै राजनिती नेता र राजनिति तहबाट चल्ने कुरा होइन र चलाउनु पनि हुदैन जोसंग समाज प्रती माया छ जसले समाजलाई सधै चार कोणबाट समय दिन सक्छ समाजको हित चाहन्छ आफु र आफ्नो समाजकोलागि उत्तरदायीहुनुको साथै आफ्नो सस्कार रिति रिवाजहरुलाइ ध्यान दिनुको साथै समाजमा एकीकृत गर्न सक्ने तन मन ब्यक्तिले समाजको नेतृत्व लिन सक्दछ ।

१- मगर समाज केन्द्रीय र शाखाहरुको भुमिकाहरु:-


(क)केन्द्रिय मगर समाज र शाखाहरुले हरेक साल अा-आफ्नो ठाउँ जिल्लाहरुमा मगर राष्ट्रिय दिवसमगर राष्ट्रिय माघेसङकराती र मगर राष्ट्रिय भुमी पर्व(भुम्या पर्व) लाई धुमधाम मान्नुको साथै आफ्नो पुरानो बिकृती रोषलाई फाली नया सकरात्मक मगर रोष अगाडि ल्याउनुको साथै मगर सस्कृति झल्कने किसिमको जसले मगर पहिचान दिने गर्दछ तिनलाइ संरक्षक गर्नु नै समाजको दायीत्व हो । सम्पुर्ण मगर दाजु भाइ दिदी बहिनी कुटुम्बहरुको दयीत्व हो ।


(ख) मगर समुदाय भित्र मगर रोष धेरै भएतापनि मगर समुदायको मुख्य कर्मकान्ड र मगर बाबूजा, नान्जाहरुको न्वारन जस्ता कुरामा धेरै मगरहरु हिन्दूक्रित convert भएर होला अझै मगरहरु आफ्नो सन्स्क्रिती ,कर्मकान्ड प्रती अनभिज्ञ रहेको पाईन्छ।मगर समुदाय सान्स्कृतिक रुपमा बुद्ध सन्स्कार पद्द्ती सँग नजिक छन भने कतिले प्राकृतिक धर्म पनि भन्न्दै आएका छन ,पहिलाको भन्दा अहिलेका मगर वापाहरुले केही हद सम्म राम्रो चलन गरेतापनि यस् माथि अझ पुर्ण बिचार गरि डोल्पालि मगरहरुको कर्म कान्ड कस्तो छ विश्व भरिका मगरहरुले बिचार गर्न  अत्यन्त आवस्यक छ । राम्रो सकारात्मक कुराहरुमा सबैले सिक्न र सिकाउन सके सुनमा सुगन्ध हुनेछ समाजलाई ।


(ग) मगर समाज भित्र अभिभाबकहरु आफू कुन थरको मगर हु र मेरो थर यो भए अर्को थरको मगरलाई कुन साइनोले सम्बोधन गर्ने र अर्को कुटुम्ब थरको मगरले आफूलाई के भनी साइनो सम्बोधन गरेर बोलाउन लगाउने जस्को कारण मगर मगर बिच जुन साइनोले कस्तो खालको सकारात्मक आत्मिय सम्बन्ध, नाता रहन्छ भन्नी कुरामा नै धेरै अभिभाबकहरु अनभिज्ञ रहेकोले यस तर्फ ध्यान दिन जरुरी छ । 

आफ्नो सस्कारलाई त्यागेर अरुको सस्कारलाई मान्ने मगर समाज टोल र मगर बस्तीहरुका अभिभाबकहरुले अाफ्नो हुर्के बढेको छोरा छोरिलाई आफ्नो थर र वंशावली उपथरले अर्को मगर थर र वंशावली उपथरहरुलाई के भनेर साइनो लगाउने जस्ता ज्ञान दिनु पर्दछ । 

माया प्रेमको बारे कुनै पनि घर भित्र आन्तरिक चेतना  मुलक दाजु भाइ दिदी बहिनी कुटुम्बको बारे कुनै ज्ञान शिक्षा मुलक नसिकाइएको हुदा धेरै पढे लेखेका र सुन्दर मगर युवा ,युवतीहरु पटक पटक अपराधी र स्वार्थी धुर्त युवा युवतीहरुको माया जालमा फसी अपराध घटेको घट्नाहरु दिनहु जसो भिबिन्न जिल्ला ,शहर, गाउ ,टोलमा  घटेको देखिन्छ । यस  बिषयमा तत्काल मगर समाजहरुले पुनरबिचार र बहस गर्न जरुरी छ ।


(घ) सरकारले नेपाली जनताको लागि  के कस्तो व्यवस्था गरेको छ, मगर समुदाय भित्र त्यस्ता कुनै सरकारी कोटाहरु आएको छ या छैन खोज्न सक्नु पर्यो र गरिब छात्रहरु जो निम्न छन तीनलाई ब्यवस्था गर्न भुमिकाहरु खेल्न आवश्यक छ ।


(ङ) मगर समाजले विश्व भरिको मगरहरु जस्ले मगर समाज र देशको लागि राम्रो काम गरेको छ त्यस्ता व्यक्तित्वोहरुलाई  पक्षपात नगरी सम्मान गर्नु पर्यो जस्तो कि डा. मह वीर पुन मगरज्युलाई मगर समाजले अझै पनि चिन्न सकेको छैन । नेपाल सरकारले पनि चिन्न सकेको छैन  ।मगर समाजले उहाँ जस्तो महान बौद्धिक ज्ञान भएकालाइ सम्मान गर्नु नसक्नु निकै दु:खद । छिटो भन्दा छिटो मगर समाजले चिन्न जरुरी छ समाजले र रास्ट्रले पनि ।

Last Updated on Monday, 27 June 2016 13:22

Hits: 1637

बाह्र मगरात मगर ढुट् विकासको लागि छलफल सम्पन्न

केहर सिं थापा मगर

काठमाण्डौं,असार १९— हिजो बाह्र मगरात मगर ढुट् नीति तथा कार्यक्रम विकासको लागि छलफल सम्पन्न भएको थियो ।

नेपाल मगर संघ केन्द्रीय समितिको भवनमा बाह्र मगरात भाषिक उपाध्यक्ष दलबहादुर विर्कटाको अध्यक्षतामा र सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । नेपाल मगर संघका पूर्वमहासचिव प्रा.लोकबहादुर थापा मगर(झुस्या मगर) को विशेष अतिथि थिए भने अतिथिहरुमा डा.मीन श्रीस मगर,विद्यावारिधि शोधार्थी विष्णु सिजांली मगर थिए । कार्यक्रम सञ्चालक विर्कटा मगरले बाह्र मगरात मगर ढुट् नीति तथा कार्यक्रमहरुको बारेमा प्रकास पारेका थिए ।

जस्तैः

 (क) नेपाल सरकार संग माग गर्ने,

 (ख) राज्य संग पाठ्य पुस्तक छाप्न लाई माग गर्ने,

 (ग) मगर भाषा बोल्न नजान्ने लाई कसरी सिकाउने तथा गाँउ गाँउमा मगर भाषा कसरी पुर्याउने ? र  

(घ) मगर भाषाको प्रशिक्षक उत्पादन गर्ने वा तयार गर्ने बारे बहसको लागि फ्लोर खुला गरेका थिए ।

यी माथिका चार विषय बारेमा छलफल गर्नेहरुमा लोकबहादुर थापा मगर(स्याङजा),गोमबहादुर राना मगर(तनहँ),विजय सिङ थापा मगर(परासी),दीपक थापा मगर (गोर्खा),रेणुका सूर्य मगर (मोरङ),हुमबहादुर थापा मगर (पाल्पा),संजोग लाफा मगर (उदयपुर),खड्ग सारु मगर (रामेछाप),हरिबहादुर आले मगर (रामेछाप),विष्णु कुमार सिंजाली मगर (स्याङजा),मनबहादुर गाहा मगर (स्याङजा),पूर्णबहादुर थापा मगर (रुपन्देही),डा.मीन श्रीस मगर (गुल्मी) र पवित्रा राना मगरले छलफलमा भाग लिएका थिए ।

भागलिनेहरुमा अधिकांश प्रतिनिधिहरुले बहूभाषिक शिक्षा लागू भई साथै मातृभाषामा पढाई हुनुपर्ने बताए  । अहिलेको युग भनेको वैज्ञानिक युग भएकोले मातृभाषालाई डिजिटलाइट गर्नु पर्दछ,देश र संसार लाई बचाउने हो भने मातृ भाषा बोल्न अति आवश्यक छ जसरी नेपाली रुपैया लाई डलरमा परिणत गर्न भाषाको आवश्यक रहेको विज्ञहरुले बताए । विरालोको काम मूसा मार्ने भनेझै सरकारको काम सवै भाषाभाषिको विकासको लागि संरक्षण गर्नु हो । पहिलो पटक भएको यो कार्यक्रमले आश्र्चय जगायो भने एउटा आशापनि जगाएको भाग लिने अधिकांश विज्ञहरुले बताए ।

नेपाल मगर संघका बाह्र मगरात मगर ढुट भाषिक उपाध्यक्ष  दलबहादुर विर्कटा मगरको संयोजकत्वमा मगर ढुट निति तथा कार्यक्रम तर्जुमा समिती गठन गरेको छ ।

जसमा सदस्यहरु:  

डा.मीन श्रीस मगर

विष्णु सिजाली मगर

लोक बहादुर बरहिमगर

पुर्ण रानामगर

पवित्रा रानामगर

सन्जोक लाफामगर र

रेणुका सुर्य मगर  रहेका छन् ।

यो समितिले २०७३ साउन १५ भित्र प्रतिवेदन तयार गर्ने निर्णय समेत गरेको छ।

Last Updated on Sunday, 03 July 2016 17:21

Hits: 1051

गोरेवहादुर खपांगी फाउण्डेशन सार्वजनिकीकरण गरियो

राज्यसत्ता व्यूरो

काठमाडौं, असार ५  - गोरेवहादुर खपांगी फाउण्डेशन नामको संस्था सार्वजनिकीकरण सम्वन्धी उदघाटन र मगर जातीको भाषा र वौद्ध धर्म विषयक विचारगोष्ठी नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा सम्पन्न भयो ।

प्रमुख अतिथि एवं पूर्वआइजीपी श्री कुवेरसिं रानावाट जीवी फाउण्डेशनको व्यानर उदघाटन गरिएको उक्त कार्यक्रममा श्री रानाले भन्नुभयो, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनको संस्थापकमध्ये एक नेता गोरेवहादुर खपांगी युग पुरुष मानिनुहुन्छ ।’

 


 

 

 

 

पूर्व आईजीपी,पूर्व वर्माका राजदुत तथा माननीय रां.प.स. श्री खड्गजित बराल मगरले फाउण्डेसनको लागि पठाउनु भएको शुभकामना वाचन गरेर सुनाइएको थियो । विशेष अतिथि एवं पूर्वमन्त्री डा.केशवमान शाक्यको वाहुलीमा मगर जातीको भाषा र वौद्ध धर्म विषयक विचारगोष्ठीको व्यानर उदघाटन गर्दै भन्नुभयो, ‘नेता खपांगीको व्यक्तित्व एवं कृतित्वको संग्रह र प्रकाशन गर्ने मात्र नभई समसामयित विषयमा विचारगोष्ठी एवं अन्तरक्रियाको आयोजना नियमित गर्नुपर्ने रहेको र त्यो जीवी खपांगी फाउण्डेशनले पूरा गर्ने छ ।’

 

जीवी फाउण्डेशनको अध्यक्ष श्री हुमबहादुर थापाको अध्यक्षता, सचिव भावेश भुमरी एवं सदस्य गायत्री रानाको संचालन र सदस्य नन्दवहादुर घर्तीमगरको स्वागत मन्तव्यवाट प्रारम्भ भएको उक्त विचार गोष्ठीमा मगर जातीको भाषा विषयक कार्यपत्र पिएचडी शोधार्थी विष्णु सिंजालीले प्रस्तुती गर्नुभएको थियो भने वौद्ध धर्म विषयक कार्यपत्र भिक्षु मधेङकरले गर्नुभयो । त्यसैगरी टिप्पणीकारको रुपमा भाषाविद अमृत योञ्जन तामाङ र क्या.देउवहादुर राना हुनुहुन्थ्यो ।

डा.ओम गुरुङ,गणेशबल तामाङलगायतले पनि आ आफ्नो बिचार राख्नु भएको थियो ।

 

 

 

 

 


 

संस्थाका कोषाध्यक्ष के.बि राना मगरले आय ब्यय प्रस्तुत गरेका थिए । आज सम्म जम्मा रु ८,६२,२०५र— उठेको र खर्च तर्फ हालसम्म १,९९,८९४ र— भएको छ भने हाल जम्मा बाकीं ६,६२,३११र— वैंकमा रहेको जानकारी गराएका थिए । सहयोगदाताहरुको नामावली आउने दिनहरुमा सार्वजनिक गरिने छ ।

 

Last Updated on Sunday, 19 June 2016 17:26

Hits: 1538

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर