A+ A A-

खस आर्य समाज दुवईमा पनि



दुबई, युएईस्थित नेपालीहरुद्धारा संचालित जातीय, धार्मिक, जिल्ला, अञ्चल, महिला, सामाजिक र भात्रुसंगठनहरु लगभग ८० वटा छन्  । त्यसमा थप अर्काे जातीय संस्था थपिएकोछ  । बाहुन क्षेत्रीहरुले खस आर्य समाज युएई तदर्थ समिति गठन गरेकाछन् । सो तदर्थ समिति गठन गत ८ जुन शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा गरेको हो ।
विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, महिला, समाजसेवी र पत्रकारहरु अतिथि रहेको भेलाको संचालन पत्रकार भुपुराज बस्यालले गरेकाथिए । प्रकाश कोइरालाको शुभकामना मन्तव्यबाट औपचारिक रुपमा थालनी भएको भेलामा चन्द्रप्रसाद सापकोटा, चुडामणि ढकाल, चन्द्र रोकाहा, कृष्ण ढकाल, डीएल शर्मा, अर्चना बस्नेत रोकाहा, भुवानी तिमिल्सिना, कृष्ण भुसाल, शंकर ज्ञवाली र निमिष गिरीले आ–आफ्ना विचार राखेका थिए ।
उक्त भेलाले प्रकाश कोइरालाको संयोजकत्वमा १३ सदस्यीय “खस आर्य समाज युएई” को तदर्थ समिति गठन गरेको छ । जसमा क्रमशः संयोजकमा प्रकाश कोइराला, सहसंयोजकमा भुपुराज बस्याल, गोपाल कंडेल र भुवानी तिमिल्सिना रहेका छन् भने अन्य सदस्यहरुमा भिमकुमार अधिकारी, नारायण शर्मा, सुजना गिरी, यादव अर्याल, दीपक शाह, गितामणि पाण्डे, केदारसिंह नेपाली, पिताम्बर पाण्डे र टेकनाथ खनाल चयन भएका छन् ।
यस समितिले तीन महिनाभित्रमा अझै बृहत् भेलाको आयोजना गरी पूर्ण कार्यसमिति गठन गर्ने भएको छ । प्रवासमा रहेका प्रवासी नेपालीहरुलाई आइपर्ने दुःख र समस्याको समाधान गर्ने हेतुले स्थापना गरेको समितिले युएईस्थित संचालनमा रहेका अन्य संघ संस्थाहरुसंग सहकार्य गर्दै लैजाने प्रतिवद्धता समेत गरेको छ । छिट्टै समिति गठन होस् र समिति गठन भएपछि यस संस्थाले चालेको हरेक कार्यलाई सफलता मिलोस् भन्दै उपस्थित अतिथिहरुले शुभकामना दिएका थिए ।      
    लालबहादुर ढेंगा, दुबई, युएई

Last Updated on Thursday, 14 June 2012 05:10

Hits: 915

करवीर बुढाथोकीपछि वीना मगर सगरमाथामा

भारतीय सेनाको तर्फबाट सगरमाथा आरोहण गर्ने करवीर बुढाथोकी पहिलो मगर सगरमाथा आरोही हुन् । त्यसमा वीना मगरले रेकर्ड थपेकिछन् । नेपाल मगर विद्यार्थी संघकि पूर्व केन्द्रिय सदस्य वीना मगरले सफल सगरमाथा आरोहण गरेर पहिलो मगर महिलाको रेकर्ड कायम गरेकिछन् ।

 तर वीनाले मगरसंघको झण्डा सगरमाथामा फहराएकिले मगरको संस्थागत हिसाबले जाने उनी नै पहिलो भएकिछन् ।

Last Updated on Sunday, 10 June 2012 15:52

Hits: 1113

सहिद थनेत अमर रहुन !

सहिद धनबहादुर थनेतको शवयात्रा सम्पन्न भएको छ । अधिकारका लागि शान्तिपुर्ण आन्दोलनको क्रममा बैशाख २७ गते एकात्मक राज्यको भरौटे नेपाल प्रहरीको गोली हानेका थिए । नवलपरासीस्थित कावासोती फलफुलचोकबाट २६ जेठमा शुरु भएको शवयात्रा थारु राष्ट्रिय संग्रहालय डण्डा पुगेर सकिएको सम्पन्न भएको थियो ।

 वीर सहीद अमर रहुन,जनजाति एकता जिन्दाबाद, हाम्रो आन्दोलन जारी छ, जस्ता नारा सहित गरिएको सो शवयात्रामा हजारौं र्सवसाधारणहरुले सहभागीता जनाएका थिए ।



सहभागी सबै अत्यन्त भावुक देखिन्थे । सहीद धनबहादुरको पार्थिव शरीरलाई थारु संग्रहालयको परिसरमा श्रद्धान्जलीका लागि दुइ घण्टा सम्म राखिएको थियो । यही संग्रहालयमाथि वाहुन क्षेत्रीले गरेको तोडफोडको बिरोधमा आन्दोलनको नेतृत्व गर्दा वहालाई गोली हानिएको थियो ।

सहिद थनेतको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखी, थरुहट संर्घष्ा समितिका अध्यक्ष लक्ष्मण  थारु, थारु कल्याणकारिणी सभा केन्द्रिय अध्यक्ष तथा थारु संयुक्त संधर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरी, पूर्व सभाषद रुक्मिणी चौधरी लगायतले झण्डा ओर्ढाई सम्मान सहित श्रद्धान्जली अर्पण गरेका थिए। जिल्ला स्थित जनजाति नेताहरुले पनि श्रद्धान्जली ब्यक्त गरेका थिए ।

प्रेमध्वज गाहा मगर,  कावासोती

Last Updated on Saturday, 09 June 2012 11:54

Hits: 993

जनजाति आन्दोलनप्रति राष्ट्रसंघीय चासो

संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनको विशेष दूत ताम्रट समूयल र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारु, महासचिव आङ काजी शेर्पा र कोषाध्यक्ष डण्डु ढोक्प्यसंग करिव एक घण्टा कुराकानी भएको छ । महासंघको कार्यालय कुसुन्तीमा जेठ २७ गते भएको भेटमा ताम्रट समूयलले नेपालको अस्थिर राजनीतिक अवस्थालाई धेरै लामो जान दिनु नहुने र संघीयता सम्बन्धि साझा अवधारण निर्माण गरेर यस विषयलाई छिट्टै टुङ्गो लगाउनु पर्ने बताएका छन् ।

उनले आदिवासी जनजातिका सवालहरुलाई राष्ट्रिय स्तरमा छलफलको विषय बनाउन महासंघले खेलेको भुमिकाको प्रशंस गरेको महासचिव आङ काजी शेर्पाले जानकारी दिएका छन् । उनले संघीयता र जातीय पहिचानको नेपालको लागी नौलो र जटिल विषय भएकोले यसलाई सन्तुलित तरिकाले छलफल गरिनु पर्ने सुझाव दिए ।

महासंघका अध्यक्ष राजकुमार लेखीले ४ दलको शिषर्थ नेताहरु लगायत प्रधानमन्त्री र सभामुखको असफलताको कारण संविधानसभा विघटन भएको र अव असफल दलको नेता बीचको सहमति भन्दा सर्व पक्षीय गोलमेच सम्मेलन गरेर राष्ट्रिय सहमतिको लागि निकास खोज्नु पर्ने बताए । संविधान निर्माणको संवैधानिका प्रक्रियालाई अवलम्वन नगरेर गैर संवैधानिक प्रक्रियाबाट संविधान निर्माण गर्दा संभासदहरु मौन बस्नु भुल भएको र आदिवासी जनजाति मधेशी र मुस्लीम निर्वाचन र संविधानसभा पुर्नस्थापनाको पक्षमा छ तर जनमात संग्रह र आयोग गठन गरेर संविधान निर्माण गर्ने सोचको विरोध गर्ने बताए ।

तिलिसरा राना गाहा

Last Updated on Sunday, 10 June 2012 03:47

Hits: 963

जनजाति सहिदका लागि तर्राईका २२ जिल्ला बन्द



शान्तिपूर्ण जुलुस गरिरहेका बेला डिएसपी राजेन्द्र मरानिसीले गोली हानेका धनबहादुर थनेतलाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग गर्दै थारू सङ्र्घर्ष समितिले चितवनसहित तर्राईका २२ जिल्ला बन्द आहृवान गरेको छ । आदिवासी जनजाति महासङ्घ र थारू संयुक्त सङ्र्घष्ा समितिले आहृवान गरेको आन्दोलनका क्रममा गत वैशाख २७ गते नवलपरासीमा घाइते भएका थनेतको  उपचारका क्रममा काठमाडौँको शिक्षण अस्पतालमा २३ जेठमा उच्च सहादत प्राप्त गरेका थिए । उनलाई  सहिद घोषणा गर्नुपर्ने माग गर्दै  समितिले  बन्द आहृवान गरेको हो ।

मृतक थनेतलाई सरकारले सहिद घोषणा गर्नुपर्ने, परिवारका सदस्यलाई सरकारी रोगजारीको व्यवस्था गर्नुपर्ने लगायत माग राख्दै बन्दको आहृवान गरिएको थारू कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्वराम महतोले जानकारी दिए । सरकारले आफ्नो माग पुरा नगरेसम्म थनेतको शव नउठाइने महतोले बताए । बन्दकर्ता अहिले नारायणगढको पुल्चोक र पूर्वी चितवनमा जम्मा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तर्राईका २२ वटै जिल्लामा जनताले स्वस्फूर्त रुपमा बन्दको समर्थन गरेका छन् ।

Last Updated on Thursday, 07 June 2012 04:02

Hits: 931

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६