A+ A A-

आदिवासी जनजाति राष्ट्रिय राजनीतिक सम्मेलनको रुपरेखा

सम्पूर्ण आदिवासी जनजातिको अभियान,जातिय पहिचान सहितको संघीय संविधान

राष्ट्रिय राजनीतिक सम्मेलन
२०६९ असार २० र २१ गते
एस. आर. क्याटरिङ (ओम हस्पिटलको ठीक पश्चिम)
काठमान्डु,  नेपाल

२०६९ असार २० गतेको कार्यक्रम

कार्यक्रम उदघोषक : आङ काजी शेर्पा, महासचिव, नेपाल आदिवासी जनजाति महासंघ
सि नं  कार्यक्रम  
१    सभापतित्व  राजकुमार लेखी थारु, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
२   विषय प्रवेश  नि माननीय  पृथ्वी सुब्बा गुरुङ, अध्यक्ष, आदिवासी जनजाति निवर्तमान सभासद सभा (ककस)
३   कार्यपत्र प्रस्तुत  डा चैतन्य सुब्बा र डा कृष्ण भट्टचन
४   दिउसोको खाना  
५   खुल्ला छलफल  प्रतिनिधिहरु


२०६९ असार २१ गतेको कार्यक्रम

कार्यक्रम उदघोषक :
सि नं कार्यक्रम  
१    खुल्ला छलफल  प्रतिनिधिहरु
२   घोषणापत्र माथी छलफल तथा  अनुमोदन   प्रतिनिधिहरु

२०६९ असार २१ गतेको कार्यक्रम
सि नं     कार्यक्रम  
१.        घोषणापत्र जारी    पत्रकारहरु 

सम्मेलनको उद्वेश्यहरु
१ वर्तमान राजनीतिक अवस्थाको विशलेषण र साझा अवधारण निर्माण
२ जातिय पहिचान सहितको संधीय सीवधान  सुनिश्चितताका लागि भावि राणनीतिहरु निर्माण

प्रतिनिधिहरु
१ सबै ५६ आदिवासी जनजातिको केन्द्रीय संगठनहरु
२ आदिवासी जनजाति निवर्तमान सभासदहरु
३ विभिन्न राजनीतिक दलका आदिवासी जनजाति नेता तथा कार्यकर्ताहरु,
४ नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद सदस्यहरु, संघीय परिषद सचिवालयको पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु
५ आदिवासी जनजाति बुद्धिजीविहरु
६ आदिवासी जनजाति महिला, विद्यार्थी युवा, पत्रकार, मजदुर, कानुन व्यवसायी, वकिल, अपाङगा, चलचित्र कर्मी,
७ नेपाल आदिवासी जनजाति महासंघ ७१ जिल्ला समन्वय परिषदहरु तथा अन्तराष्ट्रिय शाखाहरु
८ आदिवासी जनजाति गैर सरकारी संस्था कर्मीहरु तथा आदिवासी जनजाति अधिकारकर्मीहरु

आयोजकहरु
१ नेपाल आदिवासी जनजाति महासंघ
२ आदिवासी जनजति निवर्तमान सभासदसभा (ककस)
३ राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
४ नेपालको आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समुह
५ आदिवासी जनजाति गैर सरकारी संस्था महासंघ

Last Updated on Wednesday, 04 July 2012 01:46

Hits: 815

कालो झण्डा देखाउदा मन त चस्स दुख्छ

१ जलाई हंगकंग, एमाले इकाई कमिटि हंगकंगले याउ मा तेइ स्थित चर्चको हलमा नेपालको राजनितिक परीस्थिति विषयक एक अन्र्तरक्रिया कार्यक्रम आयोजना गरी प्रमुख बक्ता एमालेका नेता माधब कुमार नेपाललाई निम्त्याइएको थियो । चाइना गएर नेपाल फर्कने क्रममा नेता नेपाल हंगकंगमा आएको मौका छोपी कार्यक्रम राखिएको थियो । केहि दिन पहिला मात्रै हंगकंगका आदिवासी जनजाति विच पृथ्बी सुब्बा गुरुङ र आङकाजी शेर्पाले नेपालको तिन ठूला बाहुनबादी पार्टी र बाहुनबादको चर्को आलोचना गरी संबिधान सभा तिनै दलले विघटन गराएको आरोप लगाएका थिए । कतिपय आदिवासी जनजातिले यसै सन्र्दभलाई जोडी एमाले हंगकंग इकाई कमिटिमा रहेका आदिवासी जनजाति विरोधी बाहुनबादी आदिवासी जनजातिहरुले नै पृथ्वी सुब्बा गुरुङ र आङकाजी शेर्पाको वावाईलाई लेप लगाउन माधब कुमार नेपाललाई अन्र्तरक्रिया गराउने निउमा हंगकंग ल्याए आदिवासी जनजाति बिच फाटो ल्याउने काम गरेको आरोप लगाएका थिए ।
त्यसैले कार्यक्रमा शुरु गरी जब नेता नेपालले प्रमुख आतिथ्य ग्रहण गरे पछि कमिटिका उपाध्यक्षले स्वागत मन्तब्य दिदै थिइन । त्यस लगत्तै पछडिबाट होहल्ला शुरु भयो र कालो झण्डा हल्लाउदै नारा लगाउन शुरु गरे । बाहुनबाद मुर्दावाद । दलाल एमाले गद्धार हो । धोकेबाज एमाले मुर्दाबाद जस्ता नारा लेखिएको एउटा प्लेकार्ड पनि बोकेका थिए । यी सवै नाराका अलवा एकल जतिय पहिचान सहितको संघियता चाहिन्छ चाहिन्छ । आदिवासी जनजाति एक हौ जस्ता नारा लगाएका थिए । विरोध गर्न आउने र आयोजक विच धकला धकेल र ठेला ठेलम्म भएको थियो । तर परिस्थितिले त्यस्तो नराम्रो मोड भने लिएन । त्यस समयमा नेता नेपाल मञ्चमा बसेर आदिवासी जनजातिहरु आआफ्नै दाज भाई आआफै एकआपसमा भिडेको रमिता हेरिरेका थिए तर एक बचनसम्म बोलेनन ।

पछि उक्त भिड साभ्य भएपछि फेरि उपाध्यक्षले स्वागत मन्तब्य दिई अन्त गरीन । त्यसपछि नेता नेपालले सम्बोधन शुरु गरे । आदिवासी जनजातिको लागि पार्टीमा कुरा उठाउने मनै हो तर मलाई नै कालो झण्डा देखाउदा मन त चस्स दुख्छ नै । यसरी दुखेको मनले कसरी आदिवासी जनजातिको मुद्धालाई मैले अगाडि लान सक्छु भन्दै मन दुखाएका थिए । तर यसरी आदिवासी जनजातिको विषयमा बोल्ने गरेको भनेता पनि अहिलेसम्म कुनै ठोस कुरा नराखेको र एमाले पार्टीले आदिवासी जनजातिको मुद्धालाई अन्तिम समयमा आएर धोका दिएको भनेर आदिवासी जनजाति नेताहरुले नै आरोप लगाएको हुनाले नेता नेपालको कुरा सत्य नभएको जस्तो बुझिन्छ । संबिधान सभा विघटन भएकोमा आफुले कसैलाई पनि दोष नलगाउने भनी एमालेको पहिलेकै द्धत्य चरीत्र पनि त्यहाँ देखाएका थिए । अबको देशको निकासको बाटो यही र यस्तै हुने कुरा यकिन नभएकोले यसै भन्न नसकिने बताए । यदि गोलमेच सम्मेलन गर्ने हो भने कुन कुन पार्टी र कसकसलाई डाक्ने भन्ने कुरा अन्योल हुने र त्यसबाट पनि निकास सम्भव नहुने बताए । किनकि त्यसरी सम्मेलन गर्दा संघियता बिरोधी कमल थापा र चित्र बहादुर के सी जस्तालाई पनि डाक्ने कि नडाक्ने भन्ने पनि प्रश्न आउने उनले बताए । अबको निकास भनेको (१) संबिधान सभाको पर्नस्थापना र (२) जनमत संग्रहबाट पनि हुन सक्ने संभावना रहेको बताए ।
बाबुराम सरकार बिदेशीको इसारामा चलेकोले र संबिधानत अधिकार नै नभएको काम गरेर मंसीर ७ गते चुनाबको मिति घोषण गरेको आरोप लगाए । अबको विकल्प भनेको नयँ सहमतिय सरकार र त्यही सरकारले मात्र चुनाबको मिति घोषण गर्ने र चुनाबमा जान सकिने जिकिर गरेका थिए । 
कार्यक्रम एमाले हंगकंग इकाई कमिटिका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । नेता नेपालको सम्बोधन पछि प्रश्नोत्तर कार्यक्रम पनि भएको थियो ।    

Last Updated on Tuesday, 03 July 2012 08:49

Hits: 943

नेपाल आदिवासी जनजाति महासंघको राजनितिक सम्मेलन गर्नको लागी परिपत्र

मिति : २०६९ असार १४ गते
श्री अध्यक्षज्यु
५६ जातिय संगठनहरु ।
महासंघ संघीय परिषद सदस्यहरु
७१ जिल्ला जिल्ला समन्वय परिषदहरु ।
महासंघका १४ वटा अन्तराष्ट्रिय शाखाहरु ।
८ संम्बन्धन प्राप्त संगठनहरु ।
निवर्तमान आदिवासी जनजाति सभासदहरु ।
लाहुर्निप ।
एन जि ओ फोनिन ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ ।
आदिवासी जनजाति विज्ञ तथा अधिकारकर्मीहरु ।
राजनितिक दलका आदिवसी जनजाति संगठनहरु ।
राजनितिक दलका आदिवासी जनजाति नेताहरु ।

विषय : आदिवासी जनजाति राजनितिक सम्मेलनमा सहभागीता बारे ।

महोदय
आदिवासी जनजाति राजनितिक सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघको प्रत्येक केन्द्रीय जातिय संगनठनहरु जिल्ला समन्वय परिषदहरु र संम्बन्धन प्राप्त संगठनहरु लगायत सबै संगठनहरुबाट २ महिला र २ पुरुष प्रतिनिधि पठाई दिनु हुन हार्दिक अनुरोध गर्दछु । यो सम्मेलनको दुईदिने बन्दसत्रमा करीब १००० प्रतिनिधीहरुको सहभागीता रहेनछ ।

मिति : ०६९ असार २० र २१ गते ।
समय : ८:०० वजे विहानदेखि-५ वजे सम्म ।
स्थान : KUSAL CATTERING क्याटरीङ धुम्वाराही ( ओम हस्पीटलको छेउ) महासंघको सातौं राष्ट्रिय महाधिवेसन स्थल ।

राजकुमार लेखी थारु,
अध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ
संम्पर्क फोन ५००१७५४ वा ९८४१४३७४००


Last Updated on Sunday, 01 July 2012 05:35

Hits: 890

पहिचान विनाको सात प्रदेश लोकतान्त्रिक मगर संघलाई अमान्य


नेकपा एमाले केन्द्रीय कमिटीबाट पारित जातीय पहिचान विनाको सात प्रदेशको प्रस्ताव एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक मगर संघले अस्विकार गरेको छ । संघको राजधानीमा सम्पन्न १८ औं पूर्ण बैठकले मातृ पार्टीको निर्णय अस्विकार गर्ने गरेका बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

संघका अध्यक्ष तथा पूर्वसभासद दलबहादुर रानाको अध्यक्षतामा असार १६ र १७ गते बसेको बैठकले स्वायत्त मगरात स्थापनाको लागि संघर्ष गर्ने निर्णय गरेको छ । काठमाडौंको बागबजारस्थित संघको केन्द्रीय कार्यालयमा बसेको बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरुले जातीय पहिचान सहितको संघीयता विना मगरलगायत आदिवासी जनजातिहरुको मुक्ति नहुने धारणा राखेका थिए ।

एमाले उपाध्यक्ष अशोक राई तथा रामचन्द्र झा लगायतका नेताहरुले राज्यपुर्नसंरचनाको विषयमा केन्द्रीय नेतृत्वसँग असहमति राखिरहेकै बेला लोकतान्त्रिक मगर संघले पनि पार्टीको धारणामा विमती जनाएको हो ।

एमाले केन्द्रिय समितिले असार पहिलो साता पहिचान विनाको सात प्रदेश बनाउने प्रस्ताव पारित गरेको छ  । असार ४ र ५ गते राजधानीमा सम्पन्न एमाले राष्ट्रिय कार्यकर्ता भेलापछि बसेको स्थायी समितिको बैठकको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पारित गरेको हो । राष्ट्रिय कार्यकर्ता भेलामा एमाले अध्यक्ष झलनाथ खनालले जनजाति र मधेशीको अनावश्यक मागका कारण संविधान बन्न नसकेको लिखित दस्तावेज प्रस्तुत गरेका थिए ।

Last Updated on Monday, 02 July 2012 11:09

Hits: 918

अर्धसाप्ताहिक संघिय एक्सप्रेस र राज्यसत्ता डट कम बिच सहकार्य हुने

६ असार, बुटवल राज्यसत्ता डट कम अनलाइन र बुटवलबाट प्रकाशित हुने अर्ध साप्ताहिक संघिय एक्सप्रेस बिच एक भेटधाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । राज्यसत्ता डट कम अनलाइन र संघिय ऐक्सप्रेस बिच सहकार्य गरि अगाडी बढ्ने प्रतिबद्धता सहित सहमति भएको छ । संघिय ऐक्सप्रेसका अध्यक्ष क्या. भिम बहादुर राना मगरको सभापतित्वमा राज्यसत्ता डट कम अनलाइनका निर्दैशक हुम बहादुर पचभैया मगरको बिशेष उपस्थिीतीमा साथै झम बहादुर गुरुङ, अन बहादुर सोती मगर, कृष्ण बहादुर थापा मगर, इजहर वारिस समउपस्थितिमा सहकार्य गर्ने सहमति भएको हो ।
साथै राज्यसत्ताका नयाँ पुराना संघिय एक्सप्रेसका पत्रकार यम बहादुर थापा मगर, सुर्य कुमार सारु मगर, गोबिन्द घर्ति मगर, मनोज कुमार थापा मगर, बालकिशोर रानामगर, लोकनेश ढेगा मगर, दिपक पचभैया मगरको उपस्थित रहेको थियो । भेलामा सबैले दुबै मिडीयाले बर्तामान अबस्थामा खेलेको भुमिका माथी टिपणी गरीएको थियो । आउने दिनहरुमा अझ शसक्त रुपमा पत्रकारिता गरी सत्य, तत्य समचार सम्प्रेशण गरोस भनि शुभकामना दिदै आफ्नो पाठकलाई भरमुर सन्तुष्ठ गराएकोमा कतिपय महानुभाबले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

Last Updated on Thursday, 28 June 2012 13:40

Hits: 1171

Error: No articles to display

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६