A+ A A-

पासर्पोटकाण्डमा फसेका पूर्व सभासद राना, मगर होइनन्


कुटनीतिक राहदानी दुरुपयोगको अभियोगमा मुद्दा खेपीरहेका नारदमुनी राना, मगर नभएर राना थारु हुन । विभिन्न सञ्चार माध्यमले भने रानालाई मगर भनेर प्रचार गरिरहेका छन् । थारु कैलालीबाट सभासद बनेका थिए । उनी नेकपा एमालेका समानुपातिक सभासद थिए ।
 
२८ असारमा थारुलाई विशेष अदालतले रु ५० लाख धरौटीमा रिहा गरेको छ । थारुको राहदानीमा  आफ्नो तस्बीर राखेर निर्मल बानियाँ अष्ट्रेलिया पुगेका थिए ।

तिलिसरा राना गाहा, काठमाडौं

Last Updated on Friday, 13 July 2012 04:29

Hits: 1003

आदिबासी जनजाती महासंघको प्रेस बिज्ञप्ति : कालो झन्डा देखाउनमा संलग्नता छैन

एमालेका बरिस्ट नेता माधब कुमार नेपाल हंगकंग आउदा कालो झन्डा देखाउदै बिरोध गर्नको लागि आदिबासी जनजाती महासंघ हंगकंगले सक्रिय भूमिका निभाएको भन्दै एमाले हंगकंग इकाइ कमिटीले एभरेस्ट साप्ताहिकमा प्रकासित गरेको प्रेस बिज्ञप्तिको खण्डन गर्दै आदिबासी जनजाती महासंघ हंगकंगको प्रेस बिज्ञप्ति 

प्रेस बिज्ञप्ति  पढ्नको लागि यहाँ थिच्नुहोस

एमाले हंगकंग इकाइ कमिटीले एभरेस्ट साप्ताहिकमा प्रकासित गरेको प्रेस बिज्ञप्ति

प्रेस बिज्ञप्ति  पढ्नको लागि यहाँ थिच्नुहोस

Last Updated on Wednesday, 11 July 2012 15:33

Hits: 888

जातीय पार्टी खोल्न लागेको होइनः लेखी

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिहरु जातीय राज्यको विरोधी भएको बताएका छन् । धरानमा आदिवासी जनजाति पत्रकारहरुद्वारा आयोजित कार्यक्रममा उनले आफूहरुले माग गरेको पहिचान सहितको प्रदेश जातीय नभएको धारणा राखेका हुन । आफू अध्यक्ष रहेको महासङ्घले कहिल्यै जातीय राज्यको वकालत नगरेको बताउँदै लेखीले जाति, भाषा, संस्कृति, ऐतिहासिक पृष्ठभूमि र भूगोलको आधारमा सङ्घीय राज्य हुनुपर्नेमा जोड दिए ।

सङ्घीयता र पहिचानको आन्दोलनसम्बन्धी अन्तक्रिर्या कार्यक्रममा बोल्दै आफूहरुले काठमाडैमा सम्पन्न गरेको राजनीतिक सम्मेलनका निचोडलाई नेपाली सञ्चारमाध्यमले नकेलाई जातीय पार्टी घोषणा गर्ने कुरा बाहिर ल्याएको आरोप लगाए । आफूहरुले खोल्न लागेको पार्टी जातीय नहुने उनको भनाई थियो ।

लेखीले यथास्थितिवादी राजनीतिक संस्कार बोकेका एमाओवादी, कांग्रेस र एमालेकै कारण संविधान बन्न नसकेको बताए । बाहुन नेतृत्वको पार्टीले सङ्घीयता अस्विकारेको उनको भनाई थियो ।

Last Updated on Sunday, 08 July 2012 04:18

Hits: 1139

बाहुनको पनि छुट्टै जातीय पार्टी बन्ने


आदिवासी जनजातिहरुले नयाँ पार्टी गठन गर्न लागेको चर्चा चलिरहेकै बेला बाहुनहरुले छुट्टै पार्टी बनाउने तयारी गरिरहेका छन् । झापाको दमकमा बसेको बाहुन समाजको बैठकले बासुदेव भट्टराईको संयोजकत्वमा वाहुन पार्टी तयारी समिति गठन गरेको छ ।

समितिमा पुष्पराज तिम्सिना, रमानन्द न्यौपाने, माधव पहरी र देवनाथ उपाध्याय सदस्य रहेका छन् । वाहुन बर्चस्वको सत्तालाई टिकाउनु पार्टीको मुख्य उद्देश्य हुने समितिका एक सदस्यले बताएका छन् । बहुपहिचानको वकालत गर्दै एकल जातीय सत्तालाई निरन्तरता दिनु यसको भित्रि उद्देश्य भएको ती सदस्यले जानकारी दिए ।
 
एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा-माओवादी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनशक्ति पार्टी, नेकपा माले, नेकपा संयुक्त जस्ता वाहुनको जातीय पार्टी हुदा हुँदै खुल्ने अर्को बाहुनको पार्टी कति प्रभावकारी हुन्छ ? अहिल्यै भन्न गाह्रो छ ।

Last Updated on Monday, 09 July 2012 14:44

Hits: 921

विश्व आदिवासी दिवसमा जनजाति पार्टी घोषणाको तयारी


आगामी आदिवासी दिवसको अवसर पारेर आदिवासी जनजातिहरुले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ, विघटीत संविधानसभामा रहेको आदिवासी जनजाति सभासदसभा (ककस), जनजाति महिला महासंघलगायतले आयोजना गरेको दुइ दिने राजनीतिक सम्मेलनपछि उनीहरु नयाँ पार्टी गठनको निर्णयमा पुगेका हुन ।


राजनीतिक सम्मेलनको निश्कर्षको विषयमा जानकारी दिन असार २२ गते ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष राजकुमार लेखीले ९ अगस्तमा जनजाति पार्टी घोषणा गर्ने तयारी भईरहेको बताए ।


एमालेबाट गत महिना राजीनामा दिएर बसेका पूर्वसभासद पासाङ शेर्पाले विगतमा खुलेका जनजाति पार्टी कै कारणले जनजातिको मुद्दा स्थापित हुँदै गएको र अहिले जनजातिको पक्षमा माहोल बन्दै गएको धारणा राखे ।
 
समाजशास्त्री डा कृष्णबहादुर भट्टचनले गैरसरकारी संस्थाको पैसा खाएर जनजाति आन्दोलन भयो भन्नु नितान्त पूर्वाग्रही भएको बताए । अवधारणापत्र तयारी समितिका सदस्य
खगेन्द्र माखिमले जनजातिको पार्टी भएको तर अहिले मेची महाकाली समेट्ने किसिमको पार्टी स्थापना गर्न लागेको उल्लेख गरे ।

बाहुन र क्षेत्रीले नेतृत्व गरेको पार्टीबाट आदिवासी जनजातिको मुक्ति असम्भव हुने भएकाले जनजातिकै नेतृत्वमा पार्टी खोल्नु परेको सम्मेलनको निश्कर्षो रुपमा जारी ११ बुँदे घोषणापत्रमा उल्लेख छ ।

तिलिसरा राना गाहा, काठमाडौं


घोषणापत्रको पूर्णपाठ
प्रेस विज्ञप्ती
काठमाडौं, नेपाल
८ जुलाई २०१२ (२२ असार २०६९)


हामी नेपालका आदिवासी जनजातिहरुको दुईदिने राजनितिक सम्मेलनमा सहभागि प्रतिनिधीले विगत २४० वर्ष देखी भोगी आएको ब्राम्णवाद, “उच्च जातीय” अहंकारवाद, पितृसत्तावाद, आन्तरिक उपनिवेशवाद, एकल जातीय राज्यबाट भएको शोषण, दमन, हिंसा, उत्पीडन, ऐतिहासिक अन्याय र विभेदको साथै विकसीत वर्तमान राजनितिक स्थितीको बिश्लेषण गर्दै हामी आदिवासी जनजातिले आफ्नो अधिकार र सरोकारका विषयहरुमा आफै निर्णय गर्न राजनितिक ढंगबाट संगठित भएर अगाडी बढ्ने अठोटका साथ यो ११ बुदे घोषणापत्र र आन्दोलनका कार्यक्रम जानकारी गराउन चाहान्छौ।
१. विभीन्न समयमा भएका आदिवासी जनजातिको मानव अधिकारको न्यायिक आन्दोलनमा र राजनितिक परिवर्ननको लागि सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात शहिदहरु प्रति उच्च सम्मान व्यक्त गर्दछौं र आदिवासी जानजातिको आन्दोलनलाई यो उचाइमा पुर्याहउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
२. संघीयता र पहिचान विरोधी एकात्मक ढांचा र चरित्रको राज्य तथा केन्द्रीकृत शासन प्रणालीका माध्यम द्वारा तथाकथित उच्च जातकाहरुले विगत २४० वर्ष देखी चलाइरहेको एकल जातीय प्रभुत्व र जातीय राज्यलाई नै संघीय ढांचामा राज्यको पुनरसंरचना हुंदा पनी केन्द्र, प्रदेश हुंदै गाउं र नगरसम्म निरन्तरता कायम गर्ने कुत्शीत उद्देश्यले पहिचानमा आधारित प्रस्तावित प्रदेशलाई जातीय राज्य भनी राजनितिक दलका नेता र तिन्का बुद्धिजिवीलगायतले विभीन्न माध्यमबाट निरन्तर गरेका दुश्प्रचारको हामी घोर भत्सर्ना गर्दछौं र त्यस्तो कार्यलाई निरन्तरता दिए विभीन्न तरिकाले त्यस्को कडा प्रतिकार गर्न बाध्य हुने छौं र त्यस बाट उत्पन्न हुने परिणामको जिम्मेवार ती दुश्प्रचार गर्नेहरु नै हुनेछन्।
३. आदिवासी जनजातिलगायतका नेपाली जनताको अधिकारलाई संविधानसभाबाट संस्थागत गर्नको सट्टा, ६ दशक देखीको नेपाली जनताको संविधानसभाको माध्यमबाट आफनो संविधान आफै बनाउने चाहनालाई कुठाराघात गर्दै संविधानसभाका सारा वैधानिक प्रकृया तथा लोकतान्त्रिक मूल्य, मान्यता र विधीहरुलाई संघीयता विरोधी, दक्षिणपन्थी तथा यथास्थितीवादी चार प्रमुख राजनितिक शक्तीका प्रमुख नेताहरु, खास गरेर तिन दलका बाहुन नेताहरु, संविधानसभाका अध्यक्ष र ंसंबैधानिक समितिको सभापतिलगायतका तिनका मतियारहरुले बन्धक बनाई संविधानसभालाई नै हत्या गरेकोले ऐतिहासिक अपराध गरेको ठहर गर्दछ।
४. हामी संविधानसभाबाटै नयाँ संविधान निमार्ण हुनुपर्दछ भन्ने पक्षमा छौ संविधानसभाभन्दा बाहिरबाट आउने कुनै पनि प्रकारको संविधान हाम्रो लागि कुनै पनि हालतमा मान्य हुनै छैन।
५. आदिवासी जनजातिको सहभागिता, प्रतिनिधित्व र सहमती वीना हुने तथाकथित तिन दलीय सहमतीको नाममा कुनै पनि तहबाट हुने सहमती तथा काम कारवाही हाम्रो लागि कुनै पनि हालतमा मान्य हुने छैन ।
६. नेपालका प्रमुख राजनीतिक दलहरु बाहुनवादी, पितृसत्तावादी र एकल “उच्च” जातीय प्रभुत्ववादी नेतृत्वको कब्जामा रहेकोले सिंगो मुलुकलाई समेट्न नसकेको हुंदा मानव अधिकार, सामाजिक न्याय, समता र समानता र आदिवासीवादको सिद्धान्तमा आधारित, समानुपातिक समावेशी राजनीतिक दलको निर्माण अहिलेको ऐतिहासिक आवश्यकता भएको ठहर गर्दै त्यसलाई तत्काल कार्यरुप दिनु पर्दछ भन्ने निर्णय गर्दछ ।

७. यस सम्मेलनको निष्कर्ष र छलफल भएका विषयहरुलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म लैजान हामी प्रतिबद्ध छौं।

८. विभीन्न राजनितिक दलमा रहेका आदिवासी जनजाति नेता तथा कार्यकर्तालगायत आम आदिवासी जनजाति र अन्य शोषण, दमन र उत्पीडनमा परेका समुदायलाई नयां राजनितिक शक्ती निर्माणकोलागि समयमै निर्णय गरी सकृय सहभागिताकालागि जोडडार आव्हान गर्दछौं।

९. आदिवासी जनजातिको पहिचान सहितको प्रदेश तथा विभिन्न तहका संरचना निर्माण र संघीयताका विरोधीहरुलाई सामाजिक बहिष्कार गर्न सम्पूर्ण आदिवासी जनजातिका संघ—संस्थाहरुलाई आव्हान गर्दछौं।

१०. आदिवासी जनजातिको आन्दोलन मानव अधिकारसंग सम्बन्धीत अन्तर्राष्ट्रिय मापदण्डमा सुनिश्चित अधिकारहरु अभ्यास गर्नका लागि केन्द्रित भएको हुनाले कुनै पनि मीत्र राष्ट्रहरुको बिरुद्धमा कुनै पनि प्रकारले प्रयोग नहुने कुरा प्रष्ट पार्न चाहन्छौं र यसै अनुसार विश्वस्त हुन मीत्र राष्ट्रलगायत सबैलाई विश्वस्त हुन हार्दिक अनुरोध गर्दछौं।

११. नेपालमा बञ्चितीकरणमा पारिएका अन्य समुदायलाइ जस्तै आदिवासी जनजातिहरुको सशक्तीकरणकालागि विभीन्न संस्थाहरुबाट प्राप्त सिमित सहयोगलाई अतिरञ्जितरुपमा दुश्प्रचार तथा अपव्याख्या गर्ने व्यक्ती, समुह, संस्था तथा दलका कार्यको हामी घोर भत्सर्ना गर्दछौं। आदिवासी जनजाति राष्ट्रिय राजनितिक सम्मेलनमा प्रस्तुत भएको अवधारणापत्रलाई सहभागि प्रतिनिधीहरुबाट आएको संसोधन र सुझाव सहित पारित गर्दछौं।

Last Updated on Friday, 06 July 2012 11:54

Hits: 960

Error: No articles to display