A+ A A-

आदिवासी जनजाति महासंघ नेपालको प्रेस बिज्ञप्ति सहित परिपत्र

                                          "विश्वका आदिवासी एक हौ"

                   "आदिवासी जनजातिको अभियान, जातिय पहिचान सहितको संघीय संविधान"

१८ औ विश्व आदिवासी दिवस

प्रेस विज्ञप्ती


मिति २०६९ श्रावण १४ गते

 
पृष्टभुमी


जेनेभा स्विटरजरल्याण्डमा डिसेम्बर १९८२ मा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई गर्यो अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्यो । २००४ को साधारण सभाले २००५ देखि २०१४ को दशकलाई विश्व आदिवासी दशक घोषणा गर्यो । सो साधारण सभाले दोस्रो दशकमा पनि बार्षिक रुपमा विश्व आदिवासी दिवस मनाउने निर्णय गर्यो ।  प्रथम दशकको उद्धेश्य  आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा भोग्नु परेका समस्या समधान गर्न अन्तराष्ट्रिय सहकार्यलाई सुदृढ गर्नु थियो ।

अप्रिल २००० मा संयुक्त राष्ट्र संघमा आदिवासी स्थायी मञ्च स्थापना गर्ने मानव अधिकार आयोगको संकल्प प्रस्तावलाई संयुक्त राष्ट्र संघको आर्थिक  र सामाजिक परिषदले पनि अनुमोदन गर्यो । आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा आदिवासी जनजातिले भोग्नु परेका समस्याबारे छलफल गर्ने अख्तियारी आदिवासी स्थायी मंञ्चलाई प्रदान गरियो । संयुक्त राष्ट्र संघ आदिवासी स्थायी मंञ्चले आदिवासी जनजातिको अधिकार प्रर्वद्धन र संरक्षणका लागि प्रत्येक वर्षको अगष्ट ९ लाई आदिवासीको अधिकार संम्बन्धि विशेष नारा र कार्यक्रम सहित  विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ ।

१८ औ विश्व आदिवासी दिवस र नेपालको सन्दर्भ

यसवर्षको १८ औ विश्व आदिवासी दिवस  ९ अगष्ट, तदानुसार २५ श्रावणमा परेकोछ । नेपालका आदिवासीले आफ्नो भाषा, धर्म, संस्कृति, रीतिरिवाज संरक्षण र विकासका साथै शिक्षा, स्वाथ्य, वातवरण, मानव अधिकार, सामाजिक र राजनैतिक अधिकार, राज्यसत्ता सबै तह र तप्कामा पहिचान सहितको समानुपातिक प्रतिनिधित्व र पहुचलगायतका माग संम्बोधन गराउन विश्व आदिवासी दिवसलाई अवसरका रुपमा उपयोग गर्दै राज्यसत्तामाथि दवाव दिने काम गर्दै आएका छन् ।

संविधानसभा विघटन पछिको यो पहिलो विश्व आदिवासी दिवास भएको परिप्रेक्षमा नेपाल आदिवासी जनजाति महासंघले यस विश्व आदिवासी दिवसलाई
१. पहिचान सहितको संघीय संविधान सुनिश्चित गर्ने,
२. अन्तरिम संविधानमा घोषणा गरिसकेको संघीयता, लोतान्त्र, गणतन्त्र, धर्मनिरपेक्षतालाई संस्थगत गर्न,
३. आदिवासी जनजातिको अधिकारहरुलाई नया“ संविधानमा सुदृढ र सुनिश्चित गर्ने 
४. आदिवसी जनजाति, उत्पीडित क्षेत्र र वर्गका अधिकार सम्वोधन र सुनिश्चितताको लागि एउटा राष्ट्रिय वैकल्पीक शक्ति गठन लगायत भावि कार्यदिशा र भावि रणीनीतहरुबारे व्यापक छलफल गरेर निर्माण गर्ने अभियान र आन्दोलनको रुपमा काठमाडौ लगायत देशव्यापीरुपमा मनाउछौ ।

१८ औ विश्व आदिवासी दिवसको कार्यक्रम तालिका  :
१८ औ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको तालिका सर्वसाधरणको जानकारीको हेतु पोष्टरमा र यस प्रेस विज्ञप्तीमा समावेश गरिएकोछ । श्रावण २५ गते (अगष्ट ९, २०१२) विहान १० बजे भृकुटी मण्डप, प्रदर्शनी मार्ग, काठमाडौबाट शुरु हुने झाँकी र्र्याली साथै साँस्कृतिक कार्यक्रम र मूल समारोहमा आ–आफ्नो जातिय पोशकमा बाजगाज, जातिय संगठनका झण्डा, व्यानरका साथै लिम्वुवान, किराँत, ताम्सालिङ, नेवा, शेर्पा, तमुवान, मगरात, थारुहट, वल्लो किराँत स्वायत्त प्रदेशका झण्डा, व्यानर लिएर संम्पूर्ण ५६ जातिय संगठनहरु, सम्बन्धन सगठनहरु,  विद्यार्थी, युवा, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, विभिन्न दलका जातिय संगठनहरु, आदिवासी जनजातिका राजनीतिक दलहरु, आदिवासी जनजातिका गैर सरकारी संगठनहरु, आदिवासी जनजाति दिदिवहिनि, दाजुभाई, न्यायप्रेमी जनसमुदयहरुको सहभागिताको लागि हार्दिक अपील एवं निमन्त्रणा गर्दछौ ।

पुनश्च : र्र्याली मार्ग : भृकुटी मण्डप, भद्रकाली , शहिद गेट, विर हस्पिटल, विश्वज्योती सिनेमा हल, घण्टाघर, विद्युत प्राधिकरण र भृकुटी मण्डप । साँस्कृति तथा मूल समारोह कार्यक्रम दिउसो १ बजेदेखि साँझा ६ बजेसम्म भृकुटी मण्डप, प्रर्दशनी मार्ग हुनेछ ।

पत्रकार सम्मेलन
आयोजक : आदिवासी जनजाति पत्रकार संघ
श्रावण १४ गते, विहान ११ बजे , तमु बौद्ध सेवा समिति, अनम नगर

अन्तर्रक्रियात्मक कार्यक्रम
आयोजक : आदिवासी जनजाति कानुनु व्यवसायी परिषद
श्रावण २० गते, विहान ११ बजे, तमु बौद्ध सेवा समिति, अनम नगर

आदिवासी जनजाति पत्रकारहरुको राष्ट्रिय भेला र प्रशिक्षण : 
आयोजक : आदिवासी जनजाति पत्रकार संध 
श्रावण २१ र २२  गते, विहान ८ बजेदेखि, तमु बौद्ध सेवा समिति, अनम नगर

विचार गोष्ठी :
आयोजक : आदिवासी जनजाति युवा महासंघ, नेपाल
श्रावण २३ गते, दिउसो १ बजे, अनमोल क्याटरिङ, नयाँ बानेश्वर (संविधानसभा भवनदेखि ३०० मिटर पश्चिम)

जलपान कार्यक्रम :
आयोजक : नेपाल आदिवासी जनजाति महासंघ
श्रावण २३, दिउसो ३ देखि ५ बजेसम्म, अनमोल क्याटरिङ, नयाँ बानेश्वर (संविधानसभा भवनदेखि ३०० मिटर पश्चिम)

अन्तर्रक्रियाररत्मक कार्यक्रम :
आयोजक : आदिवासी जनजाति उत्थान राट्रिय प्रतिष्ठान
श्रावण २४ गते, विहान ११ बजे, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल

अन्तममा  १८ ओ विश्व आदिवासी दिवसका कार्यक्रमहरुमा न्यायप्रमी स्वतन्त्र पत्रकारज्युहरुलाई हार्दिक निमन्त्रणा गर्दछु । साथै समचारलाई आम संञ्चार माध्यममा उचित स्थान सहित संम्प्रेशन र प्रकाशन गरि यस दिवसलाई सफल पार्न सहयोग गरि दिनुहुनका लागि अपील गर्दछौ । विश्व आदिवासी दिवसकोबारे अन्र्तवार्ता तथा अन्तरसंम्वादका लागि आदिवासी जनजाति अधिकारकर्मीहरुसंग सम्पर्कको लागि हार्दिक अनुरोध गर्दछु  ।


राजकुमार लेखी थारु
संयोजक, १८ औ विश्व आदिवासी दिवस मूल आयोजक समिति तथा
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ तथा
नेपाल आदिवासी जनजाति महासंघ वर्तमान र निवर्तमान संघीय परिषद सचिवालय, वर्तमान तथा पूर्व सल्लाहकारहरु, निवर्तमान अध्यक्ष तथा पूर्व महासचिवहरु, नेपाल कुमाल समाज सुधार समिति, तमू ह्यूल छौंजधी ( गुरुङ्ग राष्ट्रिय परिषद )  नेपाल चेपाङ (प्रजा) संघ, नेपाल छन्त्याल संघ, जिरेल संघ नेपाल, नेपाल तामाङ घेदुङ, तोक्पेगोला समाज सेवा समिति, थकाली सेवा समिति, नेपाल थामी समाज, थारु कल्याणकारी सभा, दुरा सेवा समाज, नेवाः देय दवु, नेपाल पहरि बिकास संघ, नेपाल बराम संघ, भुजेल समाज सेवा समिति, नेपाल मगर संघ, किराँत याक्खा छुम्मा, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, लार्के समाज कल्याण केन्द्र, वालुङ सेवा समाज, शिङ्सा कल्याण केन्द्र, नेपाल शेर्पा संघ, सियार समाज कल्याण केन्द्र, सुनुवार सेवा समाज, नेपाल ह्योल्मो समाज सेवा संघ, नेपाल डोल्पो जनजाति विकास केन्द्र, थुदाम सेवा समाज, नेपाल धानुक समाज, किसान समुदाय क्लव, नेपाल गनगाई कल्याण परिषद, नेपाल झाँगड (उरावं) कोड्रेम सुधा«रा, ताजपुरिया समाज कल्याण परिषद, तांवे समाज सेवा संघ, दनुवार जागरण समिति, नेपाल दराई उत्थान समाज, धिमाल जाति बिकास केन्द्र, नेपाल बोटे समाज सेवा, नेपाल भोटे जनजाति सेवा समिति, नेपाल माझि उत्थान संघ, मुगाल जनजाति समाज कल्याण केन्द्र, मेचे समाज सिवीयारी अफात, राजवंशी समाज विकास समिति, राजी शाल्म समाज, रोङ सेजुम ठी (लाप्चा), ब्याँसी शौंका समाज, नेपाल संन्थाल आदिवासी उत्थान संघ, वायु गुखाता कोलु पंदाक्मी (हायु), मार्फा थकाली समाज सेवा सदन, तीन गाउँले थकाली सेवा समिति, सुरेल जाति उत्थान समाज, कुचबाडिया उत्थान संघ, बाह्रगाउ समाज सेवा समिति, लोछोधुन ल्होपा संघ, नेपाल राउटे विकास संघ र नेपाल कुसुण्डा विकास समाज,

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति युवा महासंघ नेपाल, आदिवासी जनजाति विद्यार्थी महासंघ, आदिवासी जनजाति कानुन व्यवसायी परिषद, आदिवासी जनजाति पत्रकार महासंघ, अदिवासी जनजाति चलचित्र संघ, आदिवासी जनजाति मजदुर संघ,  अदिवासी जनजाति कला संस्कृति सञ्जाल  र आदिवासी जनजाति अपाङ्ग संघ, नेपाल आदिवासी जनजाति महासंघ अर्घाखाची, अर्घाखाची, ओखलढुङ्गा, इलाम, उदयपुर, कञ्चन्पुर, कपिलबस्तु, काठमाडौं, कैलाली, काभ्रे, कास्की, गुल्मी, गोरखा, चितवन, जाजरकोट, झापा, डडेलधुरा, डोल्पा, ताप्लेजुङ, तेह्रथुम, तनहु, दाङ, दैलेख, दोलखा, धनकुटा, धनुषा, धादिङ, नवलपरासी, नुवाकोट, पर्वत, पर्सा, पाँचथर, पाल्पा, प्युठान, बर्दिया, बाग्लुङ, बाँके, बारा, भक्तपुर, भोजपुर, मकवानपुर, मुस्ताङ, मोरङ, महोत्तरी, म्याग्दी, रसुवा, रौतहट, रुकुम, रामेछाप, रुपन्देही, लमजुङ,  ललितपुर, सप्तरी, संखुवासभा, सर्लाही,  सल्यान, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, सुर्खेत, सुन्सरी, सिराहा जिल्ला समन्वय परिषदहरु


नेपाल आदिवासी जनजाति महासंघ अमेरीका, जापन, यू के, अट्रेलिया, क्यानडा, कटार, ईजिरेल, वेल्जियम, हङकङ, पोर्चुगलका अन्र्तराष्ट्रिय मंञ्चहरु

Last Updated on Tuesday, 31 July 2012 01:56

Hits: 1001

मुख्य सचिव नियुक्तीमा असन्तुष्टि जनाउँदै तीन सचिवद्धारा सामूहिक राजीनामा

सरकारले मुख्य सचिवमा वरियताक्रम मिचेर लिलामणी पौड्याललाई नियुक्त गरेकोमा असन्तुष्टि जनाउँदै सरकारका तीन सचिवले सोमवार सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिने सचिवमा निर्वाचन अयोगका सचिव शंकर कोइराला, गृह सचिव सुशिलजंग राणा, र कानुन सचिव त्रिलोचन उप्रेती छन् । प्रचलित नियम कानुन र मर्यादा मिचेर मन्त्री परिषद्ले मुख्य सचिवमा पौड्याललाई नियुक्ति गरेकाले आफूलाई उक्त कार्य अमान्य भएको उनीहरुले राजीनामा पत्रमा उल्लेख गरेका छन् । पौड्याल भन्दा बरियताक्रममा शंकर कोइराला सुशिलजंग राणा र त्रिलोचन उप्रेती अगाडि थिए । यता लिलामणी पौड्याल भने सब भन्दा कान्छो उमेरमा मुख्य सचिव हुने व्यक्तिमा दरिन पुगेका छन् ।

(राज्यसत्ता नेपाल व्यूरो )

Last Updated on Monday, 30 July 2012 14:42

Hits: 767

मंसिर ७ मा निर्वाचन गर्न सकिन्न : निर्वाचन अयोग

सरकारले गत जेठ १४ गते राति मंसिर ७ मा निर्वाचन गर्ने घोषणा गरे लगतै निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोग भने अब तोकिएको मितिमा निर्वाचन गर्न संभव नभएको बताएको छ ।
कानुनी जटिलता हल गर्न आयोगले सरकारलाई दिएको समय सीमा गत साउन ७ मा सकिएपछि आयोगले निर्वाचन अब मंसिर ७ मै गर्न संभव नभएको बताएको हो । आयोगका आयुक्त आयोदीप्रसाद यादवले तोकिएको समय सीमा भित्र सरकारले कानुनी जटिलता समधान गर्न नसकेकाले पनि निर्वाचन मंसिर ७ मा संभव नभएको बताएका छन् । निर्वाचन आयोगले यस अगाडि पनि राजनीतिक सहमति विना मंसिर ७ मा निर्वाचन गर्न संभव नभएको बताउँदै आएको थियो । यता सरकारले भने निर्वाचनका लागि अध्यावश्यक कानुन संशोधन अध्यादेश मार्फत् गर्नका लागि दुई वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको छ । अध्यादेशका विषयमा नै  दलहरु बीच व्यापक विवाद कायम रहेका बेला उक्त अध्यादेश पारित हुने वा नहुने विषय अन्यौलतमा परेको छ । तर,सरकार पक्षका कतिपय नेताहरुले समेत मंसिर ७ मा निर्वाचन अहिलेको स्थितिमै गर्न संभव नभएको र त्यसको विकल्पमा सहमति गरि नयाँ मिति तय गर्नु पर्ने बताउन थालेकाले सरकारले गरेको मंसिर ७ को निर्वाचन घोषणा त्यसै तुहिने संभावना बढेर गएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )

 

 

Last Updated on Sunday, 29 July 2012 02:37

Hits: 716

मुख्य सचिव बाहुनकै पोल्टामा

नेपालको निजामति सेवामा सर्बोच्च पद मानिने मुख्य सचिव पद यसपालि पनि बाहुनकै पोल्टामा परेको छ । सरकारले मुख्य सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौड्याललाई नियुक्त गरेको छ । हाल बाहलवाला मुख्य सचिव माधवप्रसाद घिमिरेको उमेर हदका कारण अगामी साउन २१ देखि समयवअवधि सकिने हुदाँ सरकारले मुख्य सचिवका लागि लिलामणी पौड्याललाई नियुक्त गर्न सिफारिस गरेको हो । २१ साउन सम्म पौड्याल कायममुकाव मुख्य सचिव भई काम गर्ने छन् । मुख्य सचिव पदका लागि एक दर्जन सचिवहरुबीचमा कडा प्रतिस्पर्धा भएको थियो । माओवादीले लिलामणी पौड्याललाई समर्थन गरेको र त्यसमा अन्य मधेशवादी दलहरुको विरोध रहँदा रहदै पनि प्रधानमन्त्री बाबुराम भट्टर्राईले मन्त्रीपरिषद्बाट उनलाई मुख्य सचिवमा सिफारिस गरेका हुन् । सञ्चारमन्त्री राजकिशोर यादवले मधेशवादी दलहरुले समावेशी किसिमले छनौट गर्न प्रस्ताव
गरेको भए पनि प्रधानमन्त्रीको विशेष अधिकारलाई ध्यानमा राख्दै पौड्यालको नियुक्तीमा समर्थन जनाएको बताए । बरिष्ठताको आधारमा मुख्य सचिवमा निर्वाचन आयोगका सचिव शंकर कोइराला दावेदार भए पनि कार्यक्षमताको आधारबाट पौड्याललाई नियुक्त गरिएको हो । मुख्य सचिव पदका लागि सत्तारुढ दलबीच तिब्र विवाद सृजना भएको थियो । मधेशवादी दलले उमाकान्त झालाई नियुक्त गर्नु पर्ने अडान कायम राखिराखेका थिए । सोही पद्का लागि महिला तथा जनजातिबाट विन्दा हाडा पनि प्रस्पिर्धाको मैदानमा उत्रिए पनि नियुक्त हुन सकिनन् ।  पौड्यालको पक्षमा समर्थन दिए अन्य सरकारी सेवाहरुमा मधेशवादीले दावी गर्ने पदहरुका लागि समर्थन गर्ने माओवादीले आश्वासन दिए पछि सहमति जुटेको थियो । प्रधानमन्त्री कार्यालयमा कार्यसम्पादन गदै आएका पौड्याल मुख्य सचिव हुनु पछाडि प्रधानमन्त्री र उनीको पार्टी र्समर्थनको साथै आफ्नै कार्यकुशल र निजामति सेवामा स्वच्छ छवीले नै काम गरेको छ र पौड्याल इमान्दार र निस्कलङक व्यक्ति मानिन्छन् भन्ने गरिन्छ l प्रधानमन्त्रीले आफ्ना विश्वास पात्र व्यक्ति पौड्याललाई नै मुख्य सचिवमा छनौट गर्नु पछाडि सरकारका काम कार्रवाही अझ सजह बनाउनका लागि यस्तो दाउँ खेलेको प्रस्ष्ट हुन्छ ।
(राज्यसत्ता नेपाल व्युरो)

Last Updated on Monday, 30 July 2012 01:58

Hits: 959

शेर्पाद्वारा पार्टी परित्याग प्रबासबाट पनि एमालेलाई झटका

केजिनराई, ब्रसेल्सबेल्जियम, जुलाई  २६, संघियताको सवालमा नेकपा एमालेको  दोधारे तथा अस्पष्ट नीतिका कारण र षड्यन्त्रमुलक ढंगले  संबिधान सभाको बिघटन गरिएपछी एमालेबाट  बितृष्णा पैदा भई पार्टी परित्याग गर्ने क्रमले युरोपलाई पनि छाडन सकेन।
 झनै  एमाले प्रबास संगठन लोकतान्त्रिक मन्च पोर्चुगलको अधिबेशनमा नेपालबाट आएका   अतिथी तथा  पार्टी पोलिटब्यूरो सदस्यद्वय भिम रावल र प्रकाश ज्वालाको कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ पोर्चुगलले बिरोध स्वरुप कालो झण्डा देखाइनु र पार्टीबाट राजिनामा आऊनुले एमाले यूरोपलाई अर्को झटका लागेको छ। 
 पोर्चुगलको घटना पश्चात नेताद्वयले जर्मनी ,बेल्जियम ,फ्रान्स, नेदरल्याण्ड  लगायत यूरोपभर गर्ने भनिएको कार्यक्रमहरूको तालिका सार्बजनिक नगरिनु लोकतान्त्रिक मंच युरोपको संगठनमा ब्यापक त्रास उत्पन्न भएको आंकलन गर्न थलिएकोछ।
 यसै सन्दर्भमा नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष तथा गैर आबासिय नेपाली संघ अन्तराष्ट्रीय समन्बय परिषद  आईसीसी  सदस्य पेम्बा गेल्बु शेर्पाले एमाले लगायतका राजनीतिक पार्टीहरूले जातीय पहिचान सहितको संघियता नस्वीकारे सम्म युरोपभर संघियता बिरोधी नेताहरूको आतिथ्यतामा कार्यक्रमहरू आयोजना गर्न चुनौतिपूर्ण बन्दै गएको बताए ।
 अध्यक्ष शेर्पाकै शब्दहरू दोहोर्याउदै महासंघ बेलायतका महासचिब नरेश काङ्माङ राई ,आदिबासी सयुक्त संघर्ष समिती जर्मनीका सयोजक चाप्चा राई ,एनडीएफ स्पेनका उपाध्यक्ष हेम शेर्पा ,महासंघ पोर्चुगलका पूर्व अध्यक्ष गणेश याखा लगायतले यस समाचारदाता सँगको अनलाईन कुराकानीमा भने हामी अब पछाडी फर्कनेवाला छैनौ । आदिबासी जनजातिको अभियान ;जातिय पहिचान सहितको संघिय संबिधान भन्ने हाम्रो चाहनालाई कुल्चने नेताहरूलाई अब पनि फुलमालाले स्वागत गर्न नसकिने बताए। 
एमालेमा  रहेका पूर्व संबिधानसभा सदस्य र आदिबासी जनजाती महासंघका पूर्व केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले संबिधानसभा बिघटन लगतै एमालेबाट राजिनामा दिए । जनजाती प्रति एमाले पार्टी नरम नभई    प्रतिसोधको भाबनाले अघि बढेको आङकाजी शेर्पा, अशोक राई ,पुथ्बी सुब्बा गुरुङ, राजेन्द्र श्रेष्ठ ,रामचन्द्र झा,   किरण गुरुङ, बिजय सुब्बा, रकम चेम्जोङ, हेमराज राई ,अजम्बर काङमाङ ,बिर बहादुर लामा ,दलबहादुर राना मगर लगायतलाई गरिएको कारबाही र जिम्मेवारीबाट मुक्त गरिएपछी   आरोप सत्य हुँदै गएपछी प्रबासमा रहेका जनजातीहरू समेत आक्रोशित बनेको उदाहरण  अहिले युरोपमा देखिएको छ ।
पार्टीको मेची अञ्चलको जिम्मेबारीबाट बिदा भएका डेण्डी शेर्पा, पार्टी हङकङ कमिटीबाट किसन राई लगायतले  उही मुद्दाको कारण एमाले परित्याग गरेका हुन । त्यही क्रमले यूरोपलाई पनि अछुतो राख्न नसकेको प्रमाणित लोकतान्त्रिक मन्च स्पेनका उपाध्यक्ष तथा शेर्पा संघ युरोपका महासचिब हेम शेर्पाले गरेका छन ।
उपाध्यक्ष शेर्पाले आज एक बिज्ञप्ती प्रकाशित गरी नेकपा एमालेको भात्री संगठन नेपाली लोकतान्त्रिक मंच, स्पेनको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाट समेत राजिनामादिएको बताएका छन।
आदिवासी जनजातीको हक अधिकार सुनिश्चितताको बारेमा सकारात्मक अभिव्यक्ति दिन खोज्ने मेरो भित्रि अभिप्राय हुदाहुदै पनि भूलवश पोर्चुगलको एनडीएफको कार्यक्रममा एमालेको समर्थन र जनजातीको खिलाफमा दिएको अभिब्यक्ती  आदिवासी जनजातीमाथि गहिरो चोट पर्ने प्रकृतिको भएको महसुस आफू स्वयंलाई भएको  मेरो उक्त गलत अभिव्यक्तिबाट सम्पूर्ण हाम्रो शेर्पा समुदाय लगायत आम आदिवासी जनजाती समुदायको भावना र मर्ममाथि पर्न गएको गहिरो चोटप्रति आत्मालोचना गर्दै क्षमा चाहन्छु    र भविष्यमा यस्तो गल्ति मबाट कहिल्यै    नदोहोरिने   प्रतिबद्धताब्यक्त गरेका छन।
आफू आवद्ध राजनैतिक पार्टी नेकपा एमाले भित्र रहेर दबाव सिर्जना गरी हाम्रो मुद्दाहरुलाई सम्बोधन गराउने मेरो सोंच थियो तर त्यो भन्दा बढी प्रभावकारी पार्टी बाहिर रहेर आदिवासी जनजाती महासंघको नेतृत्वमा हाल जारी रहेको ऐतिहासिक आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा हुने मेरो निष्कर्ष भएकोले म यही विज्ञप्ति मार्फत ने.क.पा.(एमाले) को भात्री संगठन नेपाली लोकतान्त्रिक मंच, स्पेनको मैले सम्हाल्दै आएको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाट समेत राजिनामा दिएको व्यहोरा अवगत गराउन चाहन्छु। साथै बिगतका दिनमा मैले हामी शेर्पा समुदायको विभिन्न संस्थाको जिम्मेवार पद तथा नेपाल आदिवासी जनजाती विध्यार्थी महासंघको संस्थापक महासचिवमा समेत रही लामो समयदेखि समस्त हाम्रो समुदायको हक, हित र अधिकार प्राप्तिको लागि आफ्नो समय, श्रोत र विवेकले भ्याएसम्म योगदान दिंदै आएको थिएँ र आउदो दिनमा यो कार्यलाई निरन्तर रुपमा अगाडी बढाई नै रहने छु एमाले स्पेनका उपाध्यक्ष हेम शेर्पाले आफ्नो प्रेस विज्ञप्तिमा अगाडी भनेका छन ।

 

 

 

 
प्रेस विज्ञप्ति
 
गत जुलाई २२ तारिख, २०१२ आइतवारको दिन नेपाली लोकतान्त्रिक मंच, पोर्तुगलको दोश्रो अधिवेशनमा शेर्पा संघ, यूरोपको तर्फबाट मैले दिएको मन्तव्यमाथि विभिन्न संचार माध्यमहरुमा प्रकाशित समाचारमाथि मेरो ध्यानाकर्षण भएको छ। उक्त कार्यक्रममा बोल्ने क्रममा हामी आदिवासी जनजातीको हक अधिकार सुनिश्चितताको बारेमा सकारात्मक अभिव्यक्ति दिन खोज्ने मेरो भित्रि अभिप्राय हुदाहुदै पनि बोल्दै जाने क्रममा केहि शब्दहरु भूलवश: हामी आदिवासी जनजातीमाथि गहिरो चोट पर्ने प्रकृतिको भएको महसुस आफू स्वयंलाई भएको छ। मेरो उक्त गलत अभिव्यक्तिबाट सम्पूर्ण हाम्रो शेर्पा समुदाय लगायत आम आदिवासी जनजाती समुदायको भावना र मर्ममाथि पर्न गएको गहिरो चोटप्रति आत्मालोचना गर्दै क्षमा प्रार्थी चाहन्छु र भविष्यमा यस्तो गल्ति मबाट कहिल्यै नदोहोरिने प्रतिबद्धता यही विज्ञप्ति मार्फत व्यक्त गर्न चाहन्छु। 

आफू आवद्ध राजनैतिक पार्टी ने.क.पा.(एमाले) भित्र रहेर दबाव सिर्जना गरी हाम्रो मुद्दाहरुलाई सम्बोधन गराउने मेरो सोंच थियो तर त्यो भन्दा बढी प्रभावकारी पार्टी बाहिर रहेर आदिवासी जनजाती महासंघको नेतृत्वमा हाल जारी रहेको ऐतिहासिक आन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा हुने मेरो निष्कर्ष भएकोले म यही विज्ञप्ति मार्फत ने.क.पा.(एमाले) को भात्री संगठन नेपाली लोकतान्त्रिक मंच, स्पेनको मैले सम्हाल्दै आएको उपाध्यक्ष पदबाट र सो पार्टीको साधारण सदस्यताबाट समेत राजिनामा यही विज्ञप्ति मार्फत दिएको व्यहोरा यहाँहरु समक्ष अवगत गराउन चाहन्छु। साथै बिगतका दिनमा मैले हामी शेर्पा समुदायको विभिन्न संस्थाको जिम्मेवार पद तथा नेपाल आदिवासी जनजाती विध्यार्थी महासंघको संस्थापक महासचिवमा समेत रही लामो समयदेखि समस्त हाम्रो समुदायको हक, हित र अधिकार प्राप्तिको लागि आफ्नो समय, श्रोत र विवेकले भ्याएसम्म योगदान दिंदै आएको थिएँ र आउदो दिनमा यो कार्यलाई निरन्तर रुपमा अगाडी बढाई नै रहने छु भन्ने हार्दिक प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

अन्तमा, मेरो यो विज्ञप्ति यहाँहरुको लोकप्रिय संचार मध्यमहरुमा सम्प्रेषण गरिदिनु भै हामी आदिवासी जनजातीहरुको मागलाई पूरा गराउने सवालमा सहयोग गरिदिनु हुन सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु।

हेम शेर्पा
(महासचिव)
शेर्पा संघ, यूरोप।
मिति: २६ जुलाई, २०१२

Last Updated on Sunday, 29 July 2012 02:41

Hits: 1343

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर