A+ A A-

पोखरामा तमुवान युथ भोलिन्टियर्सको भेला शुरु

हुम तमु, पोखरा, २० साउन, नयाँ नेपालमा पहिचान सहित तमुवान स्थापनाका लागि दवाव दिन गठित तमुवान युथ भोलिन्टियर्स कास्कीको प्रथम जिल्ला भेलाको आजदेखि पोखरामा भएको छ । पहिचान सहित सम्बृद्ध तमुवान, तमुवान युथ भोलिन्टियर्सको अभियानका नारा सहित पोखरा सभागृहमा शुरुभएको भेलाको नेकपा९माओवादीका केन्द्रीय सचिव देवप्रसाद गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरे ।
 गुरुङले अवको यात्रा संघीयता र पहिचान पक्षधरको विचमा बृहत्तर मोर्चाबन्दीको आवाश्यकता रहेको बताए । संघीय राज्य घोषणा गरेर नेतालाई दवाव नदिए सम्म नयाँ संविधान निर्माणको प्रकृयाको शुरुवात हुने उनको भनाइ थियो ।

उनले यथास्थितीमा संविधानसभाको पुर्नस्थापना वा निर्वाचन गरेर पनि निकास ननिस्कने, यही नेताहरुले विगतका कमजोरीलाई महसुस गरी तिनका दलका नेताहरु सहित सर्वदलिय, सर्वपक्षिय बैठकबाट निकास दिन आवाश्यक रहेकोमा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको बटल लाइन संविधानसभाको पुनस्थापना गरेर राज्यको पुनसंरचनामा सहमति गरेर संविधान घोषणा गर्नुपर्ने बताए । उनले पार्टी भित्रको अन्र्तसंघर्षमा जोड दिनुपर्ने भन्दै अगष्ट ९ मै पार्टी घोषणा नगर्न राजकुमार लेखीहरुलाई आग्रह गरे । 

नेकपा एमालेका युवा नेता अवम्बर काङवाङ राईले आदिवासी जनजाति, मधेशी, दलित उत्पिडित जाने बाटो संविधानसभाको पुर्नस्थापना नै हो भन्दै उत्पिडितको एकतामा जोड दिए । उनले उत्पिडितहरुको एकतासँगै बैकल्पिक तेश्रो शक्तिको निर्माण आजको आवाश्यकताका भएको दावी गरे ।
भेलामा युवा नेता काङबाङ सहित अधिकांश वक्ताले नयाँ राजनीतिक दल आवाश्यक रहेकोमा जोड दिएका थिए ।

तमुवान युथ भोलिन्टियर्स कास्कीका संयोजक कृष्णकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष नोर्बु घले, पुर्व सभासद हितकाजी गुरुङ, नेपाल आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष पृथ्वीमान गुरुङ, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष नरबहादुर गुरुङ, एमाओवादीका कास्की सेक्रेटरी बखानसिंह गुरुङ, नेकपा माओवादी कास्कीका इञ्चार्ज सावित्री गुरुङ दुरा, नेकपा तमु धिं नेपालका अध्यक्ष कर्म तमु, तमु ह्युला छोंज धिंका कार्यवाहक अध्यक्ष कुम्भराज तमु, लोकतान्त्रिक तमु संघका उपाध्यक्ष गणेशमान गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमुवान संघर्ष समिति कास्कीका संयोजक देवीराज गुरुङ, तमु राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति संघका कास्की अध्यक्ष लछुकुमार गुरुङ, तमुवान युथ भोलिन्टियर्सका सचिवालय सदस्य भिमकाजी गुरुङ, दलित गैरसरकारी संस्थाका डिलबहादुर नेपाली, भोलिन्टियर्सका कास्की सहसंयोजक गोविन्द पुन मगर, सचिव केवी गुरुङ, भरतमान गुरुङ लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा जेठ ७, ८ र ९ गतेको पहिचानको आन्दोलनमा पोखरामा घाइते भएका आन्दोलनकारीलाई कार्यक्रमका प्रमुख अतिथी देवप्रसाद गुरुङले खादा लगाइदिई सम्मान गरिएको थियो ।

कार्यक्रममा तमु प्ये ल्हु संघ, नेपाल मगर संघ, तामाङ घेदुङ, तमु विद्यार्थी छोंज धिं, नेपाल मगर विद्यार्थी संघ पिएनका कलाकारहरु सहित बालकलाकार रेविस्का गुरुङले नृत्य प्रस्तुत गरेका थिए भने कलाकारहरुले आदिवासी जनजातिको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । 

यसअघि पोखरासभागृह गेटबाट विभिन्न झाँकी सहित जुलुस शुरुभइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, भिमसेनचोक, लखनथापाचोक, सभागृहचोक हुदै सभागृहमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।
भेलामा कास्कीका ४३ गाविस, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, आदिवासी जनजातिका संस्थाहरुका प्रतिनीधि र आयोजक गरी एक हजार युवाको सहभागीता रहेको संयोजक कृष्णकुमार गुरुङले जानकारी दिए ।
भेलाको दोश्रोदिन भोलि विहान डा। ओम गुरुङ र अजम्बर काङबाङले प्रशिक्षण दिननेछन् भने दिउसो भोलिन्टियर्स कास्कीलाई पुर्णता, निर्देशिका निर्माण सहित पोखरा घोषणापत्र जारी गरी समापन हुने संयोजक गुरुङले जानकारी दिए ।

Last Updated on Sunday, 05 August 2012 14:07

Hits: 840

चौथो जनजाति प्रधानसेनापतिको कार्यअवधि सकिदै


आधुनिक नेपालका चौथो जनजाति प्रधानसेनापति छत्रमान गुरुङको कार्यवधि सकिदैछ । उनी यहि साउनदेखि विदामा बस्दैछन् । उनी पछि नेपाली सेनाको ५१औं सेनापतिको रुपमा गौरवशमशेर जवरा नियुक्त हुदैंछन् । उनी अहिले कायममुकायम सेनापतिको रुपमा छन् ।
आधुनिक नेपालको प्रथम प्रधानसेनापति ( काजी भनिन्थ्यो ) विराज थापा मगर विस १८०० देखि १९०१ सम्म बहालवाला थिए । त्यसपछि ३ महिनाको लागि सर्वजित राना मगर ( विस १८४२ ) प्रधानसेनापति भएकाथिए । तेश्रो जनजाति सेनापतिको रुपमा अभिमानसिंह राना मगर ( विस १९०२–१९०३ ) नियुक्त भए । गणतन्त्र स्थापनापछि चौथो जनजाति प्रधानसेनापतिको रुपमा छत्रमानसिंह आएकाथिए ।  तर उनलाई सेनापति नदिई रोलक्रममा उनी भन्दा पछाडि रहेका कुलबहादुर खड्कालाई सेनापति नियुक्त गर्न तत्कालिन एमाओवादी सरकार टुप्पी कसेर लागेकोथियो । यद्यपि यसमा उ असफल भएकोथियो । बरु उल्टै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु परेकोथियो ।
यी जनजाति सेनापति बाहेक अरु सबै क्षेत्री समुदायका प्रधानसेनापतिहरु हुन् ।




Last Updated on Friday, 03 August 2012 12:51

Hits: 1049

अब जनजातिको पनि युथ फोर्स


पोखरा, १८ साउन
नयाँ नेपालमा पहिचान सहित तमुवान स्थापनाका लागि दवाव दिन गठित तमुवान युथ भोलिन्टियर्स कास्कीको पोखरामा साउन २० र २१ गते हुने प्रथम जिल्ला भेलाको तयारी पुरा भएको छ ।
पहिचान सहित सम्बृद्ध तमुवान, तमुवान युथ भोलिन्टियर्सको अभियानका नारा सहित हुने भेलाको जातिय पहिचान पक्षधर नेकपा माआवादीका सचिव नेताहरु देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका नेता इन्द्रबहादुर गुरुङ, नेकपा एमालेका युवा नेता अवम्बर काङवाङ राई, पुर्वमन्त्री लोकेन्द्र विष्ट मगर, तमु धिं नेपालका अध्यक्ष कर्म तमु लगायत मुस्लिम, दलित समुदायका अगुवाहरुले संयुक्त रुपमा उद्घाटन गर्नुहुने तमुवान युथ भोलिन्टियर्स कास्कीद्धारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक कृष्णकुमार तमुले जानकारी दिए ।
भेलामा कास्कीका ४३ गाविस, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, आदिवासी जनजातिका संस्थाहरुका प्रतिनीधि र आयोजक गरी एक हजार युवाको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । सम्मेलनमा तमुवान अन्र्तगतका जिल्लाहरु समेतबाट पर्यवेक्षकको सहभागीत रहने भेलामा करिब तीन लाख खर्च हुने  भोलिन्टियर्सका सचिव केवी तमुले बताए ।
पोखरा सभागृहमा हुने भेलाको उद्घाटन कार्यक्रम पुर्व सभागृह गेटबाट विभिन्न झाँकी सहित जुलुस शुरुभइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, भिमसेनचोक, लखनथापाचोक, सभागृहचोक हुदै सभागृहमा पुग्ने भएको छ । भेलाको पहिलोदिन उद्घाटन मन्तव्य, विविध साँस्कृतिक प्रस्तुती, तमुवानको आन्दोलनका घाइतेलाई सम्मान गर्ने र दोश्रो दिन प्रशिक्षण, भोलिन्टियर्स कास्कीलाई पुर्णता, निर्देशिका निर्माण सहित पोखरा घोषणापत्र जारी गर्न समापन हुने संयोजक कृष्णकुमार तमुले जानकारी दिए ।

किराँत युथ भोलिन्टियर्स कास्कीमा राई
जातिय पहिचानको आन्दोलनलाई सशक्त बनाउन कास्कीमा सुनिल राईको संयोजकत्वमा १५ सदस्यीय किराँत युथ भोलिन्टियर्स कास्की गठन भएको छ ।
आज पोखरामा भएको भेलाले भोलिन्टियर्सको सहसंयोजकमा दिपेश राई, सचिवमा तिलक राई, सहसचिवमा केशव लिम्बु, कोषाध्यक्षमा परम राई र सदस्यहरुमा श्याम राई, मदन राई, भिम राई, मिलन राई, संजीवनी राई, रुपा राई, ताला राई, पुष्पा लिम्वु, चित्रा राई र शान्ता राइ छन् ।
किराँत सेवा समिति कास्कीको कार्यवाहक अध्यक्ष अरुणकुमार लिम्बुको अध्यक्षता र तमुवान युथ भोलिन्टियर्स कास्कीका संयोजक कृष्णकुमार तमुको प्रमुख आतिथ्यमा भएको भेलामा किराँत संघीय परिषद कास्कीका सचिव गजेन्द्र लिम्बु, पुरन राई, मनोज किराँती लगायतले पहिचान स्थापनाका लागि बलिदानी आन्दोलनका लागि तयारी गर्नुपर्नेमा जोड दिएकाथिए ।
हुम तमु

Last Updated on Friday, 03 August 2012 02:16

Hits: 1020

जनजाति नेता माथि निरंकुश शैलीमा कारर्वाही गरिन्न : अमृत कुमार बोहोरा

नेकपा एमाले पार्टीले पार्टी नीति विपरीत हिड्ने जनजाति नेताहरु माथि हदैसम्मको कारर्वाही गर्ने बताइरहेको बेला नेकपा एमालेका अनुशासन आयोगका संयोजक अमृतकुमार बोहोराले भने पार्टी नीति विपरीत हिडेका जनजाति नेताहरु माथि निरंकुश शैलीमा कुनै कारर्वाही नगरिने प्रष्ट पारेका छन् । पार्टीले लिएको सात प्रदेशको अडानमा असन्तुष्टि जनाउँदै एमाले उपाध्यक्ष अशोक राई लगायतका जनजाति नेताहरुले अलग पार्टी खोल्ने उद्घोष गरे पछि एमाले अनुशासन आयोगले उनीहरु माथि स्पष्टीकरणको पूर्जी काटेको थियो । जनजातिका नेताहरुले पार्टीको स्पष्टीकरणको पत्र बुझने काम अझै नसकिएको बोहोराले राज्यसत्तालाई बताए । ‘केही नेता उपत्यका बाहिर रहेकाले पत्र बुझने काम बाँकी नै छ, तर उहाँहरु स्पष्ट्रीकरण दिन पार्टीमा आउने बताइसक्नु भएको छ’ उनले भने ।  कतिपय जनजाति नेताहरुले भने पार्टी कार्यालयमा आएर चित्त बुझदो स्पष्टीकरण दिएकोले उनीहरु माथि ठूलो कारर्वाही नगरिने बोहोराले बताए । जनजाति नेताहरुले भने पार्टीले कारर्वाही गरेको खण्डमा थप शसक्क्त भएर प्रतिकार गर्ने बताए पनि उनीहरु पार्टी कार्यालयमा गएर भित्र भित्रै स्पष्टीकरण दिइरहेका छन् । एमालेबाट असन्तुष्ट जनजाति नेताहरुको अगुवाइँमा विश्व आदिवासी जनजाति दिवस आगामि ९ अगस्थको दिन नयाँ पार्टी खोल्ने सार्वजनिक रुपमा बताइसके पनि पार्टी कार्यालयमा गएर गुपचुप स्पष्टीकरण दिने कार्यले उनीहरु पार्टी छाड्नमा अझै तयार छैनन् भन्नेमा प्रष्ट भएको छ । बाहिर जनजाति मुद्धाको चर्का ढवाङ फुक्ने र भित्र भित्रै पार्टी नेतृत्वसंग जनजाति नेताहरु लम्पसार पर्ने प्रवृतिले नयाँ शक्तिको जन्म हुने कुरामा जनजाति समुदाय नै आशंकित बनिरहेको छ ।
(राज्यसत्ता नेपाल व्युरो)

Last Updated on Friday, 03 August 2012 11:08

Hits: 840

कांग्रेस र एमाले संविधान पुर्नस्थापना किन गर्न चहादैन ?

कांग्रेस र एमाले संविधान पुर्नस्थापना किन गर्न चाहदैनन ? कांग्रेस र एमाले चुनावमा साच्चै जान चहान्छन् ?
१  कांग्रेस र एमाले संविधान पुर्नस्थापना किन गर्न चहादैन ?
विघटन भैसकेको फेरी त्यही पुरानो संविधानसभा पुर्नस्थापना भयो भने आदिवासी जनजाति, मधेशी, मुस्लीम, महिला, दलित, अपाङग, जातिय पहिचानको पक्षधर दलहरु माओवादी लगायत अन्य दलका सभासदहरुले मिलेर संविधान जारी गर्न आवश्यक मत ४०१ भन्दा पनि बढी ४७० मतले जातिय पहिचान सहितको संघीय संविधान जारी गर्न बाध्य गराउनेछन् भन्ने डरले एमाले र कांग्रेस संविधानसभा पुर्नस्थापना गर्न चाहन्दैनन् । एमाले र कांग्रेसका धेरै वाहुन शिषर्थ नेताहरु संविधानसभाको निर्वाचनमा हारेर सभासद नभएको कारणले पनि संविधानसभा पुर्नस्थापना गर्न चाहदैनन ।

२ कांग्रेस र एमाले संविधानसभाको निर्वाचनमा सांचै जान चहान्छन् ?
कांग्रेस र एमालेले मुखले निर्वाचन निर्वाचन भनेता पनि मनमा भने निर्वाचनमा जाने ईच्छा छैन । कांग्रेस र एमालेले जेठ २६ गते टुडिखेलमा भएको सभामा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लीम, महिला, अपाङगहरुको  वहिष्कारको कारण १ लाख जनता ल्याउने दावा गरेको सभामा ८ हजार मात्र जनतामा सिमित भयो । आदिवासी जनजाति, मधेशी, दलित, मुस्लीम, महिला, अपाङगहरुले कांग्रेस र एमालेलाई अबको निर्वाचनहरुमा भोट नदिने १०० प्रतिशत सुनिश्चित भै सकेको अवस्थामा चुनावमा गयो भने कांग्रेस र एमालेको अवस्था राष्ट्रिय जनमोर्चा नेपालको जस्तो ४ सिटमा सिमित हुनेछ भन्ने डरले पनि कांग्रेस र एमाले चुनावमा जान चहान्दैन ।

३ संविधानसभा पुर्नस्थापना र संविधानसभाको निर्वाचनको परिप्रक्षेमा कांग्रेस र एमालेको रणनीतिबारे थप विश्लेषणहरु
कांग्रेस र एमालेले निम्न स्वार्थका लागि संविधानसभा पुर्नस्थापना गर्न सक्छन् । उनीहरु संविधानसभा पुर्नस्थापना संविधान जारी गर्न नभई,
सरकारको विरोधमा अविश्वसको प्रस्ताव ल्याउन,
राज्य पुनसंरचना आयोग गठन गरेर राज्य पुनसंचरनाको जिम्मा आयोगलाई दिएर जातिय पहिचान विनाको राज्यको पुनसंरचना गर्न र
संविधानसभालाई व्यवस्थापिक संसदमा रुपान्तरण गरेर अप्रजातन्त्रिक पद्धति (जनताको अभिमत विना) ३ दलको सिण्डीकेटमा यो देश अनन्तकालसम्मको लागि चलाउने देशको ढुकुटी रित्याउने प्रयोजनको लागि  पुर्नस्थापित संविधानसभ प्रयोग गर्न सक्छ ।

४ जातिय पहिचानको विरोधमा कांग्रेस र एमालेको षडयन्त्रहरु
संविधानसभाका ६०१ सभासदहरु मध्ये ३७० ले जातिय पहिचान सहितको संविधानको लागि हस्ताक्षर गरेर संविधानसभा विवाद समधान उपसमितिको संयोजक प्रचण्ड,  सदस्यहरु झलनाथ खनाल र रामचन्द्र पौडेललाई बुझाएको थियो । राज्य पुनसंरचना समिति र राज्य पुनसंरचना आयोगले पनि जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना हुनु पर्ने निर्णयलाई वहुमतले अनुमोदन गरेका थिए । दलहरु बीच भएको १२ र ८ वुंदे सम्झौतामा पहिचानको आधारमा राज्यको पुनसंरचना गर्ने उल्लेख गरिएको थियो । दलहरुले संविधानसभाको निर्वाचन जारी गरेको घोषणापत्रहरुमा जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यतिका धेरै जनमात प्राप्त गरेको जातिय पहिचानलाई संविधानमा सुनिश्चित हुन नदिन कांग्रेस र एमालेले विगतमा धेरै षडयन्त्र र बखेडाहरु निकाले उदाहरुणको लागि राष्ट्रिय सहमतिको सरकार, सेना समायोजन, कब्ज गरेको संम्पति फिर्ता र अखण्ड सुदुर पश्चिमको नाममा आन्दोलन आदी । यी दुई दल फेरी आयोग गठन गरेर जातिय पहिचान संघीयतालाई आयोगको स्टीलको दराज भित्र थन्काएउने षडयन्त्र गर्दैछन् ।
आदिवासी जनजाति, मधेशी, दलित, मुस्लीम, महिला, अपाङगहरुको मनमतिष्कमा कांग्रेस र एमाले जातिय पहिचान र संघीयता विरोधी हो भन्ने नकरात्मक प्रभाव रहेकोछ भन्ने अवस्था रहेसम्म उनीहरु संविधानसभाको निर्वाचनमा जान चहान्दैनन् । कांग्रेस र एमाले गर्न चाहेको निर्वाचन तत्काल निर्वाचन २०६९ मंसिरमा होईन । कांग्रेस र एमालेले चाहेको संविधानसभाको निर्वाचन २ वर्ष पछाडीमात्र होला ।

एउटा उक्तीको स्मरण गरौ : “नेता र दलहरु जे भन्छन त्यो गर्दैनन् र जे भन्दैनन् त्यहि चाहि गर्छन”

विश्लेषण : आङ काजी शेर्पा, महासचिव
नेपाल आदिवासी जनजाति महासंघ

Last Updated on Friday, 03 August 2012 02:02

Hits: 839

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६