A+ A A-

मगर संघ युकेको मुख पत्र उपराष्ट्रपति र सभामुखलाई हस्तान्तरण

देब पचभैया

काठमाण्डौ, श्रावण ३ - मगर संघ ,युकेले प्रकाशन गरेको कानुङ लाङ्घा (हाम्रो गाउ ) सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख ओनसरी घर्ती मगरलाई हस्तान्तरण गरेको छ ।

मगर संघ युकेका ३ सल्लाहकार सरिता थापा (पुलामी) हुमबहादुर थापा (पचभैया ) , कुमार राना त्यस्तै  मगर पत्रकार संघका केन्द्रिय महासचिब देब पचभैया, गोरेबहादुर खपाङ्गी फाउण्डेशनका उपाध्यक्ष रुद्र गुर्माछान  लगाएतको टोलीले कार्यकक्षमै पुगेर उपराष्ट्रपति पुन मगरलाई मुख पत्र हस्तान्तरण गरेको हो । कार्यक्रममा उपराष्ट्रपतिका स्वकिय सचिब सुक बहादुर रोका मगर र प्रेस सल्लाहकार मनोज घर्ती मगरको पनि सहभागीता थियो ।

मुखपत्र हस्तान्तरण कार्यक्रम पछि उपराष्ट्रपति पुनलाई मगर संघ युकेका सल्लाहकारहरुले युकेमा समग्र नेपालीहरुको अवस्था, मगर संघको कृयाकलाप लगाएतको बारेमा जानकारी गराउनुभएको थियो । उपराष्ट्रपति पुनलाई भेट गरेपछि सोही टोलीले सभामुख ओनसरी घर्तीलाई पनि मगर संघ युकेको मुख पत्र हस्तान्तरण गरेको थियो । सभामुखको निवासमै पुगेर कानुङ लाङ्घा (हाम्रो गाउ) हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सभामुख घर्ती मगरले युकेमा रहेका गोर्खालीहरुले उठाएका जायज माग संबोधनका लागी आफुले सक्रिय भुमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो । आफुले परराष्ट्रमन्त्री, संबिधानका ज्ञाता लगाएत संग संयुक्त बैठक गरी समस्या समाधानको लागी प्रयत्न गरेको सभामुख घर्ती मगरको भनाई थियो ।

मगर संघ, युकेले प्रकाशन गरेको कानुङ लाङ्घामा अढाई सय बर्षपछिको उपलब्धी सिर्षकमा उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख ओनसरी घर्ती मगरको आवरण स्टोरी छापिएको छ ।

Last Updated on Monday, 18 July 2016 09:11

Hits: 1908

खपाङ्गी फाउण्डेशन द्धारा सहयोगको समन्वयकारी भुमिका खेलिदिन मगर संघलाई आग्रह

राज्यसत्ता

काठमाण्डौ, श्रावण २-गोरे बहादुर खपाङ्गी फाउण्डेशनले सहयोगको समन्वयकारी भुमिका खेलिदिन नेपाल मगर संघ लगाएत सबै संघ सस्थालाई आब्हान गरेको छ ।  फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा (पचभैया ) को अध्यक्षतामा काठमाण्डौ सुनधारमा बसेको बैठकले नेपाल मगर संघलाई फाउण्डेशनका सम्पुर्ण कामकारबाहीको बारेमा जानकारी गराई सहयोगका लागी सबै संघ सस्था एबं भातृ संस्थालाई आब्हान गरिदिन आग्रह गर्ने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

मोटर साईकलको ठक्करबाट घाईते भई अर्धचेत अवस्थामा रहनुभएका जनजातिका अगुवा खपाङ्गीलाई फाउण्डेशनको तर्फबाट औषधी खर्चका लागी मासिक ७ हजार प्रदान गरिरहेको छ । सस्थाका साधारण सदस्य, आजिवन सदस्य , संरक्षक लगाएत देश बिदेशमा रहनुभएका सुभचिन्तकहरु बाट प्राप्त सहयोगको ब्याज , आम्दानी भएको रकम बाट खपाङ्गीलाई मासिक सहयोग गरिएको फाउण्डेशनका कोषाध्यक्ष केबी रानाले जानकारी दिनुभयो । फाउण्डेशनको साधारण सदस्यको लागी ५ सय, आजिवन सदस्यको लागी १० हजार र संरक्षकको लागी २५ हजार शुल्क निर्धारण गरिएको रानाको भनाई छ ।

  बैठकले गोरे बहादुर खपाङ्गीका बारेमा पुराना फोटो, अडियो, भिडियो वा उहा सम्बन्धीत कुनै पनि सामाग्री छन् भने फाउण्डेशनलाई उपलब्ध गराई सहयोग गर्न पत्रकार, संञ्चार गृह लगाएत आम नागरिक संग आग्रह पनि गरेको छ । खपाङ्गीका बारेमा एैतिहाशिक दस्ताबेज निर्माण गरी सुरक्षित बनाउन उहाका पुराना रेकर्ड संकलन गर्ने अभियान शुरु गरिएको उपाध्यक्ष रुद्र गुर्मछानले जानकारी दिनुभयो । फाउण्डेशन र खपाङ्गीका बारेमा सम्पुर्ण जानकारी Khapangi.org.np  मा हेर्न सकिने फाउण्डेशनका सचिब भावेश भुमरीले जानकारी दिनुभयो ।

गोरे बहादुर खपाङ्गीको स्वास्थ्यमा पछिल्लो समयमा झन जटिलता आएकाले मासिक रकम बाहेक तत्काल ३२ हजार सहयोग गरिएको फाउण्डेशनका सदस्य गंगा खासुले जानकारी दिनुभयो । खपाङ्गीलार्इ श्रावण १ गते अचानक स्वास्थ्य बिग्रे पछि बासवारी स्थित न्यूरो हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरि उपचार पश्चात घर फर्काइएको थियो । अहिले खपाङ्गीको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारीक श्रोतले बतायो ।

Last Updated on Monday, 18 July 2016 08:32

Hits: 690

मगरात सम्बन्धि गोष्ठी सम्पन्न !

ज्ञानेन्द्र पुनमगर 

काठमाडौँ , असार २९ - नया संबिधानमा मगरहरुको सवाल, अधिकार सम्पन्न एकीकृत मगरात प्राप्ति र मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपन्नातरणको सवालमा केन्द्रिय रहेर नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको एक दिवसीय मगरात गोष्ठी २०७३ असार २८ गते जावलाखेलमा सम्पन्न भएको छ । 

  नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता, संघको बरिस्ठ उपाध्यक्ष गुरुप्रसाद घर्तीमगरको स्वागत र संघको महासचिव ज्ञानेन्द्र पुनमगरको संचालनमा चलेको कार्यक्रममा प्रा. डा कृष्ण हाथेछु, समाजसास्त्री झकेन्द्र घर्तिमगर, अधिवक्ता तेजेन्द्र थापामगर ले विभिन्न बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । 

कार्यक्रममा विभिन्न राजनैतिक पार्टी निकट मगर नेताहरु (सुदर्शन बराल, भोजबिक्रम बुढामगर, रासबहादुर बुढामगर, पुर्नालाल घर्तिमगर, टेकम बाठामगर, राम मगर) सामाजिक आन्दोलनका मगर नेताहरु (क्या याम बहादुर बुढाथोकीमगर, बसन्त घर्तिमगर, क्या देउ बहादुर रानामगर लगायत) ले आ-आफ्नो भनाइ हरु राख्नु भएको थियो ।

  पाहुनाहरूको स्वागत कोषाध्यक्ष कमला थापामगरले र सहभागी बाट उठेको बिचारहरुको टिपोर्ट उपाध्यक्ष गङ्गा खासुमगर, उपाध्यक्ष कमल पिथकोटे र संगठन सचिव जगत रेशमीमगरले गर्नुभएको थियो ।  कार्यक्रममा मगर संघको केन्द्रिय तथा काठमाडौँ ललितपुर भक्तपुरको पदाधिकारी सदस्यहरु, महिला, बिद्यार्थी, सास्कृतिक कर्मी, भूपू सैनिक प्रहरी, सम्पर्क समन्वय संग देखि सहभागिता रहेको थियो। 

Last Updated on Wednesday, 13 July 2016 15:56

Hits: 447

सिपाही देखि मन्त्री सम्म गिरी प्रसाद बुढाथोकिको पुस्तक बिमोचन

केहर सिं थापा मगर

काठमाण्डौं,असार२९— गिरी प्रसाद बुढाथोकी मगरको ११८ औं जन्मजयन्तीको अवसरमा सिपाही देखी मन्त्री सम्म पुस्तक विमोचन असार २४ गतेका दिन प्रर्दशनी मार्ग पुलिस क्लवमा सम्पन्न भएको छ ।

 

 

 

 

 

 

मेजर जनरल नरबहादुर बुढाथोकि मगर गिरी प्रशादका कान्छा सुपुत्र हुन

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री बालराम घर्ती मगर अध्यक्षता सुनागिरीका अध्यक्ष मेजर जनरल ओम पुन ,विशेष अतिथि प्रा.डा.माननीय कृष्ण बहादुर थापा मगर थिए । अतिथिहरुमा उनकै छोरीहरु टोकली,लीला,मधु,चन्दा, पुस्तकका लेखक डि.आई.जी. निरज पुन मगरको उपस्थित रहेको थियो ।

कार्यक्रम सञ्चालन डा. आशा थापाले गरेका थिए,भने स्वागत् तथा मन्तव्य सुनागिरीका अध्यक्ष मेजर जनरल ओम पुनले गरेका थिए ।

के हो सुनागिरी ?

गिरी प्रसादका श्रीमती सुनादेवी र श्रीमान् गिरी प्रसादको नाम बाट सुनागिरी कल्व  उनका परिवारहरुले सञ्चालनमा ल्याएका छन् ।

सुवेदार हरिप्रसाद बुढाथोकी र पर्मादेवी बुढाथोकीको कोखबाट वि.सं.१९५५ असार २४ गतेका दिन सातौं पुस्ताका ज्येष्ठ छोराका रुपमा गिरप्रसादको जन्म भएको हो ।

गिरी प्रसाद १७ वर्षको उमेरमा वि.सं. १९७२(सन् १९१५) सालमा २।५ गोर्खा राइफलमा भर्ती भई प्रथम र दोस्रो विश्व युद्धमा सहभागि भएका थिए ।

उनी युद्धकौशलमा प्रवीण र कुशल योद्धा भएकोले पल्टनमा अनेरी क्यापटेन पदबाट सन् १९४५ मा ३० वर्षको कार्यकाल पुरागरी अवकाश प्राप्त गरेका थिए ।

उनी पेन्सन आएर केही महिना गोरखपुरमा रेक्रुटिङ अफिसरको रुपमा कार्यरत हुन पुगे । त्यस बेला नेपालमा निरंकुश राणा शासन भएकोले त्यसको विरुद्ध सक्रिय रुपमा लागेका थिए । उनले २००९ देखी २०११ सम्म गुल्मी जिल्लाको बडाहाकिमको जिम्मेवारी सम्हालेका थिए ।

 

उनी २ पटक सम्म  राष्ट्रिय पञ्चायतको सदस्य र नेपाली कांग्रेसको तर्फ बाट गुल्मीको क्षेत्र नं.८९ बाट सांसदमा निवार्चित भएका थिए । गिरी प्रसाद नेपालको संसद सदनको निर्विरोध प्रथम सदनको  सभामुखको गहन दायित्व निर्वाह गरेका थिए । तीनै बुढाथोकीले पञ्चायती शासनकालमा वि.सं. २०१९ सालमा सहायक मन्त्रीमा नियुक्त भई वि.सं २०२८ साल सम्म निरन्तर १० वटा मन्त्रीपरिषद्मा रही कार्यभार पुरा गरेका थिए । उनी वि.सं. २०२८ साल सम्म रक्षा मन्त्रीको पदमा रही काम गरेका थिए ।

गिरी प्रसाद लाई राजा महेन्द्रले आफ्नो ५२ औं जन्मोत्सवको अवसरमा नेपाली सेनको मानार्थ उपरथी मेजर जनरलको उपाधिले सम्मानित गरेका थिए ।

उनी वि.सं.२०३८ असार २१ गतेका दिन उनको ८४ वर्षको उमेरमा स्वर्गगारोहण भएको थियो ।

 

भिडियो हेर्न यो लिङक थिच्नुहोस पूर्व मन्त्री घर्ती मगर र मेजर जनरल बुढाथोकि मगर(भिडियो सहित)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Last Updated on Wednesday, 13 July 2016 17:12

Hits: 966

नेपाल मगर संघको प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सम्पन्न !

ज्ञानेन्द्र पुनमगर

काठमाण्डौ,असार २७ - नेपाल मगर संघ केन्द्रीय समितिले आन्तरिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज मिति २०७३ असार २७ गते केन्द्रीय कार्यालय कलंकीमा सम्पन्न भएको छ ।

“जातिय पहिचान र अधिकार सहितको संघियता हाम्रो अडान एकिकृत मगरात स्वायत्त प्रदेशको लागि साझा अभियान” भन्ने मूल नारा सहित आयोजना गरिएको जारी संविधानमा एकिकृत मगरात सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०७३ मा नेपाल मगर संघ केन्द्रीय समितिको वर्तमान पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको थियो ।

 

 

 

मगर संघको सस्थापक महासचिव सुरेश आलेमगरले आत्मनिर्णयको अधिकार र अग्राधिकार सवालमा, मगर संघको निवर्तमान बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले पहिचान सहितको संघियता र मगरात स्वायत्तताको सवालमा, मगर विद्यार्थी संघका पूर्व अध्यक्ष भोज विक्रम बुढामगरले वर्तमान संघियतामा मगरहरुको उपश्थिति बारेमा, मगर संघको निवर्तमान केन्द्रीय सदस्य तथा अधिवक्ता तेजेन्द्र थापामगरले जारी संविधान र आदिवासी जनजाति सवालमा र मगर संघको महासचिव ज्ञानेन्द्र पुनमगरले मगर संघको सांगठनिक पद्दती सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रम मगर संघको अध्यक्ष नवीन रोकामगरको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्तीमगरको स्वागत र संगठन सचिव जगत रेश्मीमगरको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर संघको वर्तमान पदाधिकारी, सदस्यहरु र भातृसंस्थाहरुको अध्यक्ष प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

 

 

भोली २०७३ असार २८ गते मंगलबारका दिन नेपाल मगर संघ केन्द्रिय समितिले अधिकार सम्पन्न एकीकृत मगरात र मगर समुदायको समृद्धि बिषयक "मगरात गोष्ठी कार्यक्रम" स्थानीय बिकास प्रशिक्षण प्रतिस्ठान (LDTA),  जावलाखेल ललितपुरमा बिहान ठिक ११:३० बजे मगर बिज्ञहरू बाट गराउने भएकत्र छ ।

 

 

Last Updated on Tuesday, 12 July 2016 04:38

Hits: 621

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर