A+ A A-

डा. बाबु राम भट्टराई सरकार भ्रष्टहरुका भासमा आफु पनि किन भास्सिने ?

एआइजी कुबेर सिंह रानाका कुरा आदिबासी जनजाति वा कुनै खास खास जातजाति भन्ने कुरों अब रहेन | राष्ट्रिय सुरक्षा व्यवस्थापन गर्ने जस्तो अत्यन्त महत्वपूर्ण निकायमा योग्य, इमान्दार र सक्षम व्यक्ति नियुक्त हुनुपर्ने भन्ने यो एउटा राष्ट्रिय सवाल बन्यो | तथाकथित मानव अधिकारकर्मी जसलाई अंग्रेजीमा 'ह्युमन राइट्स याक्टीभिस्ट्स ( Human Rights Activists)' पनि भनिन्छ ( डा, कृष्ण भट्टचनको भाषामा 'हनुमान राइट्स याक्टीभिस्ट्स (Hanuman Rights Activists)' ) तिनले अगस्त १५ तारिख प्रधानमन्त्रीलाई बुझाएको स्मृतिपत्रको र आफुलाई आदिबासी जनजाति भएकाले उतिबेला प्रधानमन्त्रीका निम्ति उम्मेदवार हुदा आदिबासी जनजाति सभासदहरुले उनलाई भोट दिनु पर्ने भन्ने जिकिर गर्ने हालका गृहमन्त्री विजय कुमार गच्छेदार के कति सम्म गर्न सक्छन भन्ने कुरा अहिलेको 'प्रहरी प्रमुख'को नियुक्ति बारेको लफडाबाट नै स्पष्ट हुन्छ | यी गृहमन्त्री मनुवाबारे अखबारहरुले के लेखेका थिए र छन भन्ने बारेमा यहाँ दोहोर्याउनु नै छैन |


मुलुकमा प्रधानमन्त्री नै अन्तिम निर्णायक कार्यकारी हो, कुनै गृहमन्त्री होइन | देश र जनभावना विपरीत एकोहोरो ढिपी गर्ने, भ्रष्ट भनेर चिनिएका व्यक्तिलाई बोकी हिड्ने गृहमन्त्रीलाई प्रधानमन्त्रीले आफुलाई देश र जनताका निम्ति काम गर्न बाधा अड्चन पैदा गरेकाले तत्काल त्यो मन्त्रालयबाट अर्को मन्त्रालय सरुवा गर्नु वा वर्खास्त पनि गर्न सक्नु पर्छ | यस्तो हुने गर्छ अन्य मुलुकहरुमा |

आफै भ्रष्ट भनी लान्छित कुनै गृहमन्त्रीको, कुनै राजनीतिक दर्शन र सिद्धान्त नभएको अत्यन्त सानो जमातको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि भन्ने सोच्नु सही लाग्दैन | अहिलेको अवस्थामा कुनै दलको वा बहुमतको के औच्चित्य छ र ? आफै भ्रष्ट भनी लान्छित कुनै गृहमन्त्रीले बोकी हिडेको मान्छेलाई आइ.जी.पी. नबनाउदा कुनै गृहमन्त्री विजय कुमार गच्छेदारहरुले सरकारबाट हट्छु भनेमा सरकारलाई अफ्ठ्यारो हुने केही पनि त देखिन्न नि ? आखिर जनभावना अनुरुप चल्ने हो कुनै डा. बाबु राम भट्टराई सरकारहरु भने यस्ता भ्रष्टहरुका भासमा आफु पनि किन भास्सिने ?

चुनाव आइरहेको छ अथवा एकदिन चुनावमा त जानै पर्ने हुन्छ, त्यसबेला के गर्ने नि ?  
 
दि हिमालयन भ्वाइस

Last Updated on Wednesday, 05 September 2012 01:22

Hits: 770

लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति गठन

बुद्ध जन्म स्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने अभिप्रायले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुद्धारा इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा “कपिलबस्तु दिवस" विस्वदिवसको रुपमा मनाए पस्चात यस्लाई निरन्तरता दिन कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिल वस्तु दिवस अभियान) को नाममा बिस्वकार्य समिति गठन गरी बिस्वब्यापी रुपमा गतिबिधि गर्दै आएको छ । बुद्धको जन्म स्थलबारे दिग्भ्रम निस्तेज पार्ने उद्धेस्य अनुरुप गुगलमा भएको गलत जानकारी सच्याउने काम गर्नुका साथ साथै बिभिन्न राष्ट्रिय अन्तरास्ट्रिय संस्थाहरुलाई सोही प्रयोजनको लागि समन्वयको आह्वान गर्ने, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र नेपाल सरकारलाई अन्तरास्ट्रिय संगोस्ठी मार्फत तयार गरिएका सुझाबहरु दिने काम भएका छन ।
बिभिन्न कारणहरुले गर्दा बुद्ध जन्मस्थल दिग्भ्रमले बिस्वब्यापी रुप लिंदा समेत कैयौं नेपाली युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेकोले बुद्ध नेपालमा जन्मिनु भएको कुरा संसारलाई थाहा छ भन्ने भ्रममा छन । यसरी नेपालको पहिचान बोकेको बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रमले लिएको बिस्वब्यापी समस्या समाधानका खातिर आ-आफ्नो क्षेत्रबाट योगदान दिनु सबै नेपालीको नागरिकीय पदीय दायित्व भएको र बुद्ध जन्मस्थल प्रबर्द्धन कार्यमा राष्ट्रिय अन्तरास्ट्रिय ब्यक्ति र संस्थाहरु समेत सकृय हुन थालेको सन्दर्भमा यस किसिमका गतिबिधिहरुलाई अभिप्रेरित, उत्प्रेरित र सहयोग गर्दै अझै सशक्त बनाउने अभिप्रायले गैरआवासीय नेपाली संघको सिडनीमा भएको सातौं क्षेत्रीय सम्मेलनको क्रममा सेप्टेम्बर १, २०१२ का दिन अभियानमा गैरआवासीय नेपाली संघको सहकार्यमा संयुक्त रुपमा नौ सदस्यीय “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व कार्य समिति जापान संयोजक ओम गुरुङको मूल संयोजकत्वमा गठित समितिका संयोजकहरुमा सोनाम लामा (अमेरिका), पिजिशेर्पा (बेल्जियम), मिनाशर्मा (नेपाल), संगिता मरहट्टा (वेलायत), निमा ग्याल्जेशेर्पा (सिडनी), राजुशाक्य (मेलबर्न), शिवकुमारराई (अमेरिका) र भगवती बस्नेत (इजरायल) हुनुहुन्छ । यस समितिका गतिबिधिहरुलाई संचारका माध्यमहरु मार्फत सुसूचित गर्न संचार संयोजकको जिम्मेवारी संगिता मरहट्टाले गर्नु हुनेछ ।
उपर्युक्त उद्धेस्य प्राप्तीका लागि समितिले आवश्यकता परेको खण्डमा उपयुक्त ब्यक्तिहरु थप्ने र उपसमितिहरु गठन गर्नेछ । समितिले उद्धेस्य प्राप्तीका खातिर आबस्यक्तानुरुप स्वतन्त्ररुपमा अथवा अभियान र गैरआवासीय नेपाली संघ लगायत अन्य संघ संस्थासंग सहकार्य गर्नेछ ।
बुद्ध जन्मस्थलबारे यस किसिमले देखा परेको विस्वब्यापी दिग्भ्रमका कारण बर्षेनी बुद्धप्रति आस्थाबान हजारौं बिस्वपर्यटकहरु अज्ञानताबस अथवा झुक्याइएर गलत ठाउँमा पुग्ने वा पुर्याइने कामले उनीहरुको मानब अधिकारको हनन र आस्थाप्रति एक किसिमले कुठाराघात हुने भएकोले बुद्धजन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज गर्ने कार्यमा लाग्नुको स्पस्ट अर्थ विस्व मानबाधिकार संरक्षण र सम्बर्द्धन कार्यमा संलग्न हुनु पनि भएकोले यस पुनित कार्यमा सबैको सहयोग हुने कुरामा आशाबादी छौं । स्मरण रहोस लुम्बिनी कपिलवस्तु दिवस अभियानले छोटो समयमा नै चौध वटा राष्ट्रिय समिति गठन गर्नुका साथै नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै समिति र स्थानीय स्तरमा पनि समितिहरु गठन गर्ने काम गरिसकेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने र लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व संयोजक रामकुमार श्रेष्ठ नव गठित यस लुम्बिनी प्रबर्द्धन अन्तराष्ट्रिय समितिका सल्लाहकारका रुपमा रहनु हुनेछ ।


 राम कुमार श्रेष्ठ                                                                           


लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्वसंयोजक                                        

                                                                          

 

 

 

जीवा लामिछाने

अध्यक्ष, गैरआवासीय नेपाली संघ

 

   

 

 

 

N Sherpa
      

Last Updated on Monday, 03 September 2012 07:22

Hits: 872

हाम्रा माग सम्बोधन हुने अवस्था अब छैन : अशोक राई

एमालेका नेता अशोक राईले पार्टीसंग भएको छलफलमा आफ्ना माग बारे कुनै सुनुवाई नभएको बताएका छन् । पहिलेको अवस्थाबाट कलिकति पनि नेतृत्व लचिलो नबनेकोले पहिलेकै अडानमा आफूहरु कायम रहेको उनले बताएका छन् । आफूले माग अगाडि सारेको साँढे दुई महिना वितिसक्दा पनि पार्टी नेतृत्वले स्पष्ट दृष्ट्रिकोण समेत नदिएको र पार्टी नेतृत्व प्रर्याप्त तयारी नै नगरी प्रस्तुत हुदाँ माग सम्बोधन हुने आधार समेत नरहेको उनले बताए । माग सम्बोधन हुने छाँट नभएकाले पार्टी छाड्ने संभावना कायम रहेको समेत उनले बताएका छन् । नेतृत्वले पार्टी भित्रै अन्तर संघर्ष गर्न मात्र सुझाएको उनले बताए । नेतृत्वसंग छलफल गर्न एमालेका नेता पृथ्वी सुब्वा गुरुङ, अशोक राई लगायतका नेताहरु पार्टी कार्यालयमा पुगेका थिए । एमालेका नेता विजय सुब्वा छलफलमा सहभागी भएका छैनन् । अध्यक्ष झलनाथ खनाल अस्वस्थ्य भएपछि महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु र जनजातिका  नेताहरु बीच छलफल भएको थियो । शनिवार देखि स्थायी समिति बैठकमा एमाले असन्तुष्ट समूहका माग उपर छलफल सुरु भएको छ ।

(राज्यसत्ता नेपाल व्युरो )

Last Updated on Sunday, 02 September 2012 02:29

Hits: 711

खबरदार अपराधी उम्कन नपावस्

दीपा आले, मानिसहरु भन्ने गर्छन हावा चले पछि पात त हलिन्छ । रुखको पात हल्लीएपछि  मानिसहरु गाइगुई गर्न थाल्छन् । त्यसपछि हावा चलेको पात कसरी हन्लिछ भन्ने कुराको विश्लेषण पनि मानिसले नै गर्ने गर्दछन् । यति मात्र फरक छ कसैले त्यो हल्लीएको पातलाई सकारात्मक रुपमा विश्लेषण गर्ने गर्दछन् भने कसैले त्यसलाई अबुद्धिमताको रुपमा विश्लेषण गर्ने गर्दछन् । यति मात्र फरक हो । जब हावा चल्छ अनि रुखको पात हलिन्छ । त्यसपछि मानिसले गरेको दुई प्रकारको हावाको विश्लेषण चारैतिर फैलिन्छ ।
 आदरणीय मेरा पाठकवृन्द । लामो समय पछि फेरी मेरो कलमले केही कुरा लेख्न गईरहेको छ । सपना र कल्पनाको संसारमा सबै रमाउन चाहन्छन् तर बास्तविकता, र्सघष र दुःखमा मानिस कमै रमाउन खोज्दछन् । भन्नुको अर्थ सत्य, यर्थात र सही कुरा विश्लेषण गर्न कतिको जायज छ भन्ने कुरा बुझ्नु हो । समय परिवर्तनशील छ । बालक हुँदै युवा अनि एक दिन वृद्ध अवस्थामा पुगी मृत्यु हुनु मानिस भएको पहिचान हो । यसलाई कसैले नर्कान सक्दैन । अर्को कुरा मानिस भएर धर्तिमा जन्मीएपछि दुःख सुख, रिण घिन, घाम छाया, चोटपटक भन्ने कुरा भईपर्ने कुरा हो । यसलाई कसैले आकाशमा बिजुली चम्कीए लगत्तै चट्याङ् पर्ने गरी विश्लेषण गर्नु ठिक होइन जसको गलत प्रतिफलले अरुको हृदयलाई घात नपुगोस् । बास्तविकता नबुझी अरुको बारेमा बजारीकरण गर्दा आफ्नो चरित्रको इतिहास कस्तो छ त्यो पनि सधैं मनन गर्नु पर्दछ ।
 मेरा पाठक वृन्द आज फेरी मेरो विचार पढेर भन्दै हुनुहुन्छ के भन्न खोजेको होला यो राईटरले भनेर । धर्यता गर्नुहोस् । पढ्दै जानुहोस् । त्यसको जड थाहा पाउनु हुनेछ । मानिस भित्र रहेका विचारलाई आम मानिसको मस्ष्कितसम्म पुराउनु  सानो कुरा होइन् । कति लाई राम्रो लाग्न सक्छ । कतिलाई नराम्रो लाग्न सक्छ । कति लाई विचार पढेर अलमल पर्न सक्छ । त्यो त मानिसको मगजले बुझ्ने क्षमतामा भर पर्ने कुरो हो । तर मलाई यति मात्र थाहा छ हरेक मानिस यो संसारको तारा हो । त्यसैले हरेक मानिसमा आ आफ्नै फरकपनको क्षमता हुन्छ । त्यसलाई बुझ्नु हामी मानिसको दात्यिव हो ।  तर त्यो क्षमतालाई अरु मानिसले कुन रुपमा बुझ्ने गर्दछन् र कुन रुपमा बुझेर प्रस्तुतीकरण गर्छन भन्ने मात्र फरक हो । ताकी आफ्नो मात्र एकाधिकारबादी सोच लाद्नु ठिक होइन भन्न खोजिएको हो ।
आदरणीय मेरा पाठकवृन्द धेरै कुरा छ मानसपटलमा तर सबै भनेर साध्य हुँदैन । बुझ लाई अबुझ बनाउंदा आज मैले मेरो विचारको भूमिकामा धेरै शब्दछालहरु बांध्नु परयो । तर पनि यहांहरुले कुनै झन्झट नमानि सत्य कुरा बुझ्न खोज्दै हुनुहुन्छ भन्ने मलाई लागि रहेको छ । हरेक मानिसको आ आफ्नै जीवन कथा हुन्छन् । कतिले आफ्नो जीवन कथा बुझाउन सक्दैनन् भने कतिले आफ्नो जीवनमा भोगेका कुरा अरुलाई बुझाउन खोज्दछन् । आज म त्यही भित्रको एक पात्रमा पर्दछु ।  मैले भन्नै पर्छ । यहांहरुको मनमा पनि धेरै जिज्ञासा होला । कतिले बुझ्नु पनि भयो होला । कतिले आधा बुझ्नु भयो होला । कतिले त बुझ्नु नै भएको छैन होला तर आजसम्म यो राईटरले जे लेख्छ सत्य लेख्छ । जे बोल्छ सत्य बोल्छ । जे गर्छ सत्य नै गर्छ भन्ने विश्वास दिलाउन चाहन्छु । तर मानिस हो कहिलेकाही गल्ती हुन्छ त्यो कुरा स्वर्काछु ।
 हुन त कतिले भन्नु होला यो राईटरले आफ्नो बढाई गर्दैछ भनेर । तर बुझ्ने पाठकमाथि भर पर्दछ ।  मैले एक दिन शान्तिको ज्ञान दिने सद्गुरु लाई सोधे — हे सदुगुरु हजुर ज्ञानैज्ञानको भण्डारण भएको एक महान ज्ञाता हुनुहुन्छ तर सधै किन चिन्तित हुनुहुन्छ ? जवाफमा सद्गुरुले के भन्नु भयो पाठक विन्द थाहा छ । चिन्ताको विषय भनेको गलत विश्लेषण, गलत अर्थ लगाउनु , गलत नजरले हेर्नु हो । सारमा भन्नु भन्दा सकरात्मक सोच नहुनु  हो । बास्तविक विषयवस्तुलाई नबुझी आफनै मनग्रन्थे कुरा बनाएर प्रस्तुतीकरण गर्ने र अरुको मगजमा नकरात्मक कुरा राखी दिनु हो । त्यसपछि मैले सद्गुरुले भनेको कुरा धेरै समय सोचि रहे सोच्दा सोच्दै दिन बित्यो, महिना बित्यो वर्ष बित्यो तर मानिसको सोचमा कहिल्यै परिवर्तन आएन । किन कि मानिस स्वार्थी हुन्छ । स्वार्थले गर्दा उसले अरुको दुःख, बेदना, र कष्टलाई हेर्न सक्दैन उसलाई त यति मात्र थाहा छ कहां, को बाट के पाईन्छ र आफू कसरी शक्तिशाली र ठूलो भईन्छ । कसरी अरुको खुट्टा तान्ने ।  फेरी मलाई भगवान बुद्धले भनेको कुरा याद आयो  स्वार्थी, लोभी पापी र अरुको ईष्र्या गर्ने मानिसको जिवन्त सुखमय हुँदैन भनेर । चाहे उसले जति नै मानिसको सामु लोकेचार किन नपारोस् तर एक दिन उसको हविगत यो संसारमा देखेर नै छाड्दछ । बुझ्नेलाई श्रीखण्ड नबुझ्ने लाई खुरपेटाको बीड भने जस्तै हो यो बाणी । तर यो संसारमा बस्ने सबै मानिसलाई भन्न खोजिएको होइन । संसारमा धेरै राम्रा मानिसहरु पनि छन् जसले अरुको पीडा,दुःख,समस्यालाई बुझेर आफ्ना सहयोगी हातहरु बढाउने गर्दछन् । त्यस्ता सहयोगी हातहरुले अरुको दुःखमा साथ दिदा उसको ज्यान किन नजावस तर उ आफ्नो काम प्रति सधै बफादार,जिम्मेवारी र एउटा असल मानवीयताको सन्देश दिइरहेको हुन्छ ।
 महामानवहरु पनि भन्ने गर्दछन् जीवनमा अगाडि बढ्नु छ भने विगतका कुरालाई भुल्दै जानु पर्दछ भनेर तर कुनै कुनै त्यस्ता घटनाहरु हुने गर्दोरहेछ आदरणीय मेरा पाठकवृन्द जसलाई यहांको मांझ भन्न म जायज ठान्छु । जसको गलत अर्थ नलागोस् । जुन कुरा भन्दा कसैकोलागि हांसो पात्र बन्न नपरोस् । यहां त अरुको दुःखमा खुशीको हांसो नछावस् यति मात्र । मानिसलाई थाहा हुंदैन आफू माथि कति बेला के हुन्छ, कस्तो घटना घटछ । अझ संसार छोडेर एमलोकमा पुग्ने बेला बाटोमा एमराज आउंदा समेत उसलाई थाहा हुंदैन । उसलाई यति थाहा छ यो धर्तिमा बांचेका छौ । कति बेला मर्ने हो थाहा हुँदैन । मानवीय मायाजालमा फसेका मानिसका धेरै सपनाहरु हुन्छन् त्यही मायाजालमा फसेर उसले आफूलाई लिन आएको एमराजलाई समेत फिर्ता गरिदिन्छ । यति शक्तिशाली हुन्छ मानिस र मानिसको जीवनशैली । तर पनि एक दिन मर्नु छ मानिसलाई । मानिस बांचे पछि उसकोलागि सुन्दर संसार छ । मेरे पछि त कुरै खत्तम । मरेका मानिस कहां जान्छन् थाहा छैन । भन्नेले त भन्ने गर्दछन् । मरेपछि स्वर्ग जान्छन् भनेर तर आज सम्म मरेका मानिस फर्किएर आएका छैनन् ।
 हो यसरी नै मलाई जेष्ठ ८ गते म माथि भएको सांघातिक आक्रामणले मेरो मनमा यस्ता कुरा खेल्न पुग्यो । साहेद मेरा पाठकवृन्दहरुको मनमा पनि यस्तो कुरा नखेल्ला भन्न सकिन्न । किन कि मानिस नै हो केही त कुरा मिल्न सक्छ । महात्मागान्धीले भनेको कुरा म सधैं सझन्छु  साधा जीवन उच्च विचार । हुन त म कलियुगमा जन्मीएको मानिस । म विज्ञानको युगमा जन्मीएको मानिस  ममा पनि यसको असर त केही परि हाल्छ । म मात्र होइन यसको असर धेरै मानिसलाई पर्न सक्छ । फेरी सद्गुरु, बुद्ध र मेरो मातापिताले भनेको कुरा सधै हृदय र मानसपटलमा सम्झीरहन्छु । दुःख पर्दा सहयोगको हात फैलाउनु पर्दछ भनेर । जति जति मानिस स्र्वार्थी हुंदै जान्छ उती उती उसको मानवीय नाता ह्रास हुंदै जान्छ भन्ने सारर्थकलाई म सधैं मनन गर्ने गर्दछु । कुनै मानिस दुःखमा परेर उसकोलागि सहयोगको हात फैलाउंदा त्यसलाई गलत रुपमा विश्लेषण गर्नु ठिक होइन भन्छु । आज त्यस्तो घटना ममाथि परेको छ भने भोलि तपाई जोसुकैलाई पनि पर्न सक्छ । आज मलाई केही भएको छैन भनेर छाती फुल्याउने जो कोही पनि भोलि गएर मेरो माथि घटेको घटना भन्दा पनि ठूलो घटना घट्न सक्छ तर म भगवानसंग प्रार्थना गर्छु त्यो घटना कसैलाई पनि नघटोस् । यति मात्र फरक हो । अचानोको चोट अचानोले मात्र बुझ्दछ जसले कति चोट खाए उसलाई थाहा हुंदै मात्र उसलाई चोटको महसुस हुन्छ । घटनाको महसुस हुन्छ ।
 जेष्ठ आठ गते जुन दिन विहान देखि सांझ सम्म लागेर आन्दोलनको रिर्पोटिंग गरेर मेरो घरमा बसेर सगरमाथा टेलिभिजनलाई ३ वटा रिर्पोट पठाउदै थिए । फोनको घण्टी बज्यो । हामी बन्दमा परेका छौ उद्धार गर्नु परयो । त्यति बेला देशभरी नै बन्दको प्रभाव चर्को थियो । सबै नेपाली जनता आ आफ्नो अधिकार माग्न व्यस्त थिए । त्यति बेला आन्दोलनकारीले पत्रकारमाथि आंखा गाढेका थिए । राजधानीका पत्रकारहरु दूव्यव्यहार र घाईते समेत हुंदै थिए । मनमा डर छाइरहेको थियो किन कि म पनि पत्रकार हुं । आन्दोलनकारीहरु चर्को चर्को रुपमा आन्दोलन गर्दै थिए । साहेद बुझेर हो या नबुझेर त्यस्ता क्रियाकलाप गरे । त्यसको मार पत्रकारले खेप्नु पर्दा मलाई दुःख लागेको थियो । तर पनि म जन्मेर मैले बुझ्ने भएपछि मानिसलाई दुःख पर्दा सहयोग गर्नु पर्दछ भन्ने कुरा म बालपनहुंदा गुरु र मातापिताले भनेको कुरा आज पनि मेरो दिमाखमा ताजै छ । मैले दुःखमा परेमा मानिसलाई सहयोग गर्नु कुनै मुर्खता होइन यो मानिसको दायित्व हो । त्यही सोंचले म र मेरो भाई हाम्रा सञ्चारकर्मी साथीहरुलाई लिन कोहलपुर गयौ । साथीहरुलाई उद्धार गर्नका साथै बन्दको अवस्थाको रिर्पोटिंग गर्नु पनि मेरो उद्देश्य थियो । त्यही भएर मैले क्यामेरा, कपी, मेरो परिचयपत्र सबै सामान लिएर गएको थिए । जांदा बाटोमा केही भएन । हामी दुई भाईले हाम्रा सहकर्मी साथीहरुलाई उद्धार गर्दै अगाडि बढ्यौ । बन्दको रिर्पोटको बारेमा प्रहरीलाई पनि सोधपुछ गरियो । बन्दले गर्दा त्यति बेलाको अवस्था गम्भीर थियो । अनि हामी कोलपुरबाट नेपालगन्ज तिर लाग्यौ । हाम्रो यात्रा अगाडि बढेको थियो । मैले एक जना केटी साथीलाई बाईकमा बसालेको थिए । मेरो भाईकोे बाइकमा तीन जना थिए । म अगाडि स्पिड बाईक चलाउंदै थिए । एक्कासी कतैबाट दाउराको झटटारो आयो । मैले छक्काएर बाइक अगाडि बढाउदै थिए । त्यही क्रममा बाटोको छेउ छेऊमा लुकेर बसेको आन्दोलनकारी भनौ या त कुनै नियतबस बसेका कायरसमूहहरु चारै तिरबाट हातमा लठ्ठी समातेर मेरो बाइक तिर  आएर जताभावी ममाथि आक्रमण गरे । तिनीहरुको निसाना थियो टाउको फोड्नु तर भाग्य बस टाउमा लागेन आंखामाथिको भाग र आंखातलको भागमा गम्भीर चोट लागेछ । सोही क्रममा म बाइकबाट ढलेछु । कता ढले थाहा पाएन । ढलेपछि म उठे टाउमा हेलमेट थिएन । चारैतिर अन्धकार थियो । मेरो टाउको नजिकको भागबाट रगत बग्न थाल्यो सो क्रममा म फेरी ढले । म माथि सांघातिक आक्रामण गरेपनि अर्ध होस थियो ममा । आन्दोलनकारीहरु म भएका ठाउंमा ५,६ जना  उभिएका थिए हातमा बासका लामा लामा लठठी समातेर तर अनुहार भने मतिर पुरा देखाएका थिएनन् कसैले मुखमा पट्टी बांधेका थिए । मैले आफू पत्रकार भनेर जानकारी गराए । त्यो समयमा आदिबासी जनजातिले गरेको बन्द भनेर पनि थारु संघर्ष समितिले बन्द गरेको थाहा थियो मलाई त्यही भएर मैले आफू जनजाति पनि भने तर त्यति भन्दा पनि ति आन्दोलनकारीहरुले मेरो बाईकलाई जताभावी हालेर थोडफोड गरे । अभ्रव्यवहार पनि । त्यतिकैमा गाउंनजिककैका मानिसहरुले सुनेका रहेछन् उनीहरु आए लगत्तै ति आन्दोलनकारीहरु भागे । त्यो दिन मैले बुद्धि पुराएकै मान्नुपर्दछ टर्च लगेर गएको थिए । मलाई आन्दोलनकारीले  हानेर बाइकबाट ढलाएपछि मेरो मोबाईल म ढलेको भन्दा अलि पर बाटोमा खसेको रहेछ । मैले लगेको टर्च लाइटको साहेताले मोबाईल भेटाए । मेरो टाउको नजिकैको भागबाट रगत बगिरहेको थियो सोही क्रममा मैले कपडाले टाउको बांधे । त्यसपछि मैले अर्ध होसमा साथी उमालाई, प्रहरीलाई र पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाई दाजुलाई फोन गरे । भाग्यबश प्रहरीको साहेयताले एम्बुलेन्स घटना घटेको ४,५ मिनेटमा घटनास्थलमा आइपुग्यो । मलाई समातेर एम्बुलेन्समा हाल्ने काम मैले बाइकपछाडि बसालेर ल्याएकी साथी अन्जनाले मद्धत गरिन । मेरो भाईहरु चारैतिरबाट लाठीको र ढुगां आएपछि उनीहरु भागेर ज्यान जोगाए । यसरी म नेपालगन्ज नर्शिङ होममा उपचारमा आईपुगे । भगवानले र सबैको आसिरबातले भन्नुपर्दछ । ३ घण्टा लामो प्लास्टीक र्सजरी गरेर मेरो आंखालाई खतराबाट बचाउन सफल हुनु भयो डा. विनोद कर्ण । सबै भन्दा गम्भीर चोट आंखामा लागेको रहेछ । त्यसपछि हात, खुट्टा, छाती, अनुहारको देब्रै साईट भागमा बढी चोट लागेको रहेछ । रगत बगिरहेको थियो ।
 आंखा अप्रेशन गरेको ४ दिन पछि मेरो आंखा खुल्यो लगभग ८५ घण्टा पछि । मेरो घटना भएपछि धेरै शुभचिन्तकहरु आए त्यो बेला को आए को गए थाहा पाउन सकेन किन कि म आन्दोलनकारीले गरेको सांघातीक आक्रमणले सक्त घाईते थिए । तर मेरो घटना भएपछि मेरो स्वास्थ्यको कामना गर्ने धेरै शुभचिन्तकको आसिरबातले गर्दा राम्रो संग मेरो स्वास्थ्यमा सुधार आयो । सबै भन्ने गर्दछन् नयां जीवन पायौ तिमीले हो मैले पनि महसुस गरेको छु । त्यो दिन मेरो टाउकोमा लागेको भए साहेद मेरो टाउकोमा हेलमेट नहुदो त मेरो जीवन त्यही नै समाप्त हुने थियो ।
 आदरणीय पाठक वृन्द जीवनको हरेक मोडहरुमा यात्रा गर्दै जांदा कहां कुन ठाउंमा के हुन्छ मानिसलाई थाहा हुंदैन । कतिले मेरो घटना पछि दुःख व्यक्त गरे । कतिले सहासी दिपा पनि भने,कतिले काम प्रति जिम्मेवारी र वफादार पनि भने,  कतिले दीपाकै पनि गलत हो भने, कतिले केटी मान्छे राती हिड्नु हुंदैन भनेर मेरो चरित्रको पनि कुरा गरे । जसरी हावा चलेपछि रुखमा पात हन्लिन्छ र त्यसलाई विश्लेषण गर्ने मानिसको विचारमा फरक फरक पाए । तर जसले जे भने पनि यो संसार सत्यमा टिकेको छ अन्तिममा सत्यको नै विजय हुन्छ मलाई थाहा छ महाभारतमा रडाको मच्चाउने कौरवहरुको पनि अन्तिमका कुन दशा भयो । तर कुरा बङ्गाएर, कुरा चपाएर, कुरा दबाएर केही त्यस्ता व्यक्ति भएपनि धेरै पाए मेरो दुःखमा साथ दिने शुभचिन्तकहरु जसलाई म जीवनको अन्तिम घडिसम्म कहिल्यै भुल्नेछैन । यति मात्र होइन पाठकवृन्द कतिले त मेरो मुद्धाको बारेमा समेत शक्ति र सत्ताको भरमा प्रदर्शन र चक्रव्यू समेत रचे । मुखमा राम राम बगलीमा छुरा घस्न समेत भ्याए भन्नुपर्दछ । सत्य कुरा सधै तितो हुन्छ । चाहे त्यो जति नै ढाकचोप किन नगरोस् । तर ममाथि भएको घटनालाई नेपाल पत्रकार महासंघ,  प्रहरी प्रशासन, मानवअधिकारकर्मी विभिन्न महिला सञ्चारकर्मी, महिला सञ्जाल, उद्योगव्यवसायी, कानुनव्यवसायी लगायत सबै क्षेत्रका शुभचिन्तकहरुले साथ दिएकोमा धन्यवाद दिन चाहन्छु । तर यसरी समाजमा अराजक फैलाउने जुनैपनि जातीय संघसंस्था होस या त पार्टीगत स्वार्थमा लिप्त भएका दलहरु होस यहा त कुनै व्यक्तिगत दुश्मनीमा अरुको ज्यान लिन खोज्ने जोकोही अपराधीलाई कानुनले छोड्नु हुंदैन भन्ने अपिल समेत गर्दछु । आज पनि अपराधीहरु खुले आम प्रहरीको आंखा छलेर हिडिरहेका छन् । त्यसलाई विधिको शासनमा ल्याएर नेपाली जनतालाई न्याय दिनु पर्दछ भन्ने कुरा राष्ट्र र देश भक्त सपुतले कहिल्यै भुल्नु हुंदैन । चाहे त्यो सत्ता र शक्तिको जुनसुकै पदमा किन नबसोस् उसले आफ्नो पदको दुरुपयोग गर्नु हुंदैन । 
 अन्तिममा पाठक वृन्द अन्यन्त व्यस्तताका समयमा भएपनि मेरो दुःखद घटनालाई मनन गरिदिनु भयो त्यसकोलागि धन्यवाद । धर्तिमा मानिस बांचे पछि नै केही गर्न सक्दो रहेछ भन्ने कुरा म माथि घटेको घटनाले सिकाएको छ । त्यसकारण हे नेपाली जनताहरु हो हातमा लठी होइन कलम समाउ, मुखमा कपडा बांधेर अरुलाई पछाडि बाट आएर सांघातिक आक्रामण गर्ने होइन ति मुखले राम्रो काम गरेर देखाउ । यो देशको खलनायक नेताहरुको पछाडि नलाग । उनीहरुले हामी जस्ता नेपाली जनताको रगत पिउन पछि पर्दैनन् । आज मेरो रगत पिएको छ  भोलि आफ्नो सत्ता र शक्तिको दुरुपयोग गरेर अरुको रगत पिउन पठाउने छ । त्यसकारण एक पटक आफ्नो दिमागको परिचालन गर । अरुको कुरा सुन तर काम गर्दा आफ्नो दिमागले गर । अरुले मार भनेर तिमीलाई सुपारी दिएको छ भने पनि एकपटक उसको बारेमा सोच । उसको परिवारको बारेमा सोंच । उसले समाज र राष्ट्रकोलागि दिएको योगदानको बारेमा सोच । गोली चलाउ तर बुझेर चलाउ हचुवाको भरमा अरुलाई गोली चलाउदा तिम्रो हविगत त्यही हुनेछ जसरी तिमीले अरुलाई गोली चलाएर मारेयौ । अनि तिमीले थाहा पाउने छौ अनि तिमीलाई महसुस हुनेछ मेरो हातले अहिलेसम्म कतिको रगत बगाएको रहेछु । कति गल्ती गरेको रहेछु । कति घातक काम गरेको छु भनेर । यो कुरा सधै भुल्नु हुंदै हामी नेपालमा बस्छौ, हामी नेपाली हौ, हामीलाई नेपाली भन्दा गर्व लाग्छ भने खलनायक दलका पार्टीले जातीय विभाजनगरी विष हाल्छ भने हामी त्यो विष पिउनु र पिलाउनु हामी जस्ता राष्ट्र सेवक राष्ट्र सपुतकोलागि घातक हो । हामी देश र जनतालाई जोड्ने काम गरौ फुटाउने, तोड्ने र मार्ने काम बन्द गर्नुपर्दछ । सत्य कुरा मनन गर्नु पर्दछ चाहे त्यो जतिसुकै तितो किन नहोस् । मेरो पीठ पछाडि आएर सांघातिक आक्रमण गर्ने आन्दोलनकारीलाई कानुनले कदापी छोड्नु हुँदैन । शक्ति र सत्ताको बलमा अरुको ज्यान दिनु हुंदैन भन्ने कुरा त्यस्ता खलनायक दल र पदमा बसेकाले बुझ्नु पर्दछ । अर्को कुरा नेपाल पत्रकार महासंघ मिसनटोलीले पनि यो घटनालाई कडा रुपमा प्रस्तुत गरोस् ताकी भोलि गएर मजस्ता सयौं पत्रकारले यस्तो घटना खेप्न नपरोस् ।

Last Updated on Sunday, 02 September 2012 14:48

Hits: 1062

“मगर विद्यार्थी कोष” स्थापनार्थ कार्यक्रम र योजना

“मगर विद्यार्थी कोष” स्थापनार्थ आयोजित मगर साँगीतिक कार्यक्रम—२०६९ कार्यक्रम प्रस्ताव

 पढनको लागि यहाँ क्लिक गर्नूहोस ।


 

Last Updated on Saturday, 01 September 2012 15:09

Hits: 593

Error: No articles to display