A+ A A-

अपराधी खुलेआम, न त कुनै कारवाहीको पहल, न त कुनै जवाफदेहिता ?

दीपा आले, नेपालगन्ज
केही दिन अगाडि म नेपालगन्जमा भएको एक कार्यक्रममा उपस्थित भएको थिए ।  कार्यक्रम सुरु भइसकेको थियो । म एकछेउको कुर्चीमा गएर बसे । सहभागीहरु आउने क्रम जारी थियो । म एक कुनामा गएर बसेपछि कार्यक्रम तिर ध्यानकेन्द्रित भयो । मेरा नयनले कार्यक्रममा आएका सहभागीहरुलाई चारैतिर हेर्न थाले प्रायः सहभागीहरु वृदवृद्धा थिए । उनीहरु बेपत्ता परिवारका सदस्य रहेछन् । केही समय मैले उनीहरुको मुहारलाई एकनासले हेरिरहे । लाग्थ्यो उनीहरुको अनुहारमा खुशी होइन दुःख चिन्ताले भरिएको छ । सायद बेपत्ता परिवारका सदस्यहरुले आफ्ना हराएका परिवारलाई खोजिरहेका छन् ? बुढेउली अवस्थामा पनि आफ्ना बेपत्ता परिवारको खोजीमा राज्यको ढोका घच्घचाई रहेका छन् ? म उनीहरुको अनुहारलाई एकनासले हेरि रहे । कार्यक्रम सुरु हुन थाल्यो । वक्ताहरु बोलिरहेका थिए । मैले सुन्ने र केही कुरा लेख्ने काम गर्दै थिए । त्यतिकैमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधानले बडो गम्भीर हुंदै दुःखकासाथ भन्नु भयो–सशस्त्र द्वन्द्वकालका दोषीलाई सरकारले पुरस्कृत गरिरहेको छ । मेरो ध्यान आयोगका प्रवक्ता प्रधानको बाणी तिर गयो । सशस्त्र द्वन्द्वकालमा गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई सरकारले कारवाहीको साटो पुरस्कृत गरेको सुन्दा मलाई दुःख मात्र होइन अचम्म लागेको थियो ।
 यसरी सुरु हुन्छ एउटा मानिसको मानवअधिकारको प्रत्याभूति जसलाई राज्यले कसरी लिई रहेको छ भन्ने कुरा । यो त एउटा नमुना मात्र हो यस्ता सयौं घटनाहरु हाम्रो सामु कति छन् कति जसले आजसम्म न्यायको ढोका ढकढकाउदा ढकढकाउदै समयले डांडा काटिसकेको छ तर न्यायको पहल कहिलकतैबाट हुन भने सकेको छैन ।
आदरणीय मेरा पाठकवृन्द समय गतिशिल छ । समयको रफ्तारसंग चल्न नसके मानिसको जीवन मानिस होइन नाम मात्रको मानिसको उपनाममा सिमित हुन्छ । अर्को कुरा जसरी मेरो कलम आफ्नै रफ्तारमा बढी रहेको थियो । २०६९ जेठ ८ गते म माथि सांघातिक आक्रमण भएयता कलम जुन रफ्तारमा बढ्नु पर्ने तर शारीरिक, मानसिक पीडा र समस्याले गर्दा रोकिन पुग्यो । एउटा मानिस भएर जन्मीएपछि उसले पाउने स्वतन्त्रतालाई कुठाराघात गरियो । उसको कलमलाई भांच्ने प्रयास गरियो । त्यति मात्र होइन क्रुर स्वभाव हेर्दा मानिसको खोल ओढेपनि उसको भित्री रुप शैतान थियो । त्यस्ता दानवले मेरो ज्यान लिने दुस्प्रयास गरयो तर भाग्यबश ईश्वरको क्रिपाले म यो धर्तिमा बांच्न सफल भए । आज मैले मेरो ईतिहास मेरो डायरी लेख्ने प्रयास गर्दैछु ।
 म माथि घटना घटनु अगाडि मेरो कलमले कस्तो भूमिका खेलिरहेको थियो । र घटना घटिसकेपछिका दिनमा कस्तो भूमिका खेल्न खोज्दैछ यो कुरा मेरा पाठकवृन्दहरुले बुझ्न जरुरी ठान्दछु । मैले मेरा विचारमा बारम्बार भन्ने गर्दै आएको छु –यो संसारका हरेक मानिस फरक फरक क्षमताका “स्टार” हुन् भन्नुको अर्थ तारा हुन । जुन ताराले आफ्नो क्षमता अनुसार समाजलाई केही न केही परिवर्तन गरिरहेको हुन्छ जसको प्रकाशले कसैको जीवनलाई बर्वाद हुनबाट बचाउंछ । तर अर्को कुरा पनि मैले बारम्बार भन्ने गर्दै आएको छु मानिस आफ्नो स्वार्थ पुरा गर्न अरुको ज्यान लिन पछि पर्दैन । त्यो त प्रत्येक मानिसको मगजमा भर पर्ने कुरा हो आफू सतमार्ग तिर गइरहेको छु या नरगीय मार्गतिर ।
 विश्वका ठूला ठूला विद्ववानहरु भन्ने गर्दछन्– तिमी यदि यो समाजलाई परिवर्तन गर्न छ भने तिमी आफैबाट सुरुवात गर । तिमीले गरेको हरेक क्रियाकलापको बारेमा डायरी लेख । जसले भोलि गएर त्यही डायरी यो समाज, देश र विश्वकोलागि एउटा महत्वपूर्ण ऐतिहासिक दस्तावेजको रुपमा परिणत हुनेछ । आदणीय मेरा पाठकवृन्द हामीलाई थाहा छ  । हिजोका दिनमा लेखिएका ऐतिहासिक दस्ताबेज आज हामीले पढीरहेका छौं । हिजोको दिनमा त्यो दस्ताबेज सामान्य लाग्थ्यो तर आज त्यो ऐतिहासिक दस्ताबेज हाम्रो लागि महत्वपूर्ण मानिन्छ ।
तर सबै डायरी सत्य हुन्छन् भन्ने छैन त्यो डायरी लेख्ने मानिसमा भर पर्दछ । डायरीको पनि क्वालीटी हुन्छ । विद्ववान महात्मागान्धीले आफ्नो आत्माकथामा लेखेका छन् । जुन आत्माकथा नामक किताबमा यौनचाहनाको रसले गर्दा उनले आफ्ना विरामी बाबुलाई छोडेर गएका थिए । जसको फलस्वरुप उनको बाबुको अन्तिम सास जाने बेला उनको अन्तिम ईच्छा पुरा गर्न सकेनन् । गान्धीले यसरी आफ्नो डायरीमा आफ्नो बाबुको अन्तीम ईच्छा पुरा गर्न नसक्दा उनी जीवन भर पछुताउनु परेको थियो । त्यसले गर्दा उनको डायरीमा सत्यता छ  यो त एउटा उदाहरण मात्र हो । उनले आफ्नो जीवनको सत्य यर्थात कुरा समाजको अगाडि ल्याउन सफल भए । आज हजारौ मानिसहरु गान्धीको डायरी अध्ययन गर्ने गर्दछन् ।
 आदरणीय मेरा पाठकवृन्द आज मैले धेरै भूमिकाहरु बांध्नु परेको छ ।  धेरै भन्दा धेरै लेख्नु छ । यहांहरुले पनि धेरै भन्दा धेरै पढ्नु छ । किन किन मरेर बांचेको छु यो धर्तिमा । पुराना र नयां ईतिहासका विचारलाई पुनरलेखन गर्नु छ । मैले धेरै पटक मेरो लेखमा लेखेको छु । जबसम्म मेरो शरीरमा सास रहन्छ । जतिबेला सम्म मेरो मगजले काम गर्छ । तब सम्म मेरो कलम निरन्तर चलिरहेछ । मेरो कलमको मशी सुक्ने छैन । जति बेला मेरो सास रोकिन्छ । तेति बेला मात्र मेरो कलमको मशी रोकिने छ । तर म मरे पनि मैले लेखेका विचार, यो समाज र राष्ट्रलाई गरेको योगदान पाठकवृन्दहरु मांझ सधैं रहिरहनेछ । त्यसैले मैले पाएको नयां जीवनको उपहार स्वरुप मेरो डायरी मार्फत हाम्रो समाजको निगरानी गरिरहने छु । आज मैले लेखेको सानो कुरा कसैकोलागि हांसोको पात्र होला । तर भोलि गएर यो ऐतिहासिक दस्ताबेज नहोला भन्न सकिन्न । हुन त मेरा केही कलमकार सहकर्मीहरुले भन्ने गर्दारहेछन्–दीपाको सोच नकारात्मक छ भनेर । कतिले मेरो मुखमा पनि भनेका छन् तर जसले जे भने पनि त्यसको जवाफ काम र समयले देखाउंछ । त्यो पृष्टी पनि भई सकेको छ । सत्य सधैं सांचो हुन्छ । अन्तिममा सत्यको नै जीत हुन्छ । सत्यमा नै संसार टिकेको छ । हल्ला गर्नेहरुले जति नै फुरफुर किन नगरोस् तर फुरफुर गर्ने गन्ध दिर्घकालीन हुंदैन । यो हामी सबैले महसुस गरेका छौं ।
 आज मैले भन्नै पर्दछ राज्य सत्तामा बसेर जनताको खुन पसिना खाने र भोगविलासमा मस्ती गर्ने सत्ताधारीलाई । तिमीहरुले कान खोलेर सुन । जनताको कामकोलागि सरकारमा गएका हौ भने जनताको सेवा गर । जनताको समस्या समाधान गर । जनतालाई न्याय देउ । तर सत्तामा बस्ने सत्ताधारी नेताहरु न त तिमीले जनताको आंशु पुछ्न सक्यौ ? न त जनतालाई न्याय दिन सक्यौ ? नत सशस्त्र द्वन्द्वकालमा हराएका बेपत्ता परिवारलाई राहत दिन सक्यौ ? न त हराएका परिवारलाई खोजविन र अनुसन्धान गर्न सक्यौ ? लाग्छ सत्तामा बस्ने सत्तादारी तिमीहरु आफै बोक्सी आफै धामी बन्ने काम गर्दैछौ । यता मानवअधिकारको रक्षामा लागेका मानवअधिकारवादीहरुको बोल्दा बोल्दै घांटी सुक्यो । हिड्दाहिड्दै खुटा फुटिसक्यो । तर मानव अधिकारको रक्षाकोलागि लाइसेन्स प्राप्त आयोग को कुरा समेत नसुन्ने निकम्बा राज्यले किन सुनुवाई गरेको छैन यहां निर प्रश्न उठ्ने गर्दछ । बोक्सीले धामीलाई बारम्बार गिजाई रहेझै लाइसेन्स प्राप्त आयोगको कुरालाई नसुन्दा अचम्म छ सत्ताधारीको चलखेल । जसले सत्य बोल्छ । जसले सत्य कुरा ल्याउंछ । जसले सत्यकोलागि न्यायको ढोका ढकढकाउंछ उसैको पिठ पछाडि लात हान्ने काम भोगविलासमा लिप्त सत्ताधारीले गरिरहेका छन् । के यही हो त एउटा जनताले पाउने न्याय ? एउटा लाइसेन्स प्राप्त निकायको आवाजलाई सत्ताधारीले बेवास्ता गर्दछ भने ति निमुखा जनता जसलाई आफ्नो अधिकार भनेको के हो त्यो पनि थाहा छैन । आफूले पाउने अधिकार कहां गएर पाउने हो त्यो थाहा छैन भने त्यस्ता जनताको सुनुवाई कहिले होला ?
 आदरणीय मेरा पाठकवृन्द मगजमा यस्ता कुराहरु धेरै छन् तर म संयम सांघातिक हमलाको पीडित हुं । समाजमा म पत्रकार भनेर पहिचान बनाएपनि म एउटा आन्दोलनकारीले सांघातिक हमला गरेर पीडितको बिल्ला भेर्नु परेको छ । आज न्यायको खोजिमा मेरो पाइला बढी रहेको छ । आगामि दिनमा पनि न्यायकोलागि बढ्नेछ । मेरो ज्यान लिने क्रुर दानवको अन्त्य एक दिन निश्चित छ । “शैतानले सताउंछ तर ज्यान लिन सक्दैन” भन्ने कुरा सत्यसावीत भएको छ । हो एकदिन मानिसलाई जन्मेपछि मर्नु छ । तर आफ्नो दाना पुरा नहुंदा सम्म कसैले केही गर्न सक्दैन भन्ने कुरा पनि ममाथि भएको घटनाले सावीत गरिदिएको छ । म एउटा पत्रकार समाजलाई परिवर्तन गर्न हिडेको यात्री हुं । म जस्तो समाजलाई सुसुचित गर्ने पत्रकारले त आफू माथि भएको सांघातिक हमलाको दोषीलाई कारवाही गर्न राज्यले सकिरहेको छैन । सत्ताधारीहरु चाहदैनन् आफ्ना आसेपासेहरुलाई खोरमा राख्न किन किन आफै धामी आफै बोक्सी बनेका छन् । हिजोको दिनमा जब म माथि ज्यान लिने हमला भयो । त्यति बेला सत्ता र कानुनको खोल ओढेका सत्ताधारीहरुले अपराधीलाई कानुनी दायरामा ल्याएर कढघरामा उभ्याउछु भनेको प्रतिबद्धता गरेको थियो । तर आज सत्तालिप्तको मोहमा ओतप्रोत भएर होला त्यसको कुनै सुनुवाई छैन न त क्षतिपूर्तिको कुनै पहल छ ।
 आदरणीय पाठकवृन्द म मेरो न्यायकोलागि मेरो पाईला अगाडि बढाउदैछु । न्यायको खोजीमा स्थानीय निकाय देखि केन्द्रिय निकाय जसलाई सिंहदरवार भनेर चिन्ने गर्दछन् त्यहां सम्म पुगेर आए । तर सत्तामा बस्ने सत्ताधारीहरुलाई कुनै चांसो छैन । न्यायको खोजीमा आएका जनतालाई भिग माग्न आएको जस्तो उनीहरुको स्वभाव थियो । के यही हो त जनताले चुनेर पठाएका सत्ताधारी नेताहरुमा हुनु पर्ने स्वभाव ? बढो अचम्म लाग्छ । दुःख पनि लाग्छ । अझ अर्को कुरा जसको पहुंच हुंदैन । उसले सिंहदरवारमा बसेका सत्ताधारीहरुलाई भेट्न त के उसको अनुहार समेत हेर्न पाउदैनन् । यस्तो छ हाम्रो देशको बागडोर सम्माल्ने सत्ताधारीहरु जो हुनु र नहुनुमा केही फरक छैन । आज मैले मुख फोडेर भन्नुपर्दछ देश र जनताको सेवा गर्न गएका जनताका सेवकहरु हो कानमा तेल हालेर नबस । हिजोको ईतिहासलाई नभुल । सिंहदरवार भित्र रहेको सत्तामा बस्न पायो भन्दैमा जनताको न्यायकोलागि लडाई लड्न नभुल । यदि सक्दैनौ भने सत्ता छोडेर विकासका बाटा खोजिरहेका नेपालकै कैयौ बांझा खेतहरु छन् आएर जोत अनि कृषि क्षेत्रलाई टेवा पुरायौ यदि त्यो पनि गर्न सकिदैन भने नेता त के मानिस हुनुको कुनै औचित्य छैन । मुखमा राम राम बगलीमा छुरा हान्ने काम नगर । एक दिन तिम्रो जित होला तर सधै भरी हुने छैन । जनताको रगत त्यसै बगेको छैन । जनताको आंशु त्यसै खसेको छैन । जनताको मन त्यतिकै अमिलो भएको छैन । भाषणमा कौवा र डाक्ग्रै जस्तै कराएर हावाको भरमा प्रतिवद्धता जाहेर गरेर केही हुनेवाला छैन । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सिक । जनताको सयौं पिडा भएतापनि एउटा पीडाको न्याय दिन सक्यौ भने तिमी यो देशकोलागि केही गर्न सक्ने नेताको रुपमा जनताले चिन्नेछ होइन भने तिमी नेता होइन कुनेता हुनेछौ ।
 आदरणीय मेरा पाठक विन्दृ मेरो विचारको अन्तिम मोडमा  मैले भन्नै पर्दछ जब म माथि ज्यान दिने आक्रमण भयो त्यो घटनाको सुनुवाई अहिले आधाबाटोमा अड्किएको छ । कानुनको खोल ओढेका सत्ताधारीहरु न्याय दिन्छौ पनि भन्छन् र भित्रभित्र दिनु हुन्न पनि भनेका गन्ध फैलिएको छ । तर जुन बेला ममाथि घटना घट्यो त्यो बेला समाजले मेरो अस्तित्व माथि औंला उठाईरहेको थियो । जति बेला म शारीरिक र मानसिक रुपमा सक्त घाईते थिए त्यो बेला मैले काम गर्ने मिडियाहावस “सगरमाथा टेलिभिजन”ले मेरो कलमलाई बांचिनबाट जोगायो । त्यो गुन मैले मेरो जीवनमा कहिल्यै भुल्ने छैन । हामी जस्ता पत्रकार जो जनताको सेवामा २४ सै घण्टा तलिन हुन्छौ त्यसको मुल्यांकन एउटा राज्यले गर्नु पर्ने हो तर सत्ताधारीहरु जनताको जति सुकै रगतको भेल किन नबगोस् तर उनीहरुलाई कुनै मतलब छैन । तर एउटा मिडियाहावस जो आफ्नै बलबुताले चलेको छ । उसले आर्थिक रुपमै सम्मान गर्नु र समाजको अगाडि सम्मान दिनु त्यो सत्ताधारीहरुकोलागि झापड बनेको छ । तर गहिरो निन्द्रामा परेको मानिसलाई बुउ्झाउन सकिन्छ गरे तर नक्कल पारेर सुतेको मानिसलाई बिउझाउन सकिन्न भन्ने उखान जस्तै भएको छ सत्ताधारीको शासन ।
 आदरणीय मेरा पाठकवृन्द आवाज विहिनहरुको आवाजलाई न्यायको ढोकासम्म पुराउने प्रयास जारी छ । मेरो मात्र होइन सयौं त्यस्ता आवाज विहिनहरु छन् हाम्रो समाजमा उनीहरुको न्यायकोलागि लड्नु छ । त्यसकारण निमुखा जनता र सत्यको लडाई लड्नकोलागि तपाईहरु सबैको साथको आवश्यकता छ । फेरी पनि भन्ने गर्छु मेरो घटना प्रति चिन्ता व्यक्त गर्ने र न्यायको पहल गर्ने नेपाल पत्रकार महासंघका पदाधिकारीहरु विभिन्न सञ्चारमाध्यमहरु जसले मेरो सत्य घटना लेखेर जनताको सामु पुराउने त्यस्ता पत्रकार साथीहरु, प्रहरी प्रशासनमा पनि विशेष गरी मेरो मुद्धालाई कानुनी दायरामा पुराउन सफल बांकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेल, एस्पी विक्रम सिंह थापा जसलाई म जनतालाई न्याय दिने सेवक भनेर उपनाम दिन चाहन्छु । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका मुरारी खरेल जसले मेरो न्यायको पहलकदमी गर्नु भयो । महिलाबादी, समाजसेवी, इन्सेक, ब्यापार व्यवसायी, महिला विकास, माईती नेपाललगायत देश विदेशमा भएका मेरा शुभचिन्तकहरु जसले मेरो शिर्घस्वास्थ्यको कामना गर्नु भयो उहांहरु सबैलाई धन्यवाद दिन चाहान्छु । विशेष धन्यवादको पात्रहरु जसले मेरो घाइते शरीरलाई उपचार गरेर आज यो समाजमा हेर्न लायक बनाउनु भयो डा. विनोद कर्ण,डा. किदवाई म मेरो जीवनमा सधै याद गर्नेछु । अहिले पनि ममाथि हमला गर्ने अपराधीहरु खुलेआम मेरो आम्नेसाम्मे हिडीहरेका छन् । त्यसलाई कानुनी दायरामा ल्याउन सबैलाई पहल गर्दछु । मेरो कलमलाई भाच्ने दुस्साह गर्ने क्रुर दानवहरु हो होस् गर तिमीहरुको आयू छोटो छ । तिमीहरुले मेरो ज्यान लिनकोलागि म माथि हमला गरेका थियौ तर “इस्पात”ले बनेको मेरो शरीरमा केही भएन । त्यसकारण आदरणीय पाठकवृन्दहरु मेरो लडाईमा यहांहरुले साथ दिनु हुनेछ भन्ने विश्वासका साथ अर्को लेखमा भेट्ने बाचा गर्दै अहिलेलाई विदा हुन्छु ।

Last Updated on Thursday, 13 September 2012 01:18

Hits: 832

International: Indigenous Voices In Asia-Pacific

International: Indigenous Voices In Asia-Pacific - Identifying The Information And Communication Needs Of Indigenous Peoples

बिस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस

 

Last Updated on Sunday, 09 September 2012 03:35

Hits: 657

आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालको प्रेस विज्ञप्ति

              आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल

Indigenous Nationalities Joint Struggle Committee, Nepal     

                                     स्थापना: २०६८

प्रेस विज्ञप्ति

सार्वभौम नेपाली जनताका अधिकारका लागि २०६२/०६३ को जनआन्दोलनबाट संविधानसभा स्थापित भयो । यो संविधानसभाको मुख्य उद्देश्य माओवादी बिद्रोह, आदिवासी जनजाति आन्दोलन मधेस आन्दोलन, दलित, महिला आन्दोलनको जगमा भएको २०६२/०६३ को जनआन्दोलनको भावना र माग अनुरुप गणतन्त्र, पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, स्वशासन तथा स्वायत्ततासहितको नयाँ समावेशी संविधान निर्माण गर्नु थियो । तर पुरातन यथास्थितिवादी, पहिचान र संघीयता नचाहने एकात्मकतावादी राजनीतिक दल र नेताहरुबाट पहिचानसहितको संघीयता र अधिकारको विरुद्धमा षडयन्त्र गर्ने काम भयो । त्यसको विरुद्धमा पहिचानसहितको संघीयता र अधिकारसहितको संविधानको पक्षमा दवाव दिने उद्देश्यले आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालले बिभिन्न चरणको आन्दोलनको घोषणा गर्यो । परिणाम २०६९ जेष्ठ ७, ८ र ९ गते नेपाल बन्दको घोषणा गरी देश नै ठप्प पारेको कुरा सर्वविधितै छ । फलस्वरुपः नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल बीच २०६९ जेष्ठ ९ गतेका दिन ९ बुदें ऐतिहासिक सहमति भयो । तर ठूला राजनीतिक दलका कथित शिर्ष नेताहरुको बेइमानी र पहिचानविरोधी यथास्थितिवादीहरुको चलखेलको कारण ४ वर्षपछि (२०६९ जेठ १४ गते मध्यराति) संविधानबिना संविधानसभाको अवसान गराइयो ।
त्यस यता मुलुक अत्यन्त तरल र जटिल अवस्थामा छ । जेठ १४ पछि ३ महिना वितिसक्दा पनि दलहरु संविधानका विवादित विषयहरुमा सहमति गरेर निकास खोज्नुको सट्टा कुर्चिको झगडामा मुलुकलाई अनिश्चयको बन्दी बनाइरहेका छन् । उल्टो मुलुकका आदिवासी जनजाति, मधेशी, दलित एवं उत्पीडित वर्ग र क्षेत्रको जनताले खोजेको पहिचानका विरुद्ध षडयन्त्र गरिरहेका छन् । संविधानका विषयमा पूर्व सहमतिसहित विघटित संविधानसभा पुनःस्थापना गर्ने र नयाँ संविधान जारी गर्ने वा त्यसो नभए संविधानसभाको अर्को निर्वाचनमा जानेवारे प्रक्रियागत सहमति नगरी जनमत संग्रहको कुरा झिकेर आत्मनिर्णयको अधिकार र पहिचान जस्तो मौलिक अधिकारको हनन् गर्ने र मुलुकलाई अरु द्वन्द्वमा लैजाने षडयन्त्रप्रति हाम्रो गंभीर ध्यानाकृष्ट भएको छ । संविधानका विवादित विषयमा सहज र जनताका आकांक्षालाई सम्बोधन हुने गरी संविधानसभाबाटै शान्तिपूर्ण निकास नखोजेर मुलुकलाई कुनै न कुनै रुपमा द्धन्दमा लैजाने ढंगले गरिने कुनै पनि प्रक्रियाप्रति हाम्रो समर्थन नरहने् कुरा हामी प्रष्ट पार्न चाहान्छौं । अतः आदिवासी जनजाति संयुक्त संघर्ष समिति नेपाल र नेपाल सरकार वीच प्रमुख राजनीतिक दलहरुका शीर्ष नेताहरुको उपस्थितिमा भएको ९ बुदें सहमति तत्काल कार्यान्वयन गर्न गराउन र सो अनुसार आगामी असोज मसान्तसम्ममा वर्तमान अन्यौलको निकास खोज्न दलहरुलाई हामी जोडदार माग गर्दछौं । उपरोक्त अनुसार ९ बुँदे सहमति कार्यान्वयन नगरिएमा र वर्तमान राजनीतिक संकटको निकास नखोजिएमा त्यसपश्चात सशक्त आन्दोलनमा उत्रन हामी बाध्य हुने कुरा पनि प्रष्ट पार्न चाहान्छौ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं सरकार र प्रमुख राजनीतिक दलहरुले लिनुपर्ने छ ।


................                                                                                ...................
नरबहादुर गुरुङ                                                                                 राजभाइ जक्रःमि
सचिवलय संयोजक                                                                               अध्यक्ष


                                          २०६९ भाद्र २१ गते विहिबार
                                                  काठमाडौं, नेपाल  

Last Updated on Friday, 07 September 2012 15:11

Hits: 691

एमाले भित्रका जनजाति नेताहरुको पहलमा नयाँ पार्टी जन्मिदै

एमाले भित्रका असन्तुष्ट जनजाति नेताहरु आफ्ना ९ बुदेँ माग सम्बोधन गर्न नेतृत्वले चासो नदेखाएको  भन्दै उक्त माग एमालेबाट सम्बोधन हुने संकेत नमिलेपछि नयाँ पार्टी गठनका लागि जुटेको बताएका छन् । जनजाति नेताहरुले आगामी दुई हप्ता भित्र नयाँ पार्टी गठन गर्न गरि काम सुरु गरेको स्रोतले बतायो । पार्टीको घोषणा पत्र राजनीतिक विचार धारा र विधान तयार गर्न छलफल भैरहेको छ । नयाँ दलको तयारी पूरा भए लगतै एमाले भित्रका असन्तुष्ट जनजाति नेताहरुले सामूहिक राजीनामाको योजना बनाएको बुझिएको छ । तर एमाले भित्रैका केही जनजाति नेताहरु भने एमालेमा  बस्ने निर्णय गरेका छन् । पृथ्वी सुब्वा गुरुङ, दलबहादुर राना लगायतका नेताहरु एमाले भित्रै बसेर आफ्ना मुद्धालाई उठाइरहने बताए । राजेन्द्र श्रेष्ठ, विजय सुब्वा, अजम्बर काम्वाहङ राई र अशोक राई समेतका नेताहरु भने नयाँ पार्टी निर्माणका लागि जुटेका छन् । एमाले उपाध्यक्ष अशोक राई  र रामचन्द्र झालाई मुख्य जिम्मेवारी दिएर पार्टी खोलिने स्रोतले बतायो ।  उनीहरुले नयाँ पार्टीको नाम संघीय समाजवादी पार्टीको प्रस्ताव गरेका छन् । यस अगाडि एमाले परित्याग गरेका र केही अन्य जनजाति अधिकारवादीहरुद्धारा छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ पार्टीमा  उनीहरु नजाने निश्चित भएको छ । पार्टीको घोषणा पत्र र नाम यस अगाडि नै सार्वजनिक भएको उक्त पार्टी निर्माणलाई अन्तिम रुप दिन कार्यदल मार्फत् काम भैरहेको छ । कार्यदलका संयोजक डा. चैतन्य सुब्वाका अनुसार आगामी असोज १६ मा नयाँ पार्टी पूण आकारमा घोषणा हुने छ । तर एमाले छाड्ने तयारीमा रहेका जनजाति नेताहरु उक्त पार्टीमा नजाने भएपछि जनजातिहरुको सब भन्दा ठूलो पार्टी बन्ने यस अगाडि बताए पनि सबैलाई समेट्न भन्दा आफ्नो विचार समूह अनुकूलको पार्टी बनाउँन नेताहरु सक्रिय बनेका छन् । यस अगाडि झन्डै दुई दर्जन जति जनजातिको नाममा खुलेका दलहरु जनताहरुबाट त्यसै विलाइसकेको अवस्थामा अब पनि त्यसरी नै स– साना दलहरु गठन गरिदा राजनीतिक रुपमा स्थापित गर्न निश्चित रुपमा गाह्रो हुन्छ नै जनजातिको साझा मुद्धालाई सम्वोधन गराउँन पनि कठीन बन्ने छ ।

        (राज्यसत्ता नेपाल व्युरो )

Last Updated on Sunday, 09 September 2012 03:11

Hits: 702

म्याग्देली, युकेबासीद्वारा सहयोग गरिएको एम्बुलेन्सको सेवा शुभारम्भ

म्याग्दी, म्याग्दी घरभई विभिन्न पेशा, व्यवसायका लागि विभिन्न समयमा बेलायतमा बस्दै आएका म्याग्देलीहरुले जिल्लालाई एकै पटक तीनवटा एम्बुलेन्स सहयोग गरेर नेपाल रेडक्र्स सोसाइटी, म्याग्दी स्थापना भएको स्वर्ण जयन्ती समारोहको उपलक्ष्य पारेर एकै पटक तीनवटा एम्बुलेन्सको सेवा शुभारम्भ गरेका छन् ।
 
  म्याग्दी प्रवासी नेपाली संघ, बेलायत (मोना, युके) ले म्याग्दीको पश्चिम भेग दरबाङ, अर्थुङे र उत्तरी भेग भुरुङ तातोपानीका बासिन्दाको सुविधाका लागि यो व्यवस्था गरेका हुन् । बेलायतमा बसोबास गरिरहेका म्याग्देलीहरुबाट आफ्नो जिल्लाबासीहरुको लागि सहयोगत संकलन गरि एम्बुलेन्स उपलब्ध गराएको कुरा मोना युकेका अध्यक्ष योगकुमार फगामीले बताउनु भयो । गाउँ गाउँमा ग्रामीण सडक निर्माण भएतापनि गाउँका विरामीहरुले यातायातका साधन नपाएर अकालमै ज्यान गुमाउने समस्या थियो । यसर्थ सम्बन्धीत क्षेत्रमा नै गाउँका बासिन्दाको सुविधाको लागि एम्बुलेन्स सहयोग गरिएको कुरा अध्यक्ष फगामीको भनाई छ ।
  
  युकेबासी म्याग्दीहरुले आफ्नो गास काटेर सहयोग संकलन गरि यो एम्बुलेन्स उपलब्ध गराएका छन् यसको सही रुपमा सदुपयोग गरिने कुरा नेपाल रेडक्र्स सोसाईटी, म्याग्दीका अध्यक्ष लेखबहादुर हमालले जानकारी गराउनु भयो । एम्बुलेन्समा रक्तचन्दन तथा अनैतिक कार्य गरिएकै कारण गत फागुनमा नै सम्पन्न हुनु पर्ने यो कार्यक्रम सरकारले एम्बुलेन्स भित्राउने नीतिलाई रोक्का गरेकै कारण भन्सार छुट नपाउने भएको कारण सरकारको यो नीति परिवर्तन हुँदा सम्म पर्खेकै कारण अहिले मात्र सेवा शुभारम्भ भएको हो– अध्यक्ष लेखबहादुर हमाल । सेवा शुभारम्भ भएको अवसरमा म्याग्दी प्रवासी नेपाली संघका पदाधिकारी, रेडक्र्स सोसाईटीका सदस्यहरु, विद्यालयका जुनियर रेड्क्रसहरु, म्याग्दीका विभिन्न संघ, संस्था, उद्योग व्यवसायीहरु तथा सर्वसाधरणहरु बाजागाजाका सहित बेनी बजार परिक्रमा गरेका थिए ।
 
  एम्बुलेन्स सेवा शुभारम्भ तथा बाढी पिडितहरुलाई अष्ट्रेलियाबाट आएको सहयोग हस्तान्तरण कार्यक्रमको उद्घाटन जिल्ला प्रमुख अधिकारी कृष्णप्रसाद ज्ञवाली, मोना युकेका अध्यक्ष योगकुमार फगामी र संरक्षक योगेन्द्र क्षेत्रीले संयुक्त रुपमा गर्नु भएको थियो । यस अघि एम्बुलेन्स सदरमुकाम केन्द्रीत भएको गुनासो आउने गरेको थियो । यो एम्बुलेन्स भएपछि ग्रामीण क्षेत्रसम्म सेवा पुर्याउन सहज हुने कुरा नेपाल रेड्क्रस सोसाईटी, भुरुङ तातोपानीका अध्यक्षको भनाई थियो । यो भन्दा अगाडि महंगो मुल्य तिरेर बिरामीहरु ट्याक्सीमा पोखरा सम्म पुगेर सेवा लिनु पर्दथ्यो तर अब यी एम्बुलेन्सको कारण अलि सर्वसुलभ तरिकाबाट बिरामीहरु पोखरासम्म पुग्न सक्नेछन् भन्दै बेगखोला गाविस, महादेव माविका शिक्षक बिनोद फगामी भन्दै थिए ।
 
 
 मेजन पुन मगर
 — म्याग्दीबाट फर्केपछि

Last Updated on Thursday, 06 September 2012 01:58

Hits: 663

Error: No articles to display