A+ A A-

मगर समाजबाट राना मगर छैटौ आईजिपी

हुम बहादुर पचभैया थापा मगर, तिभात, मन्टेनेग्रो,
बाबा स्व. मेजर लिलाबिर राना मगर र आमा जोगमाया राना मगरको कोखबाट बिसं २०१७ श्रावण ६ गते पाल्पा जिल्ला बौघा, गुम्मा गा बि स वार्ड नं ५ राना टोलमा जन्मनु भएको हो । चार दिदीबैनी र सात दाजुभाई मध्ये राना मगर पांचौ (राईला) भाई हुनुहुन्छ ।
बाबा भारतीए सेनाका रिटायर्ड कमिशन मेजर हुन । प्राम्भिक शिक्षा बाल्यकालमा भारतमै भएता पनि पछि नेपाल आएर हाल शिद्धार्थ नगर पालिकाको पक्लिहवा हाईस्कुलमा अध्यान गरि सन १९७८ मा उत्कृष्ट अंक ल्याएर एसएलसी र सन १९८२ मा सामाजिकशास्त्रमा स्नातक गर्नु भएको हो ।
सन १९८३ अर्थात २०४० साल कात्तिक ३० गतेमा प्रहरी निरीक्षकका रुपमा सेवा प्रबेश गरेका मगरले सोही सालमा प्रहरी निरीक्षक र लोकसेवा आयोग मार्फत निजामति कर्मचारी सेवामा पनि परिक्षा पास गरि मुख्य सचिब सम्मको यात्रा तय गर्नु भएको थियो । तर उहाँलाई निजामति कर्मचारी भन्दा प्रहरी सेवामा बढि जनताको सेवा गर्ने चहानाले प्रहरी सेवा रोज्न पुग्नु भयो । उहाँ नेपाल प्रहरी संगठनको २३ औ नेतृत्वकर्ताका रुपमा र नेपाल सरकारको मर्यादा क्रममा ५२ औ नम्बरमा साथै मगर समाजको तर्फबाट प्रहरी महानिरीक्षक बन्नेमा छैटौ नम्बरमा पर्नुहुन्छ । उहाँ भन्दा अगाडी क्रमश श्याम भक्त थापा मगर (१८), दुर्लब कुमार थापा मगर (१०), खड्गजीत बराल मगर, पाल्पा (९), रोमबहादुर थापा मगर (८) र पूर्णसिंग खवास मगर (५) नेपाल प्रहरी संगठनको महानिरीक्षक बनिसक्नु भएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री बिजयकुमार गच्छदार बिच लामो रस्साकसी बीच प्रहरी प्रमुखमा चयन भएका कुबेरसिंह राना मगर प्रहरी संगठन भित्र बिवादरहित, कार्यकुशलता, आर्थिक पारदर्शीता एबम भद्र स्वभाव र ब्यावसायिक ब्याक्तित्वका रुपमा चिनिन्छन् ।
शब्दबाणले कसैलाई नपिरोल्ने र पिठ्यू पछाडी कसै माथि कैची नचलाउने स्वभावका राना मगर प्रस्ट, स्पष्ट त छदैछन् खरो एबम् पारदर्शी ब्यवहार तथा इमान्दार छबीले गर्दा उनि प्रहरी संगठनभित्र धेरैको रोजाईमा पनि पर्न सफल भएका हुन् ।
नागरिक बिना बर्दीका प्रहरी र प्रहरी बर्दीधारी नागरिक हुन् भन्ने मुलमन्त्र राना मगरको बिशेशताले उनलाई हरपल सफल्ताले चुमेको छ । बरिष्ठता, कार्यक्षमता, आर्थिक पारदर्शीता, आचारणमा शुद्धता, सेवा प्रवाहमा प्रभावकारीता यिनै आधारले गर्दा भट्टराई सामु गच्छदार घुंडा टेक्न बाध्य भएका हुन ।

यस्तो छ, संगठन सुधारका लागि महानिरीक्षक रानाका नौ प्राथमिकता
१, जनउत्तरदायी प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने
२, पेसागत व्यवसायिकता प्रवद्र्धन गर्ने
३, अपराध अनुसन्धान विशिष्टीकरण गर्ने
४, प्रहरी कार्यमा जनसमुदायको सहभागितालाई जोड दिने
५, भ्रष्टाचार तथा दण्डहीनता माथि शून्य सहनशीलता कायम गर्ने
६, जवाफदेही बनी मानव अधिकार संरक्षण गर्ने
७, संस्थागत सुदृढीकरण, भौतिक संरचना, पूर्वाधार र व्यवस्थापनमा विशेष जोड दिने
८, प्रहरीको सरुवा बढुवा नियमसंगत र पारदर्शी बनाउने
९, सरकारबाट भएको निर्देशनको अक्षरशः पालना गर्ने

नेपाल प्रहरीका बर्तमान र भूपु आईजिपीहरु यसप्रकारका छन् ।
२३ औ , कुबेरसिंग राना मगर
२०६९ भाद्र—
२२ औ , रबिन्द्र प्रताप शाह        
२०६८ आषाड — २०६९ भाद
२१ औ, रमेश चन्द ठकुरी         
२०६५ फागुन — २०६८ जेठ
२० औ , हेम बहादुर गुरुग        
२०६५ असोज — २०६५ फागुन
१९ औ , ओम बिक्रम राणा       
२०६३ भाद्र — २०६५ भाद्र
१८ औ , श्याम भक्त थापा मगर   
२०५९ पौष — २०६३ भाद्र  
१७ औ , प्रदिप शमशेर ज ब रा    
२०५७ आश्विन — २०५९ पौष
१६ औ , अच्युत कृष्ण खरेल      
२०५३ फागुन — २०५३ चैत्र , २०५४ मंसिर — २०५७ अश्विन, सर्बोच्च अदालतले उनको पक्षमा फैसला गरि दिएको
१५ औ, ध्रुब बहादुर प्रधान       
२०५३ चैत्र — २०५४ मंसिर 
१४ औ , मोतिलाल बोहरा      
२०४९ फागुन — २०५३ माध
१३ औ , रत्न शमसेर ज ब रा   
२०४७ असार — २०४९ फगुन
१२ औ , हेम बहादुर सिंह        
२०४३ असार —२०४७ जेठ 
११ औ , दिलबहादुर लामा      
२०३९ असार — २०४३ जेठ
१० औ, दुर्लब कुमार थापा मगर  
२०३५ सावन —२०३९ जेठ 
९ औ, खड्गजीत बराल मगर (पाल्पा)  
२०२९ सावन — २०३५ जेठ 
८ औ,  रोमबहादुर थापा मगर   
२०२३ असार — २०२९ असार
७ औ, पहलसिंह लामा         
२०१८ पुष — २०२३ असार 
६ औ , ढुण्डीराज शर्मा         
२०१४ भदौ — २०१८ पुष
५ औ, पूर्णसिंह खवास मगर     
२०१३ सावन — २०१४ भाद्र 
चौथो, गोपाल शमसेर ज ब रा 
२०१२ भदौ — २०१३ साउन  
तेस्रो, ज्ञानबहादुर याकथुम्बा   
२०१० मंसिर — २०१२ भाद्र
दोस्रो, नर शमसेर ज ब रा  
२००७ चैत्र — २०१० मंसिर 
पहिलो, तोरण शमसेर ज ब रा  
२००७ चैत्र — २००७ चैत्र

Last Updated on Thursday, 20 September 2012 00:58

Hits: 1709

कुवेर सिंह राना प्रहरी महानिरीक्षकमा बढुवा

२८ भदौ, काठमाडौं, नेपाल प्रहरीको सर्बोच्च पद महानिरीक्षकमा कुवेर सिंह राना बढुवा भएका छन् । महानिरीक्ष पदमा तीन एआइजी नबराज ढकाल, भीष्म प्रसाई र कुवेर सिंह राना प्रतिस्पर्धी थिए । बरिष्ठता कार्यसम्पादनमा कुशलता र जनजाति समेत रहेकाले तीनै आधारबाट रानालाई सर्व सहमति कायम गरि मन्त्री परिषद्बाटै प्रहरी महानीरिक्षक पदमा बढुवा गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले बताए । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र गृह मन्त्री विजय कुमार गञ्छादार बीच प्रहरी प्रमुखमा कसलाई बढुवा गर्ने भन्ने विषयमा विगत एक महिना देखि विवाद कायम भए पछि प्रहरी महानिरीक्षकको बढुवा लम्बिन पुगेको थियो । प्रहरी प्रमुख अवकास लिनु अगाडि दुई साता अगाडि देखि विदामा बस्ने परम्परा समेत यो पटक तोडिएको छ । प्रधानमन्त्रीको पटक– पटक आग्रहमा गृहमन्त्री ढिलो मात्र सहमति जनाउँन पुगेका थिए । गृहमन्त्री विजयकुमार गञ्छादारले प्रसाइ वा ढकाललाई  र प्रधानमन्त्री भट्टराईले रानालाई बनाउँनु पर्ने अडानका कारण प्रहरी महानिरीक्षकको नियुक्ति विवादमा तानिएको थियो । प्रहरी महानिरीक्षकको बढुवाको विषयमा विवाद भए पछि गृहमन्त्री, प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड बीच पटक –पटक छलफल समेत भएको थियो । पछि गृहमन्त्री गञ्छार रानाको पक्षमा सहमत भए पछि मन्त्री परिषद्मा प्रस्ताव लगेका थिए । नेपाल प्रहरीको महानिरीक्षकको बढुवा विगतमा जस्तै यस पटक पनि राजनीतिक हस्तक्षेपबाट अछुतो रहन सकेन । तर कार्यसम्पादन कुशलता अनि स्वच्छ छवीका रानाको नियुक्ति समावेशी सिद्धान्तलाई समेत टेकेर गरिएकोमा अलोचनाको स्वर सुनिएको छैन । ५२ बर्षिय कुवेर सिंह राना शुक्रवार गृह सचिव नवीन घिमिरेबाट सपथ लिएर कार्यभार समाल्दै छन् । उनको कार्यकाल १४ महिनाको हुने छ ।
(राज्यसत्ता नेपाल व्युरो )

Last Updated on Friday, 14 September 2012 04:36

Hits: 950

राज्यको कहिले जाला ध्यान सिमानामा रहेका जिर्ण पिलरमाथि

दीपा आले
नेपालगन्ज भदौ ३० गते नेपालगन्ज, बर्दियाको दक्षिणपूर्वी क्षेत्रमा रहेको जमुनी र कालिका गाबिससंग जोडिएको नेपाल भारतीय सिमा छुट्टाउने सिमा स्तम्बहरु जिर्ण अबस्थामा पुगिसक्दा समेत मर्मतको लागि कसैको ध्यान जान सकेको छैन ।

बर्दियाको जमुनी र कालिका गाबिस संग सिमा जोडिएको क्षेत्रमा कति ओटा सिमा स्तम्ब छन भन्ने बारेमा आजका दिनसम्म कसैसंग एकिन तथ्यांक छैन ।

 सिमा सुरक्षाका लागि खटिएको ससस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट जमुनी बर्दियाका अनुसार जमुनी र कालिका गाबिसमा ४० ओटा सिमा स्तम्बहरु रहेको तथ्यांक रहेपनि कुन कुन सिमा स्तम्ब कहांकहां छन भन्ने बारे स्यमं सिमा सुरक्षाकालागि खटिएका प्रहरीलाई समेत थाहा नभएको अवस्था छ । 

तस्बिरमा मात्र सिमत रहेका त्यस क्षेत्रका सिमा स्तम्बहरु आफनो ठांउमा छन या छैनन त्यसको निगरानी गर्न प्रहरी कहिल्लै नजाने गरेको स्थानियबासीहरु बताउछन । सिमानामा बसेको भारतीय सुरक्षा निकायका पदाधिकारी एक महिनामा चार पांच पटक सीमा स्तम्भको निरीक्षण र अनुगमन गर्न सिमासम्म आइपुग्छन् ।

 तर नेपाली पक्षबाट भने अहिलेसम्म अनुगमन गर्न कोही नआएको स्थानीयबासिन्दाको गुनासो छ । सिमा स्तम्भ हराउंदा र भत्कंदा समेत बर्दियाका राजनीतिक दलहरुले पनि गम्भीरताका साथ लिएका छैनन ।
कतिपय सिमास्तम्बहरु भएको ठांउबाटै गायब भएका छन भने कतिपय सिमा स्तम्बहरु, पहिचान हुन पनि गा¥हो छ । सडकको नजिकै रहेको सिमा स्तम्ब पहिचान बिहिन बनिसकेको छ ।

सिमामा रहेका  सिमा स्तम्बहरुको कथा बेथा त एका तिर छदैछ । त्यो संगसंगै बर्दियाको जमुनी र कालिकामा भारतिय प्रहरीको ज्यादतिले पनि यहांका स्थानियबासिहरुले सास्ती खेप्नुपरेको छ ।

बेलाबेलामा भारतीय प्रहरी गांउं पस्ने स्थानियबासीलाई कुटपिट गर्ने महिलाहरुलाई हातपात गर्ने लगायतका कृयाकलापले यहांका नागरीकहरु आजित बनेका छन । त्यति मात्र होईन केहि बर्ष पहिले नेपाली भुभागमै आएर भारतिय प्रहरीले लिएर गएका बर्दिया जमुनिका तुल बहादुर शाहिको अबस्था अझै सम्म पनि पत्ता लाग्न सकेको छैन । भारतिय प्रहरी गांउ पसी स्थानियबासिहरुलाई सताईरहदा पनि स्थानिय प्रसासनले भने केहि गर्न नसकेको  बताउंछन स्थानीय बासिन्दा कालु पाण्डे ।

एकातिर भारतिय प्रहरीको ज्यादति अर्को तिर नेपाल प्रहरी बाट पनि शुरक्षाको अनुभुति गर्न नपाउनु यहांका बासिन्दाको बिडम्बना छ । तर केही महिना यता भने जमुनी र कालीकाका बासिन्दालाई गाई चरन र घांसपातकालागि भने सास्ती खेप्न नपरेको स्थानीय बासिन्दा बताउंछन् ।

 सिमासुरक्षाको लागि खटिएको ससस्त्र प्रहरीको जमुनि पोष्टमा आवश्यक जनशक्ति पनि छैन । न त श्रोत र साधनको उपलब्धता नै छ । कपास बिकास समितिको गोदाममा बसेको ससस्त्र प्रहरी नेपाल भारतको सिमा भन्दा झण्डै ५ किलोमिटरको दुरीमा छ । तर प्रत्येक ५ किलोमिटरको दुरीमा एक एक क्याम्प रहेको भारतिय सिमा सुरक्षा बलको पोष्ट भने सिमा स्तम्बको नजिकै रहेको छ ।

 त्यति मात्र होईन, भारतीय पक्षले दशगजा भित्रै खाल्डो खनेर आफनो सिमा छुट्टाएको छ । अन्र्तराष्ट्रिय मापदण्ड अनुसार दशगजादेखि १० मिटर सम्म कुनै पनि पक्षले सिमा संग सम्बन्धित कुनै कार्य गर्न पाईदैन । तर त्यसको अनुगमन गर्ने निकायनै नहुंदा नेपालको सिमा झनझन सर्दै आईरहेको छ ।

मुख्य मुख्य सिमा स्तम्ब बाहेक सहायक सिमा स्तम्ब एक दुई मात्र देख्न पाईन्छ । यति यो ठाउंमा गएर हेर्ने जोकोही नेपालीलाई यस्तो अवस्था देख्यो भने दुःख नलाग्ला भन्न सकिन्न । त्यति मात्र होइन कुनै स्थानमा सहायक सिमा स्तम्बहरु कहां छन भन्ने कुनै चिन्ह नै छैन । भएका सम्तम्बहरु पनि हराउंदै जिर्ण हुंदै गएका छन् । स्तम्बमा लेखिएका संकेतहरु पनि मेटिदै छन् ।

देशको गौरब बढाउने सिमा स्तम्ब नै दिनप्रति दिन गायब हुंदा र जिर्ण बन्दा त्यस तर्फ कुनै पनि पक्षले अनुसन्धान तथा मर्मतको पहल नगर्नुले कोहि पनि राष्ट्रियता प्रति जिम्मेबार छैनन भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले राष्ट्र र राष्ट्रियताको नारा लगाउने राजनैतिक दलका नेताहरुले एक पटक बर्दियाको जमुनी र कालिकामा रहेका सिमा स्तम्बमा नजर पुराउन सके अलिकति भएपनि राष्ट्रियताको गौरव बढ्ने थियो की ?

 

Last Updated on Monday, 17 September 2012 07:50

Hits: 625

आदिवासीले आफ्नो शत्रु खोज्नु भन्दा वास्तविक कुरो बुझ्नु राम्रो हो

एम बि थापा दर्लामी मगर, ६ सेप्टेम्वर २०१२ गतेका दिन फेशवुक मार्फत पाएको लेख आफ्नो शत्रुको खोजि आफै भित्र गर्दा आदिवासी समुदायको भलो हुनेछ । शिर्षकको हरिशंकर पराजुलीको (बिराटनगर) समाचारको निम्न अंशहरु प्रति म एम बि थापा दर्लामी मगरको ध्यान आकर्षण भएको छ !          

आइ जी पी लाइ गृह मंत्रालयको सिफारिशमा मन्त्रिपरिषदले नियुक्ती गर्ने हो, मन्त्रिपरिषद्को अध्यक्ष भनेको प्रधानमन्त्री हुन् । प्रधानमन्त्रिले साच्चिकै कुवेरसिंह राना मगरलार्इ नियुक्ति गर्न चाहन्छन अथवा चाहन्थे भने राना अवश्य नियुक्ति हुन सक्थे । तर प्रधानमन्त्री मैले कुटे जस्तो गर्छु त रोए जस्तो गर भन्ने वाहना रहेकाले राना आइ जि पि मा नियुक्ति हुन नसकेको पनि हुन सक्छ । प्रधानमन्त्री भट्टराई आदिवासी जनजातिका हिमायती हुन भन्नु त्यति मिल्ने कुरो होइन । यसलाई गृह मन्त्रि गच्छदार त देखाउने दात मात्र हुन् चपाउने दात त वाहुनवादै हो ।
“वाहुन जन्म जातै उच्च जाति हो, आदिवासी माथि शासन गंर्ने उसको नै सर्गिक अधिकार हो”
यस कुरामा हामी आदिवासी जनजाती सहमत छैनौ । कुनै वेला त्यस्तो समय (वैदिककाल) थियो होला । तर यो लोकतान्त्रीक समयमा यो सम्भव छैन । जस्तै (भीमसेन थापालाइ सम्झे हुन्छ) मान्छे जन्म जातले ठुलो हुने होइन । मान्छे त कर्म र दिलले ठुलो हुने हो । महांकवि लक्ष्मी प्रसाद देवकोटा (वाहुन) ले मान्छे जातले होइन दिलले ठुलो हुन्छ भन्नु भएको छ यो कथनलाई एकपटक स्मरण गर्नु भए राम्रो हुने थियोकी !

“पूर्वका राइ लिम्बुले वि पी कोइरालाको वंशलाई स्थापित गरे, पश्चिमका मुर्ख मगरहरुले वाहुन प्रचण्ड र वावुरामलाई हिरो बनाए । अव निर्णय गरौ आदिवासी की वाहुन दोषी”
दोषी त वाहुनहरु नै हुन् किनभने वाहुनहरुले आदिवासीहरुलार्इ मलाइ नेता बनाउनु होस म तपाइहरुलाई जातिय मुक्ति दिन्छु भनेर आदिवासी जनजातीहरु वाहुनको झुट्टो वोलीमा भर परे । वेइमान र विस्वाश्घात गर्ने दोषी हुन्छ कि वेइमान र विस्वाश्घातमा पर्ने दोषी हुन्छ…?  लेखकले आफै छुट्ट्याए पनि हुन्छ । हाम्रो दोष त यत्ति मात्र हो हामीले आफै हिरो बन्नुको सत्टो अर्कालाई हिरो बनायों । यसबाट हामीले राम्रों शिक्षा पार्योंकी अर्कालाई हिरो बनाउने होइन रहेछ । वरु आफै हिरो बन्नु पर्ने रहेछ ।
“पश्चिमका मुर्ख मगरहरुले वाहुन प्रचण्ड र वावुरामलार्इ हिरो बनाए”
मगरहरु मुर्ख होइनन, वरु इमान्दार हुन् । वाठो भनाउदाहरु इमानदारितालाई मुर्खातासंग तुलना गर्छन । लेखकज्यु पनि यही रनभुलमापर्नुभएजस्तोछ । नेपाल वनाउन मगरले गरेको योगदान मगरको मुर्खता हो…? प्रचण्ड र वावुरामलाई हिरो वनाएर नेपालमा सङ्घीय लोक्तात्रिक गणतन्त्र ल्याउन मगरले गरेको वलिदान पनि मुर्खता हो…? आखा फुटेको गोरुले सबै सधै हरियो मात्र देख्छरे ।
“सय वर्षसम्म यस देश वाट वाहुनलाई हल्लाउन सक्ने क्षमता कसैमा पनि छैन”
एक ताका अन्तिम राणा प्रधानमन्त्री मोहन समशेरले बि पी लार्इ पनि यस्तै - येस्तै कुरा भनेका थिए I  राजकाज गर्न निधारमा लेखेर आएको हुनुपर्छ । यो भनाइ भनेको पुग नपुग ३ । ४ वर्षमा बि पी उहासंग गृहमन्त्री भए र त्येसको करिव ७ । ८ वर्ष पश्चात देशका प्रधानमन्त्री पनि भए । मोहन शमसेरको त्यस्तो हुकार खोलै - खोला गयो । कतै त्येस्तै त नहोला । अर्को कुरा पनि भन्न मन लग्यो अहिले वाहुन दुइ खुट्टे होइन, एक खुट्टे भइसकेको छ । अर्को खुट्टा त मधेसी जनता हो । लंगडा मान्छेको फुर्ति पनि गजवकै छ बा ! त्येसैले सय वर्षको परिकल्पना त पर जावस आज हो कि भोलि जस्तो छ ।
“अव वाहुनको गन्तब्य नेपाल होइन अमेरिका र युरोप हो”
वाहुनको थुप्रै कमी कमजोरी र दोषहरु मध्ये देशप्रति साच्चिकै प्रेम नहुनु पनि हो । एक उनीहरु यो माटोमा जताबाट भागेर आएका थिए अव भागेर उतै जान खोज्दैछन् । येही वसेर सवै जात जातिका नेपाली जनतासंग समानताको आधारमा नागरिक सम्वन्ध बनाएर येही माटोलाई फलाउने फुलाउने चिन्तन छैन । “जोगीको चाल जोगि कै भए जस्तो परदेशी रात काटेपछी हिडे जस्तो” । वाहुनको मतलवी र स्वार्थी मनोवृत्ति नेपाल र नेपालीको लागि सुगौली सन्धि देखि अभिशाप वन्दै आएको छ । अव अझै के के हुने हो । धर्मपुत्रू जस्तो होइन, छोरा भएर वोल्नुहोस । चुच्चेढुङ्गो उहीटुंगो भने झैँ वाहिरबाट आएका वाहुन्हरु फेरी वाहिरै जान चाहन्छन । नत्र वाहुनको गन्तब्य अमेरिका र युरोप नभई नेपाल नै हुने थियो होला ।
 

हरिशंकर पराजुली (बिराटनगर) ज्युको लेख हेर्नलाई यसमा क्लिक गर्नु होस 

http://www.samabad.com/show.php?sn=850&atsn=33

(दर्लामी मगर आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष हुन)

 

Last Updated on Tuesday, 25 September 2012 07:52

Hits: 1117

Error: No articles to display