A+ A A-

राष्ट्रिय जनमुक्ति पार्टीको बैठक सम्पन्न

केहर सिं थापा मगर

काठमाण्डौं,अषाढ १८— राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम बैठक श्रावण १४ देखी सुरु भई १७ गते सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी पालुङाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकले विभिन्न निणर्य गर्यो जुन सल्लाहकारको नियुक्तिमा पूर्व सभासद् क्षमा राई,पूर्व सह अध्यक्ष मेजर श्रवण कुमार सुब्बा,खुजुङ सुब्बा र मेजर डि.एन. थापा चयन भएका छन् । बैठकले ३५ जना संघीय परिषद् सदस्य र ५० जना संघीय महासभाको सदस्यमा मनोनयन गरेको छ ।  

२९ दलीय गठवन्धनको रिले अनसनमा भाग लिएका २२ जना योद्धाहरुमा पार्टी सह अध्यक्ष मानध्वज ब्लोनको नेतृत्वमा उपाध्यक्ष द्धय बाबुकाजी महर्जन,सोविन थिङ र केन्द्रीय कोषाध्यक्ष डब बहादुर गर्बुजा,सचिव गंगा खासु मगर थिए । संघीय परिषद् सदस्यहरुमा डि.के. सूर्यवंशी,चित्रबहादुर अर्घेजा,होमलाल पुन,बोम दर्लामी,पूर्ण राना,के.बी. पुन,दिलबहादुर तामाङ, लिला पुन,शान्ति देवी,रणबीर आङबुहाङ,हुमबहादुर गुरुङ,मुरलिधर मिश्र,सूर्यमान तुम्बाहाम्फे,माधवराज गिरी,मानध्वज लिम्बु,रघु थापा मगर,श्याम परियारले भाग लिएका थिए ।

३९ दिने रिले अनसनमा १३८८ जना मध्ये  राष्ट्रिय जनमुक्ति पार्टीको तर्फ बाट २२ जनाले भाग लिएका थिए ।

पार्टी प्रवेशः

कुमार लिङदेनको पार्टी संघीय लिम्बुवान पार्टी नेपालका सांस्कृतिक विभागका उप प्रमुख राजन कुमार काफ्ले,माओवादी र कांगे्रस पार्टी परित्याग गरी रा.ज.मु.पा.मा प्रवेश गर्ने सुर्खेत १६ का मेकानिकल इन्जिनियर द्धोय शंकर राणा र दिपक बलमे पार्टी प्रबेश गरेका छन् । उनीहरुलाई पार्टीका बरिष्ट नेता डि.के. बुद्धिष्ट र पार्टी अध्यक्ष के.पी. पालुङाले पार्टीको सदस्यता प्रदान गरेका थिए ।

बैठकले विभागीय प्रमुखको गठन गरी पार्टीका नेताहरुलाई जिम्मेवारी दिएको छ ।

बैठकले पार्टी सञ्चालन र विस्तारको लागि रु ५ करोडको जनमुक्ति अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको आन्तरिक लेखा समितिमा ५ जनाको समिति गठन गरेको छ ।

जसमा संघीय परिषद त्रय हुमबहादुर पचभैया थापा मगर,बोम दर्लामी मगर,मनधरी आले मगर र पदाधिकारी बाट दुई जना गरी ५ जनाको समितिले चौथो महाधिवेशन देखी हालसम्मको हिसाब किताबको  खोज तथा छानविन गरी हेटौडामा हुने आगामि दोस्रो बैठक असोजको १० देखी १२ गते पार्टीको आन्तरिक लेखा प्रतिवेदन समितिले बुझाउनेछ ।

 

 

 

 

 

Last Updated on Wednesday, 03 August 2016 08:19

Hits: 708

बक्सिङका राष्ट्रिय खेलाडी ईन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा अन्त्येष्टी गरियो

देब पचभैया

काठमाण्डौ, श्रावण १४ - बिहिबार बेलुकी निधन हुनुभएका बक्सिङका राष्ट्रिय खेलाडि इन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा मगर सस्कृति अनुसार अन्त्येष्टी गरिएको छ ।

आबुखैरनीको १७ सय फाटको शुक्रबार बेलुकी मश्राङदीनदीमा उहाका जेठा दाजु ठुर बहादुर थापाले ईन्द्र बहादुरको पार्थिब शरिरमा दागबत्ती दिएको नेपाल  मगर भुपु सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापाले जानकारी दिनुभयो । ईन्द्र बहादुरका छोरा सानै भएकाले जेठा दाजुले दागबत्ती दिनुभएको छिमेकीहरुले बताएका छन् ।

आठौ दक्षिण एसियाली खेलकुद (साफ गेम्समा काँस्य पदक विजेता ) इन्द्र बहादुरको गए राती ललितपुर स्थित हरिसिद्धि नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । ४७ वर्षीय ईन्द्र बहादुर विगत २ वर्ष देखि आन्द्राको क्यान्सर रोगबाट पिडित हुनुन्थ्यो ।

श्रन्द्धान्जलीका लागी शुक्रबार बिहान ९ बजे देखि दसरथ रंगशालामा राखिएको उहाको पार्थिब शरिरमा बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव बहादुर बिष्ट, बक्सिङ संघका अध्यक्ष राम अवाले, सिनियर कोच प्रकाश थापा, पुर्ब प्रहरी माहानिरिक्षक कुवेर सिंग राना, प्रहरीका एसएसपि योगेश्वर रुमखामी, वलम्पिक कमिटिका महासचिब तेन्जिङ शेर्पा, खेलाडी, शुभचिन्तक लगाएतले श्रन्द्धान्जली दिएका थिए । २०४६ सालमा नेपाल प्रहरीमा प्रबेश गरी १० बर्ष पछि सेवा बाट अवकास लिनुभएका ईन्द्र बहादुर २०५१ सालमा महेन्द्रनगर र २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक विजेता हुनु भएको थियो

को हुन् ईन्द्रं बहादुर !  

बाबु सोम बहादुर मगर र आमा नन्दमाया मगरको साईला छोरा ईन्द्र बहादुरको २०२७ असार २० गते अवु खैरेनी गाविस–१ तनहुँमा जन्म भएको थियो ।  काठमाण्डौमा भएको आठौ साफ प्रतियोगितामा सन् १९९०, वाईएमसीए इन्टरनेशनल बक्सिङ्ग च्याम्पियनसीप (दिल्ली) ९९७० र मेयर्स कप मनिलार १९९० मा काँस्य पदक विजेता हुनु भएको थियो । वि.स. २०५५ सालमा गोर्खा दक्षिण वाहु(चौथो) बाट सम्मानित हुनु भएका थापा सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई सिड्नी ओलम्पिकको छनोटमा दक्षिण कोरियामा पुग्नु भएको थियो ।

उहाका श्रीमती दिल कुमारी, १२ वर्षीय एक छोरा आयुस र एक छोरी ऐश्वर्या छन् ।

बिरामी भई लामो समय सम्म उपचारमा रहनुभएका ईन्द्रं बहादुरको आर्थिक अभाब भएको भन्दै बिभिन्न संघ सस्थाहरु बाट आर्थिक संकलन भैरहेको थियो । बिहिबार बिहान मात्रै ईन्द्र बहादुरको उपचारको लागी नेपाल प्रहरीको खेलाडी कोष मार्फत प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याले निजकी श्रीमती दिलकुमारी थापा मगरलाइ दुई लाख नगद सहयोग गर्नुभएको थियो ।

Last Updated on Friday, 29 July 2016 21:14

Hits: 5681

बक्सिङका राष्ट्रिय खेलाडि इन्द्र मगरलार्इ आर्थिक सहयोग गरौं

केहर सिं थापा मगर

 काठमाण्डौं,श्रावण ४-आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा कांस्यपदक जितेका बक्सर इन्द्रबहादुर मगर क्यान्सरको उपचार गर्ने क्रममा आर्थिक संकटमा परेका छन्।

बाबु सोम बहादुर मगर र आमा नन्दमाया मगरको कोख बाट साइलो छोराको रूपमा  बक्सर इन्द्रबहादुर मगर वि.सं.२०२७ साल असार २० गते आवु खैरेनी गा.वि.स.सत्र सयफाँट वडा नं. १,तनहुँ जिल्लामा जन्मेका हुन् ।

 वि.सं.२०५५ सालमा गोर्खा दक्षिण वाहु(चौथों) ले सम्मानित भएका उनी सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए र सिड्नी ओलम्पिकको छनोटमा सहभागी हुन दक्षिण कोरिया पुगेका थिए। त्यसपछि उतै हराएका थिए।

२०५१ सालमा महेन्द्रनगरमा र २०५३ सालमा मएको  राष्ट्रिय  बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्न  सफल भएको उनी काठमाडौंमा भएको आठौं साफ गेम्स (सन् १९९९), वाईएमसीए इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप (दिल्ली/१९९७) र मेयर्स कप (मनिला/१९९८) मा कांस्य हात पारेका उनलाई गत वर्ष आन्द्रामा समस्या देखिएको थियो। ‘क्यान्सर भएको रहेछ,’ गत वर्ष स्वदेश फर्किएका ४६ वर्षीय उनले भने, ‘फोक्सो र कलेजोमा पनि समस्या देखियो। कोरियामै उपचार गराउँदा कमाएको सबै पैसा खर्च भयो।

पहिले आफ्नै पैसाले किनेको डाइट (पोषणयुक्त खाना) खाएर देशका लागि खेलेको थिएँ। सरकारले उपचारमा सहयोग गर्नुपर्यो,उनले हाम्रो संम्वादाता लार्इ भने ।

उनको परिवारिक पृष्ठभूमि श्रीमती दिल कुमारी थापा वर्ष ३७ सहित १३ वर्षीय एक छोरा आयुस  र एक छोरी ऐश्र्वया रहेका छन् ।

उनका अनुसार उपचारमा करिब ६० लाख रुपैयाँ खर्च भइसकेको छ। पाँचपल्ट घरेलु प्रतियोगितामा स्वर्ण जितेका उनले तेइक्वान्डोका खेलाडि दिपक विष्ट मार्फत,राष्ट्रिय खेलकुद कल्याणकारी कोष बाट रू. ५००००, अमेरिकामा रहेका राष्ट्रिय  खेलाडीहरूले  सहयोग गरी २ लाख ८० हजार गरी हाल सम्म ३ लाख ३० हजार पाएको बताए।

उनी २०४६ सालमा नेपाली प्रहरीमा प्रवेश गरी १२ वर्ष सम्म देशको सुरक्षार्थमा सेवा गरेका र राष्ट्रको खेल जीवनमा महत्वपूर्ण योगदानको कदर गर्दै उहाँको स्वास्थय उपचारको लागि नेपाल सरकार र स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनीहरूमा आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

 

Last Updated on Saturday, 23 July 2016 06:47

Hits: 2478

साफ गेम्सका कास्य पदक बिजेता इन्द्र बहादुर मगरको देहवासन

केहर सिं थापा मगर

ललितपुर, श्रावण १४—आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा कांस्यपदक जितेका बक्सर इन्द्र बहादुर मगरको गए राति ल.पु स्थित हरिसिद्धि नेपाल क्यान्सर हस्पिटलमा ४७ बर्षको उमेरमा निधन भएको छ ।

बाबु सोम बहादुर मगर र आमा नन्द माया मगरको कोख बाट साइलो छोराको रूपमा  बक्सर इन्द्र बहादुर मगर वि.सं.२०२७ साल असार २० गते आवु खैरेनी गा.वि.स.सत्र सयफाँट वडा नं. १, तनहुँ जिल्लामा जन्मेका थिए ।

उनी २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरी १० वर्ष सम्मसेवा गरी स्वेच्छाले वि.सं. २०५६ सालमा सेवाबाट अवकाश प्राप्त गरेका थिए । २०५१ सालमा महेन्द्रनगरमा र २०५३ सालमा भएको  राष्ट्रिय  बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जित्न  सफल भएको उनी काठमाडौंमा भएको आठौं साफ गेम्स सन् १९९९, वाईएमसीए इन्टरनेसनल बक्सिङ च्याम्पियनसिप (दिल्ली)९९७० र मेयर्स कप मनिला १९९८ मा कांस्य हात पारेका थिए ।

वि.सं.२०५५ सालमा गोर्खा दक्षिण वाहु (चौथों)ले सम्मानित भएका उनी सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए र सिड्नी ओलम्पिकको छनोटमा सहभागी हुन दक्षिण कोरिया पुगेका थिए ।

मृतक इन्द्र बहादुरका एक श्रीमती दिल कुमारी थापा, १३ वर्षीय एक छोरा आयुस  र एक छोरी ऐश्र्वया रहेका छन् ।

निजको पार्थिव शरीरलाई हार्दिक श्रद्धाञ्जली दिन नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुम बहादुर थापा मगर र नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ ललितपुरका जिल्ला सदस्य राजु थापा मगर हिजै गए राति ल पु स्थित हरिसिद्धि नेपाल क्यान्सर हस्पिटलमा  १० बजे पुगेका थिए ।

निजको पार्थिब शरीर लार्इ त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा राष्ट्रिय झण्डाले सम्मान गर्ने र हार्दिक श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको अखिल फुटबल संघका अध्यक्ष रामआवाले राज्यसत्ता डट कमलाई जानकारी दिए । 

Last Updated on Friday, 29 July 2016 21:12

Hits: 2000

गोरेबहादुर खपाङ्गीलाई बचाउन सरकार संग आग्रह

देब पचभैया

का ठमाण्डौ, श्रावण ३- मोटरसाईकलको ठक्कर बाट गंभिर घाईते भई हाल सम्म उपचार गराईरहनुभएका दार्शनिक एबं पुर्ब मन्त्री नेता गोरेबहादुर खपाङ्गीको स्वास्थ्य उपचारमा सहयोग गरिदिन गोरेबहादुर खपाङ्गी फाउण्डेशन, मगर संघ र गोरे बहादुरका परिवारले सरकार संग आग्रह गरेका छन् ।

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर, गोरे बहादुर फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा (पचभैया )मगर उपाध्यक्ष रुद्र गुर्माछान, गोरे बहादुरका धर्मपत्नी बिध्या खपाङ्गी लगाएतको टोलीले प्रधानमन्त्री केपी वलीलाई निवासमै गएर सहयोगका लागी आग्रह गरेको छ ।

 

  बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापा मगरको साथमा प्रधानमन्त्री निवास पुगेर सहयोगका लागी आग्रह गरिएको फाउण्डेशनका अध्यक्ष थापाले जानकारी दिनुभयो । आफुहरुको आग्रहमा प्रधान मन्त्री वलीले मन्त्रीपरिषदको बैठकमा यसको बारेमा छलफल गरिने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसंगको भेटपछि गोरेबहादुर फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापाको नेतृत्वमा उपराष्ट्रपति नन्द बहादुर पुन र सभामुख ओनसरी घर्ती मगर लाई भेटेर खपाङ्गीको पछिल्लो अवस्थाको बारेमा यथार्थ जानकारी गराई सहयोगका लागी पहल गरिदिन आग्रह गरेका छन् ।

Last Updated on Monday, 18 July 2016 09:19

Hits: 3323

Error: No articles to display