A+ A A-

स्व.खपाङ्गीको दोस्रो स्मृतिसभा संपन्न , एक करोडको अक्षयकोष घोषणा !

 

खड्क सारु मगर
काठमाण्डौ,भदौ १४ गोरेबहादुर खपाङ्गी फाउण्डेशनद्धारा मिति २०७५ साल भाद्र ११ गते गोरेबहादुर खपाङ्गीको दोस्रो स्मृतिदिवस संपन्न भएको छ ।

Image may contain: 5 people, people sitting and people standing  फाउण्डेशनको अध्यक्ष हुमबहादुर थापा मगरको अध्यक्षतामा महिला बालबालिका तथा जेष्ठ नागरिक माननीय मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा प्रज्ञा भवन कमलादी काठमाण्डौंमा सम्पन्नभयो  ।

Image may contain: 7 people, including Ganga Khasu and Prem Tamang, people standing and indoor

 

विशेष अतिथिमा खपाङ्गीको अर्धाङ्गिनी विद्याखपाङ्गी रहनु भएको थियो भने अतिथिहरुमा पूर्वमन्त्री बलाराम घर्तिमगर, संघिय समाजवादीफोरम नेपालका सह–अध्यक्ष एब पूर्वमन्त्री माननीय सांसद राजेन्द्र श्रेष्ठ, पूर्वमन्त्री देवीप्रसाद ओझा, नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा, नेपाल मगर संघ तथा नेपाल जनजातिमहासंघका संस्थापक महासचिव सुरेश आलेमगर, प्रा.डा. श्रीराम प्रशाद उपाध्याय, आदिवासीजनजाति महासंघका पूर्व महासचिव प्रा.बालकृष्ण माबुहाङ, नेपालीकाँग्रेसका पूर्व सांसद आनन्द सन्तोषी राई राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष के.पी. पालुङ्वा, लिवरल डेमोक्रेटीक पार्टीका अध्यक्ष गणेशवल तामाङ्ग नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर हुनुहुन्थ्यो ।

Image may contain: one or more people and people standing  २०३० देखि २०३६ साल सम्म गोरेबहादुर खपाङ्गी प्रधानाध्यापक रहेका तत्कालिन रामेछाप जिल्लाको सदरमुकाम रामेछाप डाँडामा अवस्थित गौरीशंकर मा.वि.हालउच्च मा.वि.का प्रधानाध्यापक निरबहादुर कार्की,नेपाल मगर संघका पूव अध्यक्ष क्या. यमबहादुर बुढाथोकी मगर, मगर बुद्ध सेवा संघका केन्द्रिय अध्यक्ष देउबहादुर राना मगर,पि.ए नेपालका ईन्दिरा राना मगर, आदिबासी जनजाति अपांग महासंघका अध्यक्ष खड्क सारु मगर, फउण्डेसनका सल्लाहाकार अधिबक्ता गौबहादुर आले मगर,राष्ट्रिय समचार समितिका पूव माहानिर्देशक खिलध्वज थापा मगर ,मा.मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक थापा मगर, नेपालका प्रथम शहिद लखन थापा मगरका उपाध्यक्ष उमेश राना मगर, आदिकबी जितबहादुर सिंगजाली प्रतिष्ठानका अध्यक्ष शंजोग लाफा मगर,मगर बुद्ध संघ हंगकंगका अध्यक्ष एम.बि.थापा दर्लामी मगर , मगर संघ यू.केका सल्लाहाकार सरिता पुलामी मगर ,नेपाल मगर महिला संघका संस्थापक अध्यक्ष  बम कुमारी बुढामगर, नेपाल मगर संघका अध्यक्ष बिनिता आले मगर, मगर सास्कृतिक संघका अध्यक्ष कबिराज मगर,नेपाल मगर यूबा संघका उपाध्यक्ष संगीता पुलामी मगर लगायत मगर संघका बिभिन्न संगठनका प्रमुखहरुको उपस्थित रहेको थियो ।

प्रमुखImage may contain: 8 people, including Rudra Siddhant Gurmachhan, people sitting

 

अतिथि माननीयमन्त्री थममायाथापाले उद्दघाटन मन्तव्यको क्रममा जब गोरेबहादुरले आफ्नो समाजलाई चिन्नथाल्नु भयो र समाजमा शोषण उत्पीडिन छ त्यसको अन्त्यहुनु पर्दछ भन्ने सोचका साथ पछाडि परेको वर्गको समुदायको उत्थान गर्ने कार्यमा सहभागिहुनेक्रमउहाँले जेलनेलका साथै आरोप प्रत्यारोप खेप्नु भयो । सुरुमा बामपन्थीआन्दोलनको दौरानमालाग्दै गर्दा आफू जन्मे हुर्केको समाज अर्थात मगर समाजको पनिउत्थान हुनुपर्दछ भनेर मगर संघको स्थापनाकालदेखि भाषिक धार्मिक साँस्कृतिक अधिकार मुद्दालाई राज्यको मुलप्रवाहमाल्याउन नेतृत्वदायीभुमिका पनि निर्वाह गर्नुभयो । उहाँले उठाएको मुद्दा अहिले सत्यसावितभएको छ । हामीले उहाँले उठाएको मुद्दालाई सच्चारुपले बहस र छलफल गर्दै आमसमुदायबिच पु¥याउने काम गरेको खण्डमामात्र गोरेबहादुर खपाङ्गीप्रति सच्चा सम्मान भएको ठहरिनेछ ।

Image may contain: 1 person, eyeglasses, beard and text

 

यस कार्यमा फाउण्डेशन सक्रियताकासाथ लाग्नेछ त्यसको लागि मेरो व्यक्तिगत एवं नेपाल सरकारबाट गर्न सकिने सहयोग रहनेछ । उपस्थित अन्य अतिथि वक्ताहरुले गोरेबहादुर खपाङ्गीले राज्यबाट विभेदमा परेका जाति समुदायको उत्थान र उनिहरुको सामाजिक आर्थिक राजनीतिक एवं शैक्षिक परिवर्तनको लागि गरेको योगदानको चर्चा गर्दै उहाँको व्यक्तित्वको बारेमा मन्तव्य राख्नुभएको थियो । सो अवसरमा खपाङ्गीको बारेमा विभिन्न समयमा पत्रपत्रिका र छापामा प्रकाशित लेखहरुलाई समेटेर पुस्तकको रुपमा गोरेबहादुर खपाङ्गी–स्मारिका २०७५ प्रमुख अतिथि माननीय मन्त्री थममाया थापा मगरज्यूले विमोचन गर्नु भएको थियो ।

Image may contain: 1 person

 

खपाङ्गीको दुर्घटना पश्चात उपचारको क्रममा फाउण्डेशनलाई अतुलनिय आर्थिक एव विभिन्न प्रकारका सहयोग गर्ने संघ – संस्था तथा व्यक्तिहरुलाई सम्मान गर्नुका साथै फाउण्डेशनका संरक्षक र आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।

Image may contain: 1 person, standing and indoor

 

संस्थाका महासचिब भाबेश भूमरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने संस्थाका सदस्य  बिष्णु सिंजालीले स्व. नेता खपाङ्गीको जिवानी सहित प्रकाशीत स्मारिकाको बारेमा जानकारी र स्वागत मन्तब्य दिनुभएको थियो ।

Image may contain: 4 people, people standing and indoor

 

कार्यक्रमको अन्त्यमा फाउण्डेशनका अध्यक्ष ह’मबहाद’र थापा मगरले स्मृतिग्रन्थ प्रकाशन गर्न लेखहरु आउने क्रमजारी रहेकोले निकट भबिश्यमा प्रकाशन गर्ने गरी यस पटक नेता खपांगीको मृत्यु पश्चात बिभिन्न पत्रपत्रिकामा प्रकाशीत लेखहरुको संगालो गोरेबहादुर खपाङ्गी–स्मारिका २०७५ प्रकाशीत भएको सभालाई जानकारी दिनुभएको थियो ।

Image may contain: 5 people, including Homraj Khapangi Magar and Man Bahadur Budha, people smiling, people standing
साथै स्व. गोरेबहादुर खपाङ्गीको नाममा एक करोड रुपैया बराबरको अक्षयकोष खडा भएको अध्यक्षले जानकारी दिदै प्रत्येक बर्ष गोरेबहादुर खपाङ्गीको नाममा  प्राज्ञीक पुरस्कार , गोरेबहादुर खपाङ्गी स्मृति छात्रबृत्ती पुरस्कार र गोरेबहादुर खपाङ्गी स्मृत्ती प्रतिभा पुरस्कार एक एक जनालाई आगामी बर्ष देखि दिने जानकारी दिनुभयो ।

Image may contain: 8 people, including Himal Gharti Magar and Deepa Ale, people sitting

 फोटोहरु : कमला थापा र ज्ञानेन्द्र पुन मगरको फेसबुक बाट लिईएको ।

(नोटः आगामिदिनहरुमा विशेष अतिथि र अतिथिहरुको मन्तव्य युट्यूब तथा यसै राज्यसत्तामा प्रकाशन गरिनेछ )

फोटो हेर्न लिङ्क थिच्नुहोस्  :

महान बिचारक खपांगीको दोस्रो स्मृति सभा - २०७५ यसरी मनाइयो.

 

 

Last Updated on Tuesday, 18 September 2018 04:48

Hits: 1109

मगर बिध्यार्थी उत्थान समाजले वेसाहारा खोज्दै पढाउँदै (फोटो फिचर सहित) !

देब पचभैया
पाल्पा, असार २१ - सानैमा बुवा गुमाएकी हुन् गंगा रानाले ।
Image may contain: 18 people, including Radha Krishna Dangal and Jb Magar, people sitting and indoor

घाँस दाउरा गर्दे बुढी आमा र घरको चुलो समालेरै विद्यालय गएकी उनी अहिले त राम्रो नतिजामा एस।इ।इ पास भएकी छिन् ।  जनप्रिय माबि तिनाउँ ६ डुम्रे वाट परिक्षा दिएकी गंगाका छिमेकी र विद्यालय परिवार हर्षित रहेपनि गंगाकी आमा दुखित हुनुपर्यो, कारण छोरीलाई पढाउने चिन्ताले । 
Image may contain: 4 people, including Thapa Hum and Sabitra Rana, people sitting and indoor

“कमाउने बाले बेलैमा छोडेर गए, अव छोरीलाई कसरी पढाउने भन्ने मात्रै सोच्छु,  छोरी गंगाले पाएको छात्रबृति बुझ्न सदरमुकाम तानसेन आउनुभएकी गंगाकी आमा टोपलीले उज्यालो अनुहारमा भन्नुभयो ,फेल नभएर पढे १५ किलास पढाइदिने भन्नुभएको छ, अहिले त खुशि भएकी छु  ” ।
Image may contain: 2 people, people standing and indoor

कक्षा ७ मा पढ्दै थिइन् जानुका रानाले । बुवाले आमा छोडेर अर्की विहे गरे । आमा पनि पोइल हिडेपछि एक्ली भएकी जानुका मावल बसेर पढेकी हुन् ।

भवानी मावि रिब्दीकोटवाट एस।इ।इ दिएकी जानुका भर्खरै आएको नतिजामा ३।५ जिपिएमा पास भएकी छिन् । नातिनि पढाउन कम्ती दुख गरिन,  जानुकाकी मावली आमा मन कुमारी कार्कीले भनिन् “दुख पाएका र पढ्छु भन्नेलाई सरकारले हेर्नुपर्ने हो, तर केही गरेन । ”
Image may contain: 3 people, including Thapa Hum, people smiling, people standing and indoor

२ बर्षकै उमेरमा आमा गुमाएकी टिका कुमारी गाहा अहिले कक्षा १२ मा पढ्छिन । आमा विते देखि नै मावलीमा बसेर पढ्दै आएकी टिका  भवानी उच्च मावि रिब्दीकोटकी विद्यार्थी हुन् ।  अहिले सम्म पढाउन मावलीले खुब दुख गरेका छन्, आमा वितेपछि एक्लीएका बुवालाई संझिदै टिकाले भनिन् “धेरै पढेर, जागिर गर्ने छु, आमाको आत्मा र बुवालाई खुशि दिने चाहाना छ, तर उच्च शिक्षा पढाउने क्षमता माउलीमा छैन ।
Image may contain: 2 people, people standing and indoor

माथि उल्लेख गरिएका गंगा, जानुका ,टिका र उनीहरुका  आफन्त , मगर विद्यार्थी उत्थान समाजले पाल्पामा प्रदान गरेको छात्रबृत्रि कार्यक्रममा भेटिएका हुन् । उनीहरु संगै जिल्लाका  १५ जना विद्यार्थीहरु  एक बर्षका लागि छात्रबृति पाउने भाग्यमानी भएका छन् । एस।इ।इ उर्तिण टेक बहादुर गाहा, हरीकला चिदि, मधुसरा सारु, सुनिता सारु,रोशन पचभैया,  गिता बगाले, बिष्णु सारु र र कक्षा १२ का देबीकला बुचा,टिका गाहा, रिचा उचै, वसन्ती थापा र बिष्णुमाया पुनलाइ भर्ना, मासिक  र परिक्षा शुल्क संगै खाजा खर्च समेत समाजले प्रदान गरेको छ ।
Image may contain: 2 people, people standing

गरिव जेहेन्दार विद्यार्थीको रुपमा उनीहरु जिल्ला भरी बाट छानिएका हुन् ।  राम्रो पढ्दै गए उनीहरुलाई स्नातक तहसम्म पढाउने मगर विद्यार्थी उत्थान समाजले जनाएको छ । सामाजिक हितका लागि ४ वर्ष अघि स्थापना भएको यो सस्थाले काठमाण्डौ, तनहु र पाल्पामा गरी अहिले सम्म २० बढी विद्यार्थीलाई निशुल्क पढाएको संस्थाका अध्यक्ष क्याप्टेन कुल प्रसाद पुनले जानकारी दिनुभयो ।

Image may contain: 3 people, people standing

असाहाय , गरिव र जेहेन्दार विद्यार्थीलाई पढाउने जानकारी दिदै मगर विद्यार्थी उत्थान समाजका केन्द्रिय सचिव हुम बहादुर थापा (पचभैया) ले छात्रबृति  कार्यक्रमलाइ देशै भर लग्ने योजना रहेको बताउनुभयो ।

Image may contain: 2 people, people standing

मनिराज पुन र गंगा बहादुर गाहाको नेतृत्वमा प्राईभेट पानीजहाजमा कार्यरतरहदा योगेन्द्रमान सेरपुन्जा, टोम बहादुर आले, प्रेम बहादुर राना, फुल बहादुर आले, प्रेम बहादुर बुढाथोकी , सुर्य बहादुर राना, चित्र बहादुर पुन, भेष बहादुर थापा  र नर बहादुर दर्लामीको पहलमा खल्तीबाट उठाएको झण्डै चार लाख रुपिया बाट शुरु भएको संस्थामा अहिले ३० बढी सहयोगी पुगेको समाजका सचिब हुम बहादुर थापाले जानकारी दिनुभयो ।

Image may contain: 2 people, including Tek Thapa, people sitting

आमा बुवा गुमाएका, गरिव ,जेहेन्दार तर पढ्ने रहर भएपनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उदेश्य हो, सचिव थापाले भन्नुभयो यो संस्थामा जो सुकै ब्यक्ति आवद्ध भएर सहयोग गर्न सक्नुहुनेछ ।

Image may contain: 2 people, including Dal Serbuja, people standing

मगर बिध्यार्थी उत्थान समाजका सचिब श्री थापाले असार १५ गते पाल्पाको रोएल ईन होटलमा बिषेस कार्यक्रम गरि छात्रबृत्ति प्रदान गर्नु भएको हो ।
Image may contain: 1 person

उक्त कार्यक्रममा नेपाल मगर पत्रकार संघका महासचिब तथा श्री नगर.एफ.एमका स्टेसन म्यानेजर देब पचभैया,नेपाल मगर बिध्यार्थी जिल्ला समिति पाल्पाका पूर्ब अध्यक्ष राधाकृष्ण ढंगाल मगर,नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ पाल्पाका जिल्ला सदस्य बृहसपति राना मगर ,पाल्पामा कृयसिल राजनीतिक दलका प्रतिनिधीहरु नपाली कांग्रेस,
Image may contain: 1 person

नेपाल कम्स्टि पार्टी ने.क.पा लगाएत राष्ट्रीय जनमुक्ति पार्टी पाल्पाका संगठन सचिब थमन अस्लामी,  राष्ट्रीय जनमुक्ति पार्टी महिला मोर्चा पाल्पाका जिल्ला अध्यक्ष साबित्री राना मगर र  यूबा मोर्चाका जिल्ला अध्यक्ष राधा थापा मगर लगायत बिध्यार्थीका अबिभावकहरुको समेत उपस्थित रहेको थियो ।
पुरा फोटो हेर्नका लागी यो लिंक थिच्नुहोस:
http://www.rajyasatta.com/photo-gallery/12865-2018-07-05-16-15-23

 

Last Updated on Thursday, 05 July 2018 16:52

Hits: 1701

मगरहरू ईश्वरका दुत हुन - उपराष्ट्रपति पुन ।

उपराष्ट्रपति र मन्त्री हरूलाई सैनिकले गरे सम्मान ।

हुबि मगर

काठमाण्डौ, बैसाख १४ - नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिले नवनिर्बाचित सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगरज्यू र माननीय मगर मन्त्रीज्युहरुलाई एक कार्यक्रम गरि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । माननीय गृहमन्त्री रामबहादुर थापा मगरज्यू, माननीय ऊर्जा, लजस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनज्यू, माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरज्यू, माननीय खाने पानी तथा सरसफाई मन्त्री विना मगरज्यू र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा मगरज्यू बिशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए ।

नेपालको राष्ट्रिय गान बाट सुरु भएको यस कार्यक्रममा नेपालका प्रथम शहिद क्या. लखन थापा मगर र मगरको शब्दकोषका लेखक एबं इतिहास बिद स्व. हीरा सिंह थापा मगरको संझनामा एक मिनेट मौन धारण गरिएको थियो ।
नेपाल प्रहरी तथ सैनिकको तर्फ बाट पूर्ब प्रहरी प्रमुख कुबेर सिंह राना मगरज्यूले सम्माननीय उपराष्ट्रपतिज्यूलाई , भारतीय सैनिकको तर्फ बाट मेजर डिल बहादुर आले मगरले माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरज्यू र बेलायती सैनिक र सिगापुर प्रहरीको तर्फ बाट मेजर हरि बहादुर थापा मगरज्यूले माननीय खाने पानी तथा सरसफाई मन्त्री विना मगरज्यू लाई टिका, माला र फेटा लगाई दिएका  थिए ।

 

यस सम्मान कार्यक्रममा नेपाली सेनाका पूर्ब मेजर जनरल प्रेम प्रकाश थापा मगर, बृगेडिएर जनरल मानध्वज बुढा मगर र श्याम बहादुर थापा मगर, कर्णेल झपट बहादुर थापा मगर, पूर्ब प्रहरी ए.आई.जि.पी डा.गोबिन्द प्रशाद थापा मगर, बहालवाला डि.आइ.जी दुर्गा थापा पुन मगर र एस.पि हृदय थापा मगर, पूर्ब प्रहरी एस.एस.पी मन बहादुर रजाली, मेजर कृष्ण कुमार आले मगर लगाएत नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, बेलायती सेना, सिगापुर प्रहरी र भारतिय भूपू सैनिकहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।
कार्यक्रको सुरुवातमा भूपू सैनिकहरुलाई परेको समस्याको बारेमा संस्थाका ईन्चार्ज दलबहादुर बिरकटा मगरले ज्ञापन पत्र बाचन गर्नु भएको थियो भने अध्यक्ष हुमबहादुर थापा मगरले प्रमुख अतिथि र बिशिष्ट अतिथिज्यूहरुलाई १३ बुंदे ज्ञापन पत्र बुझाएका थिए ।

शुभकामना मन्तब्य दिदै मगर भूपू सैनिक तथा प्रहरी सामान्य ब्याक्तिहरु होइनन् । उहाहरुको बीरताको गाँथाले नेपाल र नेपालीको शिर उच्च रहेको चर्चा गर्दै, उपराष्ट्रपति पुनले भने- मगरहरु ईश्वरको दुत हुन ।
अर्का बक्ता माननीय मन्त्री बिना मगरज्यूले यो ज्ञापन पत्रमा उल्लेख भए अनुसार सैनिकहरुको कथा ब्यथाले आफु अत्यन्तै मर्माहात भएको उल्लेख गर्दै मानीस भएर जन्म लिएता पनि मृत्यु भएमा आफ्नो जन्म भूमिमा दाहसस्कार गर्न नपाउनुले यो ज्ञापन पत्र नेपाल सरकारलाई जानकारी गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए । अर्का माननीय मन्त्री थम माया थापा मगरले बाउ बाजेको थांतथलोमा बिकास नगर्दा सम्म मगरको बिकास नहुने र कुरीति, कुसस्कारको अन्त्य नगर्दा सम्म मगरहरु अगाडी बढ्न नसक्ने धारणा राखेका थिए । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगर, पूर्ब प्रहरी प्रमुख कुबेर सिंह राना मगरले पनि शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगरको अध्यक्षतामा संघका ईन्चार्ज दल बहादुर बिरकट्टा मगरको स्वागत मन्तब्य र महासचिब क्या. भिम बहादुर राना मगरले संचालन गरेका थिए ।



कार्यक्रमको दोश्रो सेशनमा "मगर समुदयमा सबागीर्ण बिकासका लागी भूपू सैनिक तथा प्रहरीहरुको भूमिका" भन्ने बिषयमा अन्तरकृया कार्यक्रम रहेको थियो ।

 बधाई तथा सम्मान कार्यक्रम अध्यक्ष बाट समापन गरे पछि दोस्रो सेसनको " मगर समुदायको सरबांगिर्ण बिकाशको लागी मगर भूपू सैनिक तथा प्रहारीको भूमिका" बिषयक एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

यो कार्यक्रमको प्रमुख अतिथि पूर्ब प्रहारी महानिरीक्षक कुबेर सिंग राना मगर हुनुहन्थ्यो भने बिसेस अतिथिमा पूर्ब ए.आई.जि.पी डा. गोबिन्द प्रसाद थापा मगर र पूर्ब बृगेडियर जनरल स्याम थापा मगर ,पूर्ब प्रहारी बरिस्ठ उपरिक्षक मनबहादुर राजाली मगर साथै अतिथिहरूमा मेजरद्वय कृष्ण कुमार अाले मगर ,हरिबहादुर थापा मगर , नेपाल मगर संघका पूर्ब अंध्यक्ष एबं यस संस्थाका सल्लाहाकार यमबहादुर बुढाथोकी मगर , संस्थाका सल्लाहाकार एबं मगर बुद्ध संघ नेपालका अध्यक्ष देउबहादुर राना मगर र यसै संस्थाका ईन्चार्ज तथा मगर संघका भाषीक उपाध्यक्ष दलबहादुर बिरकट्टा मगर हुनुहन्थ्यो ।
सल्लाहाकार बुंढाथोकी मगरले मन्तब्य सहित स्वागत भाषण गरेका थिए । कार्यक्रमको सभापति गरेका अध्यक्ष थापा मगरले " मगर समुदायको सरबांगीर्ण बिकासको लागी भूपू सैनिक र प्रहरी को भूमिका भन्ने बिसय सम्मानित हललाई प्रबेस गराएका थिए ।

बृ.जनरल स्याम थापा मगर, ए.अाई.जि.पी.डा. गोबिन्द थापा मगर , पूर्ब अाई.जि.पी. कुबेर सिंग राना मगरले बिषय माथी महत्वपूर्ण बिचार राख्नु भएको थियो ।

हिरा थापा मगर, टेकबहादुर थापा मगर, कास्की जिल्ला अध्यक्ष चन्द्र प्रकाश थापा मगर, बोमबहादुर दर्रलामी मगर,संजोग लाफा मगरले मगर भूपू र नेपालको प्रथम शहीद क्या. लखन थापा मगर माथी भएको अन्याय र बिभेधको बारेमा र भूपू सैनिक तथा प्रहरी र उनका परिवारहरुलाई परेको समस्याको बारेमा गहन बिषयमा कुरा उठाउनु भएको थियो । कास्की , पोखरा बाट अाउनु भएकि एकल बिर नारी मीनु थापा मगरले बलिनर ऑसुको धारा बगाउदै अाफुले मगर लाहरे सिरीमान संग २०५८ मा बिवाह भएको र २०६० सालमा पतिको निधन पश्चात केहि बर्ष पेनसन पाए पनि हाल अाएर पेनसन रोकिएकमा दुख: ब्यक्त गर्दै संस्थालाई सहयोग गर्न अपील गर्नु भयो ।
संस्थाका अध्यक्ष हुम थापाको अध्यक्षतामा संस्थाका ईन्चार्ज दल बिरकट्टाको सहजिकरणमा महासचिव क्या. भिम राना मगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो । कार्यक्रम बेलुकी ६ बजे सम्म चलेको थियो । कार्यक्रममा १२ जिल्ला बाट आएका प्रतिनिधि सहित करिब १५० जना भन्दा बेसी  मगर पूर्ब सैनिक तथा प्रहरी र उनका परिवारहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैलाई धन्यबाद दिदै अध्यक्ष थापा मगरले कार्यक्रम समापन गरेका थिए ।

 

 

 

Last Updated on Monday, 07 May 2018 11:12

Hits: 1458

गृहमन्त्रीलाई ज्ञापन पत्र,संबिधानमा संसोधन हुन्छ - बादल

हुबिमगर

काठमाण्डौ, बैशाख २९ - नेपाल मगर संघ केन्द्रीय समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई ३ सुत्रिय माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
Image may contain: 2 people, people sitting and indoor


मगर , थारु, कुमाल , छन्त्याल र भूजेल लगाएतका नेपालीहरुको प्रमुख राष्ट्रिय सास्कृतिक चांड माघेसकराति माघ १ गतेमा नेपाल सरकारले दिईरहेको सार्बजनिक बिदा कटौती गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हुनाले उक्त बिदा कटौती गर्ने निर्णय अबिलम्ब फिर्ता लिन सरकार संग नेपाल मगर संघले जोडदार माग गरेको छ ।

Image may contain: 1 person, sitting, table, living room and indoor


मदिरा निषेध गर्ने नाममा मगर समुदायको पाठपुजा वा बिभिन्न सस्कारहरुमा चढाउनका लागी अपरिहार्य रहेको हुनाले घरमा बनाएको रक्सी बन्देज गरेर मगर समुदाय लगायतका नेपालका आदिबासी जनजातिहरुको मौलिकता मेटाउने सरकारको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाक्र्रषण भएको हुनाले निर्णय सच्याउन जोडदार माग गर्दछौ । ज्ञापन पत्रमा भनिएको छ , यद्यपी मदिराका कारण देशमा भैरहेको दुब्र्यसनी  तथा कुलतलाई नियन्त्ररण गर्ने सरकारको निर्णयमा भने हाम्रो साथ सहयोग र सर्मथन रहने मगर संघले ज्ञापन पत्रमा उललेख गरेको छ ।

Image may contain: 12 people, including Binita Ale Magar, Gyanendra Pun, Ganga Khasu, Pahalsingh Rana, मगरात किरण and Resham Magar, people smiling, people standing, tree and outdoor


मगर लगायत नेपालका आदिबासी जनजातिहरुले परम्परागत मासुको रुपमा प्रयोग गरिरहेको मरेको गाईको मासु खादा पक्रिने र झुट्टा मुद्धा लगाई झेल चलान गर्ने सरकारको गलत कार्यलाई तत्काल रोकी नेपालको संबिधान बमोजिम धर्मनिरपेक्षताको कार्यन्वयन गरि सबैलाई समान ब्यबहार गर्न नेपाल मगर संघले जोडदार माग गरेको छ  । साथै झुट्टा मुद्दालगाई जेल जिवन बिताईरहेकाहरुलाई अबिलम्ब निर्शत रिहा गर्न समेत मगर संघले जाडेदार माग गर्दछौ भनि केन्द्रीय अध्यक्ष नबिन रोका मगरको हस्ताक्षर गरिएको ज्ञापन पत्र गृहमन्त्री रामबहादुर थापा मगर बादललाई १५ सदस्यीय प्रतिनिधि मण्डलले उहांकै निवासमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।

Image may contain: 7 people, including Thapa Hum, people sitting


ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले बिदाको बारेमा कुनैजाति बिशेषलाई सम्रक्षण गर्न नभै कर्मचारीहरुलाई कन्र्टोल गर्न यसो गरिएको हो, सबै जातिको बिदामा कर्मचारीहरुले बिदामा बस्थे भने अब आफ्नो चांढ पर्बमा बाहेक अरु दिन कर्मचारी काममा जानु पर्छ , बादलले भन्नु भयो ।

Image may contain: 1 person, sitting and indoor

मदिराको हकमा पुनरबिचार गर्न सकिन्छ भने , लागु औषधी र दुब्र्यसनी  भने पूर्णरुपमै नियन्त्ररण गर्ने सरकारको योजना रहेकोले तपाईहरु सप्पैले सहयोग गर्नु गर्छ , गृहमन्त्री बादलले सहयोग माग्नु भयो ।

Image may contain: 5 people, including Resham Magar and मगरात किरण, people sitting


मरेको गाईको मासु खादा पक्रने जुन नियम छ, त्यो पञ्चायती ब्यबस्थाको हिन्दु धर्म सापेक्ष भएकोले हो, नेपालको नया संबिधानमै धर्मनिरपेक्ष भनेर लेखिसकिएकोले अब कानुनमा संसोधन गरि नया ब्यबस्था गरिने जानकारी दिनु भयो ।

प्रतिनिधि मण्डलमा अध्यक्ष नबिन रोका मगर,उपाध्यक्षत्रय गंगा खासु मगर,मन्धरी आले मगर र तेज तरामी , कोषाध्यक्ष कमला थापा मगर , महासचिब ज्ञानेन्द्र पुन मगर , नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुमबहादुर थापा मगर, मगर महिला संघका अध्यक्ष बिनीता आले मगर, मगर बिध्यार्थी संघका अध्यक्ष कमल थापा मगर, मगर सास्कृतिक संघका अध्यक्ष कबिराज थापा मगर,मगर बैदेशीक ब्याबशाई संघका अध्यक्ष के.एस. आले मगर, ललीतपुर मगर जिल्ला समितिका सदस्य किरण थापा मगर,बाग्लुंग जिल्ला समितिका सदस्य रेशम थापा मगर लगाएतका उपस्थित हुनुहुन्थ्यो ।


ज्ञापन पत्रको पूर्ण पाठ पढ्नुहोस :

                   नेपाल मगर संघ ,केन्द्रीय समिति

                           कलंकी, काठमाण्डौ

                                        मितिः २०७५ बैशाख २८

माननीय गृहमन्त्री रामबहादुर थापा बादल ज्यू
गृहमन्त्रालय,सिंहदरबार काठमाण्डौ, नेपाल ।

                          बिषयः ज्ञापनपत्र सम्बन्धमा ।


बहुजातिय, बहुभाषीक, बहुधार्मिक र बहुसास्कृतिक मुलुक नेपालमा  सबै जातजाति र समुदायको छुट्टाछुट्टै पहिचान र अस्तित्व सहित ईन्द्रेणी रंगमा बिकाश भईरहदा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पछिल्लो सरकारले नया संबिधान कार्यन्ययन गर्ने र समृद्धि  नेपालको स्थापनाको नाममा केहि जातिवा धर्म समुदायलाई फलाउने फुलाउने र बांकी जाति समुदायलाई  निमोेठेर फ्याक्ने कार्य भई रहेको प्रति ३० लाख मगरहरुको साझा अधिकारबादी सस्था नेपाल मगर संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
यसरी सरकारले कुनै जाति बिशेषलाई पहिलो दर्जाको  र बांकी समुदाय जाति बिशेषलाई दोष्रो दर्जाको नागरिकको हैसिएतमा ब्यबहार गरिरहदा मगर समुदायले समाबेशी र समानुपातिक सिद्धान्त र पद्दतिको ठाडो उलंधन भएको महसुस गर्दै तपशिल बमेजिमको मागहरु पुरा गर्नका लागी नेपाल सरकार गृहमन्त्रालयसंग यस ज्ञापन पत्र पेश गरिएको छ ।

Image may contain: 5 people, people sitting and people standing


१) देशको बहुंजातिय र बहुंसास्कृतिक बास्तविक्ता बमोजिम मगर , थारु, कुमाल , छन्त्याल र भूजेल लगााएतका नेपालीहरुको प्रमुख राष्ट्रिय सास्कृतिक चांड माघेसकराति माघ १ गतेमा नेपाल सरकारले दिईरहेको सार्बजनिक बिदा कटौती प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको हुनाले उक्तत बिदा कटौती गर्ने निर्णय अबिलम्ब फिर्ता लिन जोडदार माग गर्दछौ ।


२) मदिरा निषेध गर्ने नाममा मगर समुदायको पाठपुजा वा बिभिन्न सस्कारहरुमा चढाउनका लागी अपरिहार्य रहेको हुनाले घरमा बनाएको रक्सी बन्देज गरेर मगर समुदाय लगायतका नेपालका आदिबासी जनजातिहरुको मौलिकता मेटाउने सरकारको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाक्र्रषण भएको हुनाले निर्णय सच्याउन जोडदार माग गर्दछौ । यद्यपी मदिराका कारण देशमा भैरहेको दुब्र्यसनी  तथा कुलतलाई नियन्त्ररण गर्ने सरकारको निर्णयमा हाम्रो साथ सहयोग र सर्मथन रहने अवगत गराउदछौ ।


३) मगर लगायत नेपालका आदिबासी जनजातिहरुले परम्परागत मासुको रुपमा प्रयोग गरिरहेको मरेको गाईको मासु खादा पक्रिने र झुट्टा मुद्धा लगाई झेल चलान गर्ने सरकारको गलत कार्यलाई तत्काल रोकी नेपालको संबिधान बमोजिम धर्मनिरपेक्षताको कार्यन्वयन गरि सबैलाई समान ब्यबहार गर्न जोडदार माग गर्दछौ । यस सम्बन्धमा झुट्टा मुद्दालगाई जेल जिवन बिताईरहेकाहरुलाई अबिलम्ब निर्शत रिहा गर्नुहुन जोदार माग गर्दछौ भनि केन्द्रीय अध्यक्ष नबिन रोका मगरको हस्ताक्षर गरिएको ज्ञापन पत्र गृहमन्त्री रामबहादुर थापा मगर बादललाई १५ सदस्यीय प्रतिनिधि मण्डलले उहांकै निवासमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।  

No automatic alt text available.

 

Last Updated on Saturday, 12 May 2018 16:46

Hits: 558

खपांगीको भाषणले निदाएको मानिस पनि कपालका रौं ठांडो पार्दै बिउझिन्थे - डा. शाक्य

भिम राना
ललितपुर,बैशाख १०— गोरेबहादुर खपाङ्गीको नेपाली राजनितिमा योगदानको चर्चा भएको छ ।
  राजधानीमा ८ गते सनिबारका दिन एक कार्यक्रमका विच गोरे बहादुर खपाङ्गी फाउण्डेशनद्वारा आयोजित “नेपालको राजनितिमा गोरे बहादुर खपाङ्गीको योगदान विषयक” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  हो ।

कार्यक्रम फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा मगरको सभापतित्वमा फाउण्डेशनका सदस्य द्धय अधिबक्त मोहन शासंखरले स्वागत मन्त्बय र गायत्री राना मगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।
  कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि  डा. केशवमान शाक्यले  नेपालमा आदिवासी जनजाती महासंघको स्थापना समकक्षी हुनुमा खपाङ्गीको ठुलो योगदान रहेको बताउनु भयो । डा. कृष्ण भट्टचनको भाषण भृकुटी मण्डलका बाहुनहरुले कान थापेर सुन्थे भने सोहि स्थानमा गोरेबहादुर खपांगीको भाषणले त झन निदाएको मानिस पनि कपालका रौं ठांडो पार्दै बिउझेर खपांगीको भाषण सुनेको भृकुटी मण्डलका उनई बाहुनको कथन थियो र उनले भनेको अ‍ैले जस्तै लाग्छ , डा. शाक्यलले स्मरण गर्नु भयो ।
   अतिथिहरु माननीय सांसद अनिल कुमार झा, डा. ओम गुरुङ्ग, डा. श्रीराम शर्मा, मगर बुद्घ संघ नेपालका अध्यक्ष क्या. देउबहादुर राना मगर, नेपाल मगर संघका पूर्व अध्यक्ष यम बहादुर बुढाथोकी मगर,अधिवक्ता गौ बहादुर आले मगर, मगर्स क्रियसन इन्भेस्टमेन्ट प्रा.लि. का सि.इ.ओ. आशिरवाद पुन मगर, मेजर हरि बहादुर थापा मगर, मगर साँस्कृतिक संघका अध्यक्ष कविराज मगर, राजनितिज्ञ बलदिप राई, अधिवक्ता केहेर सिं राना मगर, समाजसेवी गुप्त बहादुर राना मगर, गम बहादुर थापा मगर र सन्जोग लाफा मगरको उपस्थिति रहेको थियो ।
  प्रमुख अतिथि डा. केशवमान शाक्यले नेता गोरे बहादुर खपाङ्गी मगरको तस्वीरमा खादा अर्पण गरि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता केहेर सिं राना मगरले वहाँको लगनशीलता, इमान्दारीता र चिन्तनप्रति सदैव प्रभावित भएको र वहाँले मगरहरुमा आत्मविश्वास जगाएको विचार व्यक्त गर्नुभयो भने यम बहादुर बुढाथोकीले वहाँ बहुआयामिक, स्पष्ट वक्ता र मास कन्ट्रोल गर्ने अभुतपूर्ण क्षमता भएको व्यक्तिको रुपमा चित्रण गर्नुका साथै आफ्नो सहपाठीलाई विश्वस्त पारी अनिवार्य संस्कृत विषय पाठ्यक्रमबाट हटाउन सफल भएको कुरा बताउनु भयो ।
  त्यसैगरी अधिवक्ता गौ बहादुर आल मगरले गोरे बहादुर खपाङ्गी र एम.एस. थापाद्वारा स्थापित नितिले अहिलेको संविधानमा जनजाति, महिला र दलितलाई समावेश गर्न वाध्यताको अवस्था सिर्जना गरेको अभिव्यक्ति  पस्तुत गर्नु भयो । सम्बोधनकै क्रममा बलदिप राईले खपाङ्गीको योगदान भनेकै पछ्याउने होइन हिड्ने हो, बनाइने होइन बन्ने हो र पिछलग्गु होइन समकक्षी बन्ने हो भन्ने कुरा बताउनु भयो ।
माननीय अनिल कुमार झाले खपाङ्गी जस्ता नेता पाएर पनि आदिवासी जनजातिले वहाबाट फाइदा उठाउन नसकेको विचार व्यक्त गर्नुभयो भने डा. श्रीराम शर्माले खपाङ्गी सबैको प्रेरणाको श्रोत भएको बताउनु भयो । त्यस्तै डा. ओम गुरुङ्गले आदिवासी जनजातिको भाषा, संस्कृति, धर्म संस्कारको संरक्षण सम्बद्र्घनको विषयलाई लिएर जुन किसिमको जातिय चेतनाको बिजारोपण गर्नुभयो र आदिवासी जनजातिको अधिकारमुखि सन्देश फैलाउन सफल हुनु भयो त्यो नेपालको आदिवासी जनजाति इतिहासमा स्वर्णीम अक्षरमा लेख्नुपर्ने अभिमत राख्नुभयो ।
  अन्त्यमा कार्यक्रमका सभापति हुम बहादुर थापा मगरले गोरे बहादुर खपाङ्गी  फाउडेसनले स्व. नेता खपांगीको स्मृति ग्रन्थ यही २०७५ साल सावन महिना भित्रमा प्रकाशन गर्न गईरहेकोले खपांगी संग संबन्धित बिषय अन्तर्गत रहने गरी ३००० शब्दमा नबढाईकन लेख तयार पारेर उपलब्ध गराउन अनुरोध गर्नु भयो । नेपालमा गोरेबहादुर खपांगीको राजनीतिक योगदान ,नेपालको सामाजिक,राजनीतिक आन्दोलनमा खपांगीले पुर्याएको योगदान, सामाजिक चेतना बिकाशमा खपांगीको योगदान ,खपांगी संगको अन्तरंग सम्बन्धको संसस्मरण , खपांगी संग जोडिएको महत्वपूर्ण धटना , खपांगीको बहुआयामिक ब्यक्रित्वलाई प्रकाश पार्ने लेख र गोरेबहादुर खपांगी सम्बधी कबिता गीत आदी रचना जस्ता लेखहरु उपलब्ध गराउन पनि अनुरोध गर्नु भयो । अध्यक्ष थापाले धेरै काम गर्न बाँकी भएको कुरा राख्दै प्रमुख अतिथि, अतिथि तथा उपस्थित सबैमा धन्यवाद टक््रयाउदै कार्यक्रम औपचारिक समापनको घोषणा गर्नु भयो ।
फोटो:भिम राना

Last Updated on Monday, 23 April 2018 15:30

Hits: 1449

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर