A+ A A-

राष्ट्रिय जनमुक्ति पार्टी तामाङ सालिङ राज्य परिषद गठन

संजय सिंजाली मगर

काभ्रे, भदौं २६ राष्ट्रिय जनमुक्ति पार्टी तामाङ सालिङ राज्य परिषद स्तरिय प्रथम अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रम संम्पन्न भएकोछ ।

 

तामाङ सालिङ राज्य परिषदका उपाध्यक्ष तथा संयोजक सोबिन थिङको सभापतित्तोमा तामाङको गुरु "ताम्बा" धावा लामा र गुरु आमाले डम्फु र तामाङ गितबाट अतिथिहरूलार्इ स्वागत गरेका थिए भने संघीय परिषद सदस्य ईन्द्र बहादुर थिङले कार्यक्रम संञ्चालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमुक्ति पाटीका केन्द्रिय अध्यक्ष केपि पालुङवा र बिशेष अतिथिमा बरिस्ट्र नेता डिके बुद्धीस्ट हुनुहुन्थ्यो । अतिथीहरुमा पार्टीका सहअध्यक्षद्धय मानध्वज ब्लोन तामांङ र बुद्ध श्री लामा,केन्द्रिय सचिब बलदिप राई, संघीय परिषद सदस्यद्धय हुमबहादुर थापा मगर र माधव गिरी थिए । 

  

कार्यक्रम काभ्रेको बनेपा नगरपालिकाको भवनमा एकदिने प्रशिक्षण कार्यक्रम पार्टीले सञ्चालन गरेको थियो । प्रथम अगुवा कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा मकवानपुर,नुवाकोट,काभ्रे,सिन्धुपलान्चोक,रामेछाप,दोलखा,सिन्दुली, चितवन, धादिँग र रसुवा गरि १० जिल्लाका अगुवा तथा कार्यकर्ता भेला भएका थिए ।  

भेलाले सोबिन थिङको संयोजकमा १९ सदस्यीय तामाङ सालिङ राज्य परिषद गठन गरेको छ । सहसंयोजकद्धयमा काजीमान मोक्त्तान  र चम्पा लामा, सचिवमा, ईन्द्र थिङ चयन भएका छन् ।

सदस्यहरुमा कित दावा घिसिंग, संगिता मोक्त्तान, संजिरा लामा, प्रमिला तामाग, झाम तामाङ, तारा डोलमा, दिलबहादुर रुम्बा, हरि सिं वाईवा, बिक्रम थिङ, संगम वाईवा, सृजना बम्जन, केशर मान तामाङ, श्यामराज गिरी, ईन्द्रमान तामाङ चयन भएका छन् ।

सो कार्यक्रममा एमाले, कांगे्स र माओबादी केन्द्र परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ताहरू राष्ट्रिय जनमुक्ति पाटीमा प्रबेस गरेका छन । पार्टी प्रबेस गर्नुहुने नेता तथा कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष केपी पालुङवा र बरिष्ट्र नेता डिके बुद्धीस्ट बाट पार्टी सदस्यता बितरण गरिएको थियो ।

अगुवा कार्यकर्ताहरुलाई केन्द्र बाट गएका अध्यक्ष बरिस्ट नेता, सहअध्यक्ष सचिब लगायत केन्द्रिय  सदस्यहरुले प्रशिक्षर्णत्मक रुपमा आ -आफ्नो बिचार राख्नु भएको थियो ।

बिचार राख्ने क्रममा डिके बुद्धीस्टले भन्नु भयो प्रधान मन्त्रीले बिदेश भ्रमण गर्दा वा सयन्त्रको बैठकमा सानो दल भए पनि राष्ट्रिय जनमुक्ति पाटीलाई समाबेस गर्न आग्रह गर्नु भयो । अध्यक्ष पालुङवाले पार्टीको सांगठनिकको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
भिडियो हेर्न यो लिङक थिच्नुहोस

पुरा फोटो हेर्न यो लिङक थिच्नुहोस्

Rajyasattaadded 56 new photos to the album:राष्ट्रिय जनमुक्ति पार्टी तामाङ्ग सालिङ राज्य परिषद गठन.

 

Last Updated on Monday, 12 September 2016 04:43

Hits: 4732

३५ औ एकता मगर दिवसको अवसरमा चिण्डीके डुप्के तिन दिन सम्म मनाउने

संजय सिंजाली मगर

काठमाण्डौं,भाद्र २५- ३५ औ एकता मगर दिवस र ४५ औं चिण्डीके डुप्के तेस्रो अन्र्तराष्ट्रिय मगर मञ्च स्थापना दिवस २०७३ को पूर्व तयारी संयुक्त बैठक आज नेपाल मगर संघ केन्द्रीय समितीको कार्यालयमा बस्यो ।

नेपाल मगर संघ स्थापना हुन पूर्व वि.सं. २०२८ सालमा खिलध्वज थापा मगरको अध्यक्षतामा लांघाली(गाँउले) समाजले बनबोझको आयोजना गरी चिण्डीके डुप्के को नामकरण गरी कार्यक्रम आयोजना गरेका थिए ।

चिण्डीके डुप्केको अर्थ एक अर्का साथीहरु बीच परीचय तथा चिनजान गर्न जाने भन्ने अर्थ हुन्छ । पञ्चायती शासन व्यवस्थामा संघ संगठनहरु खुलेर कार्यक्रम गर्न प्रतिवन्ध भएकोले मगरहरुले यस कार्यक्रमको आयोजना गरी मगरहरु संगठित हुने  गर्दथे ।

वि.सं. २०७१ देखि पहिलो पटक चिण्डीके डुप्के अन्र्तराष्ट्रिय स्तरमै मनाउन सुरु गरेको हो । वि.सं. २०७२ सालमा विनासकारी भूकम्पको कारणले गर्दा यो चाड मनाइएन भने यस पटक तेस्रो अन्र्तराष्ट्रिय चिण्डीके डुप्के मनाउन लागिएको नेपाल मगर संघ काठमाण्डौं जिल्ला समितीका अध्यक्ष डबबहादुर गर्बुजा मगरले राज्यसत्ता लाई जानकारी गराउनु भयो ।

यस कार्यक्रमको पूर्व तयारीको लागि नेपाल मगर संघका केन्द्रीय सदस्य तथा उपत्यका संयोजक जीवन थापा मगरको अध्यक्षतामा नेपाल मगर संघ काठमाण्डौं जिल्ला समितीका अध्यक्ष डबबहादुर गर्बुजा मगर, ललितपुर मगर संघका अध्यक्ष कृष्ण राना मगर,भक्तपुर जिल्ला समितिका उपाध्यक्ष सवीन पुलामी मगर र उपत्यका भित्र रहेका मगर संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

यो कार्यक्रमको आयोजना काठमाण्डौ,ललितपुर र भक्तपुर जिल्ला समिति र तीनै जिल्लामा रहेका मगर संग आवद्ध संघ संस्थाहरुको सहयोगमा सम्पन्न हुदै आएको छ ।

३५ औ एकता मगर दिवस र ४५ औं चिण्डीके डुप्के तेस्रो अन्र्तराष्ट्रिय कार्यक्रम यही आउदो फागुन १४,१५ र १६ मा काठमाण्डौंको टुडिंखेलमा मनाउने निर्णय गरेको छ ।

समितिको अर्को बैठक असोज १५ गतेका दिन प्रज्ञा भवन कमलादीमा बिहानको ११ बजे बस्ने गरी आजको बैठक सम्पन्न भएको ललितपुर मगर संघका अध्यक्ष कृष्ण राना मगरले राज्यसत्ता लाई जानकारी गराउनु भयो ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Last Updated on Saturday, 10 September 2016 17:38

Hits: 748

स्व. गोरेबहादुर खपाङगीको शोक सभा सम्पन्न, फाउन्डेसनलाई जग्गा दान प्राप्त (दाताको नामावली सहित) !

सञ्जय सिंजाली मगर

काठमाण्डौ, भदौ १६ स्व. पूर्व मन्त्री तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूब अध्यक्ष गोरे बहादुर खपाङगी मगरको ५ औ पुण्य तिथीको अवसरमा आयोजित शोक सभा एवं श्रद्धाञ्जली कार्यक्रम ललितपुर मगर सेवा समाज हलमा सम्पन्न गरियो ।

आयोजित शोक सभा एवं श्रद्धाञ्जली कार्यक्रममा स्व. पूर्व मन्त्री तथा नेपाल मगर संघ केन्द्रिय समितिका पूब अध्यक्ष गोरे बहादुर खपाङगी मगरको फाउन्डेसनलाई ३ आना जग्गा दान प्राप्त भएको छ । जग्गा दाताद्धय पबिता सुस्लीङ मगर महोत्तरी र मिलन थापा मगर बागलुङ रहनु भएको छ ।

बाबा रामबहादुर सुस्लीङ मगर र आमा चन्द्र माया सुस्लीङ मगरको कोख बाट २०३३ बैशाख १ गते जन्मनु भएका पबिता सुस्लीङ मगरको स्थाई ठेगाना हाथीलेट गाबिस वार्ड नं.१ महोत्तरी हो भने हाल उहां ललितपुर १४ नख्खीपोटमा श्रीमान दिनेश राई संग बस्नु हुन्छ । जग्गा दाताद्धयले दिनु भएको ३ आना जग्गा सूर्य बिनायक नगरपालीका वार्ड नं.१६ स्थित डुकुछापमा रहेको छ ।

उक्त शोक सभाका सभापति नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष्ँ नविन रोका मगर थिए भने शोक सभा आयोजक समितिका सदस्यहरुमा नेपाल मगर बौद्ध समाजका अध्यक्ष क्या। देउ बहादुर राना मगर, गोरे बहादुर खपाङ्गी फाउण्डेसनका अध्यक्ष हुम बहादुर पचैभया थापा मगर, र खपाङ्गी कै पार्टी लिबर डेमोक्रेटिक पार्टीका कार्यबहाक अध्यक्ष्ँ गणेश बहादुर बल तामाङ बिशेष अतिथि थिए । नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, नेपाल मगर संघका पुर्व उपाध्यक्ष्ँ बम कुमारी बढा मगर, नेपाल प्रहरीका भू पू महानिरिक्षक कुवेर सिंह राना मगर, जग्गा दाता पविता सुस्लीङ मगर, सफल व्यवसायी शिब गुर्माछान मगर, एमाले संम्बन्ध लोकतान्त्रिक मगर मञ्चका अध्यक्ष भोज बिक्रम बूढा मगर, आदिकवि जित बहादुर सिंजाली मगर प्रतिष्ठानका अध्यक्ष संञ्जोग लाफा मगर, मास्टर मित्रसेन प्रतिष्ठानका अध्यक्ष  त्रिलोक सिंह थापा मगर, प्रथम शहिद लखन थापा मगर प्रतिष्ठानका उपाध्यक्ष उमेस राना मगर, समाजसेवी डा. मिन श्रीस मगर, मनि विहारका भिक्षु मधेङकर (नारायण बहादुर आले मगर), खपाङ्गीका धर्मपत्नी बिध्य खपाङ्गी मगर, मगर चलचित्र कर्मिका महासचिव लगायतका विशिष्ट अतिथिहरुको उपस्थित रहेको थियो ।

स्वागत मन्तव्य सहित खपाङ्गीका बारेमा नेपाल मगर संघका महा सचिव ज्ञानेन्द्र पुन मगरले आफ्नो विचार राखेका थिए भने कार्यक्रम संञ्चालक टोप बहादुर सारु थापा मगरले गरेका थिए ।

स्व. खपाङ्गीका शोक सभामा उपस्थित हुनु भएका विशिष्ट व्यक्तिहरु सहित माहनुभावहरु द्धारा स्र्वगीय खपाङ्गीको तस्विरमा  माल्य अर्पण गरिए लगत्तै एक मिनेट मौन धारण गरिएको थियो । मौन धारण  पश्चात उपस्थित अतिथि माहानुभावहरले स्व.खपाङ्गी देनको बारेमा प्रकाश पारेका थिए ।

खपाँगी परिवारको तर्फबाट खपाँगीका कान्छा छोरा शिखरजित खपाँगीले सहयोग गर्ने सबै महानुभावहरूलार्इ धन्यबाद दिनु भएको थियो ।

उक्त शोक सभा कार्यक्रमा खपाङ्गीको दाहासंस्कार देखि अन्त्यस्ष्टी सम्मको लागि उपस्थित देहाएका माहानुभावहरु बाट दान संकलन गरिएको थियो ।

 

पबिता सुस्लीङ मगर महोत्तरी र मिलन थापा मगर बागलुङ बाट  ३ आना जग्गा प्राप्त

आशिर्वाद पुन मगर ( मगर्स क्रियसन )  १०,०००

सानु पुर्बा छाने मगर (मगर टेक्सी सवारी संघ) कलङकी   ६,६००

माया घले मगर गाईघाट  हाल, इज्रायल ५,०००

भिम बहादुर समाल   रामनगर, महोत्तरी  २,१०५

क्या.दुर्गा प्रसाद गुरुङ      बुटवल २,०००

क्या.देउ बहादुर राना मगर   ललितपुर २,०००

हरि ब. थापा     ललितपुर    २,०००

चन्द्र ब. पुलामी मगर कुसुन्ती  २,०००

हरि शंकर थापा मगर बानेश्वर  १,५०५

कुवेर सिंह राना   सुकेधारा   १,५००

त्रिलोक सिंह थापा मगर (मास्टर मि.से.सी प्र. अध्यक्ष्ँ) १,१००

 

(जग्गा दाता पबिता सुस्लीङ मगर मञ्चमा,त्रिलोक सिंह थापा मगर मन्तब्य दिदै)

अमर मिरिङहीङ  हात्तीलेट , धामीटोल  १,१००

अमर मिरिङहीङ महोत्तरी  ११०० ? समिर राना मगर ???

हुम बहादुर पचभैया थापा मगर   पाल्पा १,०५०

मान ब. लामा रसुवा के.स १,०१०

बल ब. राना मगर  महोत्तरी सत्खोली १,००५

भिम प्र. रोका मगर   डोल्पा १,००५

तोइना आले मगर  बुटवल    १,०००

नारायण ब. मगर  सितापाइला  १,०००

अमर आरङजा  मगर साथै परिवार   सुर्खेत     १,०००

भुइसल लामा उपाध्यक्ष्ँ  १,०००

चित्र गुरुङ  बागडोल  १,०००

न्यू पासा क्यटरिेङ  एण्ड रेण्टल सर्भिस ललितपुर बाट १,००० 

सुमिता आले मगर बाँके , ललितपुर   ५००

मनमाया मगर   ललितपुर      १००

शिव राना मगर कपन काठमाण्डौं ५००

बम कुमारी बुढा मगर रोल्पा       ५००

समिर थापा मगर ललितपुर       १००

गंगा बहादुर आले मगर काठमाण्डौं   ५००

रमेश पहरी ललितपुर    उपत्यका इन्चार्ज  ५१५

टोप ब. थापा मगर      के.स.          ५५५

मन ब. पुन मगर     म्याग्दी मगर समाज  ५०५

तुल प्रसाद पुन मगर  म्याग्दी मगर समाज अध्यक्ष्ँ ५१०

यदु नन्द सुवेदी        चितवन    ३३५

गंगा पुलामी           पांचथर   ५००

मान बाहदुर धनहा मगर  र प्रमिला समाल ढल्केवर,धनुषा   ५००

केसर सिंह मसरांगी मगर    पाल्पा    ५०५

देव पुन             बाग्लुङ      १०५

मनी माया पुन      कोरीयान होटल सुन्धारा ६००

खगेन्द्र पुन  दैलेख         ५००

खड्ग ब. मगर    स्वयम्बु  ५००

कुमार मगर    स्वयम्बु  ५०५

हिम्मत ब. घर्ती मगर  धापासी  ५००

तिर्थ ब. थोकर तामाङ  ललितपुर १००

कल्पना थापा मगर    भैसेपाटी  ५००

हिरा ब. थापा मगर   धोविघाट ५००

देव पुन मगर   बाग्लुङ्ग  ५००

हर्क पुन मगर  बाग्लुङ्ग  ५००

राजु राना मगर सोलुखुम्बु   ५००

दल ब. श्रीस मगर ललितपुर ५००

सुरेश मगर   ओखलढुङ्गा  ३००

बाबु काजी मगर ओखलढुङ्गा २००

राम कृषण मगर   ओखलढुङ्गा २००

डि.वि ढोङ  कलाकार संघ अध्यक्ष्ँ ५००

हरी ब. थापा मगर बानेश्वर   ५००

रविन्द्र थिङ तामाङ  रामेछाप १००

लेख ब. रेग्मी मगर धनुषा   २००

सानी थापा मगर   के.स ५०५

राज कुमार योन्जन   सर्लाही  के.स ५००

शान्ता तामाङ जोरपाटी महिला प्रमुख ५००

सुरेश योन्जन   जोरपाटी के.स ५१०

सन्चमाया तामाङ  जोरपाटी  ५००

निरमाया   बौद्ध तिन चुले ११०

हेमसिह ल्हो तामाङ   सर्लाही ५००

सुक राम जिम्वा   सर्लाही  ५००

राजकुमार राना मगर  सिन्धुली  ५१०

अजय लामा  सर्लाही  ५००

तेज ब. राना मगर ने.म. बुद्ध सेवा समाज जि.स काठमाण्डौ ५००

टेक ब. बलम्पाकी मगर   महोत्तरी ५००

लेख बहादुर पुलामी मगर   सर्लाही  ५००

सपना दर्लामी मगर  ललितपुर २०५

मोहन बहादुर  राना मगर हात्तीलेट , मोहत्तरी  ५०

मिन श्रीस   नैकाप  ५००

बरदान बुढा मगर  सातदोबाटो, ललितपुर ५०० र

मिलन मगर तकसेरा ८, इलाम  बाट रू.५०० प्राप्त भएको छ ।

उक्त सहयोग बाट उठेको रकम सोही दिन ५ औ पुण्य तिथीको अवसरमा आयोजित शोक सभा एवं श्रद्धाञ्जली कार्यक्रममा उपस्थित पाहुनाजनहरूलार्इ (घोट) नास्तापानीको लागी रू.५१,०००/- न्यू पासा क्यटरिेङ  एण्ड रेण्टल सर्भिस ललितपुरलार्इ भूक्तानि गरिएको गोरेबहादुर खपाँगी फाउन्डेसनका अध्यक्ष हुमबहादुर पचभैया थापा मगरले राज्यसत्तालार्इ जानकारी दिनु भयो । 

 

Last Updated on Friday, 02 September 2016 05:48

Hits: 898

खपाङ्गीको मृत्युको कारण दुर्घटना कि षड्यन्त्र !

बिजय हितान    

भदौं १७ - गोरेबहादुर खपाङगी नेपाली राजनीतिमा एक आकर्शक ब्यक्तित्व भएका नेता हुन । सेता दाह्रीजुंगाका मालिक, प्रस्ट र निडर बक्ता, दर्सन र दुरदर्सीपूर्ण भाषण, प्रिथक अनी नौलो राजनैतिक सिद्दान्तको बिजारोपण गर्नु यसका प्रमुख कारण हुन । मगरका छोरा भएर वंसजले नदिए पनि दाह्री जुंगा पालेर हिँडदा लेनिन हुन खोजेका हुन या कसैलाई चुनौती दिएका हुन त्यो त खपाङ्गिनै जानुन ।

यस्ता शिखर पुरुष  मोटरसाइकल दुर्घटनामा परेपछी एकाएक नेपाली राजनैतीक छितिजबाट अस्ताउँदा मानिसमा प्रश्नका भेलहरु उर्लेका थिए । स्पष्टबादि नेतालाई मोटारसाइकलले ठक्कर दिनु दुर्घटना थियो या षड्यन्त्र ? दसैं बहिस्कार आन्दोलनका नायक तर मन्त्री भएपछी आँफैले राजा ज्ञानेन्द्रको हातबाट टिका किन लगाए ? पहिचान र समाबेसिको मुद्दालाई नेपालमा प्रथमपल्ट राजनैतिक बहसमा ल्याउने राष्ट्रिय जनमुक्ती पार्टिका संस्थापक महासचिव तर मोटरसाइकल दुर्घटनामा पर्नु अगाडिका दिनहरुमा किन निस्कृय देखिन्थे ? साम्प्रदायिकताको आलोचना खेप्दै गर्दा पनि किन र कसकालागी समाबेसिय र समानुपातिक राजनैतिक सिद्दान्तको वकालत गर्दै हिँडे ?

अली अस्ती सम्म उनी कठामान्डु, नक्खु को एक किराय घरमा अर्धचेत अवस्थामा लम्पसार थिए । धर्मपत्नी र छोरा छोरीहरुको स्याहार सुसारमा। राज्यमा भने भरखरै संघिय, समानुपातिक, गणतन्त्रात्मक संबिधान ब्याबस्था लागु भएको छ । धन्दै एक दसक लामो राजनैतिक खिचातानी पछी। जसका सुत्राधार उनै बिस्तरामा लडिरहेका खपाङी थिए जो अहिले हाम्रो माझ छैनन ।

माथिका प्रश्नहरु अन्य नेपाली नागरिकलाई जस्तै मेरो मानस पटलमा पनि झुन्डिरहेको बखतमा  'नेपाली राजनीति र समाजमा खपाङ्गिको देन' पुस्तक गत बर्ष मेरो हात परेको थियो ।  सन २०१२ मा खपाङ्गी  बेलायत भ्रमणमा रहँदा उँहासँग एउटा अन्तरकृया आयोजना गरेका थियौं । उँहा समक्ष केही प्रश्नहरु राखेको थिएँ- 'इतिहाँस लोप हुनुका एउटा प्रमुख कारण लिखित दस्ताबेज नरहेर हो । तपाईं एक सिर्श नेतामात्रै नभै एक दार्शनिक पनि हुनुहुन्छ भन्ने कुरा तपाईंका गहकिला र दुरद्रशीपूर्ण भासणमा सुन्न पाईन्छन । अब ति कुरा कैले किताबमा पनि पढन पाइएला ? हाम्रा सन्तानले खपाङ्गीका दर्शन र सिद्दान्त के कस्ता थे कसरी सम्झलान ? कतै किताब प्रकाशन गर्ने सोंच त छैन ?'

खपाङ्गी जी ले सेतो दाह्रीलाई मसार्दै जवाफ दिनु भाथ्यो- 'नढाँटी भन्नु पर्दा, हितान बाबु, सोंच बनाएको त छैन । त्यसकोलागि समय निकालौंला । रङभेद र एकाधिकार बिरुद्दको लडाईं लडेका नेल्शन मन्डेलालाई नेपालका प्राय सबै राजनैतिक दलका नेताले खुबै गुणगान गाउँछन । तर त्यस्तै अभियान बोकेर हिंडेका खपाङ्गीको कटु आलोचना गरिन्छ । उत्पिडनमा पारिएका आदिवासी जनजाती समुदायको मुक्ती र बिभेदलाई अन्त्य गर्न अहोरात्र खटिएका, समाबेसी र समानुपातिक सिद्दान्तमा आधारित ब्याबस्थाको माग गर्ने महान समाजवादी शिखर पुरुष थिए खपाङ्गी । यस्तो अतुलनिय देनले गर्दा खपाङ्गीलाई नेपाली जनताले मन्डेलाको स्तरमा उब्ब्याउँदै सम्मान ब्यक्त गर्दछन ।

ऊच्च शिक्षा हाँसिल पस्चात शिक्षण पेसामै छँदा नेकपा (माले) का सकृय सदस्य बनेका रहेछन खपाङ्गी । सामाबेसिको आधारमा अन्य जातीका नेतालाई पनि पोलिटब्युरो र केन्द्रिय समितिमा राखिनु पर्छ भन्ने माग गर्दा कुरा नमिलेर पार्टी पारीत्याग गरेछन । त्यसै पार्टीका एक नेताले- 'धरान, पोखरा, बुटवल जस्ता शहरमा बनेका मगुरालीका भवनहरु हामीले मागेका छौं र तिमीले पोलिटब्युरो र केन्द्रिय सदस्य माग्ने ?' भनी खपाङ्गीलाई लाप्पा खुवाएछन ।

खपाङ्गी बिक्रम सम्बत २०५६ को प्रतिनिधि सभाको चुनावमा पाल्पाबाट उठ्नु भयो  । बिक्रम सम्बत २०४७ सालको संबिधान नै उत्पीडित समाजको पक्षमा नरहेको ठहर गर्दै त्यही उत्पीडित समाजको वोकालत गर्ने रास्ट्रीय जनमुक्ती पार्टिले खपाङ्गीलाई चुनावमा नउठाएको भए हुन्थ्यो । बरु लगातार शान्तिपूर्ण बिरोध, जनचेतना, पार्टी संगठन र बिस्तारमा लाग्दै अरु केही बर्ष सरकारमा जाने लालच नदेखाएको भए हुन्थ्यो । झन्डै ७० प्रतिसत मगर समुदाय रहेको निर्वाचन छेत्रबाट उठदापनी खपाङ्गिले हार ब्योहर्नुका कारणहरु राजनैतिक चेतनाको कमजोरिले हुनसक्छ ।  

खपाङ्गी दसैं-टिका प्रकरण एकपल्ट नेपालामा तहल्का मच्चाएको बिषय हो । जसलेगर्दा खपाङ्गीको प्रसिद्दिको चुचुरो रातारात गर्लम्म ढलेको थियो । तर खपाङ्गी जस्तो दँसै प्रथाको बिरोधि नेताले किन राजाको हातबाट टिका लगाए त ? सबैको चासोको बिषय थियो । राजनीतिमा सौदा गर्दा केही गुम्छ केही लाभ हुन्छ । लाभ प्राप्त गर्न राजालाई रिझाउनै पर्ने अवस्था श्रीजना भएछ त्यतिबेला । पाठशालाका पाठयक्रमबाट सँस्क्रित बिषयलाई हटाउन आफुले गरेको प्रस्ताव स्विकार हुन्छ की भनेर खपाङ्गी राजाको हातको टिका थाप्न पुगेको वाँहाले बताउनुहुन्थ्यो । पछी सांसदबाट त्यो प्रस्ताव पारीत भयो । त्यतिले आफ्नो अस्तित्व गिरेपनी देसको ढुकुटिबाट बर्सेनी साँढे चार अरब रुपैँया जोगाउन सफल भएको कुरा पछी वाँहाले गर्नुहुन्थ्यो । यसरी देसको ढुकुटि बचाउन आफुले जोखिम मोलेका खपाङ्गी, दुर्घटनामा परेपछी सरकारले उपचारार्थ पाँच लाख रुपैँया मात्रै दिएछ । जबकी सरकारमा डाडुपन्यु सम्हाल्ने नेताहरुले करोडौं रुपैँया उपचार खर्च पाउँछन ।

 दँसै-टिका प्रकरणपछी सुस्ताएका खपाङ्गीलाई सगरमाथा टेलिभिजनको अन्तरवार्तामा आदिवासी जनजातिको आन्दोलन तुहिएको प्रसँग  कोट्याइन्छ । तुहिएको भए असोक राइ, चैतन्य सुब्बा जस्ता नेता कसरी जन्मन्थे भनी उत्तर दिएर आफ्नो बिगतको नेत्त्रुत्वले धेरै सबल नेताहरु जन्माइसकेको गर्व गर्दछन । त्यसै अन्तर्वातामा ब्रामणबादको बिरोधमा आफु किन उत्रिएको भनेर खपाङ्गी खरो तरिकाले प्रस्तुत भएका छन ।

आफुलाई 'घोक्र्याएर ल्याइएको' भन्ने उनको भनाइले उनी खुशीले होइन कसैको करकापले उक्त अन्तरवार्तामा गएका थिए भन्ने बुजिन्छ । यदी कसैले उनको मोटारसाइकल ठक्कर दुर्घट्ना होइन षड्यन्त्र हो भन्छ भने उक्त अन्तर्वाता प्रमुख कारण हुनसक्ने प्रसस्तै सम्भावना छ । मन्चको भाषणभन्दा टेलिभिजनको अन्तर्वाता प्रभावकारी हुन्छ । त्यस्तो खालको अन्तर्वाता शायद खपाङ्गिको पहिलो हुनसक्छ ।

मन्चमा सयौं दर्सक हुन्छन भने एक राष्ट्रिय स्तरको टेलिभिजनको लाखौं हुन्छन । मन्च अगाडिका प्रायजसो सबै आफ्ना समर्थक हुन्छन भने घर-घर बसेर टेलिभिजन हेर्नेहरु बिपक्षका पनि हुन्छन। त्यसैलाई यु-ट्युबमा हालिदिएपछी लाखौं दर्सकले हेरे। यसरी उक्त अन्तर्वाता खपाङ्गिलाई मनपर्नेले पनि हेरे मन नपर्नेले पनि । यस अघी खपाङ्गिका बिचार कोठाभित्र, समर्थकले भरिएका मन्च अगाडि र केही स्थानिय तथा जातिय पत्रपत्रीकाका पानामा सिमित थिए । यसरी मास मिडियामार्फत पहिला कहिल्लै प्रसारण गरिएको थिएन। फल्सरुप खपाङी बिचार बिरोधिहरुले काठमान्डुको कुनै उपल्लो तलामा खपाङ्गिलाई सदाको लागि पन्छाउने ग्रान्ड षड्यन्त्रको योजना बुनिएको हुनसक्छ ।

मोटरसाइकलले हानेपछी ढिलो गरी वीर हस्पिटल पुर्याइनु, मोटारसाइकलवाला पहाडे मुलको बाहुन-छेत्री वा आदिवासी जनजाती नभएर मधेसी मुलको मुसलबान हुनु, मोटारसाइकलवाला पनि घाइते भएको र उपचारको क्रममा अचानक अस्पातलबाट त्यसै साँझ पुलिसले गायब बनाइदिएको, अस्पातलमा एक डक्टरले टाउकोमा र अर्को डक्टरले पेटमा असर परेको भन्दै उपचारको जिम्मेवारि लिन नमानेको र ढिला गरेको, त्यसदिन घरमा आफु कतै नजाने जानकारी श्रीमतीलाई बिहान दिएको तर पछी अचानक कसैले फोन गरेपछी घरबाट निस्केको इत्यादी परिस्थितीलाई अनुसन्धान गर्दा उक्त दुर्घटना नभएर एक षड्यन्त्र हुनसक्ने थुप्रै सम्भावना छ।            

राजनैतिक र सामाजिक कृयाकलापमा सर्बस्व सुम्पेका खपाङ्गी काठमाण्डौमा किरायमा बस्थे । उनी दुर्घटनामा परेपछी परिवारले खर्च ब्यहोर्न सक्ने स्थिती थिएन । तर वास्तवमै उनिलाई यती तिरस्कार गरिएको रहेछ कि नत उनको पार्टिले, न मगर समाजले, न आदिवासी जनजाति महासंघले नै उनको उपचारको नेत्रुत्व लिने तत्परता देखाएछन । त्यसैले त सङकर लिम्बुको सम्योजकत्वमा 'खपाङ्गी उपचार सहयोग समिती' गठन गरिएको थियो । यसरी धन्दै धन्दै बिर्सिसकिएका खपाङ्गी बिचरालाई कसले उनको दुर्घटनाको छानबिन अगाडि बढावोस ।

इन्भेस्टिगेसनलाई अगाडि बढाइएको भए केही प्रश्नको उत्तर खोज्न सकिन्थ्यो। जस्तो- फोन ट्र्याक गरेर कसले कँहाबाट फोन गरेको थियो र फोनमा के वार्तालाप भएको थियो ? मोटारसाइकल सवार मुसलमान नेपाली नागरिकको भक्तपुरको बसाइ हो कि होइन ? चुरेटाको ब्यवसाय बास्तविक थियो कि थिएन ? उनको नेपाली नागरिकता कँहा र कहिले दर्ता भएको थियो ? मोटारसाइकल कँहा, कहिले र कसको नाममा रजिस्टर्ड भएको थियो ?   

  

Last Updated on Thursday, 08 September 2016 17:44

Hits: 495

रोल्पाका मगरले सम्झिए खपाङ्गीलार्इ !

राज्यसत्ता व्यूरो,

रोल्पा, भदौ १५ - यहाँका मगरले नेपाल मगर संघका पूर्व अध्यक्ष तथा आदिवासी जनजाति आन्दोलनका अगुवा गोरेबहादुर खपाङ्गी मगरलाई सम्झिएका छन ।


उनको पाँचौ दिनको पुण्य तिथिको अवसरमा सदरमुकाम लिबाङमा एक कार्यक्रम आयोजना गरी उनको सम्झना गरिएको हो । नेपाल मगर संघ रोल्पाद्धारा आयोजित शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रममा जिल्लाका मगर अग्रजले खपाङ्गीले मगर संघमा खेलेको भूमीकाको चर्चा गरे ।

अधिकाश वक्ताले आदिवासी जनजातिको अधिकार प्राप्तिको निम्ति खपाङ्गीले देखाएको मार्गको प्रशंसा गरे । नेपाली काग्रेसका पूर्व सभापति कृष्णबहादुर घर्तीमगरले खपाङ्गीलाई प्रखर र स्पष्ट वक्ताको रुपमा अथ्र्याए । खपाङ्गीले मगर समुदायलाई जागरुक बनाउन महत्वपूर्ण भूमीका निर्वाह गरेको उनले बताए । लिबरल डेमाक्रेटिक पार्टीका सचिवालय सदस्य नन्दबहादुर घर्तीमगरले खपाङ्को निधनले नेपालको जातिय मुक्ति आन्दोलनमा अपूरणीय क्षति भएको उल्लेख गरे । नेपालका जनजातिहरु राजनीतिक चेटनासँगै सत्ता प्राप्तिको मार्गमा लाग्नु पर्ने उनको जिकिर थियो ।

नेपाल मगर संघका जिल्ला अध्यक्ष अमृत बाँठामगरले खपाङ्गीलाई आदिवासी जनजातिको दार्शनिकको रुपमा लिनु पर्ने बताए । खपाङ्गीले देखाएको बाटोमा नेपालका आदिवासी जनजातिहरु लाग्नु पर्नेमा उनले जोड दिए । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का मध्यपश्चिम संयोजक खेमबहादुर बुढामगरले जनजातिले खपाङगीले अंगालेको दर्शनलाई आत्मसात गर्नु पर्नेमा जोड दिए ।

आदिवासी जनजाति समुदायमा खपाङगी जतिको अगुवा व्यक्ति पाउन गाह्रो रहेको उनले बताए । मगर संघका जिल्ला उपाध्यक्ष श्यामबहादुर बुढामगरले खपाङ्गीको व्यक्तित्व माथि प्रकाश पारेका थिए । एक दशक भन्दा बढी समय खपाङ्गीले नेपाल मगर संघको नेतृत्व गरेको बुढामगरले बताए । उनका अनुसार पछिल्लो समय खपाङ्गी लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष थिए ।

Last Updated on Thursday, 01 September 2016 14:25

Hits: 1098

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर