A+ A A-

टुक्रिएको मगरात एक गराउन प्रधानमन्त्री संग मगर अगुवाको आग्रह !

देब पचभैया

काठमाण्डौ, श्रावण २७ - मुलुकलाई संघिय संरचनामा लग्दा मगरात क्षेत्रलाई टुक्रयाएको भन्दै त्यसलाई एक गराउन मगर अगुवाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संग आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवासमा पुगेर नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा (पचभैया ), मगर संघका संस्थापक महासचिब सुरेश आले मगर, नेपाल मगर लेखक संघका सदस्य हिरा सिँजाली मगर लगाएतको टोलीले नव निवार्चित प्रधानमन्त्री प्रचण्डलाई भेटी बधार्इ तथा शुभकामना दिदैँ  अन्तरिम संबिधान भन्दा पछि हटेर अहिले निर्माण भएको संबिधानलाई तत्काल पुर्नलेखन गर्न आग्रह गरेका हुन् ।


भेटमा उनीहरुले पहिचान र अधिकार नभई बनेको संबिधानलाई पुर्नलेखन गर्न आग्रह गर्दै आदीबासी जनजाति, मधेसी लगाएतका नेपालीहरुको असन्तुष्ती रहीरहेको भन्दै ति समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड संग आग्रह गरेको भेटमा सहभागी हुम बहादुर थापाले जानकारी दिनुभयो ।

 

 

 

 

 

Last Updated on Wednesday, 10 August 2016 18:07

Hits: 3082

जनमुक्ति पार्टी आबद्ध लिम्बुवान राज्य परिषद्ले लिम्वूवान वन्द गरे !

भैरब आङ्ला

धरान, श्रावण २२ - राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहान गरेको लिम्वूवान वन्दको प्रभाव अरुण पुर्वको नौ जिल्लामा परेको छ ।

बन्दको कारण विहानै देखि मोटरसाईकल, प्रेसका गाडी, कुटनितिक नियोगका गाडी, दमकल र एम्वुलेन्स बाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल वन्द छन् । साउन २२ लाई कालोदिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज लिम्बुवानको ९ जिल्ला बन्द गरेको हो ।

१८३१ साउन २२ गते कै दिन लिम्बुवान तत्कालिन गोर्खा सँग भएको  नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै कालो दिनको रुपमा साउन २२ लाई परिषद्ले मनाउँदै आएको छ । २०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गराउँदै आएको छ ।

बन्द अघि बिहानको ५ बजेदेखि साँझ ५ बजेसम्म रहने पार्टीका केन्द्रीय उपाध्यक्ष एवं लिम्बुवान इन्चार्ज चन्द्रबहादुर खापुङहाङले बताउनुभएको छ ।

बन्दमा प्रेश, कुटनीतिक नियोगका गाडी, परीक्षार्थी बोकेको गाडी, एम्बुलेन्स, शब बाहान तथा मोटरसाइकलहरुलाई छुट दिने बताइएको छ ।

Last Updated on Saturday, 06 August 2016 03:19

Hits: 976

राष्ट्रिय जनमुक्ति पार्टीको बैठक सम्पन्न

केहर सिं थापा मगर

काठमाण्डौं,अषाढ १८— राष्ट्रिय जनमुक्ति पार्टीको प्रथम बैठक श्रावण १४ देखी सुरु भई १७ गते सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी पालुङाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकले विभिन्न निणर्य गर्यो जुन सल्लाहकारको नियुक्तिमा पूर्व सभासद् क्षमा राई,पूर्व सह अध्यक्ष मेजर श्रवण कुमार सुब्बा,खुजुङ सुब्बा र मेजर डि.एन. थापा चयन भएका छन् । बैठकले ३५ जना संघीय परिषद् सदस्य र ५० जना संघीय महासभाको सदस्यमा मनोनयन गरेको छ ।  

२९ दलीय गठवन्धनको रिले अनसनमा भाग लिएका २२ जना योद्धाहरुमा पार्टी सह अध्यक्ष मानध्वज ब्लोनको नेतृत्वमा उपाध्यक्ष द्धय बाबुकाजी महर्जन,सोविन थिङ र केन्द्रीय कोषाध्यक्ष डब बहादुर गर्बुजा,सचिव गंगा खासु मगर थिए । संघीय परिषद् सदस्यहरुमा डि.के. सूर्यवंशी,चित्रबहादुर अर्घेजा,होमलाल पुन,बोम दर्लामी,पूर्ण राना,के.बी. पुन,दिलबहादुर तामाङ, लिला पुन,शान्ति देवी,रणबीर आङबुहाङ,हुमबहादुर गुरुङ,मुरलिधर मिश्र,सूर्यमान तुम्बाहाम्फे,माधवराज गिरी,मानध्वज लिम्बु,रघु थापा मगर,श्याम परियारले भाग लिएका थिए ।

३९ दिने रिले अनसनमा १३८८ जना मध्ये  राष्ट्रिय जनमुक्ति पार्टीको तर्फ बाट २२ जनाले भाग लिएका थिए ।

पार्टी प्रवेशः

कुमार लिङदेनको पार्टी संघीय लिम्बुवान पार्टी नेपालका सांस्कृतिक विभागका उप प्रमुख राजन कुमार काफ्ले,माओवादी र कांगे्रस पार्टी परित्याग गरी रा.ज.मु.पा.मा प्रवेश गर्ने सुर्खेत १६ का मेकानिकल इन्जिनियर द्धोय शंकर राणा र दिपक बलमे पार्टी प्रबेश गरेका छन् । उनीहरुलाई पार्टीका बरिष्ट नेता डि.के. बुद्धिष्ट र पार्टी अध्यक्ष के.पी. पालुङाले पार्टीको सदस्यता प्रदान गरेका थिए ।

बैठकले विभागीय प्रमुखको गठन गरी पार्टीका नेताहरुलाई जिम्मेवारी दिएको छ ।

बैठकले पार्टी सञ्चालन र विस्तारको लागि रु ५ करोडको जनमुक्ति अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको आन्तरिक लेखा समितिमा ५ जनाको समिति गठन गरेको छ ।

जसमा संघीय परिषद त्रय हुमबहादुर पचभैया थापा मगर,बोम दर्लामी मगर,मनधरी आले मगर र पदाधिकारी बाट दुई जना गरी ५ जनाको समितिले चौथो महाधिवेशन देखी हालसम्मको हिसाब किताबको  खोज तथा छानविन गरी हेटौडामा हुने आगामि दोस्रो बैठक असोजको १० देखी १२ गते पार्टीको आन्तरिक लेखा प्रतिवेदन समितिले बुझाउनेछ ।

 

 

 

 

 

Last Updated on Wednesday, 03 August 2016 08:19

Hits: 436

राष्ट्रिय जनमुक्ति पार्टीको पहिलो बैठक सम्पन्न पश्चात रिपोर्टस कलबमा पत्रकार सम्मेलनको पूर्ण पाठ

राज्यसत्ता         

काठमाण्डौं,अषाढ १८ - राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिष (केन्द्रीय समिति) को पहिलो बैठक पार्टी अध्यक्ष खड्ग प्रसाद पालुङ्गवाको अध्यक्षतामा यही मिति २०७३ साउन १४ देखि शुरु भई आज १७ गते सम्म १० बजे सम्पन्न भयो । उक्त बैठकका मुख्य निर्णयहरु यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छौं ।


१. सरकार र संविधान बारे : हाल प्रधानमन्त्री के.पी. ओली नेतृत्वको सरकारको विघटनलाई पार्टीले सकारात्मक रुपमा लिएको छ । मूलुकको वर्तमान परिस्थितिको सम्बोधन र समाधानका लागि मार्ग प्रशस्त गर्न अब बन्ने सरकार राष्ट्रिय सरकारको स्वरुपमा निर्माण हुनुपर्दछ । सबै नेपालीहरुले स्वामित्व ग्रहण गर्ने गरी संविधानको पुनर्लेखन वा नयाँ संविधान–२०७२ मा आधारभूत संशोधन हुनु पर्दछ ।

२) राष्ट्रिय समस्या, संविधान र निकास बारे : यस सम्बन्धमा प्रादेशिक तहमा (पहिलो चरण) सर्वपक्षीय अन्तरकृयात्मक छलफल, गोष्ठी भदौ महिना भरीमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।

३) प्राकृतिक विपत्ति र मानवीय राहत सम्बन्धमा : हालै आएको प्राकृतिक विपत्ति (भारी वर्षाका कारण डुबान र बाढी पहिरो) बाट हुन गएको धनजनको व्यापक क्षति प्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दछ । सो विपत्तिबाट घाईते, वेघरबार भएकाहरुलाई सरकारबाट अविलम्ब उचित राहत प्रदान गर्न पार्टी जोडदार माग गर्दछ । साथै पीडितहरुलाई पार्टीको तर्फबाट यथासक्य राहत उपलब्ध प्रदान गर्न गराउन राज्य परिषदको नेतृत्व रहने गरी पार्टीले पहल गर्ने निर्णय भएको छ । बाढी पहिरो र डुबानबाट पीडितलाई अविलम्ब राहत वितरण गर्ने सम्बन्धमा सरकारी ढिलासुस्ती र गैरजिम्मेवारीपनाको पार्टीले भ्रत्सर्ना गरेको छ । पार्टीले प्राकृतिक विपत्ति तथा मानविय सहायता कोषको स्थापना गर्ने छ । तत्काल पार्टीको राज्यपरिषदहरु मार्फत राहत/उद्धार कार्य अगाडी बढाउने निर्णय गरिएको  छ ।

४. पार्टी र संघीय गठबन्धन सम्बन्धमा : पार्टी सम्मिलित संघीय गठबन्धन (२९ दलिय गठबन्धन) ले कृयाकलाप हाल सम्म सन्तोषजनक रहेको बैठकको निष्कर्ष रहेको छ । संघीय गठबन्धनले संविधान–२०७२ मा पुनर्लेखन वा आधारभूत संशोधनको शर्तलाई अनिवार्य रुपमा मुख्य प्रस्ताव बनाएर अगाडि बढ्नु पर्ने निर्णय गरियो ।

५. जनमुक्ति अध्ययन प्रतिष्ठान (Janamukti Academy) को गठन : मूलतः पार्टीको विचारधारालाई संस्थागत गर्ने, अन्तर्राष्ट्रियकरण गर्ने, पार्टी नेता–कार्यकताहरुलाई  वैचारिक रुपमा परिस्कृत र दक्ष बनाउने लगायतका वैचारिक, बौद्धिक जिम्मेवारी निर्वाहका लागि स्वायत्त स्वरुपको “जनमुक्ति अध्ययन प्रतिष्ठान” (Janamukti Academy) निर्माण गरिएको छ । यस प्रतिष्ठनको मुख्य जिम्मेवारी केशव सूर्यवंशी (महासचिव) लाई दिईएको छ ।

६. विभागहरुको गठन र जिम्मेवारी : पार्टी विविध जिम्मेवारीहरुलाई चुस्त दुरुस्त बनाउनका लागि निम्नानुसारका विभागहरुको गठन गर्ने निर्णयहरु गर्दै जिम्मेवारीहरु समेत तोकिएको छ ।

क) डि.के. बुद्धिष्ट (वरिष्ठ नेता) : परराष्ट्र विभाग प्रमुख

   टोप अस्लामी (उपहासचिव) : परराष्ट्र विभाग उपप्रमुख

ख) केशव सूर्यवंशी (महासचिव) : युवा, विद्यार्थी र बुद्धिजीवि विभाग प्रमुख

ग) मानध्वज ब्लोन (सहअध्यक्ष) :अन्तरपार्टी सम्पर्क विभाग प्रमुख

   टिकाराम शर्मा (उपाध्यक्ष)  :अन्तरपार्टी सम्पर्क विभाग उपप्रमुख

घ) बुद्धश्री लामा (सहअध्यक्ष ) : महिला विभागा प्रमुख

ङ) मोहन धिमाल (उपाध्यक्ष) : प्रशिक्षण विभाग प्रमुख

च) टोप अस्लामी (उपहासचिव) : सञ्चार विभाग प्रमुख

छ) रामु परियार (उपमहासचिव) : संगठन विभाग प्रमुख

ज) डब बहादुर गर्वुजा (कोषाध्यक्ष) : आर्थिक विभाग प्रमुख

झ) के.बी. पुन (संघीय परिषद सदस्य) : संगठन विभाग उपप्रमुख

ञ) बोम दर्लामी (संघीय परिषद सदस्य) : संगठन विभाग सदस्य सचिव

ट) दल बहादुर वीरकट्टा (संघीय परिषद सदस्य) : जातीय समन्वय विभाग प्रमुख

ठ) हरिदेव थापा (संघीय परिषद सदस्य) : आयआर्जन तथा स्वरोजगार विभाग प्रमुख

ड) सूर्य कुमार सारु (संघीय परिषद सदस्य) : यातायात विभाग प्रमुख

ढ) चेत बहादुर आले (संघीय परिषद सदस्य) : कानुन तथा न्याय विभाग प्रमुख

ण) होमलाल पुन  (संघीय परिषद सदस्य) :साँस्कृतिक विभाग प्रमुख

त) मुरलीधर मिश्र (संघीय परिषद सदस्य) : कृषि विभाग प्रमुख

७. साँगठनिक अभियान  : पार्टीको संगठन निर्माण र सदृढीकरण अभियान आगामी भदौ महिना भरी (मिति २०७३ भदौ १ गते देखि मसान्त सम्म) सञ्चालन गर्ने निर्णय भएको छ । सो अभियान अन्तर्गत (क) सदस्यता अध्यावधी गर्नका लागि घरदैलो, (ख) जिल्ला तहमा अगुवा कार्यकर्ता प्रशिक्षण शिविर र (ग) संविधान पुनर्लेखन सम्बन्धी विभिन्न स्तरमा गोष्ठी सञ्चालन गर्ने निर्णय भएको ।

८. मनोनयन : संघीय परिषद (केन्द्रीय समिति) मा ३५ जना सदस्यहरु थप गरिएको छ । पार्टीको केन्द्रीय स्थायी संरचना संघीय महासभा (Federal House) मा ५५ जना लाई मनोनयन गरिएको छ ।

..........................                                                                   टोप अस्लामी                                                                             (सञ्चार विभाग प्रमुख)

मिति : २०७३ असोज १७ गते ।

 

 

 

Last Updated on Thursday, 04 August 2016 12:08

Hits: 221

बक्सिङका राष्ट्रिय खेलाडी ईन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा अन्त्येष्टी गरियो

देब पचभैया

काठमाण्डौ, श्रावण १४ - बिहिबार बेलुकी निधन हुनुभएका बक्सिङका राष्ट्रिय खेलाडि इन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा मगर सस्कृति अनुसार अन्त्येष्टी गरिएको छ ।

आबुखैरनीको १७ सय फाटको शुक्रबार बेलुकी मश्राङदीनदीमा उहाका जेठा दाजु ठुर बहादुर थापाले ईन्द्र बहादुरको पार्थिब शरिरमा दागबत्ती दिएको नेपाल  मगर भुपु सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापाले जानकारी दिनुभयो । ईन्द्र बहादुरका छोरा सानै भएकाले जेठा दाजुले दागबत्ती दिनुभएको छिमेकीहरुले बताएका छन् ।

आठौ दक्षिण एसियाली खेलकुद (साफ गेम्समा काँस्य पदक विजेता ) इन्द्र बहादुरको गए राती ललितपुर स्थित हरिसिद्धि नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । ४७ वर्षीय ईन्द्र बहादुर विगत २ वर्ष देखि आन्द्राको क्यान्सर रोगबाट पिडित हुनुन्थ्यो ।

श्रन्द्धान्जलीका लागी शुक्रबार बिहान ९ बजे देखि दसरथ रंगशालामा राखिएको उहाको पार्थिब शरिरमा बिज्ञान तथा प्रबिधि मन्त्री शिवलाल थापा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव बहादुर बिष्ट, बक्सिङ संघका अध्यक्ष राम अवाले, सिनियर कोच प्रकाश थापा, पुर्ब प्रहरी माहानिरिक्षक कुवेर सिंग राना, प्रहरीका एसएसपि योगेश्वर रुमखामी, वलम्पिक कमिटिका महासचिब तेन्जिङ शेर्पा, खेलाडी, शुभचिन्तक लगाएतले श्रन्द्धान्जली दिएका थिए । २०४६ सालमा नेपाल प्रहरीमा प्रबेश गरी १० बर्ष पछि सेवा बाट अवकास लिनुभएका ईन्द्र बहादुर २०५१ सालमा महेन्द्रनगर र २०५३ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक विजेता हुनु भएको थियो

को हुन् ईन्द्रं बहादुर !  

बाबु सोम बहादुर मगर र आमा नन्दमाया मगरको साईला छोरा ईन्द्र बहादुरको २०२७ असार २० गते अवु खैरेनी गाविस–१ तनहुँमा जन्म भएको थियो ।  काठमाण्डौमा भएको आठौ साफ प्रतियोगितामा सन् १९९०, वाईएमसीए इन्टरनेशनल बक्सिङ्ग च्याम्पियनसीप (दिल्ली) ९९७० र मेयर्स कप मनिलार १९९० मा काँस्य पदक विजेता हुनु भएको थियो । वि.स. २०५५ सालमा गोर्खा दक्षिण वाहु(चौथो) बाट सम्मानित हुनु भएका थापा सन् १९९२ देखि १९९९ सम्म ११ अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई सिड्नी ओलम्पिकको छनोटमा दक्षिण कोरियामा पुग्नु भएको थियो ।

उहाका श्रीमती दिल कुमारी, १२ वर्षीय एक छोरा आयुस र एक छोरी ऐश्वर्या छन् ।

बिरामी भई लामो समय सम्म उपचारमा रहनुभएका ईन्द्रं बहादुरको आर्थिक अभाब भएको भन्दै बिभिन्न संघ सस्थाहरु बाट आर्थिक संकलन भैरहेको थियो । बिहिबार बिहान मात्रै ईन्द्र बहादुरको उपचारको लागी नेपाल प्रहरीको खेलाडी कोष मार्फत प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्याले निजकी श्रीमती दिलकुमारी थापा मगरलाइ दुई लाख नगद सहयोग गर्नुभएको थियो ।

Last Updated on Friday, 29 July 2016 21:14

Hits: 5361

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी