A+ A A-

भिमादमा मातृभाषामा साहित्यीक प्रतियोगिता

मगर भाषामा वसन्ती र गुरुङ भाषामा सुमिका प्रथम

मगर लेखक संघले प्रदेश न. ४ का विभिन्न ७ स्थानमा साहित्यीक गोष्टीको आयोजना गर्दै 

विनोद रखाली मगर

फागुन ४, तनहुँ

अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत तनहुँको भिमादमा शुक्रबार मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न गरेको छ ।

दिगो विकाशका लागी भाषिक विविधता र वहुभाषिकताको गन्ति भन्ने उद्धघोषका साथ अभियानको पहिलो कार्यक्रमको उद्धघाटन गर्दै भिमाद नगरपालिकाका नगर प्रमुख मेख वहादुर थापा मगरले सबै भाषा, धर्म र संस्कृतीको विकाश र जर्गेना गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । पछिल्लो समय मातृभाषाको अवस्था लोपोन्मुख हुदै गइरहेको अवस्थामा भाषिक कार्यक्रमले सरक्ष्ांणमा टेवा पुग्ने वताउनुभयो ।

नेपाल मगर संघका पूर्व उपाध्यक्ष डा. देव वहादुर थापा मगर, नेपाली काङ्ग्रेस महासमिति सदस्य जीत प्रकाश आले मगर, मगर लेखक संघ केन्द्रीय सदस्य रुद्र श्रीष मगर, सेतिकाली साहित्य सगंमका अध्यक्ष कैलाश नारायण सिग्देल, नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष झक सारु मगर, साहित्यकार दधिराज सुवेदी, नेपाल मगर संघ तनहुँ जिल्ला सदस्य, पूर्ण वहादुर थापा मगर, नेपाल मगर लेखक संघ कास्की जिल्ला अध्यक्ष पूर्ण वहादुर ठाडा मगर , मिर्छुलुङ् ग्रामिण होम स्टेका अध्यक्ष नरेन्द्र थापा मगर लगाएतले बोल्नुभएको थियो ।


मातृभाषामा साहित्य प्रतियोगिता अन्तरगत मगर भाषा तर्फ बसन्ती थापा मगर प्रथम, मोनिका थापा मगर द्धितीय, कृष्ण राना मगर तृतीय र गम वहादुर रानाले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । विजेताहरुलाई क्रमश प्रथम रु. ३,०००, द्धितीय रु. २,०००, तृतीय रु. १,००० र सान्त्वना रु.५०० तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरीएको थियो । मगर भाषा तर्फ विभिन्न विद्यालय र क्याम्पसका ७ जना को सहभागिता रहेको थियो । यता गुरुङ् भाषा तर्फ सुनिता गुरुङ्ले प्रथम स्थान प्राप्त गर्दै नगद रु. ३,००० र बबि गुरुङ्ले द्धितीय स्थान प्राप्त गर्दै नगद रु. २००० तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको निर्णायक तर्फ साहित्यकार फुल कुमारी थापा मगर, साहित्यकार रुद्र श्रीष मगर, साहित्यकार धिरेन्द्र थापा मगर रहनुभएको थियो । अप्रतियोगिता तर्फ धिरेन्द्र राई, कैलाश नारायण सिग्देल, दधिराज सुवेदी, राम शरण गैह्रे, बालकृष्ण गैह्रे, तिर्थ गैह्रे लगाएतले नेपाली तथा अन्य भाषामा कविता प्रस्तुत गरेका थिए । कलाकार कृष्ण वि.क.ले झ्याउरे तथा लोक गित प्रस्तुत गरेका थिए । यसैविच मिर्छुलुङ् ग्रामिण होम स्टेको तर्फ देखि मौलिक कौरा र मगर संघ भिमादको तर्फदेखि मौलिक झ्याउरे प्रस्तुत गरिएको थियो । नेपाल मगर संघ भिमाद नगरपालिकाका अध्यक्ष रि वहादुर थापा मगरको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा कृष्ण थापा मिगिन र कुसुुम रखाली मगरको सन्चालनमा र संघका अध्यक्ष गीता थापा मगर बेलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिले मातृभाषा दिवशको अवशरमा विभिन्न संघ संस्था संग समन्वय गरी प्रदेश न. ४ का विभिन्न सात स्थानमा मातृभाषामा कविता प्रतियोगिता तथा साहित्यीक गोष्टीको आयोजना गर्ने भएको छ । फागुन ५ गते स्याङ्जाको हरिनास गाउँपालिका स्याङ्जामा , फागुन ७ गते तनहुँको दमौलीमा, फागुन ९ गते तनहुँको देवघाट गाउँपालिकामा र गोरखा जिल्लामा साथै पोखरा लेखनाथ महानगरपालिकामा आयोजना गर्ने जनाएको छ । 

Last Updated on Tuesday, 20 February 2018 18:26

Hits: 352

खपाङ्गी फाउनन्डेशनले क्यालेन्डर प्रकाशन गर्ने

राज्यसत्ता

काठमाडौँ यही फागुन ३ गते  गोरेबहादुर खपाङ्गी फाउनन्डेशनको बैठक संस्थाका अध्यक्ष हुमबहादुर थापामगरको अध्यक्षतामा बसी विभिन्न प्रकारका निर्णय पारित गरेको छ ।

फाउनन्डेशनले संस्थाका सचिव भावेश भुमरी संयोजक रहने गरी २०७५ सालभरिका वार्षिक कार्यक्रमहरूलाई समेटेर क्यालेन्डर प्रकाशन गर्ने निर्णय गरेको छ । क्यालेन्डर प्रकाशनका लागि विभिन्न व्यक्ति र संघसंस्थाबाट विज्ञापन सङ्कलन गर्ने निर्णय पनि गरेको छ । विज्ञापन सङ्कलन संयोजकमा संस्थाका सदस्य गायत्री राना रहनुभएको छ । बैठकले प्रकाशित क्यालेन्डरको विमोचनसहित नेता खपाङ्गीका बारेमा अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय पनि गरेको छ । नेता खपाङ्गीकै स्मृतिग्रन्थ प्रकाशन गर्ने कार्यलाई मूर्त रुप दिने निर्णयसमेत गरेको छ ।

बैठकमा उपाध्यक्ष रुद्र गुर्मछान, कोषाध्यक्ष केबी राना, सचिव भावेश भुमरी, सदस्यहरू चन्द्रबहादुर थापा, गायत्री राना र विष्णु सिंजालीमगरसहित मगर संघ इजरायलकी अध्यक्ष विष्णु पुनमगरको उपस्थिति रहेको थियो । कार्यक्रममा आमन्त्रित सदस्यको रूपमा उपस्थित विष्णु पुनमगरलाई संस्थाका अध्यक्ष हुमबहादुर थापामगरले खादा ओढाएर सम्मान गर्नुभएको थियो । मगर क्रियशन इनभेष्टमेन्टको विश्व संयोजकसमेत रहनुभएकी विष्णु पुनमगरले फाउन्डेशनको आजीवन सदस्यताको रकमसहित संस्थालाई पाँच हजार आर्थिक सहयोग पनि गर्नुभएको थियो । सोही बैठकमा आजीवन सदस्यसहित आर्थिक सहयोग गर्नुहुने पुनमगर, आजीवन सदस्य बन्नुहुने संस्थाका उपाध्यक्ष रुद्र गुर्मछान, विनोद थापा (अष्ट्रेलिया) र इन्जिनियर प्रभास राई (अष्ट्रेलिया) लाई  हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।

 

Last Updated on Tuesday, 20 February 2018 10:59

Hits: 3184

गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थ प्रकाशन हुने

राज्यसत्ता

काठमाडौँ, गोरेबहादुर खपाङ्गी फाउन्डेशनले आउँदो वर्षमा गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थ र क्यालेन्डर प्रकाशन गर्ने भएको छ । सो कुरा संस्थाको नियमित बैठकले पारित गरेको छ ।

यही पुस १ गते खपाङ्गी फाउन्डेशनका अध्यक्ष हुमबहादुर थापामगरको अध्यक्षतामा बसेको कार्य समितिको नियमित बैठकले सिर्जनशील र महत्वपूर्ण निर्णय पारित गरेको छ । जुन निर्णअनुसार आउँदो वर्ष फाउन्डेशनले गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णय पारित गरेको हो । जुन ग्रन्थ करिब पाँच सय पृष्ठको हुने छ । ग्रन्थमा प्रकाशनार्थ अग्रज नेता खपाङ्गीसँग निकट रहेका विभिन्न व्यक्तिहरुलाई २०० देखि २००० शब्दसम्मका लेखहरु लेख्न अनुरोध गरिने छ । यसका लागि विशेष व्यक्तिहरुलाई अनुरोधपत्र उपलब्ध गराइने छ र सार्वजनिक रुपले आह्वान पनि गरिने छ । यस कार्यलाई गतिशील र प्रभावकारी बनाउन फाउन्डेशनकै कार्यसमितिका व्यक्तिहरुको उपसमिति पनि बनाइएको छ । जुन उपसमितिमा भावेश भुमरी संयोजक रहने गरी चन्द्रबहादुर थापा, रामकुमार सुसलिङ, रुद्र गुर्मछान, कमला थापा, गङ्गा खासु र गायत्री राना सदस्य छन् । खपाङ्गीको वार्षिक स्मृति दिवस आउँदो वर्षको भदौ ११ गते विमोचन गर्ने गरी प्रकाशन गरिने छ । यस स्मृतिग्रन्थमा नेता खपाङ्गीको व्यक्तित्वका विभिन्न पक्षलाई केलाउने र दस्तावेजीकरणको कार्य गरिने छ । यसका साथै बैठकले आउँदो साल २०७५ देखि फाउन्डेशनको क्यालेन्डर प्रकाशन गर्ने निर्णय पनि गरेको छ । जसमा फाउन्डेशनका वर्षभरिका कार्यक्रम तालिका रहने छ ।

विभिन्न व्यक्तिका नाममा खोलिने विभिन्न संस्थाहरुले गर्दै आएका कामभन्दा फरकरुपले काम गर्दै आएको यस फाउन्डेशनले आफ्नो गतिलाई अझ तिब्र बनाएको छ । यसको मुख्य कारण भनेको कार्य समितिका सदस्यहरुको निस्वार्थ कार्य र संस्थाका शुभेच्छुकहरुको सहयोग हो ।

Last Updated on Saturday, 16 December 2017 13:40

Hits: 457

मगर लेखक संघ कास्की अध्यक्षमा पूर्ण ठाडा रानामगर


रुद्र श्रीसमगर
पोखरा, १९ माघ


नेपाल मगर लेखक संघ कास्कीको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पूर्ण ठाडा रानामगर चयन हुनुभएको छ ।


शुक्रबार पोखरामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विवेक थापामगर, सचिवमा कल्पना पुर्जामगर, सह–सचिवमा स्मृति पुर्जामगर र कोषाध्यक्षमा पुनम थापामगर चयन हुनुभयो । त्यसैगरी, सदस्यहरूमा रेखबहादुर थापामगर, सुरज थापामगर, तुलेन्द्र पुनमगर र वीरेन्द्र मगर चयन हुनुभएको छ ।


यसअघि, अधिवेशनमा बोल्दै मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगरले मगर भाषा, साहित्यको विकासका लागि लेखनसँगै सांगठनिक अभियानलाई समेत जोड दिनुपर्ने बताउनुभयो । मातृभाषा साहित्यको विकासका लागि मातृभाषा लेखन कार्यलाई प्रोत्साहन गर्नुपर्ने भन्दै श्रीसमगरले मातृभाषी साहित्यलाई राज्यले उपेक्षा गर्ने गरेको उल्लेख गर्नुभयो ।


संघका गण्डकी अञ्चल सदस्य कृष्ण थापामगर ‘मीगीन’ले मातृभाषा साहित्यको उत्थानका लागि सबै मगर लेखक, स्रष्टा एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । जहाँ रहेपनि जस्तो अवस्थामा भएपनि मगर साहित्यको विकासमा लाग्नुपर्ने भन्दै मीगीनले साहित्यको विकास विना जुनसुकै भाषाको मरण हुनसक्नेतर्फ सचेत गराउनुभयो ।


संघका नवनिर्वाचित कास्की जिल्ला अध्यक्ष पूर्ण ठाडा रानामगरले कास्की जिल्लामा मगर भाषा, साहित्यको विकासका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाउनुभयो । सबैको साथ र सहयोग पाएको खण्डमा आफूले धेरै काम गर्ने सोंच बनाएको भन्दै रानामगरले अग्रजहरूको सल्लाह बमोजिम संगठनलाई क्रियाशील बनाउँदै जाने बताउनुभयो ।

Last Updated on Monday, 05 February 2018 17:40

Hits: 259

गोरेबहादुर खपाङ्गी फाउण्डेशनको शाखा बिस्तार

चन्द्र थापा मगर
महोत्तरी, कार्तीक २२ - गोरेबहादुर खपाङ्गी फाउण्डेशनको शाखा महोत्तरीमा मिति २०७४ कात्तिक ५ गतेका दिन बिस्तार भएको छ ।

गोरेबहादुर खपाङ्गी फाउण्डेशनका उपाध्यक्ष रुद्र गुर्मछानको प्रमुख आथित्यमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं १ स्थित सौगात टोलमा कार्यक्रम भएको हो । आयोजित भेलाले श्री गणेश बहादुर जर्घाको संयोजकत्वमा १३ सदस्यीय जिल्ला स्तरीय शाखा गठन गरेको छ ।
जिबी फाउण्डेशन महोत्तरी शाखाका पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ ।

१- संयोजक गणेश बहादुर जर्घा
२- सदस्य घनश्याम पुलामी
३- सदस्य गोपाल मृङचिङ
४- सदस्य उद्धव बहादुर बुर्जा
५- सदस्य फाल्गुण कुमार सुसलिङ
६- सदस्य भीम बहादुर देवकोटा
७- सदस्य गोपाल साशंकर
८- सदस्य होम बहादुर आले
९- सदस्य कबिरमान राना
१०- सदस्य तोक बहादुर एस्माली
११- सदस्य सन्त बहादुर आले
१२- सदस्य यस बहादुर बलम्पाकी र
१३- सदस्य हस्त बहादुर आले रहनु भएको छ ।
कार्यक्रममा महोत्तरी जिल्लाका भद्रभलाद्मी, अगुवा, समाजसेवी, बुद्धिजीवी महानुभावहरूको उपस्थिति रहेको थियो ।
शाखा बिस्तार गर्दा महिला तथा मधेसी समुदायको महानुभावहरुलाई पनि समितिमा समाविष्ट गरिने अधिकार भेलाले समितिलाईनै दिइएको छ ।

Last Updated on Wednesday, 08 November 2017 15:59

Hits: 718

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर