A+ A A-

संविधान संशोधन होइन पुनः लखन गर्नु पर्छः राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी !

गोविन्द घर्ती

 देवदह, पौष २५ - संविधान संशोधन होइन पुनः लखन गर्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताउनु भएको छ ।

उहाले अहिलेको संविधानले आम नेपाली नागरिकको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै पुनः लेखन गर्नुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय युवा मोर्चा रुपन्देहीले तिलोत्तमाको शंकरनगरमा आयोजित भेटघाट तथा जलपान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । महासचिव सूर्यवंशीले राष्ट्रिय समस्या समाधान गर्न बृहत्त राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिदै राष्ट्रिय सहमतिको लागि ठूला राजनैतिक दलहरुले पहल गर्नु पर्ने बताउनु भयो ।

अहिलेको सरकारले स्थानीय निकायको निर्वाचनको कुरा भएपनि निर्वाचनका विधेयकहरु अहिले सम्म स्पष्ट रुपमा नआएको बताउनु भयो । उहाले पार्टी अहिले संगठन विस्तारलाई वित्रता दिईरहेको बताउदै आगामी दिनमा पार्टीलाई गतिशिल बनाउन विश्व जनमुक्ति सम्मेलनको तयारीमा रहेको बताउनु भयो । उहाले राज्यले युवाहरुलाई स्वरोगार बनाउन नसक्दा विदेशिन युवाहरु वाध्य भएको बताउनु भयो ।

युवा मोर्चाका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य हरिदेव थापा, लुम्विनी राज्य परिषदका कार्यवहाक अध्यक्ष धनी आले, पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग, राष्ट्रिय महिला मोर्चा रुपन्देहीका अध्यक्ष बिमला गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा युवा मोर्चाले संचालन गरेको देउसी भैलो कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

मोर्चाका उपाध्यक्ष दुर्गा राजकोटीको स्वागत र सचिव पहल सिंह रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Last Updated on Monday, 09 January 2017 17:14

Hits: 586

हाम्रो लडाई सिंहदरबारसंग हो : रोका मगर !

प्रेमबहादुर राम्जा

 

 Image may contain: 4 people, people sitting and outdoor

घोराही, पुस १६ - नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले मगरको संघको आन्दोलन कुनै जातीसंग नभएको बताउनुभएको छ । मगर संघ दाङलगायतका मगर मोर्चाहरुले संविधान संशोधनको पक्षमा गरेको स्वागत सभालाई सम्बोधन गर्दै अध्यक्ष रोकाले राज्यका कारण मगरलगायतका अन्य समुदायहरु पिछडियको भन्दै आन्दोलनले सिंहदरबारसंग हिसाव मागीरहेको बताउनुभयो ।
 
दाङमा क्रियासिल नेपाल मगर संघ,मगरात संघर्ष समिति र सयुक्त मगर मञ्चले आज घोराहीमा गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै अध्यक्ष रोकाले मगरको आन्दोलन जातसंग जोड्नु विडम्बना भएको बताउनुभयो । मगर राज्यको माग नगरेको बताउँदै रोका मगरले पहिचान र सामथ्र्य सहित संघीयताको पक्षमा रहेको बताउनुभयो ।
 
त्यस अवसरमा मगर संघका बरिष्ठ उपाध्यक्ष रुद्रप्रसाद घर्ती मगर, सल्लाहकार बसन्त घर्ती मगर, उपाध्यक्ष निमबहादुर बुढाथोकी मगर, पुर्व केन्द्रीय सदस्य हितबहादुर थापा मगर,मगर मोर्चाकी केन्द्रीय उपाध्यक्ष भिमकुमारी वाठा मगरलगायतकाले बोल्नुभएको थियो ।
 
घोराहीको ट्राफिकबाट सुरु भएको स्वागत र्याली बजारका विभिन्न भाग परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । मगर संघकी जिल्ला उपाध्यक्ष दिलकुमारी बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव डिल्ली घर्तीले गर्नुभएको थियो ।

 

Last Updated on Saturday, 31 December 2016 14:45

Hits: 950

विधान संसोधनको स्वागत गर्दे पाल्पामा जनसभा ! (भिडियो सहित)

मगरात प्रदेश प्राप्त नभए सम्म लडिरहन्छौ : अध्यक्ष रोका

देब पचभैया


Image may contain: 17 people, crowd and outdoor

पाल्पा, पौष ९ - संविधान संसोधनको स्वागतमा पाल्पामा शुक्रवार विशाल मगरात जनसभा सम्पन्न भएको छ । मगर संघ केन्द्रिय समिति, मगरात संघर्ष समिति र संयुक्त मगर मञ्च नेपालको आयोजनामा तानसेनमा र्याली सहित जनसभा भएको हो । कार्यक्रममा लुम्विनी अंचलका पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तु बाट सहभागी भएका थिए । मगरात स्वायत्त प्रदेश सुनिश्चितताको दवाव स्वरुप आयोजित कार्यक्रमका बक्ताहरुले संसोधित संबिधानले मगर कलस्टरलाई केही मात्रामा भएपनि एक ठाउमा राखेकाले प्रस्तावित संविधान पास गर्न आग्रह गरेका छन् ।

भिडीयो हेर्न यस लिङ्क थिच्नुहोस् !

सभालाई संवोधन गर्दै मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकाले पहिचान र अधिकार सहितको मगरात प्रदेश प्राप्त नभए सम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । अखण्डको आन्दोलन गर्नेहरु संघियता बिरोधी भएको भन्दै अध्यक्ष रोकाले वर्षौ देखि अधिकार बाट बन्चित भएकालाई माथि उठ्न दिनु हुदैन भनेर अहिले संसदमा प्रस्तावित संबिधानको विरोध भएको दावी गर्नुभयो ।


Image may contain: 17 people, people standing, crowd and outdoor

मगरात जातिय राज्य नभएको भन्दै उहाले एैतिहाशिक थात थलो र मगरहरुको पसिना र रगतले सिर्जित स्थानलाई समेटेर अहिले प्रस्ताव गरिएको संसोधित संविधानको विरोध गर्नेहरुले मगरलाई अधिकार दिन बाट बन्चित गर्न खोजेको आरोप लगाउनुभयो ।


 मगरात भुमिबाट राजनिति शुरु गरी स्थापित भएका नेताहरु चन्द्र भण्डारी, टोप बहादुर रायमाझी, प्रदिप ज्ञवालीहरुलाई मगरातको विरुद्ध नलाग्न आग्रह गर्दे पुर्ब सभासद एबं मगरमुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुदर्शन वरालले आफ्नो भोट सुरक्षित गर्न उनीहरु रातारात राष्ट्रबादी बनेको आरोप लगाउनु भयो । निर्वाचनको बेला एमालेले बहुपहिचानमा भोट मागेको स्मरण गराउदै अध्यक्ष वरालले उसैले ल्याएको प्रस्तावलाई सरकारले अघि बढाउदा राष्ट्रघाती भयो भन्नु एमालेले पछि परेका जाति र शमुदायलाई अधिकार दिन नचोहको बताउनुभयो ।

सांसद तुल्सा रानाले आफु अहिले प्रस्तावित संबिधानलाई पारित गराउन संसदबाट सक्रिय भुमिका खेल्ने भन्दै अधिकार प्राप्तीको आन्दोलनमा आफु सधै कृयाशिल रहेको जानकारी दिनुभयो ।


Image may contain: 14 people, crowd

सभालाई संवोधन गर्दे मगर संघका पुर्ब अध्यक्ष महेन्द्र थापा, पुर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, संघका भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टा, केन्द्रिय सदस्य राम जर्घा, मगर संघ रुपन्देहीका अध्यक्ष गिता सारु, जनजाति महासंघ पाल्पाका अध्यक्ष केयर सिंग राना लगाएतले एकिकृत मगरातको बारेमा बोल्नु भएको थियो ।


Image may contain: 28 people, crowd

मगरसंघ लुम्बिनि अंचल प्रमुख धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पाहुनाहरुलाई मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले स्वागत गर्नुभएको थियो भने मगर संघ पाल्पाका सचिब एस कुमार गरम्जाले कार्यक्रम संचालन गर्नुभएको थियो । एकिकृत मगरातको माग गर्दे यस अघि मगरात क्षेत्रका पोखरा, बाग्लुङ्ग, रुकुम लगाएतका स्थानमा र्यारी र सभा सम्पन्न भैसकेका छन् ।

Image may contain: 15 people, crowd and outdoor


 

Last Updated on Sunday, 25 December 2016 03:34

Hits: 306

नवलपरासीको बर्दघाटमा राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला भेला सम्पन्न !

गाविन्द घर्ती

नवलपरासी, पौष ११ - संविद्यान संसोधनका नाममा प्रदेशलाई अखण्ड र विखण्ड राख्ने नाममा जिल्ला यता र उता नगरी संघियताको मर्म अनुसार अघि बढ्न तिन ठुला दलहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय महासचिव केशव सूर्यवंसीले आग्रह गर्नु भएको छ ।

नवलपरासीको बर्दघाटमा भएको राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीको जिल्ला भेलालाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहांले अझै सम्म १ सय १० वटा कानुन संसोधन गर्न वांकी रहेको बताउदै अहिलेको सरकार र सांसदहरु संघियता लागु गर्न तर्फ जिम्मेवार नभएको बताउनु भयो । नेता सूर्यवंसीले आगामी १३ महिना सम्म पनि कानुन संसोधन नभएमा अहिलेको संविद्यान बदाम खाने खोष्टो हुने बताउनु भयो । त्यसैले तिन दल जिम्मेवार भएर सहमतिमा संविद्यान कार्यान्वयन तर्फ लाग्न आग्रह गर्नु भएको थियो ।

राष्ट्यि जनमुक्ति पार्टीका नवलपरासी जिल्ला अध्यक्ष तिलबहादुर झेडीको अध्यक्षतामा भएको भेलामा बोल्दै पार्टीका केन्द्रीय उपमासचिव रामु परियारले अहिलेको संविद्यान कालो संविद्यान भएको संज्ञा दिनु भयो । भेलामा लुम्विनी प्रदेशका धनी आले, रुपन्देही अध्यक्ष झमबहादुर गुरुङ्गं, शंकर गाहा, होम माया गुरुङ्गं लगाएतले बोल्नु भएको थियो ।

जिल्ला उपाध्यक्ष पार्वती गुरुङ्गंको स्वागत र सचिव जसबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Last Updated on Monday, 26 December 2016 05:58

Hits: 328

मगरात प्रदेश नभए सशक्त आन्दोलनः रोका

रूद्र श्रीसमगर

पोखरा, २५ मंसिर

सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधनको विरोधमा बुटवल, पाल्पा, अर्घाखाँची, गुल्मीलगायतका जिल्लाहरूमा बन्द भइरहँदा पोखरामा भने संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै मगर समुदायले भव्य जनप्रदर्शन गरेका छन् ।

संविधान संशोधन प्रस्ताव अनुसार प्रस्तावित पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरूलाई चार नम्बर प्रदेशमा गाभेर मगरात क्लस्टरलाई केही हदसम्म भएपनि एकै ठाउँमा राखिएकोमा मगर समुदायले संशोधनको स्वागत गरेका हुन् । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा प्रस्तावित चार नम्बर प्रदेश अन्तर्गतका गण्डकी, धौलागिरी, लुम्बिनी र राप्ती अञ्चल अन्तर्गतका जिल्लाका मगरहरूले पोखराको लखनचोकमा मगरात प्रदेश घोषणा गर्न माग गर्दै जनप्रदर्शन गरे ।

जनप्रदर्शन पछि आयोजित मगरात जनसभालाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष एवं मगरात संघर्ष समितिका संयोजक नवीन रोकामगरले मगरात प्रदेश नबनाइए सशक्त आन्दोलन गर्ने उद्घोष गरे । ‘अहिले आएको संविधान संशोधन प्रस्तावले हाम्रो मागलाई केही हदसम्म सम्बोधन गरेको छ’, रोकाले भने, ‘यो संशोधनको हामी स्वागत गर्छौं, साथै, मगरात र तमुवानलाई अलग अलग प्रदेशका रूपमा घोषणा गर्नुपर्दछ भन्ने हाम्रो माग पनि दोहो¥याउन चाहन्छौं ।’

नेपाल मगर संघका संस्थापक महासचिव सदस्य सुरेश आलेमगरले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गर्नैपर्ने बताए । संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलन गरेर एमालेले संघीयताविरोधीका रूपमा आफूलाई प्रमाणित गरेको जनाउँदै आलेमगरले संघीयता विरोधीको भण्डाफोर गरिनुपर्ने उल्लेख गरे । ‘मगरात स्वायत्त प्रदेश हाम्रो अन्तिम बटमलाइन हो’, आलेमगरले भने, ‘संविधान संशोधन गरी मगरात स्वायत्त प्रदेश नबनाइए सशक्त आन्दोलन गर्नुको विकल्प छैन ।’

नेपाल मगर संघका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक महेन्द्र थापामगरले मगरात स्वायत्त प्रदेशलाई फेरि पनि विभाजन गर्ने दुस्साहस गरिए मगर समुदायले त्यसको प्रतिरोध गर्ने चेतावनी दिए । प्रदेश विभाजनका क्रममा तीन टुक्रा पारिएको मगरात भूमिलाई अहिलेको संविधान संशोधन प्रस्तावले केही हदसम्म जोड्ने काम गरेको भन्दै थापामगरले संशोधन प्रस्ताव कुनै पनि मूल्यमा पारित गर्न राजनैतिक दलहरूलाई आग्रह गरे ।

संघका पूर्व महासचिव लोक बहादुर थापामगरले मगरात स्वायत्त प्रदेश प्राप्त नभएसम्म मगर समुदायले लडाइँ जारी राख्नुपर्ने बताउँदै अधिकार प्राप्तिको आन्दोलन सशक्त पार्नुपर्नेमा जोड दिए । सो अवसरमा संघका पूर्व महासचिव एवं अधिवक्ता सुरेन्द्र थापामगर, केन्द्रीय सल्लाहकार हर्क बहादुर पुनमगर, केन्द्रीय उपाध्यक्ष दल बहादुर वीरकट्टामगर, आदिवासी जनजाति युवा महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापामगर, लिम्बुवानका नेता राम जर्घामगर, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुम बहादुर गुरुङ, नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछामगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष पान बहादुर घर्ती, खेम पुनमगरलगायतले बोलेका थिए ।

नेपाल मगर संघकी केन्द्रीय उपाध्यक्ष मन्धरी आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर संघ कास्कीका सचिव याम बहादुर थापामगर र अध्यक्ष पूर्ण बहादुर रानामगरले स्वागत गरेका थिए ।

Last Updated on Sunday, 11 December 2016 07:05

Hits: 391

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी