A+ A A-

नेता सिन्हाद्धारा राजनीतिक भेटघाट, छिटो संकट सल्टाउन सुझाव

भारतीय जनता पार्टीका एसवन्त सिन्हाले राजनीतिक गतिरोध हटाउँनका लागि राजनीतिक भेटघाट तीव्र पारेका छन् । नेपाल भ्रमणमा आएका एसवन्त सिन्हाले नेपालका प्रमुख राजनीतिक पार्टीका नेताहरुलाई भेटघाट गरी राजनीतिक परार्मश तिव्र पारेका हुन् । राजनीतिक निकासको विषयमा बुधवार नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाई उनकै निवास महारागञ्जमा भेट गरेका थिए । घोषित मितिमा निर्वाचन संभव नभएको बेला सिन्हाले अबको राजनीतिक निकास कसरी निकाल्ने भन्ने विषयमा सबै नेताहरुसंग भेटघाट गरि राय बुझने काम गरेको स्रोतले बतायो । भारतका पूर्व अर्थ मन्त्री समेत रहेका सिन्हा व्यक्तिगत भ्रमणको सिलसिलामा सोमवार नेपाल आएका थिए । उनको भ्रमण व्यक्तिगत भनिए पनि प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड तथा कांग्रेस सभापति सुशिल कोइराला र कांग्रेस नेता शेरबाहदुर देउवालाई छुट्टा छुट्टै भेट गरि राजनीतिक परामर्श गरेका थिए । मंसिर ७ मा निर्वाचन नहुने भए पछि राजनीतिक दलहरु अब कुन बाटोबाट संवैधानिक र राजनीतिक निकास निकाल्ने भन्ने विषयमा भेटघाट केन्द्रित रहेको बुझिएको छ । सिन्हा बुधवार नै स्वदेश फिर्ता भएका छन् । नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका विगत देखि खेल्दै आएको भारतको भूमिकाप्रति नेपालको राजनीतिमा तिव्र आलोचना भइरहेको बेला  भारतकै एक प्रभावशाली नेताको राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )

Error: No articles to display