A+ A A-

काग्रेसका जिल्ला सभापतिहरुको भेलाले संसद्को निर्वाचन गर्न सुझाव दियो

कांग्रेसका नेताहरुले संविधानसभाको पुनःस्थापनाको माग गरिरहेका बेला देश भरिबाट सहभागि कांग्रेसका जिल्ला सभापतिहरुले संसद्को निर्वाचनमा जान नेतृत्वलाई सुझाएका छन् ।  दुई दिनसम्म चलेको भेलामा अधिकांश जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको असफताप्रति चिन्ता व्यक्त गरेका थिए ।
सर्वदलीय सहमतिमा संविधान संशोधन गर्नु पर्ने र संविधानसभाको निर्वाचन नभई संसद्को निर्वाचनमा जानु पर्ने सुझाव सभापतिहरुले दिए पनि शेरबाहदुर देउवा लगायतले संविधानसभा केही समयका लागि पुनःस्थापना गर्नु पर्ने अडान कायम राखेका थिए । सहमतिको सरकारको नेतृत्व कांग्रेसले गरेर अहिलेको संकट समाधानका लागि नेतृत्वदायी भुमिका खेल्न पनि सभापतिहरुले नेतृत्वलाई सुझाएका छन् । भेलाले राजनीतिक र संवैधानिक संकट सुल्झाउन नेतृत्वलाई दवाव दिएको नुवाकोटका कांग्रेस सभापति जगदिशनरसिंह केशीले बताए । प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजिनामा दिनु पर्ने र त्यसो नभए सरकार विरुद्ध कडा आन्दोलन गर्ने पनि कांग्रेस जिल्ला नेताहरुको भेलाले निर्णय गरेको छ  । सभापतिको यो भेला लगतै प्रधानमन्त्रीको लागि उमेदवार छनौट गरि सरकारको नेतृत्व गर्न र सहमतिका आधारमा राजनीतिक संकट समाधान गर्न कांग्रेसलाई दबाव परेको छ । सभापतिहरुको भेला सिन्धुपाल्चोक घोषणा पत्र जारी गदै सकिने छ ।
(राज्यसत्ता नेपाल व्युरो)

Error: No articles to display