A+ A A-

मुख्य सचिव बाहुनकै पोल्टामा

नेपालको निजामति सेवामा सर्बोच्च पद मानिने मुख्य सचिव पद यसपालि पनि बाहुनकै पोल्टामा परेको छ । सरकारले मुख्य सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौड्याललाई नियुक्त गरेको छ । हाल बाहलवाला मुख्य सचिव माधवप्रसाद घिमिरेको उमेर हदका कारण अगामी साउन २१ देखि समयवअवधि सकिने हुदाँ सरकारले मुख्य सचिवका लागि लिलामणी पौड्याललाई नियुक्त गर्न सिफारिस गरेको हो । २१ साउन सम्म पौड्याल कायममुकाव मुख्य सचिव भई काम गर्ने छन् । मुख्य सचिव पदका लागि एक दर्जन सचिवहरुबीचमा कडा प्रतिस्पर्धा भएको थियो । माओवादीले लिलामणी पौड्याललाई समर्थन गरेको र त्यसमा अन्य मधेशवादी दलहरुको विरोध रहँदा रहदै पनि प्रधानमन्त्री बाबुराम भट्टर्राईले मन्त्रीपरिषद्बाट उनलाई मुख्य सचिवमा सिफारिस गरेका हुन् । सञ्चारमन्त्री राजकिशोर यादवले मधेशवादी दलहरुले समावेशी किसिमले छनौट गर्न प्रस्ताव
गरेको भए पनि प्रधानमन्त्रीको विशेष अधिकारलाई ध्यानमा राख्दै पौड्यालको नियुक्तीमा समर्थन जनाएको बताए । बरिष्ठताको आधारमा मुख्य सचिवमा निर्वाचन आयोगका सचिव शंकर कोइराला दावेदार भए पनि कार्यक्षमताको आधारबाट पौड्याललाई नियुक्त गरिएको हो । मुख्य सचिव पदका लागि सत्तारुढ दलबीच तिब्र विवाद सृजना भएको थियो । मधेशवादी दलले उमाकान्त झालाई नियुक्त गर्नु पर्ने अडान कायम राखिराखेका थिए । सोही पद्का लागि महिला तथा जनजातिबाट विन्दा हाडा पनि प्रस्पिर्धाको मैदानमा उत्रिए पनि नियुक्त हुन सकिनन् ।  पौड्यालको पक्षमा समर्थन दिए अन्य सरकारी सेवाहरुमा मधेशवादीले दावी गर्ने पदहरुका लागि समर्थन गर्ने माओवादीले आश्वासन दिए पछि सहमति जुटेको थियो । प्रधानमन्त्री कार्यालयमा कार्यसम्पादन गदै आएका पौड्याल मुख्य सचिव हुनु पछाडि प्रधानमन्त्री र उनीको पार्टी र्समर्थनको साथै आफ्नै कार्यकुशल र निजामति सेवामा स्वच्छ छवीले नै काम गरेको छ र पौड्याल इमान्दार र निस्कलङक व्यक्ति मानिन्छन् भन्ने गरिन्छ l प्रधानमन्त्रीले आफ्ना विश्वास पात्र व्यक्ति पौड्याललाई नै मुख्य सचिवमा छनौट गर्नु पछाडि सरकारका काम कार्रवाही अझ सजह बनाउनका लागि यस्तो दाउँ खेलेको प्रस्ष्ट हुन्छ ।
(राज्यसत्ता नेपाल व्युरो)

Error: No articles to display