A+ A A-

डिआईजी पार्वती थापा मगरलाई नखाको विष लाग्यो

राज्यसत्ता नेपाल ब्यूरो, २७ असारमा कान्तिपुरमा प्रतिमा वास्तोलाले लेखेको डिआइजी पार्वती थापा मगरले एक महिला प्रहरीलाई दुई थप्पड चड्काएको समाचारले निकै हल्लाखल्ली मच्चियो । धेरैले पार्वतीलाई सत्तोसराप गरे । यथार्थ के हो र सुरक्षाक्षेत्रको संवेदनशीलतमा यस्ता घट्नाको अर्थ र महत्तो के हुन्छ भन्ने बारेमा कसैले दिमाग खियाउन खोजेको देखिएन । भोलिपल्ट पुनः त्यहि समाचारमा ३ थप्पड दिएको समाचार ब्यावसायिकताको हरेराम जप्ने त्यहि पत्रिकामा प्रकाशित गरियो । संचार जगतको विश्वब्यापीकरणमा निमेषमै विश्वभर फैलिएको यो खबर प्रायोजित थियो या साचों थियो भन्ने कुरा हाम्रा निम्ति उत्सुकताको विषय थियो । त्यसैले नेपाल स्थित हाम्रा संवाददाताको फोन पार्वती थापाको मोबाईलमा बज्यो । अन्र्तवार्ताको क्रममा उनले जे भनिन् त्यसको स्वरुप नै ९० डिग्रीले फरक पाइयो।
त्यसदिन मध्यपश्चिममा कार्यरत डिआईजी थापा मगर आफ्नो छोटो विदा सकाएर हाजिर दिन कर्मथलो नेपालगन्ज हानिदै थिईन । कार्यालय समयमा त्यसै त काठमाण्डुको ट्राफिक त्यसमाथि हतार । उनी यथासक्य गन्तब्यमा पुग्न हतार हतार त्रिभुवन विमानस्थलतर्फ जादैंथिईन । त्यहाँ डोमेस्टिक एयरपोर्टको मुख्य गेटमा रहेका एक प्रहरी जवानलाई आफ्नो परीचय दिई भित्र पसिन् । ति जवानले उनलाई एउटा कड्केदार स्यालुट पनि ठोके । भित्र बोडिङ पास लिई सुरक्षा जाँच गर्ने गेटमा जसै पुगेकि थिईन उनले एउटा अनपेक्षित ब्यवहारको सामना गर्नुपरयो ।
भित्र छिर्ने क्रममा गेटमा खटिएकी महिला प्रहरीलाई थापाले अघि जस्तै आफु डि आई जी पार्वती थापा भनेर चिनाईन । तर ति महिला प्रहरीले न त अभिभादन गर्ने आवश्यकता ठानिन् न कुनै प्रतिक्रिया दिईन । कुनै सिस्टता पालना नगरेकि ति महिला प्रहरीलाई  फेरी भनेका रहेछन म डी आइ जी पार्बती थापा मगर ।  म अलिक हतारमा छु तेस्यैले अलि छिटो गर त बहिनी, तर तीन चोटी सम्म भन्दा पनि नटेरेर अनोठो व्यबहार गर्न थालेपछि थापाले प्रहरी जस्तो गरिमामय  सेवाको काम कर्तब्य र सिस्टता साथै जिम्मेवारी सम्वन्धी जानकारी गराएछिन ।  साथै तिम्रो यस्तो अभद्र व्यबहार प्रती म तिम्रो हाकिमलाई खबर गरेर कारबाही गर्न लगाउछु भनि दिएछिन र हतारिदै उनि आफ्नो गन्तब्य तिर लागेछिन ।
भोलिपल्ट नेपालगन्जमा समाचार पढेपछि त उनी झसंग  हुन पुगेछिन ।  गर्दे नगरेको कामको बारेमा समाचार प्रकाशित भएपछि उनी तीन छक्क पर्नु स्वभाविक पनि हो । राज्यसत्ताको फोनवार्ताको क्रममा उनले खुलस्त त बताउन चाहिनन् तर उनलाई आफुमाथि गरिएको सुनियोजित षड्यन्त्र हो कि भन्ने उनको संकेतबाट बुझिन्थ्यो  ।  किनकी कारण पनि थियो । सुन्तली धामीका अभियुक्तलाई बचाउन स्वंय तत्कालिन गृहमन्त्री भीम रावल लागेपछि उनी स्वंय गृहमन्त्रीकै विरुद्धमा खडा भएकि थिइन । त्यतिबेला कार्वाहीको प्रवाह नगरिकनै उनले अन्यायको विरुद्ध आवाज उठाएकि थिईन । कही कतै पार्बतीलाई त्यहि बेलाको बदला लिन खोजिएको त होइन ? जसले पनि अनुमान लगाउन सक्ने कुरा हो ।
 फेरि केहि समयभित्रै उनी बढुवा हुने रोलक्रममा छिन् । कतै त्यहाँ पो षड्यन्त्र गरिन थालिएको त होईन भनेर सोच्न सक्ने ठाउँ प्रसस्त छ । किनभने जनजाति आन्दोलनले अत्तालिएको सत्ताका पहरेदारहरुले जनजाति मुलकालाई माथि जान नदिन अनेकन प्रपन्च गर्ने गरेका छन् । प्रहरी प्रमुखमा जाने निश्चित भैसकेका कुवेर राना मगर विरुद्ध पनि अनेकन षड्यन्त्र हुँदै गरेको हामी सबैलाई थाहा भएकै कुरा हो । किनभने पार्बतीलाई बेइज्जत गराउन एउटा जनजाति दराई चेली नै अगाडि राखिदिएपछि फलामले फलाम काट्न यस्तो गरिएको एउटा सुनियोजित घट्ना होकि भनेर सङ्का गर्न सकिन्छ ।  किनकी जनजातिहरुको मनोबल फुस्काउन सधैं जनजातिहरुलाई नै प्रयोग गर्दै आएको  चलन कुनै नौलो होईन ।
सामान्य अवस्थामा पनि एउटा प्रहरीले नेपाल प्रहरीमा भएका, मात्र दुई जना महिला डिआईजी मध्ये पार्वतीलाई देख्नासाथ चिन्नु पर्थ्यो । चिन्नैपर्छ । प्रहरी जस्तो इन्टेलिजेन्स सङ्ठनमा यतिको ठुलो लापर्वाही यदि अन्य देशमा भएको भए त्यस्ता कर्मचारी लाई तु बर्खास्त गरिन्छ । प्रहरी विभाग जस्तो अनुशासनमा चल्ने संस्थाको कर्मचारीबाट यो स्तरको गैरजिम्मेवारीपना देखाउने ति महिला प्रहरीलाई कार्वाही गराउने माग गर्नुको साटो केहि ब्यक्तिहरु उनको पक्षमा लाग्नु झन उदेक लाग्दो देखिन्छ । उनले थप्पड नै नहानेकोमा थप्पड हानेको कुरा किन गरिन त साचै नै रहस्यमय देखिन्छ । चिनेर पनि नचिनेको जस्तो अभिनय गर्न लगाएको हुन सक्छ, परिचय दिदा पनि केहि पनि गर्न पर्दैन भनेर सिकाइएको हुनु पर्छ । साथै बहकाबमा आउन सोझो दराइलाई कडा दवाब दिएको हुनु पर्छ र त्यस्तै लाग्दछ । त्यसैले प्रहरी जस्तो मायार्दित पेशालाई अनुशासनले सुसस्जित गरौ, ‘ कसैको बहकाउमा नलागी झुठ नबोलौ । प्रहरी पेशालाई मर्यादित बनाऔं । चाकरी हैन कर्तब्यको पालना गरौं । प्रहरीको कर्तब्यलाई सम्मानित बनाऔं । यसैमा सबैको र देशकै कल्याण हुनेछ

Error: No articles to display