A+ A A-

पार्टीमा आत्मसमर्पण गरिदैनः अशोक राई

 

नेकपा एमाले उपाध्यक्ष अशोक राईले आफूहरुले पार्टी सस्थापनसँग आत्मर्समर्पण नगर्ने बताएका छन् । एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ उपत्यका समन्वय कमिटीले २९ असारमा काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हिम्मत भए कारवाही गरेर देखाउन एमाले अनुशासन आयोगलाई चुनौति दिएका हुन । अघिल्लो साता एमाले अनुशासन आयोगले अधिकारका लागि वकालत गरेको भन्दै आदिवास जनजाति र मधेशी नेताहरुसँग लिखित बयान मागेका थिए ।

पार्टी नेतृत्वप्रति निकै आलोचक देखिएका र्राईले नयाँ पार्टी गठन गर्ने वा अन्य तरिकाले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउने भन्ने विषयमा भने केही बताएनन् । जनजाति र मधेशी नेताहरुलाई बस्ने वातावरण नबनाए बढी घाटा एमालेलाई नै हुने र्राई भनाई थियो ।

एमाले पोलिटब्यूरो सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीको आठो महाधिवेशनले जनजातिको अधिकारको पक्षमा कुरा उठाएको भए पनि त्यसलाई कार्यान्वयन गर्ने बेलामा नेताहरुले धोखा दिएको बताए । बल्खु दरबार धोकेबाज भएको गुरुङको टिप्पणी थयो ।

एमालेका युवा नेता अजम्बर काङबाङ र्राईले भने असन्तुष्ट जनजाति र मधेशी नेताहरुले वार कि पारको निर्णय लिन नसकेको भन्दै कडा विरोध जनाए ।

कार्यक्रममा रकम चेम्जोङ्, गोपाल ठाकुर, मङ्गलसिद्धी मानन्धर, रिजवन अन्सारी, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले बाहुन नेतृत्वबाट पिछडिएका समुदायको मुक्ति असम्भव रहेको धारणा राखेका थिए । उपत्यका समन्वय कमिटीका अध्यक्ष रामकुमारी महर्जनले सबै समुदायको अधिकार ग्यारेन्टी गर्न नसक्ने पार्टी, पार्टी गरहने बताए ।

तिलिसरा राना गाहा, काठमाडौं

Error: No articles to display