A+ A A-

जातीय पार्टी खोल्न लागेको होइनः लेखी

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिहरु जातीय राज्यको विरोधी भएको बताएका छन् । धरानमा आदिवासी जनजाति पत्रकारहरुद्वारा आयोजित कार्यक्रममा उनले आफूहरुले माग गरेको पहिचान सहितको प्रदेश जातीय नभएको धारणा राखेका हुन । आफू अध्यक्ष रहेको महासङ्घले कहिल्यै जातीय राज्यको वकालत नगरेको बताउँदै लेखीले जाति, भाषा, संस्कृति, ऐतिहासिक पृष्ठभूमि र भूगोलको आधारमा सङ्घीय राज्य हुनुपर्नेमा जोड दिए ।

सङ्घीयता र पहिचानको आन्दोलनसम्बन्धी अन्तक्रिर्या कार्यक्रममा बोल्दै आफूहरुले काठमाडैमा सम्पन्न गरेको राजनीतिक सम्मेलनका निचोडलाई नेपाली सञ्चारमाध्यमले नकेलाई जातीय पार्टी घोषणा गर्ने कुरा बाहिर ल्याएको आरोप लगाए । आफूहरुले खोल्न लागेको पार्टी जातीय नहुने उनको भनाई थियो ।

लेखीले यथास्थितिवादी राजनीतिक संस्कार बोकेका एमाओवादी, कांग्रेस र एमालेकै कारण संविधान बन्न नसकेको बताए । बाहुन नेतृत्वको पार्टीले सङ्घीयता अस्विकारेको उनको भनाई थियो ।

Error: No articles to display