A+ A A-

कालो झण्डा देखाउदा मन त चस्स दुख्छ

१ जलाई हंगकंग, एमाले इकाई कमिटि हंगकंगले याउ मा तेइ स्थित चर्चको हलमा नेपालको राजनितिक परीस्थिति विषयक एक अन्र्तरक्रिया कार्यक्रम आयोजना गरी प्रमुख बक्ता एमालेका नेता माधब कुमार नेपाललाई निम्त्याइएको थियो । चाइना गएर नेपाल फर्कने क्रममा नेता नेपाल हंगकंगमा आएको मौका छोपी कार्यक्रम राखिएको थियो । केहि दिन पहिला मात्रै हंगकंगका आदिवासी जनजाति विच पृथ्बी सुब्बा गुरुङ र आङकाजी शेर्पाले नेपालको तिन ठूला बाहुनबादी पार्टी र बाहुनबादको चर्को आलोचना गरी संबिधान सभा तिनै दलले विघटन गराएको आरोप लगाएका थिए । कतिपय आदिवासी जनजातिले यसै सन्र्दभलाई जोडी एमाले हंगकंग इकाई कमिटिमा रहेका आदिवासी जनजाति विरोधी बाहुनबादी आदिवासी जनजातिहरुले नै पृथ्वी सुब्बा गुरुङ र आङकाजी शेर्पाको वावाईलाई लेप लगाउन माधब कुमार नेपाललाई अन्र्तरक्रिया गराउने निउमा हंगकंग ल्याए आदिवासी जनजाति बिच फाटो ल्याउने काम गरेको आरोप लगाएका थिए ।
त्यसैले कार्यक्रमा शुरु गरी जब नेता नेपालले प्रमुख आतिथ्य ग्रहण गरे पछि कमिटिका उपाध्यक्षले स्वागत मन्तब्य दिदै थिइन । त्यस लगत्तै पछडिबाट होहल्ला शुरु भयो र कालो झण्डा हल्लाउदै नारा लगाउन शुरु गरे । बाहुनबाद मुर्दावाद । दलाल एमाले गद्धार हो । धोकेबाज एमाले मुर्दाबाद जस्ता नारा लेखिएको एउटा प्लेकार्ड पनि बोकेका थिए । यी सवै नाराका अलवा एकल जतिय पहिचान सहितको संघियता चाहिन्छ चाहिन्छ । आदिवासी जनजाति एक हौ जस्ता नारा लगाएका थिए । विरोध गर्न आउने र आयोजक विच धकला धकेल र ठेला ठेलम्म भएको थियो । तर परिस्थितिले त्यस्तो नराम्रो मोड भने लिएन । त्यस समयमा नेता नेपाल मञ्चमा बसेर आदिवासी जनजातिहरु आआफ्नै दाज भाई आआफै एकआपसमा भिडेको रमिता हेरिरेका थिए तर एक बचनसम्म बोलेनन ।

पछि उक्त भिड साभ्य भएपछि फेरि उपाध्यक्षले स्वागत मन्तब्य दिई अन्त गरीन । त्यसपछि नेता नेपालले सम्बोधन शुरु गरे । आदिवासी जनजातिको लागि पार्टीमा कुरा उठाउने मनै हो तर मलाई नै कालो झण्डा देखाउदा मन त चस्स दुख्छ नै । यसरी दुखेको मनले कसरी आदिवासी जनजातिको मुद्धालाई मैले अगाडि लान सक्छु भन्दै मन दुखाएका थिए । तर यसरी आदिवासी जनजातिको विषयमा बोल्ने गरेको भनेता पनि अहिलेसम्म कुनै ठोस कुरा नराखेको र एमाले पार्टीले आदिवासी जनजातिको मुद्धालाई अन्तिम समयमा आएर धोका दिएको भनेर आदिवासी जनजाति नेताहरुले नै आरोप लगाएको हुनाले नेता नेपालको कुरा सत्य नभएको जस्तो बुझिन्छ । संबिधान सभा विघटन भएकोमा आफुले कसैलाई पनि दोष नलगाउने भनी एमालेको पहिलेकै द्धत्य चरीत्र पनि त्यहाँ देखाएका थिए । अबको देशको निकासको बाटो यही र यस्तै हुने कुरा यकिन नभएकोले यसै भन्न नसकिने बताए । यदि गोलमेच सम्मेलन गर्ने हो भने कुन कुन पार्टी र कसकसलाई डाक्ने भन्ने कुरा अन्योल हुने र त्यसबाट पनि निकास सम्भव नहुने बताए । किनकि त्यसरी सम्मेलन गर्दा संघियता बिरोधी कमल थापा र चित्र बहादुर के सी जस्तालाई पनि डाक्ने कि नडाक्ने भन्ने पनि प्रश्न आउने उनले बताए । अबको निकास भनेको (१) संबिधान सभाको पर्नस्थापना र (२) जनमत संग्रहबाट पनि हुन सक्ने संभावना रहेको बताए ।
बाबुराम सरकार बिदेशीको इसारामा चलेकोले र संबिधानत अधिकार नै नभएको काम गरेर मंसीर ७ गते चुनाबको मिति घोषण गरेको आरोप लगाए । अबको विकल्प भनेको नयँ सहमतिय सरकार र त्यही सरकारले मात्र चुनाबको मिति घोषण गर्ने र चुनाबमा जान सकिने जिकिर गरेका थिए । 
कार्यक्रम एमाले हंगकंग इकाई कमिटिका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । नेता नेपालको सम्बोधन पछि प्रश्नोत्तर कार्यक्रम पनि भएको थियो ।    

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर