Error: No articles to display
सहिद थनेत अमर रहुन !
Created on Friday, 08 June 2012 15:26
सहिद धनबहादुर थनेतको शवयात्रा सम्पन्न भएको छ । अधिकारका लागि शान्तिपुर्ण आन्दोलनको क्रममा बैशाख २७ गते एकात्मक राज्यको भरौटे नेपाल प्रहरीको गोली हानेका थिए । नवलपरासीस्थित कावासोती फलफुलचोकबाट २६ जेठमा शुरु भएको शवयात्रा थारु राष्ट्रिय संग्रहालय डण्डा पुगेर सकिएको सम्पन्न भएको थियो ।
वीर सहीद अमर रहुन,जनजाति एकता जिन्दाबाद, हाम्रो आन्दोलन जारी छ, जस्ता नारा सहित गरिएको सो शवयात्रामा हजारौं र्सवसाधारणहरुले सहभागीता जनाएका थिए ।
सहभागी सबै अत्यन्त भावुक देखिन्थे । सहीद धनबहादुरको पार्थिव शरीरलाई थारु संग्रहालयको परिसरमा श्रद्धान्जलीका लागि दुइ घण्टा सम्म राखिएको थियो । यही संग्रहालयमाथि वाहुन क्षेत्रीले गरेको तोडफोडको बिरोधमा आन्दोलनको नेतृत्व गर्दा वहालाई गोली हानिएको थियो ।
सहिद थनेतको पार्थिव शरीरमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखी, थरुहट संर्घष्ा समितिका अध्यक्ष लक्ष्मण थारु, थारु कल्याणकारिणी सभा केन्द्रिय अध्यक्ष तथा थारु संयुक्त संधर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरी, पूर्व सभाषद रुक्मिणी चौधरी लगायतले झण्डा ओर्ढाई सम्मान सहित श्रद्धान्जली अर्पण गरेका थिए। जिल्ला स्थित जनजाति नेताहरुले पनि श्रद्धान्जली ब्यक्त गरेका थिए ।
प्रेमध्वज गाहा मगर, कावासोती