A+ A A-

नन्दबहादुर घर्ती मगरको हत्यारा र उस्को मतियारलाई फांसी दे : गोरेबहादुर खपांगी फाउंडेसन !

राज्यसत्ता बिसेस ,


काठमाण्डौ, मंसीर २८ गोरेबहादुर खपांगी फाउण्डेशनका सक्रिय सदस्य, नेपाल मगर संघ केन्द्रिय समितिका पूर्ब उपाध्यक्ष,राजनीतिक बिषलेशक एबं सालिन ब्यक्तित्व र राजनेताको छबि बनाउन सफल हुनुभएका नन्द बहादुर घर्ती मगरको हत्यारा र उस्को मतियारलाई पत्ता लगाई फांसीको सजाय दिन नेपाल सरकारका गृहमन्त्रिी रामबहादुर थापा मगरलाई गोरेबहादुर खपांगी फाउंडेसनको टोलीले उहांकै कार्यकक्षामा भेटी मंसीर २७ गते ज्ञापन पत्र बुझाएको छ ।

गोरेबहादुर खपांगी फाउंडेसनका अध्यक्ष हुमबहादुर थापा मगरको नेतृत्वमा गएको टोलीले नेपाल सरकारका गृह सचिब प्रेम कुमार राईलाइ समेत भेटी उक्त घटनाको जानाकारी गराएको छ ।
फाउंडेसनले यथासिध्र चांडो हत्यामा संग्लंगन हत्यारालाई पत्ता लगाई कानुनी कठाधारामा ल्याई पिडित परिवारलाई न्याय दिन दांग जिल्ला प्रशासनलाई समेत ध्यानाकर्षण गर्न त्यस तर्फ जाने भएको छ र फाउंडेसनले सुरक्षा ब्याबस्थाको समेत सरकारलाई माग गरेको छ ।
घर्ती मगरको मंसीर १३ गते बेलुकी अन्दाजी ५ बजे तिर धारिलो हतियार परियोग गरि पासबिक तरिकाले हत्या गरिएको थियो । फाउंडेसनले यस बिभत्स हत्याको धोर निन्दा र भत्सर्ना गर्दछ ।

पढ्नुहोस ज्ञापनपत्रको सारंस :




 























 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 





माननीय मन्त्रीज्यू,
गृह मन्त्रालय सिंहदरबार, काठमाडौं ।

 बिषय :ज्ञापनपत्र सम्बन्धमा ।
महोदय,
प्रस्तुत सम्बन्धमा गोरेबहादुर खपाङ्गी फाउन्डेशनका संस्थापक तथा सक्रिय सदस्य एवं नेपाल मगर संघको पूर्व उपाध्यक्ष तथा हालका सल्लाहकार श्री नन्दबहादुर घर्तिमगरको मिति २०७५।८।१३ गते साँझ करीब ४.०० बजेको समयमा निजले संचालन गरी आएको दाङ, घोराहीस्थित हार्डवेयर पसलबाट सोही ठाउँ निवासी अमर खत्रीले अपहरण गरी लगी हत्या गरेको तथ्य यस मन्त्रालयलाई जानकारी भइसकेकै हुनुपर्छ । अभियुक्त अमर खत्रीले अपहरण गरी लगेको करीब एक घण्टाको बीचमै निज घर्तिमगरको हत्या पनि भैसकेको थियो भन्ने कुरा घटनाक्रमले देखाई सकेको छ । यो विभत्स, पासविक, क्रुर र कायरतापूर्ण हत्याको विरुद्ध यस फाउन्डेशनले प्रेस विज्ञप्ति जारी गरिसकेको छ र हत्यामा सम्लग्न मुख्य अभियूक्त मध्येको एक हाल अनुसन्धानको दायरामा ल्याइसकिएको छ र निज हत्यारा पक्राउ पर्नुमा निज नन्दबहादुर घर्तिमगरकै श्रीमती सुमित्रा घर्तिमगरको तदारुकताले रंगेहात पक्राउ गर्न सफल भएको तथ्य विभिन्न समाचारमाध्यमबाट सार्वजनिक भैसकेको छ । यद्यपि निज नन्दबहादुर घर्तिमगरको हत्यामा अभियुक्त अमर खत्रीबाहेक अन्य व्यक्तिहरु पनि मतियार सहयोगीको रुपमा रहेको तथ्य तत्कालीन समयको मोबाइल वार्ता, घटनाक्रमले देखाइसकेको छ र घटनामा संलग्न सुनमाया डाँगी तत्कालै पक्राउ पनि परेकोमा हाल अपराध अनुसन्धान गर्ने प्रहरीले बिना केरकार, वास्तविकता पत्ता नलगाई अर्थात् निज घटनामा संलग्न व्यक्ति हो भन्ने तथ्य मृतककी श्रीमती सुमित्रा घर्तिमगरसंगको मोबाइल वार्ताबाट खुल्नेमा निजलाई समेत नबुझी छोड्नु, उज्यालो भएकै समयमा एकजना व्यक्तिले मृत लास खोलासम्म पु¥याउन नसक्ने र मृत लासलाई ट्याम्पुमा राखी लगेको भन्ने स्थानीय व्यक्तिहरुले जानकारी गराएकोमा सोबारेमा सोधपुछ, छानबिन नगरी अन्य व्यक्तिलाई पक्राउ नगर्नुले अपराध अनुसन्धान फितलो र अभियुक्त अमर खत्रीलाई सुरक्षा दिन राखिएको महसुश गराएको छ र यसले दण्डहिनतालाई प्रश्रय दिएको प्रष्ट भएको छ । यस परिप्रेक्ष्यमा यस मन्त्रालयको सहयोगको लागि सिलसिलेवार रुपमा घटनाक्रमलाई प्रष्ट्याएका छौं । यसैले यस घटनामा संलग्न भएका अन्य अपराधीहरुलाई अपराध अनुसन्धान तहकिकातको दायरामा ल्याई कारवाहीको लागि जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौं । 
नन्दबहादुर घर्तिमगरको हत्या सिलसिलेवार घटनाक्रमः
 २०७५।८।१३ गते अपरान्ह ४ बजे अमर खत्रीले फोन गरी त्यसको केही समयपछि निज खत्री लिन आएको र पुल सम्म सँगै लिएर गएको दृश्य नन्दबहादुर घर्ति मगरकी वर्ष ३ की कान्छी छोरी याङशु घर्तिमगरले देखेको र सो कुरा उनले आफ्नो दिदी वर्ष ८ की यूङला घर्ति मगरलाई भनि सके पश्चात आमा अर्थात मृतक नन्द बहादुर घर्ति मगरकी श्रीमती सुमित्रा घर्ति मगरले थाहा पाउदा उक्त व्यक्ति अमर खत्रि रहेको ।

नन्दबहादुर घर्तिमगरले व्यवसाय गर्दै आएको ठाउँ घोराही नयाँबसपार्कबाट निज खत्रीले  नन्दबहादुर घर्ति मगरलाई लिएर गएको ।


त्यसको ००.४५ मिनटपछि नन्दबहादुर घर्तिमगरको श्रीमती सुमित्रा घर्तिमगर पसलमा आएको र आउनासाथ छोरीले आमालाई ‘बाबालाई अमर खत्री मामाले लिएर जानु भयो’ भनेर सुनाएको ।


छोरीको कुरा सुन्नासाथ श्रीमती घर्तिमगरले पहिले श्रीमान नन्दलाई फोन गरेकोमा पटक पटक फोन गर्दा पनि निजको फोन नउठेपछि निज अमर खत्री नाम गरेका व्यक्तिलाई फोन गर्नु भएको तर निजको पनि फोन नउठेको ।


पुनः फोन गरेपछि मात्रै अमर खत्रीले फोन उठाएको । फोनमा ‘मेरो श्रीमानलाई फोन दिनुस्, किन वहाँको फोन उठेन ?’ भनी प्रश्न गर्दा जवाफमा अमर खत्रीले ‘वहाँ अहिले साथीहरुसंग कुरा गर्दै हुनुहुन्छ ।’ भनेकोमा पुन श्रीमती घर्तिमगरले जसरी भएपनि फोन दिनुस भन्दा निज अमरले फोन काटेको ।


पुनः श्रीमती घर्तिले फोन गर्नुंभयो तर अमरको फोन उठेन । पटक पटकको फोनको प्रयासपछि फोन उठ्यो, फोनमा अमर खत्रीले नबोलेर निजको फोनमा अर्कै एकजना महिलाले फोन उठाएर कुरा गरेको ।

 
ती महिलाले फोनमा श्रीमती घर्तिमगरलाई ‘तिम्रो पोइ यहाँबाट पैसा लिएर गैसक्यो, कता रेष्टुरेन्टमा गएर रक्सी खाएर बसेको होला, यहाँ धेरै फोन नगर’ भनी धम्काएर फोन काटेको ।


मोबाइलमा बोल्ने महिला अमर खत्रीको घरपट्टी, सुनमाया डाँगी भन्ने महिला रहेको ।


श्रीमती घर्तिमगरलाई शंका लागेपछि निज आफ्नो केही साथीहरुलाई लिएर अमर खत्री डेरा लिई बसेको घरमा पुग्नु भयो ।


सो स्थानमा श्रीमती घर्तिमगर पुग्दा निज अमर खत्री रगतले लतपत्तिएको कपडा फेर्दै गरेको अवस्थामा भेटिएको ।

 
त्यस्तो अवस्थामा देखेपछि श्रीमती घर्तिमगरले तुरुन्तै प्रहरीलाई खबर गर्नु भई प्रहरी आई अमरलाई लिएर गएको ।


पुनः घर्तिमगरसंगै गएका महिलाहरुले निज महिलालाई केरकार गर्दा निजले केही समयअघि फोनमा बोल्ने महिला आफू नै भएको र आफू पनि सो घटनामा संलग्न भएको कुरा स्वीकार गरेकोे, जसले गर्दा प्रहरीले निजलाई पनि पक्राउ गरी लगेको ।


प्रहरी नियन्त्रणमा रहेकी डांगीलाई प्रहरीले सामान्य सोधपुछ पश्चात अनुसन्धानको दायरामा नराखेको कुरा जानकारीमा आएको ।

तिनै सुनमाया भन्ने महिलासंग पछि टोलको महिला समूहले निज सुनमायासंग घटनामा निजको संलग्नताबारे सोधपुछ गरी जानकारी लिन खोज्दा ‘मेरो बारेमा चिन्ता लिनु पर्दैन, म आफूलाई लागेको आरोपको बारेमा सबै व्यवस्था मिलाई सकेको छु, मलाई कुनै समस्या छैन’ भनी निज अनुसन्धानको दायरामा नपरेको कुरा सगर्व प्रस्तुत हुनुले निजलाई प्रहरीले सहजै छोडिदिएको स्पष्ट हुन्छ ।

 

मागहरु:
१. किटान हुन सक्ने शंकास्पद महिलालाई अपराध अनुसन्धान तहकिकातको दायरामा ल्याई कारवाही  गरियोस् ।
२. मृतक नन्दबहादुर घर्तिमगरलाई शहिद घोषणा गरियोस् ।
३. मृतक नन्दबहादुर घर्तिमगरको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइयोस् ।
४ मृतक नन्दबहादुर घर्तिमगरको नाबालक छोरीहरु वर्ष ८ कि यूङला घर्ति मगर, वर्ष ३ की याङशु घर्तिमगर र वर्ष १ को छोरा शेराङ घर्तिमगरलाई स्नातकोत्तर सम्म निशुल्क शिक्षा र वर्ष ३१ की पत्नी सुमित्रा घर्तिमगरलाई रोजगारी प्रत्याभूति राज्य पक्षबाट गरियोस् ।
 
मिति २०७५/८/२४ गते 
             भवदीय

 

      ............................
          हुमबहादुर थापा
              अध्यक्ष

 

 


 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर