A+ A A-

खपांगीको भाषणले निदाएको मानिस पनि कपालका रौं ठांडो पार्दै बिउझिन्थे - डा. शाक्य

भिम राना
ललितपुर,बैशाख १०— गोरेबहादुर खपाङ्गीको नेपाली राजनितिमा योगदानको चर्चा भएको छ ।
  राजधानीमा ८ गते सनिबारका दिन एक कार्यक्रमका विच गोरे बहादुर खपाङ्गी फाउण्डेशनद्वारा आयोजित “नेपालको राजनितिमा गोरे बहादुर खपाङ्गीको योगदान विषयक” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  हो ।

कार्यक्रम फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा मगरको सभापतित्वमा फाउण्डेशनका सदस्य द्धय अधिबक्त मोहन शासंखरले स्वागत मन्त्बय र गायत्री राना मगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।
  कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि  डा. केशवमान शाक्यले  नेपालमा आदिवासी जनजाती महासंघको स्थापना समकक्षी हुनुमा खपाङ्गीको ठुलो योगदान रहेको बताउनु भयो । डा. कृष्ण भट्टचनको भाषण भृकुटी मण्डलका बाहुनहरुले कान थापेर सुन्थे भने सोहि स्थानमा गोरेबहादुर खपांगीको भाषणले त झन निदाएको मानिस पनि कपालका रौं ठांडो पार्दै बिउझेर खपांगीको भाषण सुनेको भृकुटी मण्डलका उनई बाहुनको कथन थियो र उनले भनेको अ‍ैले जस्तै लाग्छ , डा. शाक्यलले स्मरण गर्नु भयो ।
   अतिथिहरु माननीय सांसद अनिल कुमार झा, डा. ओम गुरुङ्ग, डा. श्रीराम शर्मा, मगर बुद्घ संघ नेपालका अध्यक्ष क्या. देउबहादुर राना मगर, नेपाल मगर संघका पूर्व अध्यक्ष यम बहादुर बुढाथोकी मगर,अधिवक्ता गौ बहादुर आले मगर, मगर्स क्रियसन इन्भेस्टमेन्ट प्रा.लि. का सि.इ.ओ. आशिरवाद पुन मगर, मेजर हरि बहादुर थापा मगर, मगर साँस्कृतिक संघका अध्यक्ष कविराज मगर, राजनितिज्ञ बलदिप राई, अधिवक्ता केहेर सिं राना मगर, समाजसेवी गुप्त बहादुर राना मगर, गम बहादुर थापा मगर र सन्जोग लाफा मगरको उपस्थिति रहेको थियो ।
  प्रमुख अतिथि डा. केशवमान शाक्यले नेता गोरे बहादुर खपाङ्गी मगरको तस्वीरमा खादा अर्पण गरि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता केहेर सिं राना मगरले वहाँको लगनशीलता, इमान्दारीता र चिन्तनप्रति सदैव प्रभावित भएको र वहाँले मगरहरुमा आत्मविश्वास जगाएको विचार व्यक्त गर्नुभयो भने यम बहादुर बुढाथोकीले वहाँ बहुआयामिक, स्पष्ट वक्ता र मास कन्ट्रोल गर्ने अभुतपूर्ण क्षमता भएको व्यक्तिको रुपमा चित्रण गर्नुका साथै आफ्नो सहपाठीलाई विश्वस्त पारी अनिवार्य संस्कृत विषय पाठ्यक्रमबाट हटाउन सफल भएको कुरा बताउनु भयो ।
  त्यसैगरी अधिवक्ता गौ बहादुर आल मगरले गोरे बहादुर खपाङ्गी र एम.एस. थापाद्वारा स्थापित नितिले अहिलेको संविधानमा जनजाति, महिला र दलितलाई समावेश गर्न वाध्यताको अवस्था सिर्जना गरेको अभिव्यक्ति  पस्तुत गर्नु भयो । सम्बोधनकै क्रममा बलदिप राईले खपाङ्गीको योगदान भनेकै पछ्याउने होइन हिड्ने हो, बनाइने होइन बन्ने हो र पिछलग्गु होइन समकक्षी बन्ने हो भन्ने कुरा बताउनु भयो ।
माननीय अनिल कुमार झाले खपाङ्गी जस्ता नेता पाएर पनि आदिवासी जनजातिले वहाबाट फाइदा उठाउन नसकेको विचार व्यक्त गर्नुभयो भने डा. श्रीराम शर्माले खपाङ्गी सबैको प्रेरणाको श्रोत भएको बताउनु भयो । त्यस्तै डा. ओम गुरुङ्गले आदिवासी जनजातिको भाषा, संस्कृति, धर्म संस्कारको संरक्षण सम्बद्र्घनको विषयलाई लिएर जुन किसिमको जातिय चेतनाको बिजारोपण गर्नुभयो र आदिवासी जनजातिको अधिकारमुखि सन्देश फैलाउन सफल हुनु भयो त्यो नेपालको आदिवासी जनजाति इतिहासमा स्वर्णीम अक्षरमा लेख्नुपर्ने अभिमत राख्नुभयो ।
  अन्त्यमा कार्यक्रमका सभापति हुम बहादुर थापा मगरले गोरे बहादुर खपाङ्गी  फाउडेसनले स्व. नेता खपांगीको स्मृति ग्रन्थ यही २०७५ साल सावन महिना भित्रमा प्रकाशन गर्न गईरहेकोले खपांगी संग संबन्धित बिषय अन्तर्गत रहने गरी ३००० शब्दमा नबढाईकन लेख तयार पारेर उपलब्ध गराउन अनुरोध गर्नु भयो । नेपालमा गोरेबहादुर खपांगीको राजनीतिक योगदान ,नेपालको सामाजिक,राजनीतिक आन्दोलनमा खपांगीले पुर्याएको योगदान, सामाजिक चेतना बिकाशमा खपांगीको योगदान ,खपांगी संगको अन्तरंग सम्बन्धको संसस्मरण , खपांगी संग जोडिएको महत्वपूर्ण धटना , खपांगीको बहुआयामिक ब्यक्रित्वलाई प्रकाश पार्ने लेख र गोरेबहादुर खपांगी सम्बधी कबिता गीत आदी रचना जस्ता लेखहरु उपलब्ध गराउन पनि अनुरोध गर्नु भयो । अध्यक्ष थापाले धेरै काम गर्न बाँकी भएको कुरा राख्दै प्रमुख अतिथि, अतिथि तथा उपस्थित सबैमा धन्यवाद टक््रयाउदै कार्यक्रम औपचारिक समापनको घोषणा गर्नु भयो ।
फोटो:भिम राना

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर