A+ A A-

भिमादमा मातृभाषामा साहित्यीक प्रतियोगिता

मगर भाषामा वसन्ती र गुरुङ भाषामा सुमिका प्रथम

मगर लेखक संघले प्रदेश न. ४ का विभिन्न ७ स्थानमा साहित्यीक गोष्टीको आयोजना गर्दै 

विनोद रखाली मगर

फागुन ४, तनहुँ

अन्तराष्ट्रिय मातृभाषा दिवश फेव्रअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत तनहुँको भिमादमा शुक्रबार मातृभाषामा साहित्यीक प्रतियोगिता सम्पन्न गरेको छ ।

दिगो विकाशका लागी भाषिक विविधता र वहुभाषिकताको गन्ति भन्ने उद्धघोषका साथ अभियानको पहिलो कार्यक्रमको उद्धघाटन गर्दै भिमाद नगरपालिकाका नगर प्रमुख मेख वहादुर थापा मगरले सबै भाषा, धर्म र संस्कृतीको विकाश र जर्गेना गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । पछिल्लो समय मातृभाषाको अवस्था लोपोन्मुख हुदै गइरहेको अवस्थामा भाषिक कार्यक्रमले सरक्ष्ांणमा टेवा पुग्ने वताउनुभयो ।

नेपाल मगर संघका पूर्व उपाध्यक्ष डा. देव वहादुर थापा मगर, नेपाली काङ्ग्रेस महासमिति सदस्य जीत प्रकाश आले मगर, मगर लेखक संघ केन्द्रीय सदस्य रुद्र श्रीष मगर, सेतिकाली साहित्य सगंमका अध्यक्ष कैलाश नारायण सिग्देल, नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष झक सारु मगर, साहित्यकार दधिराज सुवेदी, नेपाल मगर संघ तनहुँ जिल्ला सदस्य, पूर्ण वहादुर थापा मगर, नेपाल मगर लेखक संघ कास्की जिल्ला अध्यक्ष पूर्ण वहादुर ठाडा मगर , मिर्छुलुङ् ग्रामिण होम स्टेका अध्यक्ष नरेन्द्र थापा मगर लगाएतले बोल्नुभएको थियो ।


मातृभाषामा साहित्य प्रतियोगिता अन्तरगत मगर भाषा तर्फ बसन्ती थापा मगर प्रथम, मोनिका थापा मगर द्धितीय, कृष्ण राना मगर तृतीय र गम वहादुर रानाले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । विजेताहरुलाई क्रमश प्रथम रु. ३,०००, द्धितीय रु. २,०००, तृतीय रु. १,००० र सान्त्वना रु.५०० तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरीएको थियो । मगर भाषा तर्फ विभिन्न विद्यालय र क्याम्पसका ७ जना को सहभागिता रहेको थियो । यता गुरुङ् भाषा तर्फ सुनिता गुरुङ्ले प्रथम स्थान प्राप्त गर्दै नगद रु. ३,००० र बबि गुरुङ्ले द्धितीय स्थान प्राप्त गर्दै नगद रु. २००० तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको निर्णायक तर्फ साहित्यकार फुल कुमारी थापा मगर, साहित्यकार रुद्र श्रीष मगर, साहित्यकार धिरेन्द्र थापा मगर रहनुभएको थियो । अप्रतियोगिता तर्फ धिरेन्द्र राई, कैलाश नारायण सिग्देल, दधिराज सुवेदी, राम शरण गैह्रे, बालकृष्ण गैह्रे, तिर्थ गैह्रे लगाएतले नेपाली तथा अन्य भाषामा कविता प्रस्तुत गरेका थिए । कलाकार कृष्ण वि.क.ले झ्याउरे तथा लोक गित प्रस्तुत गरेका थिए । यसैविच मिर्छुलुङ् ग्रामिण होम स्टेको तर्फ देखि मौलिक कौरा र मगर संघ भिमादको तर्फदेखि मौलिक झ्याउरे प्रस्तुत गरिएको थियो । नेपाल मगर संघ भिमाद नगरपालिकाका अध्यक्ष रि वहादुर थापा मगरको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा कृष्ण थापा मिगिन र कुसुुम रखाली मगरको सन्चालनमा र संघका अध्यक्ष गीता थापा मगर बेलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


नेपाल मगर लेखक संघ गण्डकी अन्चल समितिले मातृभाषा दिवशको अवशरमा विभिन्न संघ संस्था संग समन्वय गरी प्रदेश न. ४ का विभिन्न सात स्थानमा मातृभाषामा कविता प्रतियोगिता तथा साहित्यीक गोष्टीको आयोजना गर्ने भएको छ । फागुन ५ गते स्याङ्जाको हरिनास गाउँपालिका स्याङ्जामा , फागुन ७ गते तनहुँको दमौलीमा, फागुन ९ गते तनहुँको देवघाट गाउँपालिकामा र गोरखा जिल्लामा साथै पोखरा लेखनाथ महानगरपालिकामा आयोजना गर्ने जनाएको छ । 

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी