A+ A A-

खपाङ्गी फाउनन्डेशनले क्यालेन्डर प्रकाशन गर्ने

राज्यसत्ता

काठमाडौँ यही फागुन ३ गते  गोरेबहादुर खपाङ्गी फाउनन्डेशनको बैठक संस्थाका अध्यक्ष हुमबहादुर थापामगरको अध्यक्षतामा बसी विभिन्न प्रकारका निर्णय पारित गरेको छ ।

फाउनन्डेशनले संस्थाका सचिव भावेश भुमरी संयोजक रहने गरी २०७५ सालभरिका वार्षिक कार्यक्रमहरूलाई समेटेर क्यालेन्डर प्रकाशन गर्ने निर्णय गरेको छ । क्यालेन्डर प्रकाशनका लागि विभिन्न व्यक्ति र संघसंस्थाबाट विज्ञापन सङ्कलन गर्ने निर्णय पनि गरेको छ । विज्ञापन सङ्कलन संयोजकमा संस्थाका सदस्य गायत्री राना रहनुभएको छ । बैठकले प्रकाशित क्यालेन्डरको विमोचनसहित नेता खपाङ्गीका बारेमा अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय पनि गरेको छ । नेता खपाङ्गीकै स्मृतिग्रन्थ प्रकाशन गर्ने कार्यलाई मूर्त रुप दिने निर्णयसमेत गरेको छ ।

बैठकमा उपाध्यक्ष रुद्र गुर्मछान, कोषाध्यक्ष केबी राना, सचिव भावेश भुमरी, सदस्यहरू चन्द्रबहादुर थापा, गायत्री राना र विष्णु सिंजालीमगरसहित मगर संघ इजरायलकी अध्यक्ष विष्णु पुनमगरको उपस्थिति रहेको थियो । कार्यक्रममा आमन्त्रित सदस्यको रूपमा उपस्थित विष्णु पुनमगरलाई संस्थाका अध्यक्ष हुमबहादुर थापामगरले खादा ओढाएर सम्मान गर्नुभएको थियो । मगर क्रियशन इनभेष्टमेन्टको विश्व संयोजकसमेत रहनुभएकी विष्णु पुनमगरले फाउन्डेशनको आजीवन सदस्यताको रकमसहित संस्थालाई पाँच हजार आर्थिक सहयोग पनि गर्नुभएको थियो । सोही बैठकमा आजीवन सदस्यसहित आर्थिक सहयोग गर्नुहुने पुनमगर, आजीवन सदस्य बन्नुहुने संस्थाका उपाध्यक्ष रुद्र गुर्मछान, विनोद थापा (अष्ट्रेलिया) र इन्जिनियर प्रभास राई (अष्ट्रेलिया) लाई  हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर