A+ A A-

खपाङ्गीको बौद्धिक र ब्यक्त्तित्वले विरोधीहरु पनी उहाँको भाषण सुन्न लालायित हुन्थे:अशोक राई(भिडियो सहित)

यामुना राना मगर /सञ्जय सिँजाली मगर

काठमाण्डौ, असोज २९ स्व. गोरेबहादुर खपाँङ्गीको “खपाँङ्गीको विचारधारा” नामक पुस्तक असोज २८ गतेका दिन एक कार्यक्रमका  विच विमोचन गरिएको छ ।


“खपाँङ्गीको विचारधारा”को किताब यो लिङक थिच्नुहो:स्व. खपाँङ्गिीले राष्ट्रिय जनमुक्ती पार्टीको चौथो राष्ट्रिय महाधिवेशनका लागी तयार गरी तत्कालिन केन्द्रिय समितिमा पेश गरिएता पनि महाधिवेशनमा प्रस्तुत हुननसकेको खपाँङ्गीको विचारधारा नै सो पुस्तकको रुपमा प्रकाशन गरिएको छ । स्व. खपाँङ्गीको निधन भएको ४९ दिनऔको पुण्य तिथिको अबसरमा  आयोजना गरिएको श्रदाञ्जली सभामा खपाँङ्गीको विचारधार पुस्तकको विमोचन संघिय समाजवादी फोरम पार्टीका बरिस्ठ नेता एबम माननिय सांसद अशोक कुमार राईले गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री राईले स्व.खपाङ्गी स्पष्ट बक्ता, भाषणबाज ,मिलनसार व्यवहार, उच्च बौद्धिक ज्ञान, शरल जिवन शैली र प्रभावशाली वक्तृत्वकला भएका कारण उँहा सबैको प्रिय बन्न सफल भएको भन्दै उहाँका विरोधीहरु पनी उहाँको भाषण सुन्न लालायित हुन्थे भन्नु भयो । दँशैमा टिका लगाएका कारण  आलोचित हुनुपरे पनी अफुबाटा उहाँप्रतीको सम्मान र श्रद्धामा कमी नआएको भन्दै उहाँका विचारधारा सदैव अमर रहने छ भन्नु भयो ।

  त्यस्तै श्रदाञ्जली सभामा नेपाल आदिवासी जनजाति महासंघका संस्थपक महासचिव शुरेस  आले मगर, पुर्व मन्त्री तथा नँया शक्तीका डा. केशवमान शाक्य, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, तामाङ मातृ माषाका भाषाविद अमृत कुमार  योन्जन तामांग, एल.डि.पी पार्टीका केन्द्रिय सदस्य टोप सारु मगर लगायतले मन्तव्य राख्दै स्व.खपाङ्गीको जीवनी उहाँको राजनितिक जिवन, उहाँले जनजाती तथा  सिंगो  देशलाई पुराएको योगदान तथा उहाँको व्यक्तित्व  माथी प्रकाश पार्नु भएको यियो । 

साथै गोरेबहादुर खपाङ्गी फाउन्डेशनको स्थापाना महत्वपुर्ण र ऐतिहासिक भएको भन्दै  उहाँका सबै अन्तरवार्ता,भाषणलाई संकलन गरी मार्गदर्शनको रुपमा राख्नु पर्नेमा जोड  दिईएको थियो । गोरेबहादुर खपाङ्गी फाउन्डेशनले आयोजना गरेको श्रद्धाञ्जली सभामा स्व. गोरे बहादुर खपाङ्गी की धर्मपत्नी विद्या राना खपाङ्गी विशेष अतिथीको रुपमा उपस्थिति रहनु भएको थियो ।
 

अन्य अतिथिहरुमा राष्ट्रिय जनमुक्ती पार्टीका सहअध्यक्ष बुद्ध श्री लामा, राष्ट्रिय जनमुक्ती पार्टीका बरिष्ठ उपाध्यक्ष क्या. यमबहादुर बुडाथोकी मगर, एल.डि.पीका कार्यबहाक अध्यक्ष गणेशबल तामाङ ,समाजसेबि बमकुमारी बुढा मगर,नेपाल मगर बुद्ध सेवा समितिका केन्द्रिय अध्यक्ष क्या. देउबहादुर राना मगर, राष्ट्रिय जनमुक्ती पार्टी लोकतान्त्रीकका महासचिब चन्द्र बहादुर श्रीस मगर, बरिष्ठ अधिबक्ता गौबहादुर आले मगर, आदिकबी जीतबहादुर सिंजाली प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफ मगर, पूर्ब जनरल श्यामबहादुर थापा मगर अतिथि हुनुहुन्थ्यो ।

त्यस्तै फाउण्डेशनलाई जग्गा दाता पबिता सुसलीँग मगर,ललितपुर मगर समाज सेवा केन्द्रका अध्यक्ष ले. मानबहादुर बुडा मगर,रा.ज.मु.पा संघिय माहासभाका सदस्य क्या. दुर्गा प्रशाद गुरुंग,नेपाल मगर संघका पूब केन्द्रिय कोषाध्यक्ष क्या.कुल प्रशाद पुन मगर,नेपाल मगर बिध्यार्थीस संघका पूर्ब अध्यक्ष  भोज बिक्रम बुढा मगर , समाजसेबिद्धव मेजर सुर्जबहादुर थापा मगर र मेजर हरीबहादुर थापा मगर, नेपाल मगर संघ काठमाण्डौ जिल्ला समितिका सचिब रधु थापा मगर,नेपाल मगर संघ सास्कृतिक संघका अध्यक्ष कबिराज थापा मगर लगायत जनजाती नेता तथा अगुवाहरुहरुको करिब १५० जनाको उपस्थिती रहेको थियो  ।

श्रदाञ्जली सभाका सभापतीत्व गर्नुभएका राज्यसत्ता डटकमका प्रबन्धक तथा गोरे बहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुम थापा मगरले नेता खपाङ्गीको अदर्श, सिद्धान्त र विचारलाई जनताको मन मस्तिष्कमा  जीवन्त वनाउने दुरगामी सोँचका  साथ फाउण्डेशनको स्थापना गरेको भन्दै सबैको सल्लाह सुझावलाई आत्मसाथ गर्दै फाउण्डेशनलाई अगाडी बढाउने भन्दै यसको लागी सबैको साथ र सहयोगको जरुरी रहेको र निकट भबिस्यमा सबै पक्ष संग अन्त्ररकृया गदै अगाडी बढने  बताउनु  भयो  ।

कार्यक्रमको सुरुवातमका प्रमुख अतिथि लगाएत उस्थित सबै अतिथिहरु बाट उहाँको मृतआत्माको चिरसान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरी खपाँगीको तस्बिरमा पुस्पगुच्छा र माल्याअर्पण गरीएको थियो । “खपाङ्गीको विचारधारा” लाई राष्ट्रिय जनमुक्ती पार्टीका केन्द्रिय सचिब बलदिप प्रभाश्वर राईले प्रस्ट रुपमा टिपणी गर्दै यो किताबले राष्ट्रिय जनमुक्ती पार्टीलाई मात्रै नभई सिंगो राष्ट्रलाई मर्गदर्शकको रुपमा सहयोग पुग्ने बताउनु भयो ।

फाउण्डेशनका अध्यक्ष हुमबहादुर पचभैया थापा मगरको अध्यक्षतामा सस्थाका सदस्य बिष्णु सिंजाली मगरले खपाँगीको चर्चा गर्दै अतिथिज्यूहरुलाई स्वागत मन्तब्य दिनु भएको थियो भने सस्थाका उपाध्यक्ष रुद्र गुर्माछान मगरले सन्चालन गर्नु भएको कार्यक्रममा सस्थाका कोषाध्यक्ष खुनबहादुर राना मगरले ब्याबस्थापनको जिम्मा सम्हाल्नु भएको थियो । कार्यक्रम तमु बौद्ध समाजको भवन आनमनगरमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बाट पाउण्डेशनको आजिवन सदस्य बने बापत मनिराज पुन मगरलार्इ सम्मान गरिएको थियो ।

 

स्व. खपाँङ्गीको ४९ दिनऔको पुण्य तिथिको अबसरमा बिहान ८ बजे देखि खपाँगी परिवार र आफन्तजनले मगरबौद्ध सस्कार र भिक्षुबाट शान्ती पुजापाठ सम्पन्न गरिएको थियो । 

“खपाँङ्गीको विचारधारा” लाई उहाँका छोरी चारु खपाँगी र जवई चन्द्रबहादुर थापा मगरले आर्थिक ब्यबस्थापन गर्नु भएको छ भने गोरेबहादुर खपाँगी फाउण्डेशन प्रकाशक रहेको उक्त किताबको मुल्य फाउण्डेशनलाई सहयोग स्वरुप नेपाली दुई सय रुपैया र बिदेसको लागी यू.ए.ए पाँच डलर राखिएको छ ।

पुरा तस्बिर र भिडियो हेर्न तलको लिङक थिच्नुहोस:

Rajyasatta

 

Error: No articles to display