A+ A A-

खपाङ्गीको मृत्युको कारण दुर्घटना कि षड्यन्त्र !

बिजय हितान    

भदौं १७ - गोरेबहादुर खपाङगी नेपाली राजनीतिमा एक आकर्शक ब्यक्तित्व भएका नेता हुन । सेता दाह्रीजुंगाका मालिक, प्रस्ट र निडर बक्ता, दर्सन र दुरदर्सीपूर्ण भाषण, प्रिथक अनी नौलो राजनैतिक सिद्दान्तको बिजारोपण गर्नु यसका प्रमुख कारण हुन । मगरका छोरा भएर वंसजले नदिए पनि दाह्री जुंगा पालेर हिँडदा लेनिन हुन खोजेका हुन या कसैलाई चुनौती दिएका हुन त्यो त खपाङ्गिनै जानुन ।

यस्ता शिखर पुरुष  मोटरसाइकल दुर्घटनामा परेपछी एकाएक नेपाली राजनैतीक छितिजबाट अस्ताउँदा मानिसमा प्रश्नका भेलहरु उर्लेका थिए । स्पष्टबादि नेतालाई मोटारसाइकलले ठक्कर दिनु दुर्घटना थियो या षड्यन्त्र ? दसैं बहिस्कार आन्दोलनका नायक तर मन्त्री भएपछी आँफैले राजा ज्ञानेन्द्रको हातबाट टिका किन लगाए ? पहिचान र समाबेसिको मुद्दालाई नेपालमा प्रथमपल्ट राजनैतिक बहसमा ल्याउने राष्ट्रिय जनमुक्ती पार्टिका संस्थापक महासचिव तर मोटरसाइकल दुर्घटनामा पर्नु अगाडिका दिनहरुमा किन निस्कृय देखिन्थे ? साम्प्रदायिकताको आलोचना खेप्दै गर्दा पनि किन र कसकालागी समाबेसिय र समानुपातिक राजनैतिक सिद्दान्तको वकालत गर्दै हिँडे ?

अली अस्ती सम्म उनी कठामान्डु, नक्खु को एक किराय घरमा अर्धचेत अवस्थामा लम्पसार थिए । धर्मपत्नी र छोरा छोरीहरुको स्याहार सुसारमा। राज्यमा भने भरखरै संघिय, समानुपातिक, गणतन्त्रात्मक संबिधान ब्याबस्था लागु भएको छ । धन्दै एक दसक लामो राजनैतिक खिचातानी पछी। जसका सुत्राधार उनै बिस्तरामा लडिरहेका खपाङी थिए जो अहिले हाम्रो माझ छैनन ।

माथिका प्रश्नहरु अन्य नेपाली नागरिकलाई जस्तै मेरो मानस पटलमा पनि झुन्डिरहेको बखतमा  'नेपाली राजनीति र समाजमा खपाङ्गिको देन' पुस्तक गत बर्ष मेरो हात परेको थियो ।  सन २०१२ मा खपाङ्गी  बेलायत भ्रमणमा रहँदा उँहासँग एउटा अन्तरकृया आयोजना गरेका थियौं । उँहा समक्ष केही प्रश्नहरु राखेको थिएँ- 'इतिहाँस लोप हुनुका एउटा प्रमुख कारण लिखित दस्ताबेज नरहेर हो । तपाईं एक सिर्श नेतामात्रै नभै एक दार्शनिक पनि हुनुहुन्छ भन्ने कुरा तपाईंका गहकिला र दुरद्रशीपूर्ण भासणमा सुन्न पाईन्छन । अब ति कुरा कैले किताबमा पनि पढन पाइएला ? हाम्रा सन्तानले खपाङ्गीका दर्शन र सिद्दान्त के कस्ता थे कसरी सम्झलान ? कतै किताब प्रकाशन गर्ने सोंच त छैन ?'

खपाङ्गी जी ले सेतो दाह्रीलाई मसार्दै जवाफ दिनु भाथ्यो- 'नढाँटी भन्नु पर्दा, हितान बाबु, सोंच बनाएको त छैन । त्यसकोलागि समय निकालौंला । रङभेद र एकाधिकार बिरुद्दको लडाईं लडेका नेल्शन मन्डेलालाई नेपालका प्राय सबै राजनैतिक दलका नेताले खुबै गुणगान गाउँछन । तर त्यस्तै अभियान बोकेर हिंडेका खपाङ्गीको कटु आलोचना गरिन्छ । उत्पिडनमा पारिएका आदिवासी जनजाती समुदायको मुक्ती र बिभेदलाई अन्त्य गर्न अहोरात्र खटिएका, समाबेसी र समानुपातिक सिद्दान्तमा आधारित ब्याबस्थाको माग गर्ने महान समाजवादी शिखर पुरुष थिए खपाङ्गी । यस्तो अतुलनिय देनले गर्दा खपाङ्गीलाई नेपाली जनताले मन्डेलाको स्तरमा उब्ब्याउँदै सम्मान ब्यक्त गर्दछन ।

ऊच्च शिक्षा हाँसिल पस्चात शिक्षण पेसामै छँदा नेकपा (माले) का सकृय सदस्य बनेका रहेछन खपाङ्गी । सामाबेसिको आधारमा अन्य जातीका नेतालाई पनि पोलिटब्युरो र केन्द्रिय समितिमा राखिनु पर्छ भन्ने माग गर्दा कुरा नमिलेर पार्टी पारीत्याग गरेछन । त्यसै पार्टीका एक नेताले- 'धरान, पोखरा, बुटवल जस्ता शहरमा बनेका मगुरालीका भवनहरु हामीले मागेका छौं र तिमीले पोलिटब्युरो र केन्द्रिय सदस्य माग्ने ?' भनी खपाङ्गीलाई लाप्पा खुवाएछन ।

खपाङ्गी बिक्रम सम्बत २०५६ को प्रतिनिधि सभाको चुनावमा पाल्पाबाट उठ्नु भयो  । बिक्रम सम्बत २०४७ सालको संबिधान नै उत्पीडित समाजको पक्षमा नरहेको ठहर गर्दै त्यही उत्पीडित समाजको वोकालत गर्ने रास्ट्रीय जनमुक्ती पार्टिले खपाङ्गीलाई चुनावमा नउठाएको भए हुन्थ्यो । बरु लगातार शान्तिपूर्ण बिरोध, जनचेतना, पार्टी संगठन र बिस्तारमा लाग्दै अरु केही बर्ष सरकारमा जाने लालच नदेखाएको भए हुन्थ्यो । झन्डै ७० प्रतिसत मगर समुदाय रहेको निर्वाचन छेत्रबाट उठदापनी खपाङ्गिले हार ब्योहर्नुका कारणहरु राजनैतिक चेतनाको कमजोरिले हुनसक्छ ।  

खपाङ्गी दसैं-टिका प्रकरण एकपल्ट नेपालामा तहल्का मच्चाएको बिषय हो । जसलेगर्दा खपाङ्गीको प्रसिद्दिको चुचुरो रातारात गर्लम्म ढलेको थियो । तर खपाङ्गी जस्तो दँसै प्रथाको बिरोधि नेताले किन राजाको हातबाट टिका लगाए त ? सबैको चासोको बिषय थियो । राजनीतिमा सौदा गर्दा केही गुम्छ केही लाभ हुन्छ । लाभ प्राप्त गर्न राजालाई रिझाउनै पर्ने अवस्था श्रीजना भएछ त्यतिबेला । पाठशालाका पाठयक्रमबाट सँस्क्रित बिषयलाई हटाउन आफुले गरेको प्रस्ताव स्विकार हुन्छ की भनेर खपाङ्गी राजाको हातको टिका थाप्न पुगेको वाँहाले बताउनुहुन्थ्यो । पछी सांसदबाट त्यो प्रस्ताव पारीत भयो । त्यतिले आफ्नो अस्तित्व गिरेपनी देसको ढुकुटिबाट बर्सेनी साँढे चार अरब रुपैँया जोगाउन सफल भएको कुरा पछी वाँहाले गर्नुहुन्थ्यो । यसरी देसको ढुकुटि बचाउन आफुले जोखिम मोलेका खपाङ्गी, दुर्घटनामा परेपछी सरकारले उपचारार्थ पाँच लाख रुपैँया मात्रै दिएछ । जबकी सरकारमा डाडुपन्यु सम्हाल्ने नेताहरुले करोडौं रुपैँया उपचार खर्च पाउँछन ।

 दँसै-टिका प्रकरणपछी सुस्ताएका खपाङ्गीलाई सगरमाथा टेलिभिजनको अन्तरवार्तामा आदिवासी जनजातिको आन्दोलन तुहिएको प्रसँग  कोट्याइन्छ । तुहिएको भए असोक राइ, चैतन्य सुब्बा जस्ता नेता कसरी जन्मन्थे भनी उत्तर दिएर आफ्नो बिगतको नेत्त्रुत्वले धेरै सबल नेताहरु जन्माइसकेको गर्व गर्दछन । त्यसै अन्तर्वातामा ब्रामणबादको बिरोधमा आफु किन उत्रिएको भनेर खपाङ्गी खरो तरिकाले प्रस्तुत भएका छन ।

आफुलाई 'घोक्र्याएर ल्याइएको' भन्ने उनको भनाइले उनी खुशीले होइन कसैको करकापले उक्त अन्तरवार्तामा गएका थिए भन्ने बुजिन्छ । यदी कसैले उनको मोटारसाइकल ठक्कर दुर्घट्ना होइन षड्यन्त्र हो भन्छ भने उक्त अन्तर्वाता प्रमुख कारण हुनसक्ने प्रसस्तै सम्भावना छ । मन्चको भाषणभन्दा टेलिभिजनको अन्तर्वाता प्रभावकारी हुन्छ । त्यस्तो खालको अन्तर्वाता शायद खपाङ्गिको पहिलो हुनसक्छ ।

मन्चमा सयौं दर्सक हुन्छन भने एक राष्ट्रिय स्तरको टेलिभिजनको लाखौं हुन्छन । मन्च अगाडिका प्रायजसो सबै आफ्ना समर्थक हुन्छन भने घर-घर बसेर टेलिभिजन हेर्नेहरु बिपक्षका पनि हुन्छन। त्यसैलाई यु-ट्युबमा हालिदिएपछी लाखौं दर्सकले हेरे। यसरी उक्त अन्तर्वाता खपाङ्गिलाई मनपर्नेले पनि हेरे मन नपर्नेले पनि । यस अघी खपाङ्गिका बिचार कोठाभित्र, समर्थकले भरिएका मन्च अगाडि र केही स्थानिय तथा जातिय पत्रपत्रीकाका पानामा सिमित थिए । यसरी मास मिडियामार्फत पहिला कहिल्लै प्रसारण गरिएको थिएन। फल्सरुप खपाङी बिचार बिरोधिहरुले काठमान्डुको कुनै उपल्लो तलामा खपाङ्गिलाई सदाको लागि पन्छाउने ग्रान्ड षड्यन्त्रको योजना बुनिएको हुनसक्छ ।

मोटरसाइकलले हानेपछी ढिलो गरी वीर हस्पिटल पुर्याइनु, मोटारसाइकलवाला पहाडे मुलको बाहुन-छेत्री वा आदिवासी जनजाती नभएर मधेसी मुलको मुसलबान हुनु, मोटारसाइकलवाला पनि घाइते भएको र उपचारको क्रममा अचानक अस्पातलबाट त्यसै साँझ पुलिसले गायब बनाइदिएको, अस्पातलमा एक डक्टरले टाउकोमा र अर्को डक्टरले पेटमा असर परेको भन्दै उपचारको जिम्मेवारि लिन नमानेको र ढिला गरेको, त्यसदिन घरमा आफु कतै नजाने जानकारी श्रीमतीलाई बिहान दिएको तर पछी अचानक कसैले फोन गरेपछी घरबाट निस्केको इत्यादी परिस्थितीलाई अनुसन्धान गर्दा उक्त दुर्घटना नभएर एक षड्यन्त्र हुनसक्ने थुप्रै सम्भावना छ।            

राजनैतिक र सामाजिक कृयाकलापमा सर्बस्व सुम्पेका खपाङ्गी काठमाण्डौमा किरायमा बस्थे । उनी दुर्घटनामा परेपछी परिवारले खर्च ब्यहोर्न सक्ने स्थिती थिएन । तर वास्तवमै उनिलाई यती तिरस्कार गरिएको रहेछ कि नत उनको पार्टिले, न मगर समाजले, न आदिवासी जनजाति महासंघले नै उनको उपचारको नेत्रुत्व लिने तत्परता देखाएछन । त्यसैले त सङकर लिम्बुको सम्योजकत्वमा 'खपाङ्गी उपचार सहयोग समिती' गठन गरिएको थियो । यसरी धन्दै धन्दै बिर्सिसकिएका खपाङ्गी बिचरालाई कसले उनको दुर्घटनाको छानबिन अगाडि बढावोस ।

इन्भेस्टिगेसनलाई अगाडि बढाइएको भए केही प्रश्नको उत्तर खोज्न सकिन्थ्यो। जस्तो- फोन ट्र्याक गरेर कसले कँहाबाट फोन गरेको थियो र फोनमा के वार्तालाप भएको थियो ? मोटारसाइकल सवार मुसलमान नेपाली नागरिकको भक्तपुरको बसाइ हो कि होइन ? चुरेटाको ब्यवसाय बास्तविक थियो कि थिएन ? उनको नेपाली नागरिकता कँहा र कहिले दर्ता भएको थियो ? मोटारसाइकल कँहा, कहिले र कसको नाममा रजिस्टर्ड भएको थियो ?   

  

Error: No articles to display