A+ A A-

स्वर्गिय पुर्ब मन्त्री खपाङ्गीको सोमबार मात्रै अन्त्येष्टी गरिने !

देब पचभैया

काठमाण्डौ, भाद्र १२ - शनिबार बेलुकी निधन भएका पुर्ब मन्त्री गोरे बहादुर  
खपाङ्गीको सोमबार मात्रै अन्त्येष्टी गरिने भएको छ ।

उपचारको क्रममा काठमाण्डौ वासवारीको न्युरो अस्पतालमा ७० बर्षको उमेरमा उहाको निधन भएको थियो ।  उहाको शनिबार बेलुकी १० बजेर २२ मिनेट जादा अस्पतालमै मृत्यु भएको हो ।

नेपाल मगर संघका पुर्ब अध्यक्ष खपाङ्गीको शबलाई आईतबार बिहानै देखि कलंकी स्थित नेपाल मगर संघको केन्द्रिय कार्यालयमा राखेर श्रद्धान्जली दिईएको छ । संघका अध्यक्ष नबिन रोकाका अनुसार सोमबार बिहान ८ बजे देखि दिउसो १२ बजे सम्म खुलामन्चमा राखेर श्रद्धान्जली अर्पण गरिने र त्यस पछि मात्रै अन्त्येष्टी गर्ने कार्यक्रम रहेको छ । मगरी परम्परा अनुसार खपाङ्गीको अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएका छन् ।

२०६९ साल भाद्र २२ गते तत्कालिन पुर्ब राजा ज्ञानेन्द्र शाहको पालामा खपाङ्गी ८ महिना सम्म महिला तथा बालबालिका मन्त्री बन्नुभएको थियो ।

२०७० साल बैशाख १२ गते काठमाण्डौ राष्ट्रिय सभागृहमा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सबमा सहभागी हुन जाने क्रममा खपाङ्गीलाई प्रदर्शनी मार्गमा मोटरसाईकलले ठक्कर दिई गंभिर घाईते बनाएको  थियो । दुर्घटना पछि नै अर्धचेत हुनुभएका पुर्ब मन्त्री खपाङ्गीको माईतीघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा पहिलो सल्य कृया गराईएको थियो । शल्यकृया पछि पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि उहालाई सिंगापुर लगी थप उपचार गरिएको थियो । दुर्घटना पछि नै उहा बोल्न र चल्ल समेत नसक्ने हुनुभएको थियो ।

२००३ साल श्रावण २५ गते थाक्ले उदयपुरमा वावा अम्रित बहादुर र आमा पदममायाको कोखबाट जन्मिनुभएका गोरे बहादुर नेपाल मगर संघको सस्थापक हुनुहुन्थ्यो । २०४८ साल देखि निरन्तर सम्म ४ कार्यकाल मगर संघको अध्यक्ष बन्नुभएका खपाङ्गी मन्त्री छदा राजाको हातबाट टिका लगाएको भन्दै सर्बत्र आलोचित हुनुभएको थियो । खपाङ्गीको परिवारमा श्रीमती बिध्या ,  छोराहरु  शिलाजित र शिखरजित,बुहारी , छोरी चारु र शिरु र नातिनि निरया छन् ।

नेकपा मालेबाट राजनितिमा प्रवेश गर्नुभएका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका सस्थापक महासचिब हुदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । राजनिति शास्त्रमा एम, ए उर्तिण खपाङ्गी २०४२ सालमा राष्ट्रिय शिक्षक संगठनको सस्थापक केन्द्रिय सदस्य हुनुहुन्थ्यो । प्रखरबक्तको रुपमा परिचित खपाङ्गी पंचायत कालमा १४ महिना जेल पर्नुभएको थियो । 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर