A+ A A-

रामचन्द्रलाई बचाउन जनमुक्ति अगाडि सर्यो

संजय सिंजाली मगर

काभ्रे,श्रावण २९–रामचन्द्र तिमल्सिनालाई बचाउन राष्ट्रिय जनमुक्ति पार्टी उनको घर बनेपा,पनौति,कुसादेवी गा.वि.स. वडा नं.२,घिमीरे गाँउपुगेर सहयोग गरेको छ ।

पार्टीको तर्फ बाट चेक हस्तान्तरण गर्दै अध्यक्ष पालुंगा

जनमुक्ति पार्टी शाखा कतारका अध्यक्ष राज खम्बुको नेतृत्वमा रु. ७५ हलार रकम संकलन गरी पठाएको पैसा रा.ज.मु.पार्टीका अध्यक्ष केपी पालुङगा,सहअध्यक्ष मानध्वज व्लोन तामाङ,उपाध्यक्ष कमला थापा,कोषाध्यक्ष डबबहादुर गर्बुजा मगर,केन्द्रीय सदस्यहरुमा हुमबहादुर थापा पचभैया मगर,बिजय सिह थापा मगर र माधव राज गिरीको टोलि हिजो बनेपामा  पुगेर ब्लड मनी सहयोग हस्तान्तरण गरेका थिए ।

साउदी जेलमा रहेका रामचन्द्र तिमिल्सीना

रामचन्द्र बिगत १५ महिना देखी साउदी अरब आयलको जेलमा आजीवन जेल सजाय भोग्न बाध्य भएका छन् ।

विगत ३ वर्ष देखी शेषनारायण तिमल्सिनाका माइला छोरा रामचन्द्र तिमील्सना (वर्ष २५) साउदी अरबको हेभी ट्रक ड्राईभरमा कार्यरत थिए ।

साउदी अरबमा २०७२ बैशाख १०गते (२३ अप्रिल २०१५) हायल सिमेन्ट फ्याक्ट्रीको जोवहिरा सडकमा रामचन्द्रले चलाएको ठूलो गाडि र पाकिस्तानी नागरिक कैमरी सावारीले चलाएको सानो गाडि एक आपसमा ठोकक्दिा पाकिस्तानी ड्राईभरको मृत्यु भएको थियो ।

ब्लड मनि स्वरुप ३ लाख साउदी रियाल(रु.९२ लाख) तिर्न नसकेपछि रामचन्द्र तिमल्सिना साउदी अरबको अदालतले आजीवन जेल सजाय सुनाइएको थियो । मृतकका काका मुनिर अब्बासी,निसर अब्बासी र राम प्रसाद सापकोटाको संगको सम्झौता अनुसार मृतक परिवारको तर्फबाट १७ जुलाई २०१६ देखी १५ सेप्टेम्वर २०१६(४५ दिन) भित्रमा ३ लाख रियाल मागेको भएपनि साउदी रियाल १ लाख २० हजार बुझाउन सके प्रतिबादी रामचन्द्र तिमल्सिना छुट्न सक्ने सम्झौता पत्र गरेका छन् ।

रामचन्द्रका बाबा,आमा श्रीमती,२ छोरा र भार्इ बुहारी

अछाम घर भएका भोजराज तिमल्सिनाले पीडित रामचन्द्रको उद्धारको लागि सहजीकरण गरीरहेका छन् । भोजराजले सरकारको ढोका घचघच्याउने देखी लिएर विभिन्न राजनैतिकदल,संघ संस्था र मिडिया लाई समेत सहयोगको लागि अपिल गरेता पनि घरमै गएर आर्थिक सहयोग गर्ने राष्ट्रिय जनमुक्ति पार्टी पहिलो भएको विशेष कार्यक्रममा तिमल्सिनाले बताए ।

उनलाई साथ दिन राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य बनेपा निवासी माधव गिरी लागेका छन् । रामचन्द्रको परिवारमा आमा,बुबा ५६ बर्षीय शेष नारायण तिमल्सिना, वर्ष २५ का श्रीमती सरिता तिमल्सिना, दुई छोरा बर्ष ७ को निराजन र बर्ष ४ को आयुस,रामचन्द्र का जेठा दाईको मृत्यु भईसकेको छ भने साईला र कान्छा भाई साथै दुई दिदि बहिनीहरु घरमै रहेका छन् ।

सवै संघ संस्था,राजनैतिकदल,निजी क्षेत्र बाट गरी रु. २८ लाख जम्मा भएको र  सम्झौता अनुरुप करीब १ महिना मात्र समय भएको हुँदा जेलबाट मुक्तहुन  नेपाली रु.१५ लाखजति आवश्यक पर्ने हुँदा सवै स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनी लाई सक्दो आर्थिक सहयोगको लागि परिवार तथा राज्यसत्ता बाट हार्दिक अपिल गर्दछौ ।

श्रब्य तथा दृश्यको लागि प्रतिक्षामा रहनु होला ।

 

Error: No articles to display