A+ A A-

देश र समाजको विकासमा युवाहरु लाग्नु पर्छ :प्रजिअ ढकाल

देव घर्ती मगर

रुपन्देही, साउन २८ - देश र समाजको विकासमा युवाहरु लाग्नु पर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताउनु भएको छ । उहाले समाजमा सुसान कायम गर्न युवाहरुले अह्म भूमिका खेल्नु पर्ने भन्दै त्यसको लागि सकारात्मक सोचको आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।

अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा रुपन्देहीको देवदहमा लियो क्लव अफ लर्ड बुद्धको आयोजनामा आयोजित कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । प्रमुख जिल्ला अधिकारी ढकालले युवाहरु विदेशमा पलायन नभई स्वदेश मै बसेर आत्मनिर्भर बन्ने तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । लियो क्लव अफ लर्ड बुद्ध देवदहका अध्यक्ष दिपक मल्लको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्लवका एडभाईजर गोपाल पाण्डे, देवदहद उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, हेरितेजका टंकप्रसाद पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा चित्र प्रतियोगिता र मेहेन्दी प्रतियोगिता सेमत सम्पन्न भएको छ । चित्र प्रतियोगितामा केरवानी उच्च माविका आयुषमा भण्डारी प्रथम, देवदह बोडिङ्ग स्कुलका आशिष काफ्ले द्धितिय र देवदह उच्च माविका एसवन सापकोटा तृतिय भएको छ । त्यसैगरी मेहेन्दी प्रतियोगितामा कलावती न्यौपाने प्रथम, सुनिता थापा द्धितिय र सारदा श्रेष्ठ तृतिय हुन सफल भएको थियो ।

विजेन्द्रमान शाक्यको स्वागत र विकास गौतमको संचालनमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुत गरिएको थियो ।

Error: No articles to display