A+ A A-

राज्यसत्ता सहकर्मी पचभैया सहित दुई पत्रकार र ३ सय खेलाडी सम्मानित !

राज्यसत्ता

पाल्पा, श्रावण २८- राज्यसत्ता सहकर्मी देब पचभैयालाई जिल्ला खेलकुद बिकास समिति पाल्पाले पुरस्कृत गरेको छ । खेलपत्रकारीताको माध्यमबाट पाल्पा जिल्लाको गरिमालाई उचाईमा पुर्याउन योगदान गरेको भन्दै पचभैया र ए,बि,सि टेलिभिजनका पाल्पा संवाददाता कृष्ण पोखे्रललाई ५ हजार नगद र सम्मान पत्रले पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र  पुर्व उधोगमन्त्री सोम प्रसाद पाण्डेले सम्मान गर्नुभयो । झण्डै १७ बर्ष देखि सक्रिय पत्रकारिता गर्दे आउनुभएका पचभैया तेक्वाण्डोका पुर्ब अन्र्तराष्ट्रिय खेलाडी पनि हुनुहुन्छ ।

अन्तराष्ट्रिय युवा दिवशको अवशरमा जिल्ला खेलकुद विकास समिती पाल्पाले शुक्रबार विभिन्न विधाका ३ सय खेलाडीलाई पनि सम्मान गरेको छ ।

समितिले २०३० साल देखी हाल सम्मका २१ विधाका सवै  नयाँ तथा पुराना खेलाडीहरु लाई सम्मान गरेको जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेले जनाकारी दिनुभयो । समितिले आई टि एफ टेक्वान्डोका ७० जना, क्रिकेट तर्फ ३० जना, व्याडमिण्टन तर्फ ३० जना, फुटवल तर्फ २५ जना, भलिवल तर्फ १० जना, कराते तर्फ १५ जना, डव्लु. टि. एफ तेक्वाण्डो तर्फ १० जना, एथलेटिक्स तर्फ ४० जना, जुडो, उसो, शारिरिक सुघठन, टिटी लगायत अन्य विधामा गरी ७० जना खेलाडी  लाई सम्मान गरेको हो ।  राष्ट्रिय प्रतियोगितामा सहभागी  पदक विजेता २५० जना र अन्तराष्ट्रिय खेलमा सहभागी ५० जना खेलाडीलाई  जिल्ला खेलकुद विकास समितीले पहिलो पटक सम्मान पत्रले सम्मान गरेको हो ।

कार्यक्रम लाई सम्वोधन गर्दै पुर्व युवा तथा खेलकुदमन्त्री पौडेलले खेलकुद विकासको लागी पुर्वाधार, आधुनिक तरिकाको प्रशिक्षण र खेलाडी लाई सुविधा जरुरी भएको बताउनुभयो ।

नेपाली  खेलाडीहरुले भोको पेटमा पटुका बाधेर नेपाल लाई चिनाउने काम गर्दै आएको पुर्व मन्त्री पौडेलको भनाई छ । आफ्नो कार्यकाल अघि खेलकुदको बजेट जम्मा ५९ करोड ४६ लाख रहेकोमा निरन्तर सर्घष गरी ३ अर्वको  हाराहारीमा बजेट बृद्धि गरी पुर्वाधार तथा खेलाडीहरुमा लगानी गरेको उहाको भनाई छ ।

कार्यक्रममा पुर्व उधोगमन्त्री सोम प्रसाद पाण्डेले केपि ओली नेतृत्वको सरकारले नेपालका विभिन्न खेलहरु लाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने योजनाका साथ खेलकुदको पुर्वाधार विकास, खेलाडीहरुको सुविधामा प्रयाप्तमात्रामा बजेट विनियोजन गरेको दाबी गर्नुभयो । आगामी दिनमा पनि सांसदको हैसियतामा जिल्लाको खेलकुद विकासको लागी आफु निरन्तर लागी रहने पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा खेलकुद बिकास समितिका पश्चिमाञ्चल क्षेत्रका क्षेत्रिय कोषाध्यक्ष बसन्त जि आर, बरिष्ट पत्रकार मेघराज शर्मा, सहायक प्रजिअ धुव्र बहादुर कुवँर, नेपाली काग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे, नेकपा एमालेका जिल्ला अध्यक्ष देवी प्रसाद बस्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल, समितीका पुर्व अध्यक्ष विमल काफ्ले लगायतले सम्मानित खेलाडी तथा पत्रकारहरु लाई बधाई दिनुभयो । खेलकुद विकास समिती पाल्पाका अध्यक्ष करुवा काफ्लेको सभापतित्वमा भएको सम्मान कार्यक्रममा कोषाध्यक्ष प्रकाश श्रेष्ठको स्वागत र सदस्य नमिता बस्यालले संचालन गर्नुभएको थियो ।

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर