A+ A A-

सेनाका हस्त बहादुर सैनिक देखी बरिष्ठ संगितिज्ञ सम्म

संजय सिंजाली मगर
Image may contain: 9 people, people sitting and indoor

काठमाण्डौं, भदौं ३१ । बृटिस सेनाका अवकास प्राप्त तथा नेपाल प्रहरीका अवकास प्राप्त प्रहरी उपरिक्षक एसपी क्या. हस्त बहादुर थापा (पल्लीमगर) द्धारा लिखित सांङ्गीतीक पुस्तकहरुको समननीय उपराष्ट्रपति नन्द बहादुर पुनमगरले एक कार्यक्रम बिच लोकार्पण गर्नु भयो ।

भदौं २६ गतेका दिन उपराष्ट्रपति कार्यालयको सभाहल, बहादुर भवनमा उपराष्ट्रपति पुनमगरले एक कार्यक्रम बिच लोकार्पण गर्नु भएको हो । बृटिस आर्मीका अवकास प्राप्त ८६ बर्षीय क्या. पल्लीमगरका कृतिहरुस प्राथमिक सुर समता मार्ग भाग-१, भाग-२, भाग-३ र आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतिक धुनहरु एकै साथ लोकार्पण गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन मगर प्रमुख अतिथि र बिशेष अतिथिमा संगित नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा उपराष्ट्रपतिका कार्यालयका सचिव लाल शंकर घिमीरे, संगीतज्ञ शुभबहादुर सुनाम, संगीतज्ञ प्रध्यापक दिपक जंगम, हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित संम्पूर्ण अतिथि ज्यूहरु लाई वहाँकै जेठी बुहारी कवियत्री लक्ष्मी थापा पल्लीमगर राईले स्वगत गर्नु मन्तव्य दिनु भएको थियो । कार्यक्रममा लोकार्पण गरिएको कृतिलाई संगीतज्ञ शुभबहादुर सुनामले शुभकामना मन्तव्य र समिक्षा गर्नु भएको थियो । शुभकामना दिने व्यक्तित्वहरुमा उपराष्ट्रपति पुन मगर, दिपक जंगम, सरु भक्त श्रेष्ठ हुनुहुन्थ्यो ।

प्रमुख अतिथि पुन मगरले नेपालमा संगीतको सुरुवात भएको लगभग २०० बर्ष पुगेको भएता पनि आधुनिक करण गर्दै यस किसिमको पुस्तक प्रकाशन हुनु संगीतको बिकास भएको बताउनु भयो ।  यस कृतिले नयाँ पिढी संगीतकारलाई एउटा गाईडको रुपमा काम गर्ने छ उपराष्ट्रपति पुनले बताउनु भयो । कार्यक्रममा कृतिका लेखक श्री हस्त बहादुर थापामगरलाई सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनमगरले राष्टको तर्फ बाट राष्ट्रीय सम्मान गर्नु भयो । पल्लीमगरका कृतिहरुस प्राथमिक सुर समता मार्ग भाग-१, भाग-२, भाग-३ र आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतिक धुनहरु नेपालमै पहिलो पटक प्रकाशीत भएको समिक्षक संगीतज्ञ शुभबहादुर सुनामले बताउनु भयो ।

क्या. हस्त बहादुर थापा पल्लीमगरले बृटिस सेनामा २८ बर्ष र नेपाल प्रहरीमा २७ बर्ष सेवा गर्नु भएको छ । पढ्नुहोस् उनै क्या. तथा प्रहरी उपरिक्षक हस्त बहादुर पल्ली थापा मगरको जिवन कहानी ।
Image may contain: one or more people, flower and outdoor

को हुन हस्त बहादुर पल्लीमगर?

नम: हस्त बहादुर थापा पललीमगर
बुवा: नरसिङ पल्ली मगर
आमा: तुलसा हितान पल्लीमगर
धर्मपत्नी: पूर्णीमाया राना पल्लीमगर
जन्ममिति: वि.सं. १९८९
जन्मस्थान: आर्ज्याङ्दी, पक्वादी गा.वि.स नं. ०६, स्याङ्जा

पश्चिम नेपालको स्याङ्जा जिल्ला हालको पक्वादी गा.वि.स. वडा नं. ०६ आर्ज्याङ्दी गाउँमा वि.सं. १९८९ असार २१ गते नरसिङ पल्लीमगर र तुलसा पल्लीमगर कोखबाट जन्मनु भएमा हस्तबहादुर थापा –पल्लीमगर) इस्वी सम्वत १९४९ अक्टुवर भयो । १० तारिकमा ब्रिटिश गोर्खा २ गोर्खा राईफल को लागि भर्ती हुनु भयो र २८ बर्ष भन्दा बढी समय सेवा गरी कप्तान पदमा अवकाश लिनु भयो । उहाँले ब्रिटिश गोर्खा २ गोर्खा राईफल व्याण्डमा रहँदा सम्पूर्ण अवधी ब्रिटीश गोर्खा व्याण्डमा बिताउनु भयो । उहाँले संगितको कखरा त्यही सिक्नुभयो र आफूलाई संगीतमा पारंगत पार्दै क्याप्टेन पद प्राप्त गर्नु भयो यति मात्र नभई उहाँले गर्नु गर्नु भएको योगदानको कदर गर्दै ब्रिटिश सरकाले Member of British Empire (MBE) पदबाट समेत बिभूषित गर्यो । उहाँले संगीतमा The Royal Military School of Music, Knelier Hall, London,  बाट Band Master Course, Royal College of Music London बाट A.R.C.M Diploma  प्राप्त गर्नुभयो । उहाँले ब्रिटिश गोर्खा २ गोर्खा राईफल व्याण्डमा १२ बर्ष Assistance Director Of Music को पदभार पनि सम्हाल्नु भयो । उहाँले ब्रिटिश गोर्खा रेजिमेन्टमा छँदा नै बि.सां २०३० सालमा British Gurkhas Brigade Commander Maj General E.J.S. Burnett  र नेपालको प्रहरी तत्कालीन प्रहरी महानिरिक्षक श्री खड्काजित बरालज्यू बिच भएको सहमति बमोजी नेपाल प्रहरीको बैण्डलाई करीब एक बर्ष तालीम दिएर Beating the Retreat  को सुरुवात गर्नुभयो । उहाँले ब्रिटिश गोर्खा तथा बेलायतमा सँगाल्नु भएको ज्ञान, अनुभव र सीप लिएर नेपाल फर्कनु भयो । उहाँलाई अवकाश पछि घुमफिर गरी त्सैस बसिरहन मन लागेन, नेपालमा पनि संगीतको क्षेत्रमा केही योगदान दिनुपर्छ भन्ने लागेर उहाँ बि.सं. २०३४ साल बैशाख ०३ गते नेपाल प्रहरीमा प्र.नि. पदमा नियुक्ति लिएर काम गर्न थाल्नु भयो । उहाँले नेपाल प्रहरीमा पनि यहि संगीत सिकाएर बि.सं. २०५४ साल चैत्र ०३ गते प्रहरी उपरीक्षक पदबाट अवकास लिनु भयो तर पनि उहाँलाई पुनः नेपाल सरकार र प्रहरी संगठनले सोही द र्जामा प्रशिक्षकको रुपमा बि.सं. २०५७ सालसम्म नियुक्त हुनुभयो र सो संगठनमा बि.सं. २०६४ असार ३२ गते अवकाश लिनुभयो तर फेरी पनि २०५९ साल असार ३१ मा सशस्त्र प्रहरीमा करारमा नियुक्त हुनुभयो र सो संगठनमा बि.सं. २०६४ असार ३२ गते अवकाश लिनुभयो तर फेरी अर्को बर्ष बि.सं. २०६५ चैत्र ४ गते सम्म संस्थापक प्रमुख प्रशिक्षकको रुपमा भूमिका निभाउनु भयो भने त्यसपछि पनि अतिथि प्रशिक्षकको रुपममा त्यो भूमिका निभाई रहनु भएको छ । उहाँले नेपाल प्रहरीमा २२ बर्ष संगीत निर्देशक Driector of Music  र शसस्त्र प्रहरी व्याण्डमा संस्थापक संगीत निर्देशक पदमा ५ बर्ष बिताउनु भयो । उहाँले नेपाल सरकारबाट गोर्खा दक्षिण बाहु चौथो, नेपाल भुषण लगायत थुप्रै पदक तथा सम्मानहरु पाइसक्नु भएको छ । जिवनको अधिकांश समय संगीत प्रशिक्षक गरेर बिताउनु भएका लेखले सरल संगीत ज्ञानमाला, परम्परागत बिगुल धुनहरु नामक पुस्तकहरु प्रकाशित गरिसक्नु भएको छ । त्यसै गरी मास्टर मित्रसेन स्मृति प्रतिष्ठानको उपाध्यक्ष पदमा लामो समय काम गर्नुका साथै नेपाल मगर संघ, काठमाण्डौं जिल्ला समितिको सल्लाहाकारका साथै थुप्रै संघ संस्थाहरुमा आबद्ध भएर काम गरिसक्नु भएको छ । यसरी लामो समय संगीत बिधामा बिताउनु भएका लेखक हाल काठमाण्डौं महानगरपालीकाको महाराजगञ्जमा बस्दै आउनु भएको छ । उहाँका धर्मपत्नी पूर्णीमाया पल्लीमगर, चार छोरी, दुई छोरा, दुई बुहारी र दश जना नातिनातिनीहरु हुनुहुन्छ ।
No automatic alt text available.

उहाँले तयार पार्नुभएको पुस्तकहरु आधारभूत स्टाफ नोटेशन तथा नेपाली पर्व संस्कार र सांस्कृतिक धुनहरु, प्राथमिक सुर समता भाग-१, भाग-२ र भाग-३ उहाँको लामो अनुभव तथा सिकाईबाट उब्जीएको कृती हो । बिषेश गरेर डायोटोनिक स्टाफ नोटेशनमा संगीत अभ्यास गर्न चाहनेहरुलाई यसले ठूलो मद्धत गर्नेछ साथै नेपाली मौलिक सांस्कृतिक एवं संस्कारगत धुनहरुलाई पनि लिपिबद्ध गरेको कारण संस्कारिक कार्यहरुको लागि समेत उपयोगी हुनेछ । यी पुस्तकहरु संगीत क्षेत्रमा लागेका जो कोहीलाई पनि उपयोगी हुनेछ साथै आउँदा दिनहरुमा लेखकले अझ यस्तै अमुल्य थुप्रै कृतिहरु प्रकाशन गरी नेपाली समाजको सेवा गर्नुहुनेछ भन्ने आशा गर्न सकिन्छ ।

 


फोटो:संजय सिंजाली मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
 बरिष्ठ संगितिज्ञ क्या. हस्त द्धारा लिखित सांङ्गीतीक पुस्तकहरु.

 

 

 

 

Last Updated on Thursday, 28 September 2017 11:39

Hits: 223

मगर जाती राज्यको पहुँचमा पुग्न सक्नु पर्छ : सभामुख घर्ती मगर

सँजय सिँजाली मगर
Image may contain: 8 people, people smiling, people standing

काठमाण्डौं, भदौं १८  - नेपाल मगर संघ सम्र्पक समन्वय केन्द्रिय समितिको आयोजनामा बृहत रक्तदान एवं एस.ई.ई. +२ उत्तिर्ण मगर बिधार्थी, मगर जनप्रतिनिधि एवं मगर प्रतिभाहरु लाई एक कार्यक्रम बिच ब्याबस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले सम्मान गर्नु भयो  । कार्यक्रम नेपाल ल. क्याम्पस, भृकुटीमाण्डपमा भदौ १७ गते भएको थियो ।

कार्यक्रम नेपाल मगर केन्द्रिय समितिको संगठन बिभाग प्रमुख तथा नेपाल मगर सम्र्पक समन्वय समितिका केन्द्रिय अध्यक्ष जगत रेश्मी मगरको सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख अतिथि ब्याबस्थापिका संसदको सम्माननिय सभामुख ओनसरी घर्ती मगर थिए । साथै बिशेष अतिथिमा नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पून मगर थिए ।
Image may contain: 2 people, people sitting

अतिथिहरुमा संस्थाका सल्लाहाकार मान बहादुर बुडा मगर, बमकुमारी बुडा मगर, गौ बहादुर आले, झकेन्द्र धर्ती मगर, नेपाल सरकारको उप सचिव द्धय खिम राना मगर, चिरन्जीवी थापा मगर थिए । अन्य अतिथिहरुमा नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष बिनिता आले मगर, नेपाल मगर बिध्यार्थी संघका केन्द्रिय अध्यक्ष कमल थापा मगर, नेपाल मगर सास्कृतिक संघका अध्यक्ष कविराज थापा मगर, नेपाल मगर भू.पू् सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगर लगायत बिभिन्न संघसस्थाका अध्यक्ष तथा प्रतिनिधी र स्थानिय तह निर्बाचनमा निर्बाचित जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

Image may contain: 6 people, people standingउक्त कार्यक्रममा मगर प्रतिभा सम्मान रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा न. ७ घापा निवासी बमकुमारी बुढा मगरलाई प्रदान गरेको छ । सम्मान पत्रमा यसो भनिएको छ – ‘बुढा मगरले २०२८ सालदेखि हालसम्म निरन्तर रुपमा मगर समाज सेवाको लागी, राजनीति महिला जागरण, दुर्गम क्षेत्रको बिकास सम्बन्धि आवाज, जातिय बिभेदको अन्त्य एवं आदिबासी जनजातिको अधिकारको रक्षा, मगर जातिको ईतिहास, भाषा, संस्कृतिको व्याख्या, खोज, अनुसन्धान, लेखन तथा प्रकाशन कार्यमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरी प्रशंसनीय कार्य गर्नुभएकोले यस बर्ष बुढा मगरलाई मगर प्रतिभा सम्मान पत्र द्धवारा सम्मानित गरिएको थियो ।

सम्मानपत्रले सम्मानित हुनेहरुमा यस सस्थाका सस्थापक सचिव तथा बर्तमान सल्लाहाकार अर्घाखाँची जिल्ला, हाल मालारानी गाउँपालिका हंसपुर वडा न. ६. साकिनधाराका श्री खिम बहादुर राना मगर नेपाल सरकार, नेपाल ईन्जिनीयरिङ्ग सेवा अन्र्तरगत सर्भे समूह राजपत्रकिङ्कत द्धितिय श्रेणी उप– सचिव प्रमुख नापी अधिकृतामा पदोन्नती हुनु भएकोमा साथै यस समितिका पूर्व सदस्य अर्घाखाँची जिल्ला, सन्धीखर्क नगरपालिका वडा न. ३ . छापडाँडा निवासी श्री चिरनजिवी राना मगर नेपाल सरकार नेपाल प्रशासन सेवा अन्र्तगत सामान्य प्रशासन समूह राजपत्राङ्कित द्धितिय श्रेणी उपसचिवमा पोदोन्नती हुनुभएकोमा सभामुखले सम्मानपत्र द्धवारा सम्मान गर्नु भएको थियो ।

सम्मानित हुनेहरुमा सातौं पटक सगरमाथा आरोहण गरि नेपाल मगर संघको झण्डा फरफराउन सफल ओखलढुङ्गाका कुल बहादुर थापा मगर उनका छोरा शेर बहादुर थापा मगरलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
नेपाल मगर सम्र्पक समन्वय समितिको देशभर ४५ जिल्लामा संगठन बिस्तार भएनुसार २०७४ को स्थानिय तह निर्बाचनमा बिजय हासिल गरेका नगरपालीका, गाउपालीकाका मेयर उपमेयर, अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई पनि सभामुख ओनसरी घर्ती मगरले सम्मान गर्नु भएकोे थियो । साथै यस कार्यक्रमलाई भब्य र सब्य सफल पार्न आर्थीक तथा भौतिक सहयोग गर्नुहुने बिभिन्न महानुभावहरुलाई पनि सभामुखले सम्मान गर्नु भएको थियो ।
Image may contain: 4 people, people sitting

त्यस्तै एस.ई.ई. +२ उत्तिर्ण मगर बिधार्थीहरु साथै रक्तदान गर्ने व्यक्तहरुलाई मगर संघ केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरले प्रमाणपत्रले सम्मान गर्नु भएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि नेपाल मगर संघका केन्द्रिय महासचिवले ज्ञानेन्द्र पुन मगरले नयाँ संबिधान मगराँत भूमिलाई स्वायत्त प्रदेश प्राप्तिका लागि ४० लाख मगर समुदाय एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभयो । त्यस्तै सभामुख ओन्सरी घर्ती मगरले नयाँ संविधानले जातिय समानुपातिक सहभागिता सुनिश्चित गरिएको बताउनु भयो । राज्य कस्तो हुन्छ ? राज्यको पहुँच भनेको के हो, बल्ल हामी त्यो ठाउमा पुग्दैछौं । मगर समुदायले ठुलो बलिदानी पश्चात प्राप्त गरेको अधिकारहरु आज हाम्रो हातमा जसरी आएको छ । त्यसलाई हामीले सही ढंगले सञ्चालन गर्न सक्नु पर्छ भन्नु भयो र उपस्थित सबै भार्ई बहिनीहरुमा उज्जवल भबिष्यको कामना गर्नु भयो ।

कार्यक्रम सञ्चालन संघका महासचिव होमराज खपाङ्गी मगरले र स्वागत मन्तव्य सस्थाका बरिष्ठ उपाध्यक्ष राजेन्द्र थापा मगरले गरेका थिए ।
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
नेपाल मगर संघ संर्पक समन्वय समितिको आयोजित कार्यक्रमको फोटो झलक:.

 

 

 

Last Updated on Sunday, 03 September 2017 16:54

Hits: 307

स्मार्ट गाउँ र नगर कसरि बनाउँने ?

हुम सुनारीमगर 
Image may contain: 1 person, smiling, closeup and indoor 
स्थानीय तहको चुनाव अगाडी स्मार्ट गाउँ र नगर बनाउँने बिषयले अग्रस्थान पाएको थियो। विभिन्न राजनीतिक दलबाट अध्यक्ष तथा मेयरका लागि उम्मेदवारहरूका चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा स्मार्ट गाउँ तथा नगर बनाई दिने कुराले प्रमुखता पाएको थियो। तर, यो स्मार्ट गाउँ र नगर भनेको के हो र कस्तो हुन्छ ? यो कसरी बनाउँन सकिन्छ ? यसको योजना के हो भन्ने सायदै उम्मेदवारहरूले जनतालाई प्रष्ट्याएका थिए। यो प्रचार एउटा चुनाव जित्ने रणनीति बाहेक अरू केहि थिएन भन्दा अन्यथा नहोला।  कुरा स्मार्ट गाउँ र नगरको गर्ने तर त्यसको कार्यन्वयनका लागि कुनै योजना नै नबनाउँने भयो भने 'मुखमा रामराम बगलीमा छुरा' भन्या जस्तै हो।
 
८० प्रतिशत भन्दा बढी नेपालीहरू स्थानीय तह अथवा ग्रामिण क्षेत्र मै बसोबास गर्दछन्। त्यसैले, स्थानीय तहमा विकास नभईकन सिङ्गो देश सम्पन्न र समृद्ध हुन्छ भन्ने ठान्नु मुर्खता सावित हुनेछ। पछिल्लो समयमा ग्रामिण क्षेत्रको अवस्था अति नाजुक छ। अव्यबस्थित बसाईसराई, सबैका शहरमुखी सोच र परिश्रम नगरी विलासी जीवनको अपेक्षा आदि कारणहरूले गर्दा ग्रामिण क्षेत्रका खेतबारी सबै बाँझो भएका छन्। यो अवस्थाले निरन्तरता र प्रार्थमिकता पाईरहे कसरि स्मार्ट गाउँ र नगर बनाउँने ?

No automatic alt text available.
 












प्रसस्त खाद्यान्न उत्पादन गर्न सकिने प्रयाप्त जमिन हुँदाहुँदै खाद्यान्न उत्पादनमा ह्रास, विदेशबाट खाद्यान्न आयातमा वृद्धि र प्राय: सबै उपभोग्य बस्तुहरू विदेशबाट नै निर्भर हुनुपर्ने वाध्यताले देशको अर्थतन्त्रमा ठूलो असर परेको छ। आयात मात्रै बढ्दै जाने निर्यातमा सून्य अवस्था भयो भने कुन आर्थिक श्रोतले जीवन निर्वाह गर्ने ? गम्भीर प्रश्न यहाँनिर उब्जेको छ। त्यसैले, हिजो स्थानीय तहको निर्वाचन अगाडी अध्यक्ष तथा मेयर पदका उम्मेदवारहरूले जसरि स्मार्ट गाउँ र नगर बनाईदिने आश्वासन जनतालाई बाँडेका थिए, त्यसरी नै त्यसलाई वास्तविकतामा बदल्न अथवा कार्यन्वयन गर्न तपशिलका योजनाहरूलाई प्रतिपादन गर्न सके साच्ची कै स्मार्ट गाउँ र नगर बनाउँन नसकिएला भन्न चाँही सकिन्न।     

 
१) सबैभन्दा पहिला पुरानो शिक्षा नीति सुधार्नु तथा आवश्यकता अनुसार परिमार्जन गर्नुपर्छ। बिपन्न र सम्पन्न परिवारका विद्यार्थीहरूले अध्ययन गर्ने पाठ्यपुस्तक एउटै हुनुपर्छ। अंग्रेजी प्रमुख, नेपाली र स्थानीयले बोल्ने एक-एक बिषय अनिबार्य गर्नुपर्छ। सबै नेपालीहरूका बालबच्चाहरू कम्तिमा स्नातक तहसम्म अथवा सो सरहको प्राविधिक शिक्षा अनिबार्य हाँसिल गरेको हुनुपर्ने व्यवस्था गर्नुपर्छ । यो योजना गाउँ र नगर परिषद सभाले पारित गर्नुपर्छ।
 
२) नेपाल कृषिप्रधान देश, कृषिलाई प्रमुख प्रार्थमिकता दिनेगरी कृषिक्रान्ति गर्नुपर्छ। आधुनिक प्रविधिद्वारा खेती गर्ने औजार र उपकरणहरू भित्र्याएर कृषकलाई सहुलियत मूल्यमा अथवा भाडामा उपलब्ध गराउँनु पर्छ। सिजनल तथा अनसिजनल खाद्यान्न आफ्नै खेतबारीमा उत्पादन गरेर सबै नेपालीहरू आत्मनिर्भर बन्नु पर्छ । नगदेबालीलाई बढी प्रार्थमिकता दिनु पर्छ, जसले गर्दा आयात घटाउँनेछ र निर्यात बढाउँनेछ। जति निर्यात बढाउँन सकिन्छ त्यति धेरै विदेशी मुद्रा स्वदेश भित्र्याउँन सकिनेछ।
 
३) टोल, गाउँ र नगरमा भएको बिकृतिहरू (विशेष गरि जुवातास खेल्ने र मादक पदार्थ सेवन गर्ने) लाई पूर्णरूपले निरूत्साहित गर्नुपर्छ । सार्वजनिक स्थलमा मादक पदार्थ सेवन र तासजुवा खेल्न बन्देज गर्नुपर्छ। त्यस्तो भेटिएमा हदैसम्मको सजाय अथवा जरिमाना लगाउँने कानूनको व्यवस्था गर्नुपर्छ।
 
४) वैदेशिक रोजगारलाई पनि निरूत्साहित पार्नुपर्छ। यो पेशाले देशै सम्पन्न भएको उदाहरण काँही छैन। यसलाई क्षेणिक अथवा वैकल्पिक पेशाको रूपमा मात्र लिनुपर्छ। देशको जनशक्ति आफ्नै देशको विकासमा लगाउँनु पर्छ। सबै यूवाहरूलाई शिक्षित, दक्ष र निपूर्ण बनाएर स्वदेश मै भौतिक पूर्वाधार विकास परियोजनाहरू तथा स्वरोजगारमा लगाउँनु पर्छ। त्यसैले, अब वैदेशिक रोजगारलाई प्रवर्द्धन होइन - बिस्तारै निरूत्साहित पार्नुपर्छ।
 
५) गाउँ / नगरदेखि माथिल्लो तहसम्ममा देखिएको चरम भ्रष्टाचारलाई पूर्णरूपले समाप्त गर्न तलदेखि माथिसम्म संयन्त्र बन्नुपर्छ। नेपाल विश्व कै अति कम विकसित अथवा सबैभन्दा गरिब राष्ट्रको सूचीमा दर्ज हुनुमा देशको चरम भ्रष्टाचार एउटा प्रमुख कारक हो।
 
६) लघुजलविधुतदेखि मेगाजलविधुत परियोजनालाई प्रमुख प्रार्थमिकतामा राखेर अबको ५ बर्ष भित्रमै कम्तिमा १० हजार मेगावाट विधुत उत्पादन गर्नुपर्छ। जसले गर्दा साना ठूला उद्योग कलकारखानाहरू लगायत सबै व्यवसायहरू फस्टाउँने छन्। दैनिक उपभोग्य बस्तुहरूको उत्पादन बढ्नेछन्, विदेशबाट आयात घट्नेछ र निर्यात बढ्नेछ। त्यसैले, गाउँपालिका र नगरपालिकाहरूमा गएको बजेट र त्यसले लगाउँने करबाट पनि लघुजलविधुत जस्ता योजनाहरूका लागि बजेट छुट्याउँनु पर्छ।
 
७) पर्यटनलाई प्रार्थमिकतामा राख्नु पर्छ। नेपालको एक प्रमुख आयश्रोत पर्यटन नै हो। स्थानीय क्षेत्रको होम्स्टेलाई प्रोत्साहन गर्नुपर्छ। राष्ट्रियस्तरका पर्यटन उद्योगलाई व्यवस्थापन, प्रवर्द्धन र विकास गर्नुपर्छ । धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीलाई बिशेष प्रार्थमिकतामा राखेर विश्व भरिका करोडौं बुद्धिष्टहरू नेपाल भित्र्याउने योजना बनाउँनु पर्छ। त्यसको लागि त्यस क्षेत्रका स्थानीय तहबाट नै पहल हुनु जरूरी छ।
 
सबै नेपाली नागरिक दिनमा कम्तिमा ८ घण्टा आफ्नै लागि खट्न सके केहि बर्षभित्र मै देशको विकासमा कायापलट हुनेछ। यसरि बन्ने छ स्मार्ट गाउँ र नगर। सबै स्थानीय तह अथवा ग्रामिण क्षेत्र स्मार्ट गाउँ र नगरमा परिणत भए सिङ्गो देश समृद्ध र सम्पन्न हुनेमा दुईमत छैन। सबै नेपाली नागरिक परिश्रमी, मेहनती, इमान्दारी र उद्येमी बन्न सके स्वयम् आफै सम्पन्न बन्न सकिन्छ। सबै सम्पन्न बन्नसके सिङ्गो देशै सम्पन्न र समृद्ध बन्नेछ।
 

Last Updated on Thursday, 20 July 2017 16:34

Hits: 163

मधेशी,जनजाती समुदाय तथा उत्पीडित समुदायलाई सरकारले समेट्न सकेको छैन : का.बा. प्र.म. गच्छदार

सञ्जय सिंजालीमगर

काठमाण्डौं, भदौं ११-
महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवस नेपाल प्रज्ञा प्रतिष्ठान हल, कमलादी, काठमाडौंमा भव्य सम्पन्न भयो ।
Image may contain: 6 people, people standing 

जीवी फाउन्डेशनका अध्यक्ष हुमबहादुर थापा पचभैया मगरको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि एवं कार्यवाहक प्रधानमन्त्री बिजयकुमार गच्छदारले उद्घाटन गर्नुभयो ।

महान विचारक गोरेवहादुर खपांगी, सडक दुर्घटनादेखि समाधिसम्म भन्ने पुस्तकसमेत विमोचन गर्दै कार्यवाहक प्रम गच्छदारले भन्नुभयो, ‘मधेशी लगायत जनजाती समुदाय तथा उत्पीडित समुदायलाई सरकारले समेट्न सकेको छैन । त्यसको लागि हामी एक जुट हुनु आवश्यक छ र अहिले हामी मिलेर बसेका छौं ।’
Image may contain: 10 people, people standing 
विशेष अतिथिमा पूर्वमन्त्री देवीप्रसाद ओझा नेता खपाङ्गीसंगको सहयात्री जीवनको बारेमा प्रष्ट पार्दै भन्नुभयो, ‘नेता खपाङी कहिलै पनि बाहुन बिरोधी हुनुहुन्थेन, उहाँ त केवल ब्राहमणबादको बिरोधी हुनुहुन्थ्यो । हामी कैयौंपटक भोकभोकै पनि हिड्यौं, उहाँ भोकै अवस्थामा पनि झोलामा एउटा पुस्तक बाक्नुहुन्थ्यो । आज उहाँ मरेर जानुभयो तर उहाँका सम्झना अझै हामी माझ रहिरहनुहुनेछ । बास्तवमा उहाँ नेपालका लागि महान नेता हो, उहाँका योगदानलाई नेपाल सरकारले कदर गर्नुपर्छ ।’
Image may contain: 8 people, people sitting and indoor 

अन्य बिशेष अतिथिहरुमा पूर्व प्रधानन्यायाधीस केदार गिरी, नेता खपांगीका धर्मपत्नी विद्या खपांगी हुनुहुन्थ्यो । अतिथिहरुमा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नबीन रोकामगर, नेपाल मगर संघका पूर्वअध्यक्ष क्या. यमबहादुर बुढाथोकीमगर, नेपाल मगर बुद्ध सेवा समाजका अध्यक्ष क्या. देउबहादुर राना मगर, पूर्व ब्रिगेडियर जनरल श्यामबहादुर थापामगर, मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक सिं थापा, यूके मगर संघका उपाध्यक्ष अनिता रानामगर, नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेमगर, फाउण्डेशनका सल्लाहकार मगर भिक्षु मधेङकर, आदिबासी जित बहादुर सिंजाली प्रतिष्ठानका अध्यक्ष संजोग लाफामगर, मगर क्रियशन कम्पनीका सचालक आर्शिबाद पुनमगर साथै बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीको उपस्थित रहेको थियो ।
Image may contain: 4 people, people standing 

त्यसैगरी, फाउण्डेशनका अध्यक्ष हुम थापाले बोस्टन मगर समाज अमेरिकाले पठाएको एक लाख रुपैयाँ मगर अध्ययन केन्द्र अध्यक्ष डा. गोबिन्दप्रसाद थापामगरलाई हस्तान्तरण गर्नुभयो । उक्त रकम मगर अध्ययन केन्द्रले मगरजातिबारे सटिक ग्रन्थ सुचि एक पुस्तक प्रकाशन गर्ने र त्यस पुस्तक बिक्रि बितरण वापत आएको रकम खपाङ्गी फाउण्डेशनमा अक्षयकोष स्थापना गरी प्रत्येक बर्ष खपाङ्गी शिक्षा पुरस्कारमा खर्च गरिने टिओआरमा उल्लेख छ ।
Image may contain: 11 people, people sitting and indoor 

कार्यक्रमको समापनको क्रममा सभापति एवं जीवी फाउन्डेशन अध्यक्ष हुमबहादुर थापा पचभैया मगराले नेता खपाङ्गीको व्यक्तित्व, कृतित्व, राजनितिक, सामाजिक, सांस्कृतिक, भाषिक, शैक्षिक, साहित्यक चिन्तन र बिचारको खोज अध्ययन, अनुसन्धान, अन्बेषण गरी अभिलेख एवं संग्रह गर्ने बताउनु भयो । त्यस्तै नेता खपाङ्गी स्मृतिमा वहाँको नामबाट प्रतिभाशाली, गरिब तथा जेहेन्दार छात्रबृति स्थापना गरी प्रदान गर्ने बताउनु भयो । नेपालको सामाजिक, सांस्कृतिक, भाषिक, शैक्षिक, साहित्यक र खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई नेता खपाङ्गीको नामबाट स्मृति पुरस्कार र प्रतिभा पुरस्कार स्थापना गरी प्रदान गर्ने बताउनु भयो ।
Image may contain: 3 people, indoor 

कार्यक्रम सञ्चालन फाउण्डेशनका सचिव भाबेश भूमरीले गरेका थिए भने स्वागत मन्तव्य फाउण्डेशनका सदस्य एबं अधिबक्ता मोहन शासंकरले गरका थिए भने विमोचित पुस्तकबारे संक्षिप्त जानकारी लेखक नन्दबहादुर घर्तीमगरले गरेका थिए ।

 


फोटो:संजय सिंजाली मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
 महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवसको फोटो झलक.

 

Last Updated on Thursday, 28 September 2017 11:16

Hits: 380

मगर संघले भन्यो , मगरहरुलाई भोट हाल

राष्ट्रिय जनमुक्ति पार्टी मेयरका उमेद्धवारहरु:प्रदिप थापा मगर , डब बहादुर गर्वुजा पून मगर  र कुमार पुन मगर लाई जिताउन आग्रह ।

सञ्जय सिंजाली मगर

Image may contain: 7 people, people sitting and indoor


काठमाण्डौ , बैसाक २६ - नेपाल मगर संघ केन्द्रीय समिति द्धवारा आयोजित संविधान संशोधन र स्थानीय तह निर्वाचन संवन्धि कार्यक्रममा उपस्थित प्राय सबै मगर अगुवाहरुले मगर उमेद्धवारहरुलाई नै भोट हालेर जिताउन सुझाव दिएका छन ।

बैसाक २३ गते बागबजार स्थित होटल हार्दीकमा भएको संविधान संशोधन र स्थानिय तह निर्वाचनमा मगर समुदायको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सबैको एउटै आवाज थियो । रिडी ईन्भेष्टमेण्ट पब्लिक कम्पनीको आर्थिक सहयोगमा राजनैतिक दल संबद्ध संयुक्त मगर मन्च नेपाल र मगर सामाजिक अभियन्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रम भएको थियो ।


नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरको अध्यक्षतामा संघका उपाध्यक्ष गंगा खासु थापा मगरको संचालनमा अर्का उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले मार्मीक मन्तब्य सहित स्वागत तथा शुभकामना दिनु भएको थियो ।


कार्यक्रममा मगरका मुद्दाहरूको संबोधन नहुदासम्म नीतिगत असहमति भएता पनि देशको विकसित परिस्थितिलाई हेक्का राख्दै प्राप्त उपलब्धि बचाऊका साथ वांकी लक्ष्य प्राप्तिका लागि स्थानीय तह निर्वाचनलाई मगरात आन्दोलनको रूपमा नै सदुपयोग गर्न हरेक राजनैतिक दलका मगर उम्मेदवारहरू साथै पहिचान र अधिकार सहितको संघीयता पक्षधर गैह्र मगर उम्मेदवार समेत लाई सहयोग गर्ने तर , कुनै पनि उम्मेदवारले पहिचान र अधिकार को मुद्दालाई बुझ्नै पर्ने र स्वीकार गरी सहयोग गर्नै पर्ने अध्यक्ष नबिन रोका मगरको जोड रहेको थियो ।


कार्यक्रममा नेपाल मगर संघका पूर्ब अध्यक्ष कया. यम बहादुर बुढाथोकी मगर , नेपाल मगर बुद्ध सेवा समितिका केन्दिैय अध्यक्ष क्या. देउ बहादुर राना मगर, समाज सेबी तथा रिडी ईन्भेस्टमेट कम्पनीका अध्यक्ष ले. मान बहादुर बुढा मगर,पूर्ब सभासद एबं नेपाल मगर बिध्यार्थी संघका पूर्ब अध्यक्ष राम बहादुर थापा मगर , बिध्यार्थी कै पूबृ अध्यक्ष एब. लोक तान्त्रीक मगर संघका अध्यक्ष भोज बिक्रम बुढा मगर ,अर्का पूर्ब अध्यक्ष एबं छलफल पत्र प्रस्तोता झकेन्द्र घर्तीी मगर ,मगर संघका उपाध्यक्ष दल ब। बिरकट्ट, केन्द्रिय कोषाध्यक्ष कमला थापा, नेपाल मगर महिला संघका अध्यक्ष बिनिता थापा, जीत बहादुर सिंजाली मगर प्रतिस्ठानका अध्यक्ष सन्जोग लाफा,नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघका अध्यक्ष हुम बहादुर पचभैया थाापा मगर लगाएतका अतिथिहरु उपस्थिति हुनुहुन्थ्यो ।

नेपाल मगर संघका यूरोप ईन्चार्ज शान्ती देवी कुवर थापा, अधिबक्त्ता गौ बहादुर आले मगर, शुसिला पुन , राम थापा मगर , मञ्चका अध्यक्ष पुर्ण लाल घर्ती, ले। मान ब। बुडा मगर यम बहादुर बुढाथोकी मगर , क्या। देउ बहादुर राना मगर, हुम बहादुर थापा मगर,भो बिक्रम बुडा मगर लगाएतले मगर उमेद्धवारहरुलाई भोट दिएर जिताउन आग्रह गरेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका उमेद्धवारहरु बुढानिलकण्ठ न.पा. मेयरमा प्रदिप थापा मगर ,ने.म.स. का.जी अध्यक्ष डब बहादुर गर्वुजा पून मगर काठमाण्डौ महानगर पालीकाका मेयर र कुमार पुन मगर वडा अध्यक्षमा तारेकेश्वर न.पा. बाट  उमेद्धवार दिनु भएकोमा उहांहरुलाई जिताउन सबै मगरहरु कम्मर कसेर लाग्नु पर्ने सबैको एक मत थियो ।

कार्यक्रममा नेपाल मगर बिध्यार्थी संघका पूर्ब अध्यक्ष तथा मगर संघका सल्लाहकार झकेन्द्र घर्ती मगरले छोटो मिठो छलफलपत्र प्रस्तुत गर्नु भएको थिया ।
(छलफलपत्रको पुरा पाठ तल पढ्नुहोस)


संविधान स्रशोधन र स्थानीय तहको निर्वाचन सम्बन्धमा नेपाल मगर संघको धारणा
म्गरका लागि संविधान शसमावेशी र अपुरो
 पहिलो संविधानसभा २०६४ विघटन हुनु मगर लगाएत पहिचान सहितको संघीयता पक्षधारहरुको लागि एउटा गम्भिर षड्यन्त्र थियो । दोस्रो संविधानसभाको बनोट तुलनात्मकरुपमा पहिलोभन्दा जातिय, क्षेत्रीय र लिंगीय दृष्टिले धेरै असमावेशी बन्न पुग्यो । परिणामत पहचानको राजनीतिक मुद्दा कमजोर मात्र भएन दोस्रो संविधानसभाले पहिलो संविधानसभाले तय गरेको राज्यपुनसंरचनाको पहिचान र सामथ्र्यका आधारहरुलाई बेवस्ता गर्दै भौगोलिक प्रशासनिक आधाचरमा माग गर्दै आएको मगरात प्रदेश नं. ४,५ र ६ मा बिभाजन गरिदियो ।
 संविधान मगर तथा आदिबासी जनजातिको मुख्य माग पहिचानसहितको संघियतालार्य बेवास्ता गर्दै भौगोलिक प्रशासनिक आधारमा सात प्रदेशको खाका र अधिकारको सूचिसहित प्रदेश नाम पनि प्रदेश सभाको दुई तिहाइ बहुमतबाट राखिने र संघीय आयोगमार्फत सिमांकनको टुंगो लगाउने व्यवस्था गर्यो । त्यसैगरी धर्म निरपेक्षता त स्वीकार गर्यो तर  यसको परिभाषा भने सनातनदेखि चलिआएको धर्म संस्कृतिक स्वतन्त्रता सम्झनुपर्नेछ भनेर गरिदियो । यसले धर्मनिरपेक्षताका नाममा हिन्दु धर्मकै पक्षपोषण गर्यो ।
 संविधान देवनागरि लिपिमा लेखिने खस भाषालाई मात्र सरकारी कामकाजको भाषाको मान्यता प्रदान गरेर भाषिक बिभेद कायम गरियो । त्यसैगरी, समावेशी सिद्धान्तलाई स्वीकार गरिएपनि जनसंख्यको समानुपातिक प्रतिनिधित्वको मागलाई संविधानमा संवोधन गरिएन ।
 सबैभन्दा स्मरणीय के छ भने संविधानसभामा प्रतिनिधित्व गर्ने २१ ज्ना मगर सभासदले संविधानमा हस्ताक्षर गरे मगर तथा जनजाति समुदायका मुख्य मुद्दाहरु संविधानमा नसमेटिएका कारण मगर समाजले संविधानमाथि अपनत्वलिन सकेको छैन् । तसर्थ मगर समाजको लागि संविधान अपुरो र असमावेशी छ ।
यसकारण संविधान संशोधन
ड्ड सन् २००६ को जनआन्दोलनपछि संविधान निर्माण प्रक्रियादेखि नै नेपाल मगर संघ र संयुक्त मगर मञ्च  मार्फत संगठित रुपमा मगरहरुको तर्फबाट राज्यपुनसंरचना, समावेशी समानुपातिक प्रतिनिधित्व र पहिचानका मुद्दाहरुलाई निरन्तर उठाउदै र दवाब दिदै आएको सर्वविदितै छ । त्यसको बावजूद पनि संविधानमा हाम्रा मुख्य मागहरु संबोधन भएनन् । तसर्थ मगरहरुको तर्फबाट संविधान संशोधन अनिवार्य भएको छ । खासगरि मगरहरुको तफबाट संशोधनका प्रमुख मुद्दाहरु इसप्रकार छन् ः
ड्ड संविधान २०६४को राज्य प’नसंरचना र राज्य शक्तिको बा“डफा“ड समिति तथा डा. मदन परियारको संयजकत्वमा बनेको राज्य संरचना उच्चस्तरीय आयोगले निर्धारण गरेको संघीय एकाई निर्माणका लागि पहिचाका ५ आधार(जातिय समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता) तथा सामथ्र्यक ४ आधारमा मगरहरुको सघन बस्ती भएको ऐतिहासि भूभागलाई एउटै प्रदेशमा राखिनूपर्दछ जसले गर्दा मगरात प्रदेश कायम हुने संभावना बढेर जानेछ ।
ड्ड राज्यको संघीयकरणसंगै मगर तथा आदिबासी प्रतिनित्व सुनिश्चित गर्नु हो । तसर्थ स्थानी तह प्रदेशदेखि केन्द्रसम्म राज्यका निकायहरुमा जनसंख्याको समानुपातिक प्रतिनिधित्व संबैधानिकरुपमा सुनिश्चित हुनुपर्दछ ।
ड्ड नेपालमा बोलिने सबै भाषाहरुलाई संबिधानिकरुपमै समान हैसियत दिनुपर्ने तथा धर्म निरपेक्षतालाई धर्म व्यक्तिको स्वतन्त्रता भएकाले राज्यसंग पृथक राखिनुपर्ने व्यवस्था गरिनुपर्ने ।
स्थानीय तहको निर्वाचन र मगरहरु
 नेपालको संविधान २०७२ जारी भएपछि राज्यले आदिवासी जनजाति मधेशी दलित लगाएत उत्पिडित समुदायका आवाजहरुलाई झन् बेवास्ता गर्दै आएको छ । त्यसैक्रममा संविधानमा समावेश गर्नैपर्ने पहिचानका राजीनीतिक मागहरुलाई बेवास्ता गर्दै राज्यले बालानन्द पौडेलको अध्यक्षतामा असमावेशी स्थानीय तह पुर्नसंरचना आयोग गर्यो । आयोगले मगर लगाएत आदिवासी जनजातिको ऐतिहासिक पहिचान र पहु“च नहुने गरि स्थानीय तह शिफारिस गर्यो र त्यसलाई तत्कालीन स्थानीय बिकास मन्त्री हितराज पाण्डेको संयोजकत्वको अध्ययन टोलीले थप परिमार्जन गरी ७४४ स्थानीय तहको शिफारिस गर्यो ।
 संविधानले नै व्यवस्था गरेको बिशेष र संरक्षित क्षेत्रहरुलाई पनि आयोगले समेटेन जसले आदिवासी जनजातिको स्थानीय स्वाशासनको संभावनलार्य राज्यले नियतवश आयोगमार्फत खारेज गर्ने प्रयास गरेको देखिन्छ ।
 वर्तमान माओवादी कांग्रेस गठबन्धनको सरकारले अहिले त्यही आयोगको शिफारिसका आधारमा स्थानीय तहको चुनाव दुई चरणमा गर्ने घोषण गरेको छ । पहिलो चरण अन्तरगत आगामी बैशाख ३१ ग्ते प्रदेश नं ३, ४ र ६ प्रदेशमा र दोस्रो चरणमा आगामी जेठ २९ मा बांकी प्रदेशमा । यद्यपी चुनाव हुने नहुने अन्यौलता अझै कायम छ ।
 पहिलो चरणमा ३४ जिल्लाका २८६ स्थानीय तहमा उमेदवारको अन्तिम नामावली प्रकाशित भइसकेको छ । तीमध्ये मगरहरु एक दर्जन जति स्थानीय तहमा विभिन्न पार्टीबाट प्रमुख उपप्रमुख पदमा उमेदवारी दिएका छन् भने समग्रमा उमेदवार न्यून नै देखिन्छ ।
     चुनावमा हाम्रो भूमिका
 मगरहरु नेपालभरि छरिएर रहेकौ छन् । शायद नेपालका अन्य आदिवासी जनजातिभन्दा एउटा पृथक बिशेषता मगरहरुको यही भौगोलिक सांस्कृतिक विविधता र व्यापकता नै हो । तसर्थ मगर समाज पनि राजनीतिकरुपमा विभिन्न पार्टीहरुमा संगठित छन् । त्यसैले चुनाव जस्तो राजनीतिक प्रकृया मगर समाजमा सबैलाई मान्य हुने राजनीतिक दृष्टिकोण बनाउन सहज छैन । यद्यपी माथि उल्लेख गरिएका मगर समाजका साझा बिषयहरुलाई आफू आबद्ध राजनीतिक बिचारभन्दा माथि उठेर सोच्न सक्यौं भने आसन्न स्थानीय तहको चुनावमा मगरहरुको भूमिका निम्नानुसार हुन सक्छ ः
ड्ड मगर बाहुल्य भएका स्थानीय तहमा उमेदवारी मनोनयन गर्दा जुनसुकै पार्टीबाट भएपनि मगर बनाउन लविङ तथा दवाब दिने । मगर बाहुल्य नभएका क्षेत्रहरुमा समानुपातिक उमेदवार सुनिश्चित गर्ने ।
ड्ड जुनसुकै पार्टीबाट उमेदवार भएको भएपनि मगर उमेदवारलार्य मतदान गर्न मगर मतदाताहरुलाई आव्हान गर्ने ।
ड्ड विभिन्न पार्टीमा आवद्ध मगरहरु एकापसमा सौहाद्र, सदभाव र स्वच्छ प्रतिष्पर्धा गर्ने गराउने ।
ड्ड चुनावको नाममा हुने विभिन्न अपराधिक तथा अनैतिक घटनाहरुमा मगर यूवाहरुलाई संलग्न नहुन सचेत गराउने ।
ड्ड स्थानीय तहको शासनमा मगर नेतृत्व स्थापित गर्न र मगरहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गराउने ।
ड्ड स्थानीय तहमा उमेदवार बनेका मगरहरुलाई मगर समाजका स्थानीय मुद्दाहरुमा सचेत र प्रतिबद्ध बनाउने ।
हाम्रो अनुरोध
 देशमा भइरहेका राजनीतिक घटना र प्रकृयाहरुलाई पकड्न नसक्दा मगर समाज राजनीतिकरुपमा पछाडी परेको छ । तसर्थ राजनीतिलाई पनि मगर समाजको हितमा सदुपयोग गर्न सक्नुपर्दछ । अन्यथा संघीयकरणको प्रक्रियामा पनि हामी पछि पर्नेछौं । उदाहरको लागि स्थानीय तह गाउ“ पालिका र नगरपालिकाको नाम तथा सीमाना निर्माणमा मगर संघ संगठनहरुले प्रमुख भूमिका खेलेर कम्तिमा मगर सघन वस्ती भएका गा.वि.स हरुलाई एउटै गाउ“ पालिका, नगरपालिकामा वा वडामा मिलाउन सकेको भए अवको स्थानीय तहको राजनीतिमा मगरहरुको लागि सहज हुने थियो । तर हामी चुक्यौं । तसर्थ आसन्न भूमिका निर्वाह गर्न हामी सबै मगर नेता, कार्यकर्ता तथा जनतामा हार्दिक अपिलका साथ अनुरोध गर्दछौं । अन्यथा समयसंगै राजनीतिक प्रक्रियाहरु अगाडी बढिरहने, हाम्रा मुद्दाहरु छुट्दै जाने र परिवर्तन बहावलार्य पकड्न नसक्ने अवस्थाबाट हामी गुज्रिरहनुपर्ने छ । हामी सबैलाई चेतना भयो ।
                                             २३ बैशाख २०७३, होटल हार्दिक, बागबजार



फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

मगर राजनैतिक अन्र्तरक्रिय कार्यक्रमको फोटो झलक.


 

Last Updated on Tuesday, 09 May 2017 05:47

Hits: 964

हार्दिक श्रद्धान्जलि - एक बहादुर राना मगर
हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी