A+ A A-

समाजवादी क्रान्ति कि सामाजिक क्रान्ति ?

नन्द बहादुर घर्ती मगर

  कुनै वेलाका अर्थमन्त्री क.अनन्त १/२ दिन अगाडि रोल्पा आएछन । एमाओवादीको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरुलाई वटुलवाटुल पारी जिल्लाको विकासको गतिविधिवारे क.अनन्तले वुझ्ने काम गरे रे । योभन्दा एकदिन अगाडि पनि एमाले नेता माधवकुमार नेपालले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारी कार्यालयका प्रमुखहरुलाई वटुल्न लगाई जिल्लाको अवस्थावारे वुझ्ने काम भयो रे । यी दुवै पार्टीहरु यसप्रकारको काम गर्नमा तछाडमछाड गरेको पाइयो ।

सार्वजनिक पदधारण नगरेको व्यक्ति तथा पार्टीको आयोजनामा हुने यसप्रकारको गतिविधि कति उचित या अनुचित ? यी सवै पेटभित्र लुकेको छ । म ठान्छु यो राजनीतिक भ्रष्टाचार हो । राजनीतिक भ्रष्टाचारको धर्म हो जनताको सार्वभौमिकताको स्वरुपलाई क्षयीकरण गर्दै लैजाने । त्यसैले उनीहरुको यो काम वेइमानीले भरिपूर्ण छ ।

कार्यक्रममा अनन्तले भने रे, “राजनीतिक क्रान्तिको अभिभारा पूरा भयो अव समाजवादी क्रान्तिको थालनी गर्नुपर्छ र त्यो काम एमाओवादीले मात्र गर्छ ।” उनको यो भनाई वैचारिक कुरा हो । वैचारिक कुरा गर्न सवैलाई स्वतन्त्रता छ । तर यो भनाई उनको मनभित्रको ज्ञानले देख्यो या गाइडेड । हामीले छुट्टयाउन खोजेको गाँठी कुरा यो हो ।

समाजवादी क्रान्ति भनेको आर्थिक रुपले डुव्लाएका जनतालाई मोटो वनाउने संकल्पको तयारी । भनौं यो क्रान्तिको तेश्रो चरण हो । आर्थिक रुपले पहिलो विश्वशक्ति अमेरिकाको ‘नेटिभ अमेरिकन’ जसलाई हामी ‘रेड इन्डियन’ भन्छौं उनीहरु राष्ट्रपतीय निर्वाचनमा वेखवर हुन्छन । यद्यपि उनीहरु आइएलओ १६९ खाएर वसेका छन तर राजनीतिक रुपमा जागेको दखिएन । ठिक त्यसैगरी क.अनन्त र माधवकुमार नेपालले रोल्पाका सरकारी कार्यालयका प्रमुखहरुलाई वोलाई राजनीतिक भ्रष्टाचार गर्दा पनि यहाँका जनता वेखवर छन । यसको अर्थ नेपालमा पनि रेड इन्डियनहरुको वाक्लो वस्ती रहेछ भन्ने वुझिन्छ ।

क.अनन्त जुन धरातलमा छन त्यो धरातललाई समाजवादी कि सामाजिक क्रान्ति ? हामी राजनीतिक रुपमा इमान्दार छैंभने वहसमा उत्रिनुपर्छ । हैभने मान्छेको जुन विकासक्रम छ त्यसमा वाझो हाल्नु हुदैन । गाइडेडवाट चल्नु सवैभन्दा खतरापूर्ण हुन्छ । यो ज्ञानको कुरा हो । 

४ चैत २०७२

Last Updated on Sunday, 27 March 2016 16:53

Hits: 545

मंगोलहरुको स्वाभिमान किन जाग्दैन ?

जीवन मंगोल
“गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बीरहरु लड्छन् र इमान्दारहरु अघि बढ्छन् ।” होचिमिन्ह । आहा ! सुन्दै हामी कति बीर, हेर्दै कति बीर जस्तो । हुन पनि हामी पराक्रमी बीर रावणका सन्तान । बुद्ध जस्तै शान्त हामी भित्रको अत्यन्त नम्रता र इमान्दारिता । लाग्छ हामी कतै मूर्ति जस्तै । आफ्नै निम्ति केही नगर्ने, आफ्नै आँखा अगाडिको नदेख्ने, कति बुद्धु छौं । हाम्रो स्वाभिमान मरेको छ । इतिहासले चिहानमा गाडेको छ । हामी मंगोललाई हाम्रो कंकाल, अस्थिरपञ्जर उत्खनन गरी निकालेको अवस्था भए पनि पूर्णरुपमा ज्यूँदो मंगोल हुन सकिरहेका छैनौं । हामी विशाल हृदय भएर विशाल सोच दुरदर्शीता नअपनाउने मानवरुपी कंकाल मात्र हौं । वर्तमान नेपालको राजनीतिक परिवर्तन सामाजिक, विभिन्न पाटोलाई नियाल्दा लाग्छ, हामी अझै निन्द्रामा छौं । हाम्रो स्वाभिमान जागेको छैन । हो, हामी मंगोलहरुको स्वाभिमान किन जान्दैन ? हामी मंगोलहरु केही गर्न नसक्ने हामी मंगोलहरु केही गर्न नसक्ने लाचार हौं ? बाहुन क्षेत्री शासक वर्गले यस्तै शैलीमा प्रचार गरेका छन् । यस्तै व्यवहार गरिरहेका छन् । त्यसलाई प्रतिकार गर्ने आफ्नो स्वाभिमानको निम्ति बिरता प्रस्तुत गर्न असक्षम हौं ? “न निगले बने न उग्ले” भन्ने कथन चरितार्थ उद्घाटित भइरहेको छ । गद्दारहरु कायरहरु सुरक्षित ठाउँमा बसेर हाम्रो स्वाभिमानलाई धज्जी उडाइरहेका छन् ।
हामीलाई उठ्न दिएका छन् न बस्न दिएका छन् । हाम्रा सत्रुहरुले तर्कको आवरण ओढाएर वास्तविक इतिहासको ढाकछोप गरेका छन् । मंगोलहरुको विशाल हृदय तर अपरित्यक्तताका कारण इतिहास अस्तित्व संकटमा परेको छ । इतिहास नै तर्कले मोड्ने पाखण्डी कथित इतिहासकारहरु चिन्न सकिरहेका छैनौं । जाली तमसुक बनाएर हामी मंगोलहरुको हातमा मंगोल राज्य बाहुन क्षेत्रको हातमा परेपछि हाम्रो स्वाभिमान हाम्रो शीर ढलेको छ । जबसम्म तर्कको आवरण असत्य जीवित राख्न सत्रुलाई भूमिका खेल्न दिन्छौं र हनुमान जस्तै बन्छौं । तबसम्म सत्यानुभूतिको आभाष हुनेछैन । कहिले मधेश आन्दोलनको नाममा कहिले जनयुद्धको नाममा त्यही अल्पसंख्यक बाहुन क्षेत्रीको स्वार्थका लागि ज्यान अर्पण कति सजिलै गर्न तयार हुने मंगोल सजिलै खट्न मान्ने । आफ्नो अस्तित्व स्वाभिमानलाई सानो स्वार्थमा भुल्ने कति सस्तो ।
सन् १९१४ देखि १९४५ सम्ममा पहिलो र दोस्रो विश्व युद्ध छेडिदा मूलवासी मंगोलहरुले वीरता प्रस्तुत गरेको कथा सुन्छौं । भीसी तक्मा कथा सुन्छौं । नेपाल भारतको विभिन्न भेगहरुमा बीरता साथ लडेको कथा सुन्न पाइन्छ । आज त्यो वीरताको कथा कथामै सीमित भएको छ । यसबाट के स्पष्ट हुन्छ भने हामी अरुको स्वार्थमा मात्र बीरता देखाउने, वास्तविक दुश्मनलाई बँचाएर आफ्नैलाई सिध्याउने बीर मात्रै रहेछौं । २००७ सालको कथित परिवर्तनको निम्ति लडिदिने मरिदिने फासीमा झुण्डिने सहिदहरुले बल्लतल्ल न्याय पाए जस्तो र दिए जस्तो गरेर औपचारिकता मात्र पूरा गर्न खोजिरहेको बाहेक अरु के ठूलो सम्मान दिएको छ ? १० वर्षसम्म माओवादीले चलाएको कसाई युद्ध (मान्छे मार्ने युद्ध) मा मूलवासी मंगोलहरु स्वाहा मात्र भएनन्, बाँचेकाहरुलाई घरबारविहीन सुकुम्बासी बन्नु परेको प्रश्रव वेदना अहिले त्यो प्रचण्डले सुनिदिन्छ ? फेरि उही प्रचण्डको प्रसंशा गरेर हिड्ने किरातीहरु कहिलेसम्म त्यो बाहुनको झोला बोक्छन् ? हुन त उनीहरुले मंगोल भएर पनि गर्न सक्ने केही होइन, निगाहमा मन्त्री खान पल्केका अनुहार मात्र मंगोलको देखाएर कुर्सीमा मूर्ति जस्तो बसेर मंगोल स्वाभिमान जाग्ने हो र ? विचार पनि हुनु पर्यो । विचार नै अर्काको निगाह पगाहमा चलेपछि राम्रो सोचाइको विकास नभएपछि अस्तित्वको कुरा कुन चरीको नाम हो भन्ने अल्मलमा पर्नु स्वाभाविक हो । रामबहादुर थापा मगर, देव गुरुङहरु कहाँदेखि कहाँ छिर्के लगाएर लडाइदियो । नविना लामा अहिले चर्चामा छिन् । बाहुन राज्यमा उनी पनि जीवनभर संघर्ष गर्नु भएको हातमा शून्य लाग्नेछ । हाम्रो सोझोपनाको फाइदा कति सजिलै लिइरहेकाछन् दुष्ट हत्यारा साम्राज्यवादी बाहुनवादीहरुले ।
आज मंगोलको लागि स्वासभरमा नविन विचारधारा मंगोलवाद संजीवनी बन्छ त्यो कसलाई ख्याल छ ? विना लक्ष्य विना गन्तव्य रोई कराई गरेर विलौना गरेर अर्काको निगाहमा आफ्नो अस्तित्व अनि मुक्ति मिल्छ भन्ने भ्रमबाट फुत्किनु पनि यो समय महत्वपूर्ण छ । बाहुनवादी विचारधाराले जन्माएको राज्य व्यवस्था मंगोल विचारधारामा बदल्नु देशको माग हो । त्यसको लागि कायर जस्तो लुकेर धम्काउने होइन, निर्भिकताका साथ क्रान्ति गर्नु प्रधान कुरा हो । अन्यायको विरुद्ध विद्रोह गर्ने लखन थापा मगर रामप्रसाद राई अटलसिंह खम्बु जस्ता ठाडै ढल्न आफ्नै लागि चाहिँ किन डराउने ? रत्नकुमार वान्तवाहरुलाई सुल्क्याउने देशका प्रधानमन्त्री बने गुण्डागर्दी गर्नेहरु प्रधानमन्त्री बने, जो आए पनि बाहुन क्षेत्रीहरु नै आएका छन् । सेना र विदेशी भूमिमा श्रम गर्न जाने सबै मंगोल बाँकी बाहुन क्षेत्री मंगोलहरुलाई कज्याउँदै मोज गर्दै बस्छन् यहीँ ।
बराजु चेप्जुको पालादेखि जवान मंगोल ठिटालाई अरु मतलव हुन्न जहिले पनि पल्टने हुने सपना देखिरहेका हुन्छन् । कति गर्दा पनि पल्टने नभए खाडीतिर भौतारिनु पर्ने बाध्यता कसरी सिर्जना भयो ? यो सबैभन्दा दुखद पक्ष हो । भारत, हङ कङ व्रिटिशका गोर्खा सेनालाई पनि बाहुनवादले गाज्नु गाँजेको छ । जता पनि त्यही बाहुन क्षेत्री त्यही बाहुनवादको नियन्त्रणमा रहनुपर्ने । जसोतसो फेरि उही बाहुनको खुट्टामा झुक्न बाध्य बनाएको छ । आखिर ब्रिटिसको सन्तान न हो । बाहुन क्षेत्री ब्रिटिसले जसो गर्छ, त्यसो नगरी कहाँ छोड्दो रहेछ । बीर गोर्खा भन्दै ढ्याप मार्यो । एक समय गोर्खा सैनिकले त यस्तो नारा पनि लगायो । अत्याधुनिक हातहतियारले सुसज्जित जर्मनलाई यस्तो धम्की दियो । “लेफ्ट राईट लेफ्ट राईट  कदम बढायो, फेरि गोर्खालीको छोरादेखि जर्मन डरायो ।” दोस्रो विश्व युद्ध जर्मनबाटै सुरु भएको थियो । मुख्य घटक फासिस्ट हिटलर हुन् । जसले ६० लाख यहुदी ग्याँस च्याम्बरमा हालेर मारे र आफै पनि बंकरमा आत्महत्या गरे । हो, कम्युनिष्ट पनि हिटलर भन्दा कम रहेछन् त ? नेपालमै हजारौ सखाप पार्ने संसारको के हिसाब किताब करोडौ मारेको छ । तिनैको पछि लागेर त्यही बाहुनहरुकै लागि मरिदिने मंगोल दरिद्र आत्माहरुले कहिल्यै मुक्तिको आभाष हुन पाएन । आज हामी यसरी छटपटाइरहेका छौ. । सामन्ती विदेशी बाहुन क्षेत्रीहरुको अगाडी हामी बीर होइन, कायर बनिरहेका छौं ।
हामी टुक्रा टुक्रामा परिणत भएका मंगोललाई जोड्न मंगोलवादको प्रनेता डा. गोपाल गुरुङको यात्रा र चिनिया यात्री फाहीयान (कुङ्ग) के तत्कालीन पिटकमा रहेको अधुरा र क्रमभ्रष्ट को पूर्णता र समाधानको कठिन यात्राको क्रममा एउटा कालो कोठरी भद्रगोलमा जन्मियो । यसलाई प्राण भर्ने काम गर्नु पर्यो । तर हाम्रो अत्यन्त स्वार्थका कारण उहाँको यात्राले राम्रो गोडचास पाएको छैन । अर्कोतिर भारतका दलितहरुको आइकन भारतीय संविधान निर्माता डा. भीम रावअम्वेडकरको धम्मपथको अपूर्णतालाई पूर्णता दिनु पनि हो मंगोलवादको उद्देश्य तर यसको तात्पर्य एउटा धर्मलाई अंगाल्नु होइन, अन्य धर्मलाई उपेक्षा गर्नु कदापी होइन भन्ने बुझ्न पनि आवश्यक छ । त्यति मात्र नभई हिन्दूवाद नै प्रतिस्थापन गर्नु र लोकतन्त्र , गणतन्त्र र धर्मनिरपेक्षतालाई अंगिकार गर्नु हो । यो कुरा मंगोलहरुले बुझ्नु पर्दछ । सामुहिक स्वार्थ र व्यक्तिगत स्वार्थमा आकाश धर्तीको फरक जस्तै अहिलेको व्यक्तिको स्वार्थ र सामुहिक मंगोल स्वार्थमा फरक छ । नेपालमा वर्णभेद रहेकोले दक्षिण अफ्रिकामा डा. नेलसन मण्डेलाले लडेको रंगभेद विरुद्धको लडाई पनि उस्तै हो । दक्षिण अफ्रिकामा २७ वर्ष जेल परेको थियो । त्यस्तै गोपाल गुरुङको वर्णभेद नीतिविरुद्ध र हिन्दूवादी व्यवस्थाको विरुद्ध बोल्दा बर्षौ जेल र भूमिगत जीवन विताउनु परेको इतिहास भुल्नु हुँदैन । आज हामी मंगोलहरुको स्वाभिमान रक्षा गर्नका लागि लागिपर्नु भोलिको निम्ति फलदाय नै हुनेछ । भ्रष्टाचारले मुलुक खोक्रो बनाइसकेका छन् । जुन मुलुक भ्रष्टाचारीको जगजगी छ, त्यहाँ स्वतन्त्रता धेरै टिक्दैन भन्ने भनाइलाई मान्ने हो भने स्वतन्त्रता खराबमा परेको छ । हाम्रो अस्तित्व, स्वतन्त्रता, इतिहास र स्वाभिमानका खातिर एकमुठी प्राण रहुञ्जेलसम्म प्रयत्नशील रहनु पर्छ ।

Last Updated on Sunday, 06 March 2016 14:43

Hits: 767

सच्चा सहीदलाई १३९ बर्षपछी सहि सम्मान

बिजय हितान ,

सती प्रथा उहिल्लै हटे पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ । सहिद लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेकाहरु पनि नेपाल सहिदले सरापेको देश भन्थे ।अन्तत्व ढिलै भए पनि एक कर्मठ सहिदलाइ पहिचान गर्दै राज्यले ठुलो सम्मान टक्र्याएको छ । २०७२ असोज ३ गते सरकारद्वारा नयाँ संबिधान घोषणा गर्नुको साथै सहिद लखन थापामगरलाई १३९ बर्षपछी नेपालको प्रथम सहिदको पगरी गुठाइएको छ । ईतिहासमा तिरस्क्रित शहीद एक युगपछी बल्लबल्ल यसरी पुरस्क्रित भए । अब सरापहरु सप्पै हटेर आसिर्बाद लाग्छ कि नेपाल आमालाई कतै !
लखनले राणाशासन बिरुद्द गोर्खाको बुङकोटमा जनबिद्रोहको तयारी गरेका थिए । त्याँहाका स्थानिय बुढाहरु भन्थे- लखन जोसमनी धर्म गुरु थिए, औतारी थिए, र उनले चिताएको पुग्थ्यो । जंगबहादुरले लखनलाई मृत्युदण्द दिएपछी 'त जंगे पनि मेरो मृत्युको सातदिन पछी मर्छस' भनी सराप दिएका थिए रे । १८ फेब्रुअरी १८७७ मा लखनलाई झुन्डाइएर मारियो भने त्यसै महिनाको २५ तारिख जंगबहादुरको पनि रहस्यमय ढंगले मृत्यु भयो । उपन्यास 'सेतो बाघ' मा जंगबहादुरको मृत्यु एक सेतो बाघको टोकाइबाट हुनसक्ने चित्रण गरिएको छ । उक्त सेतो बाघ भनेर तिनै लखनलाई सङ्केत गरिएको हुनसक्छ । अर्को जनधारणा के पनि छ भने जंगबहादुर जनजातिका छोरी-चेली माथि आँखा लगाउँथे ।

एक मगरको श्रीमतीसँग सुतेको भेटेपछी तिनको पोइले जार भनेर जंगबहादुरलाई छप्टाइदिएको भन्ने जनश्रुती सुनिन्छ । तिनै काट्ने ब्यक्तिलाई उपन्यासमा 'सेतो बाघ' को सङ्ग्या दिइएको आसङ्का गर्नसकिन्छ ।
प्रथम सहिदको घोषणा एकदमै सम्बेदनसिल घडीमा गरिएको छ । यसले नेपालको भाबी राजनैतिक छितिज नै अर्कै दिशातिर मोडिनसक्ने भनेर पहिचानबादिहरु आसङ्कित देखिन्छन । केही पाउन केही त गुमाउनै पर्छ । मगरात प्रदेशलाई चारतिर बिखण्डन गरिने गरी संबिधान घोषणा गरेपछी मगरात आन्दोलनकर्तालाई मुखमा बुझो लगाउन प्रथम सहिदको घोषणा गरिएको तत्थ्यलाई नकार्न सकिन्न । त्यसो त अैलेसम्म राज्यसत्ताद्वारा अपहेलित र मरणासन्न खपाङ्गिलाई स्वयम प्रधानमन्त्रि के पि वोली भेटन गएर उपचार्थ उल्लेखनिय आर्थिक सहयोग प्रदान गरिनुलाई पनी एक राजनैतिक गोटी चालिएको भनेर भन्न सकिन्छ ।


उपन्यासमा कल्पना गरिएका ति सेता बाघहरु जागेर लखनलाई प्रथम सहिद बनाउन अहिलेसम्म सङ्घर्षपूर्ण लँडाइ लडे । तिनै सेता बाघहरुको मद्दतले जनयुद्द मार्फत राजातन्त्र जस्तो बलियो पर्खाललाई भत्काएर संघियताको स्थापना सम्भव भयो । अब फेरी तिनै सेता बाघहरु अैलेको राज्यसत्तामा एकल जातिय पक्कडलाई फितलो न पारुन भन्नका खातिर लखनलाई प्रथम सहिद घोषणा गरिदिएर रणनितिको बल्छी फालेको बुझिन्छ । २०६२/६३ को जस्तो सत्ता परिवर्तन गराउने खालको जनआन्दोलन फेरी न दोहरियोस भन्ने उद्देस्यले पनि यस्तो पासा फालिएको हुनसक्छ ।


लखनलाई नेपालको प्रथम सहिद घोषणा गरिनु एक ऐतिहासिक निर्णय थियो । यसका सङ्कास्पद अनी नकारात्मक मात्रै होइनन सकारात्मक पक्ष पनि छन । एक सिक्काका दुई पाटा त हुन्छन नै । सङ्ख्याले गणितमा मात्रै होइन राजनीतिमा पनि निकै महत्वपूर्ण भूमिका खेल्छ । आदिबासी जनजाती मध्ये मगर जाती जनसङ्ख्याको हिसाबले सबैभन्दा ठुलो समुदाय हो । जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र भनेर हालै संबिधान संसोधन गरिएको अवस्थामा यसले बिशेष भूमिका खेल्नेछ । संघियता, समाबेसि र पहिचान जस्ता मुद्दाहरुको सबैभन्दा पहिला मुल फुटाउने खपाङी, हितान, एम एस, सुरेश, बमकुमारी जस्ता पुराना पुस्ताका मगर नेताहरु हुन । त्यसलाई निरन्तरता दिएका नयाँ पिंडिका नेताहरु शिवलाल, रामबहादुर, नन्दकिशोर, बर्षमान, ओनसरी, महेन्द्र इत्यादी हुन । हालै जारी प्रथम सहिद घोषणा तिनै मगर नेताहरुको पनि सम्मान हो भनेर लिन सकिन्छ । फल्सरुप सरकारले गरेको यो निर्णयलाई समाबेसिय राज्यसत्ता प्रणालिको सुरुवात मान्न सकिन्छ । यसरी चालिएको पाइलालाई सङ्कास्पद तरिकाले हेरिनु भन्दा हालै घोषित संबिधानको कार्यनयनको प्रारम्भ हो भनेर जान्दा सबैको भलाई हुन्छ ।


लखनलाई प्रथम सहिदको श्रिपेच पहिराउन पर्छ भन्दै बर्षौं अघिदेखी थुप्रै ब्यक्ती तथा संघसंस्थाहरु खटिए । यस घोषणाको अर्को फाईदा भनेको ति आन्दोलनकर्ताहरुले राहत प्राप्त भएको महसुस हो । सुरुमा सिमित समुदाय मात्रैका सम्पत्ति ठानिएका लखनलाई यस राष्ट्रिय सम्मानपस्चात सम्पूर्ण नेपालिको बिभुती भएको महसुस गरिएको छ । यसले सबैलाई आत्म सन्तुष्टी प्रदान गरेको छ । यस निर्णायक घडीले सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँधने काम गर्नेछ भनेर आशाबादी हुन जरुरी देखिन्छ ।


तर यो सम्मान सजिलै भने पाइएको अवस्य होइन । एकपछी अर्का सरकारलाई दबाब दिने सङ्घर्षपूर्ण कार्यक्रमहरु नभएकाभए यो सम्भव थिएन । यसको श्रेय देस बिदेसमा छरिएर रहेका बिभिन्न ब्यक्ती तथा संगठनहरुलाई जान्छ । २०६५ मा स्थापित प्रथम सहिद लखन थापामगर प्रतिस्ठानले छोटो कार्यकालमा थुप्रै जनचेतनामुलक कार्यक्रमहरु ल्यायो । स्मृति दिवस मनाउने, स्मारिका प्रकाशन गराउने, बुङ्क्कोटमा लखनको नाममा स्कुल स्थापना र स्मारक निर्माण गर्ने, सांसद र अन्य बिग्यहरुमाझ अन्तर्कृया गर्ने बिभिन्न कृयाकलापहरु गरिए । रोल्पाको थबाङलाई जन आन्दोलनको अखाडा मानिए जस्तै गोर्खाको बुङ्कोटलाई लखन बिद्रोहको जन्मभुमी भनेर चिनिन्छ । बुङ्कोटको काउले-भङगार टोलमा लखनले किल्ला निर्माण गरेर २००० युवालाई सैनिक तालिम दिएका थिए । यस्तो ऐतिहासिक स्थानलाई सम्रक्षण र सम्बर्धन गर्दै पर्यटकिय क्षेत्रमा बिकास गर्ने अवधारणा लिएर प्रतिस्ठानले एक परीयोजनाको खाका तयार पारेर सरकारलाई बुझायो ।


त्यसैगरी नेपाल मगर संघ र देस बिदेसमा रहेका यसका भात्रिसंस्थाहरुले बिभिन्न कार्यक्रम मार्फत जनमानसमा लखनको निस्वार्थपूर्ण र साहसिक देनलाई चिनाउने प्रयास गरे । बेलायत मगर संघले बर्षेनी लखन फुटबल कप खेलाउछ र लखन स्मृति दिवस मनाउछ । तर सन २०१२ देखी आदिबासी जनजाती महासंघ बेलायतले नेपालबाट जनजाती नेता झिकाएर र नेपाली राजादुत जस्ता बिशेष ब्यक्तीमाझ स्मृति दिवस मनाउन लाग्यो । यसबर्ष त महासंघले पहिलोपल्ट नेपाली राजदुतावासमै लखनलाई सम्झने कार्यक्रमको आयोजना गर्दैछ । प्रतेक बर्ष राजादुतावसमा लखनलाई प्रथमा सहिद घोषणा गरिन पर्छ भनी निरन्तर ग्यापन पत्र बुझाइँदै आइएको छ । यसरी महासंघको छत्रछायाँमा यसले ब्रिहत प्रचारप्रसार पाउंदै आएको छ । अन्य राष्ट्रहरुमा पनि मगर संघ र आदिबासी जनजाती महासंघको सहकार्यमा यस्ता कृयाकलाप गरेको पाईन्छ ।


क्रमश लखनलाई पहिलो सहिद घोषणा गरिनुपर्छ भनेर सडकमा आन्दोलन र सँसदमा बहस चल्न थाल्यो । पोखरामा तात्कालिन कास्की जिल्ला मगर संघका अध्यक्षको मातहतमा लखनको सालीक ठडाउने निकै शाहसिक कार्य भयो । त्यसैगरी बुटवल र पाल्पामा पनि लखनको मुर्ती स्थापना भयो । सांसद शिवलाल थापामगरले संबिधान सभामा लखनलाई प्रथम सहीद घोषणा गरिन पर्छ भनी प्रस्ताव ल्याइ सर्बसम्मबाट पारीत गराउनु भयो । सरकारसँग बिरोधाभास राख्नुभन्दा सहकार्य गरे केही पाइंदो रहेछ भन्ने यो एक ज्वालन्त उदाहरण हो । अर्को तिर बौदिक छेत्रका मानिसहरु लखनको बारेमा ऐतिहासिक खोजी र मेडिया क्याम्पेन जारी राखे । देसी बिदेसी विश्वाबिद्यालयका विद्यार्थीहरुले यस बिषयमा शोधपत्र पेश गर्नथाले । ड हर्षबहादुर बुढाले लखनको जीवनमा आधारित खोजपूर्ण पहिलो किताब प्रकासित गरे एता ५ - ७ अरु किताबहरु बजारमा निस्किसकेका छन । यि पुस्तकहरुले लखन एक सहीद त थिए नै यद्धपी प्रथम शहीद पनि हुन भन्ने बलिया प्रमाणहरु पेश गरे ।


यसरी प्राप्त सफलताको श्रेय हामी माझ मात्रै बाँडने होइन । लखन सँगै शहादत प्राप्त गरेका उनका सहयोगिहरु- जयसिङ चुमीमगर्, सुकदेव गुरुङ, सुपती गुरुङ्, ज्ञान दिलदास्, कानु लम्साल साथै २००० फौजी युवाहरू, स्थानिय समुदाय इत्यादिले दिएको योगदानलाई पनि यस पुनित घडीमा सम्झनु पर्छ । लखनले सुत्रपात गरेको भौतिक आन्दोलनलाई त बन्दुकले दबाइयो तर यसको गहिरो छाप त्यसपछिका नेपाली जनतामा गढिनै रह्यो । फल्सरुप धन्दै ६० बर्ष पछी चार सहीदहरु- धर्मभक्त, गंगालाल, सुक्रराज, दसरथको सहादतपस्चात नेपालमा प्रजातन्त्रको उदय भइ नै छोड्यो । यि महान ब्याक्तिहरुलाई पनि भुल्न भएन ।


लखन प्रति अब हाम्रो सच्चा स्रदान्जली भनेको- प्रतिस्ठानलाई बैधानिक मान्यता प्रदान गरी सरकारी कोषको स्थापना, बुङ्कोट परीयोजनालाई यथासिघ्र कार्यनयन अनी हामी सबै बुङ्कोट भ्रमण गरी त्याँहाको साक्षात अनुभव बटुल्नु हो जस्तो मलाई लागेको छ ।

Last Updated on Thursday, 04 February 2016 22:01

Hits: 736

अन्ततः लखन थापा मगर प्रथम शहीद घोषित

रुल बहादुर आलेमगर,

पृष्ठभूमि ः ,

गोरखास्थित बुंकोट–४ काहुलेका लखन थापा मगर पुरानो गोरख गणमा बहाल रहेको समयमा वि.सं.१९१४ भारतमा भएको सिपाही विद्रोह शान्त पार्न नेपालको तर्फबाट लखनऊ पुगेका थिए । विद्रोह रोकिए पनि भारतीय सैनिकहरुले आफ्नो राष्ट्रप्रति देखाएको स्वाभिमान र देशभक्तिबाट उनी अत्यन्त प्रभावित भएका थिए । उनले नेपालमा पनि हुकुमी राणाशासन विरुद्ध आम नेपाली जनताले स्वतन्त्रता र मुक्तिका लागि एकजुट भएर लड्न आवश्यक देखे । जंगबहादुर राणाले नेपाली जनता माथि थोपरेको निरङकुशताविरुद्ध जनतन्त्रको माग गर्दै स्थानीय मानिसहरुलाई चेतनशील र जागरुक बनाउँदै संगठित भई उठ्न आव्हान गरे । यसरी नेपाली जनताको हक र अधिकारका लागि तत्कालीन राज्यसत्ता विरुद्ध जनमानसलाई एकत्रित र संगठित गराई विद्रोहमा उत्रेकै कारण उनलाई १९३३ फाल्गुण २ गते गोरखा जिल्लास्थित बुङकोटको काहुलेभंगारमा फाँसी दिइयो । राणाशासन विरुद्ध उठेको यो पहिलो विद्रोह थियो ।

प्रथम सहिद लखन थापा मगर 

शहीद लखन थापाले सुत्रपात गरेकै प्रजातान्त्रिक आन्दोलनलाई आत्मसात गर्दै राणाशासन विरोधी विभिन्न गतिविधिहरु सञ्चालन गरे वापत वि.सं.१९९७ सालमा नेपालका चार सपुतहरुले सहादत प्राप्त गरेका थिए । यो विद्रोहको लगत्तै वि.सं.२००७ फाल्गुण ७ गते नेपालमा प्रजातन्त्रको आगमन भई जहानियाँ राणाशासनको विधिवत् अन्त्य भयो । प्रजातन्त्रको प्रादुर्भावसँगै शहीदहरुको सूचीमा चार अमर शहीदहरुलाई राखिए तापनि जेठा शहीद लखन थापा मगरलाई भने समावेश गरिएन । यसको अर्थ, राज्यले शहीद लखन थापा मगरप्रति पूर्वाग्रह राखेकै कारण उनलाई तत्काल सम्मान दिन राज्य तयार भएन । जनस्तरवाट अझ खासगरी मगर समुदायले यो विभेदप्रति लामो समयसम्म आवाज उठाकै कारण पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको पहलमा उनलाई शहीदको कोटीमा समावेश गरियो ।

जंगबहादुरको निरङ्कुश सत्ताविरुद्ध पहिलो पटक जनस्तरबाट आवाज उठाएकै कारण सहादत प्राप्त गर्न पुगेका लखन थापा मगरलाई नेपालको प्रथम शहीदको दर्जा दिलाउन लामो संघर्ष हँुदै आयो । नेपाल मगर संघ र स्वदेशी विदेशी मगर संघसंस्था लगायत तमाम विद्वान, लेखक, इतिहासकार, बुद्धिजीवी र समाजसेवीहरुले नेपाल सरकारलाई दवाव दिंदै आएका थिए । उनै शहीदको नाममा २०६५ सालमा स्थापित प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानले बुझाएको पछिल्लो ज्ञापन पत्रलाई आधार मान्दै नेपाल सरकारले २०७२ असोज ३ गते औपचारिकढंगले निर्णय गरी शहीद लखन थापा मगरलाई अन्ततः नेपालकै प्रथम शहीद घोषणा गरेको छ ।

ऐतिहासिक दिन ः ऐतिहासिक निर्णय

संविधानसभाबाटै संविधान निर्माण गर्ने क्रममा नेपालमा दुई–दुई पटकसम्म चुनाव भयो । विभिन्न आरोह, अवरोह पार गर्दै लामो अन्तरालमा नेपालको संविधान, २०७२ गत असोज ३ गते विधिवत् जारी भयो । यो नेपाली जनताले गरेको लामो संघर्ष, त्याग र वलिदानको परिणामस्वरुप आएको संविधान हो । जसले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता महत्वपूर्ण पक्षहरुलाई आत्मसात गरेको छ । करिव ९०% जनप्रतिनिधिहरुको हस्ताक्षरमा संविधान जारी भएको अवस्था पनि हो । त्यसो त संविधानमा मधेशी लगायत आदिवासी जनजाति, पिछडावर्गका समस्याहरुबारे उचित सम्बोधन हुन नसकेको परिवेशमा यसको विरोध कायमै छ । छिमेकी राष्ट्र भारतले पनि जारी भएको वर्तमान संविधानप्रति भित्रभित्रै असन्तुष्टी राख्दै अघोषित रुपले सीमामा अप्रत्यक्ष ढंगले नाकाबन्दी गरेको कारण नेपालको आर्थिक, राजनैतिक, सामाजिक, साँस्कृतिक सवै क्षेत्रमा नकारात्मक असर पर्न गएको छ ।

देशमा नयाँ संविधान घोषणा गरिएकै दिन मन्त्रिपरिषद्ले शहीद लखन थापा मगरलाई नेपालको पहिलो शहीदको रुपमा स्विकार गर्दै सो सम्बन्धी निर्णय सार्वजनिक गरेको छ । ढिलै भएपनि राज्यपक्षले शहीद लखन थापा मगरको योगदान र वलिदानको कदर गरेको छ । नयाँ संविधान जारी गरिएको ऐतिहासिक दिनमै भएको यो थप अर्को ऐतिहासिक निर्णय हो, जसलाई नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए । शहीद लखन थापा मगरप्रति राजकीय सम्मान जुटाउने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारप्रति हामी सवै नेपाली कृतज्ञ रहनेछौं । नेपाली जनताको मुक्ति र स्वतन्त्रताका खातिर आफ्नो जीवनको पर्वाह नगरी जल्दाबल्दा शासक जंगबहादुर विरुद्ध आवाज उठाएकै कारण उनले ४२ वर्षको उमेरमा मृत्युवरण गर्न पुगे । उनको दूरदृष्टिलाई पछ्याउँदै पछिल्ला पिढीले नेपालमा प्रजातन्त्र ल्याएरै छाड्यो । वर्तमान अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन र संविधानमा धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी जस्ता आधारभूत पक्षहरुलाई लिपिबद्ध गराउन पनि शहीदको वलिदानले ऊर्जा थपेको हो । यो उपलब्धी शहीद लखन थापा मगरले उत्तिखेरै चलाएको चेतनामय विद्रोहको परिणति पनि हो । विगत २५० वर्षदेखि मुलुकमा व्याप्त रहेको एकात्मक, केन्द्रिकृत र सामन्ती राज्यसत्ताले सृजना गरेका विभेदहरु अव क्रमशः मत्थर भएर जानेछन् र शहीद लखन थापा मगर जस्तै राज्यबाट ओझेलमा पारिएका तत्कालीन समयका अन्य योद्दाहरु जयसिंह चुमी मगर, शुकदेव गुरुङ, सुपति गुरुङ आदि शहीदका कोटीमा पर्नेछन् । ढिलै भएपनि राज्यले तत्कालीन समयको राजनैतिक विद्रोहलाई महत्व दिंदै प्रथम शहीदप्रति पूर्णतः न्याय गरेको छ । नयाँ संविधान जारी गरिएकै दिन – प्रथम शहीदको घोषणा, सरकारको थप अर्को ऐतिहासिक निर्णय ।

प्रधानमन्त्री सुशील कोइराला ः निर्णायक भूमिकामा

नेपालमा शहीद लखन थापाप्रति अनभिज्ञ राजनैतिक नेतृत्व विरलै भेटिन्छ । जसले जनतन्त्रको वकालत गर्दै प्रजातान्त्रिक आन्दोलनको इतिहासमा पहिलो जग बसाले र लड्दालड्दै आफ्नो जीवनको उत्सर्ग पनि गरे । उनले विजारोपण गरेको जनसंघर्षको एउटा स्वरुप नेपाली राजनीतिमा अझै विद्यमान छ । तर पनि तिनै शहीदलाई नेतृत्ववर्गबाट भाषण र आदर्शमा सीमित राख्ने काम भएको छ । जनस्तरवाट उठेका आवाजहरु विरुद्ध अझै अध्ययन, अनुसन्धान गर्न बाँकी छ भन्दै राज्य पन्छिदै आयो । विगतमा ने.क.पा. माओवादीको जनयुद्धमा समेत भीमसेन थापाको राष्ट्रिय स्वाधीनता र लखन थापाको जनतन्त्रलाई समिश्रण गरी सशस्त्र आन्दोलन अघि बढेको हो । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दहाल र डा.बाबुराम भट्टराईले आफ्ना कालमा प्रथम शहीदको मागलाई सम्बोधन गर्ने प्रयत्न गरे तर यसलाई कुन शक्तिले छेक्यो, स्पष्ट भएन । यो प्रसंगलाई उहाँहरुले पनि भाषण र आर्दशमा मात्र सीमित राख्न पुगे ।

प्रधानमन्त्री सुशील कोइराला सत्तामा आएपछि लखन प्रतिष्ठानको तर्फबाट पटक–पटक भेटघाट गरी शहीद लखन थापाको विद्रोह एवं सहादतबारे स्पष्ट पार्ने कामहरु भए । कहिले बालुवाटारमा, कहिले कार्यालयमै भेटेर प्रधानमन्त्री सुशील कोइरालालाई इतिहासकार प्रा.डा.श्रीरामप्रसाद उपाध्याय (प्रतिष्ठानका सल्लाहकार) ले लखन थापाको योगदानबारे विस्तृत जानकारी गराउनु (ब्रिफिङ) भएको थियो । साथै लखन प्रतिष्ठानको सकृयतामा मा.चिनकाजी श्रेष्ठ(गोरखा), मा.अमरसिंह पुनमगर(रुकुम), मा.शिवलाल थापामगर(तनहूँ) संग चलाइएका भेटघाट, छलफल, अनुरोध र निरन्तर दवाव आदि सवै प्रकारका पहलकदमीहरुले प्रधानमन्त्रीलाई यस विषयमा सोंच्न बाध्य गरायो । विगतमा प्रतिष्ठानको तर्फबाट ज्ञापन–पत्र ग्रहण गर्दा उनले ‘म यसप्रति विश्वस्त छु, घोषणा गर्छु’ भनेका थिए, सो अभिव्यक्तिले वास्तविक स्वरुप लिएको छ । एउटा राजनैतिक नेतृत्व, जसले मगर समुदायको मात्र नभई करोडांै नेपालीहरुको विश्वास जित्न सफल भएको छ । अनेकौं चुनौतीहरुका वावजुद पनि प्रतिष्ठानबाट प्रस्तुत गरिएको पछिल्लो ज्ञापन–पत्र विभागीय मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) मार्फत प्रस्ताव पेश गराई नयाँ संविधान घोषणा हुने ऐतिहासिक दिनकै अवसर पारेर बर्षौंदेखि अल्झिएको गाँठो फुकाउन नेपाल सरकार सफल भएको छ । अनेकांै असहमती, विमती, चुनौतीहरु पार गर्दै यो साहसिक निर्णय लिइएको हो । यो कदम सहज हुन्थ्यो भने त शहीद लखन थापा मगरलाई ‘महान शहीद’ भन्ने क.प्रचण्ड र क.बाबुराम लगायतका नेताहरुले आफूहरु सत्तामा छँदै उहिले नै सार्थक परिणाम दिइसक्थे । त्यसैले यो साहसिक, ऐतिहासिक निर्णय गर्ने पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारप्रति समस्त शहीदका सन्ततीहरु एवं पुजारीहरुको सलाम !

दवाव, प्रभाव र पहुँचको संयोजन

शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गराउने अभियानमा लामो समय गुज्रेको छ । यसको निकास आखिर राजनैतिक तवर बाटै हुने रहेछ । सामाजिक परिवर्तन हुन युगौं लाग्छ तर राजनैतिक परिवर्तन भने रातौंरात सम्भव हुन्छ । हाम्रा प्रयासहरु पनि राजनैतिकस्तरबाटै टुङ्गो लाग्यो । विश्वको इतिहास हेर्दा, समाजमा ठूल्ठूला परिवर्तनहरु राजनैतिक शक्ति कै सुझबुझबाट टुङ्गिने गरेको छ । प्रथम शहीद घोषणा गराउने सवाल पनि अन्ततः त्यसरी नै सम्भव भयो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पहलकदमी र निर्णायक भूमिका यतिखेर महत्वपूर्ण रह्यो । यो उपलब्धी सिंगो मगर समुदायले सरकारलाई दिंदै आएको निरन्तर दवावको परिणाम हो । प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको निरन्तर अध्ययन, अनुसन्धान, बौद्धिक बहस, छलफल, संवाद र दवावले प्रस्तुत अभियानलाई एउटा उचाईमा पु¥यायो र सार्थक परिणाम हाम्रो सामु आयो । यो उपलब्धी सवै प्रकारका दवाव, प्रभाव र पहुँचको संयोजन थियो, जो राज्यसत्तामा बारम्बार ठोक्किन पुगेकै कारणबाट सम्भव पनि भयो । लखन प्रतिष्ठान, नेपाल मगर संघ, यसका स्वदेशी, विदेशी सवै भातृ संघसंस्थाहरु लगायत विद्वान लेखक, इतिहासकार, बुद्धिजीवी, समाजसेवीहरु सवैको यसमा अद्वितीय योगदान रहेको छ ।

नेपाल सरकारको यो निर्णय जुन किसिमले सञ्चार जगतमा छाउनुपर्ने थियो, त्यो भने देखिएन । देशमा घोषणा हुन लागेको नयाँ संविधानको उल्लासमय वातावरणले गर्दा नेपाल सरकारले गरेको यस्तो महत्वपूर्ण निर्णय ओझेलमा पर्न गयो । पछि पनि छिटपुट सञ्चार–माध्यममा बाहेक यसको त्यति ठूलो चर्चा–परिचर्चा हुन सकेन । राज्यबाट हामी सवैको चाहना, भावनाको सम्बोधन भएको छ र प्रथम शहीदलाई अपूर्व सम्मान मिलेको छ । यो उपलब्धीलाई हामी सवैले साझा र ऐतिहासिक ठान्नु पर्दछ ।


प्रतिष्ठान स्थापनादेखि प्रथम शहीद घोषणासम्म ः

स्थापना कालदेखि नै लखन प्रतिष्ठानले विभिन्न विद्वान, लेखक, इतिहासकार, बुद्धिजीवी, समाजसेवी लगायत विशिष्ट व्यक्तित्वहरुसंग निरन्तर घेटघाट, छलफल, संवाद र अन्तत्र्रिmया गर्दै प्रस्तुत विषयलाई राष्ट्रिय बहसको एजेण्डा बनायो । सरोकारवालाहरुसंग निरन्तर समन्वय र सहकार्यहरु भए । अध्ययन, अनुसन्धानकै क्रममा प्रथम शहीदका सन्ततीहरु खोज्दै प्रतिष्ठानको टोली दार्जिलिङ्ग(भारत)सम्म पुगेको र यो साक्षात्कारबाट महत्वपूर्ण जानकारीहरु हासिल भएका छन् जो सवैका लागि, सधैंका लागि महत्वपूर्ण समेत रहेको छ ।

सरकार परिवर्तन भएसँगै लखन थापालाई प्रथम शहीद घोषणा गर भनि प्रतिष्ठानबाट ज्ञापन–पत्र, स्मरण–पत्र, ध्यानाकर्षण–पत्र बुझाउने काम हुँदै आयो । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई लगायतलाई विगतमा ज्ञापन–पत्र बुझाउने काम भए । त्यसैगरी पूर्व संस्कृति मन्त्रीहरु डा.मीनेन्द्र रिजाल, गोपाल किराँती, कमला रोका मगरलाई ज्ञापन–पत्र बुझाउने काम भएका थिए । २०७१ असोजताका सभासद मा.शिवलाल थापामगरले शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गराउन व्यवस्थापिका संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएकोले सो सम्बन्धमा छलफल हुनुपूर्व लखन प्रतिष्ठानले सभासदज्यूहरुलाई गरिमामय सदनमा कुरा उठान गर्न सहज होस् भन्ने हेतुले २०७१ पौष ५ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेलमा प्रथम शहीदको सवाल, राज्यको दायित्व र सभासदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम संचालन ग¥यो । विभिन्न दलका करिब ३० जना सभासदहरुले उपस्थिति जनाए पछि सो अन्तरक्रियामा प्रा.डा. श्रीरामप्रसाद उपाध्यायबाट कार्यपत्र प्रस्तुत भयो, यसरी प्रतिष्ठानको मुद्दा स्थापित गर्न सभासदहरुको भूमिका महत्वपूर्ण बन्न पुग्यो ।

पछिल्लो समय तत्कालीन संस्कृतिमन्त्री कृपाशुर शेर्पा, भूमिसुधारमन्त्री दल बहादुर राना, कानुनमन्त्री नरहरि आचार्य र पूर्वमुख्यसचिव लिलामणि पौडेल, हालका मुख्यसचिव डा.सोमलाल सुवेदी लगायतलाई पनि लखन प्रतिष्ठानले ज्ञापन–पत्र, ध्यानाकर्षण–पत्र बुझाएको हो । मा.अमरसिंह पुन, मा.शिवलाल थापामगर, मा.चिनकाजी श्रेष्ठ, मा.गणेशमान पुन, मा.गोकुल घर्ती लगायतका सभासदहरुसंग लखन प्रतिष्ठानले निरन्तर समन्वय र सहकार्य गरिरह्यो । अन्ततः पछिल्लो पटक २०७२।५।१४ मा लखन प्रतिष्ठानले बुझाएको ज्ञापन–पत्रलाई आधार मान्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७२।६।१ को विभागीय प्रस्ताव अनुसार मिति २०७२।६।३ मा बसेको मन्त्रिपरिषद् बैठकले शहीद लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा ग¥यो ।

प्रतिष्ठानको करिव सात बर्षको अध्ययन, अनुसन्धान, समय समयमा गरिएको बौद्धिक बहस, संवाद, अन्तरक्रिया लगायत राज्यलाई कार्यक्रममा उपस्थित गराई दिएको ज्ञापन–पत्रहरुदेखि स्मरण–पत्रहरुसम्मको श्रृंखलाबद्ध यात्राले आज लखन थापा मगरलाई पहिलो शहीदको स्थान प्राप्त भएको छ । यो घोषणा संगै प्रतिष्ठानले नेपाल सरकार, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, मन्त्रिपरिषद्का सबै मा.मन्त्रीहरु, मा.सांसदहरु, नेपालका विद्वान, लेखक, बुद्धिजीवी, इतिहासकार र समाजसेवीहरु सवैमा प्रेस विज्ञप्ती मार्फत धन्यवाद दिएको छ । साथै, विभागीय मन्त्रीहरु डा.मीनेन्द्र रिजाल, दलबहादुर रानामगर र कृपाशुर शेर्पाको समुपस्थितिमा २०७२।६।१४ मा राष्ट्रिय नाँचघर, जमल काठमाडौंमा बृहत् धन्यवाद–ज्ञापन समारोह आयोजना गरी नेपाल सरकारलाई कृतज्ञता प्रकट गरेको छ ।


लखन थापा मगर ः भ्रम र यथार्थहरु

(क) प्रथम र द्वितीयको सन्दर्भ–

इतिहासका विभिन्न कालखण्डमा भएका घटनाहरुको लिखित दस्तावेज नहँुदा कतिपय यथार्थहरु जानकारीमा नआउनु स्वभाविक हो । एकातिर इतिहास जित्नेहरुले मात्र लेख्ने र हार्नेहरुको सवै मेटिदिने गलत प्रवृत्ति हुनु अर्कातिर निष्पक्ष प्रविधिको विकास नहुनु पनि ऐतिहासिकता नभेटिने कारणहरु मध्ये एक हो । लखन थापा मगरको विषयमा समय–समयमा लेखकहरुबाट प्रथम र द्वितीय उल्लेख भएको पाइन्छ, जो ऐतिहासिक व्यक्ति र घटनाक्रम चिनाउन, बुझाउनको लागि मात्र प्रयोग गरिएको हो । सर्वसाधारणदेखि लेखक एवं बुद्धिजीवीहरुमा समेत यसबारे केही भ्रम, कौतुहलता रहन सक्छ । विषयबस्तुहरुमा ज्ञानको अभाव र इतिहासको गहिरो अध्ययन नहुँदा स्वभाविक रुपले आएका यस्ता भ्रमहरुलाई हटाउन जरुरी छ ।

दुई–दुई जना लखन थापा मगर, जो एकै खाले नाम, थर, जाति, समुदाय, घटना स्थल उस्तै देखिंदा र दुवै प्रख्यात ब्यक्तित्व रहेकाले मानिसहरुमा भ्रम रहन सक्छ । तर इतिहासको फरक कालखण्डमा दुवैको अलग पहिचान र अस्तित्व रहेका छन् । लखन थापा (प्रथम) जो सिद्ध पुरुष थिए र उनी राजा रामशाहका दरवारीया थिए । यो सोह्रांै शताब्दीको कुरा हो साथै उनी मनकामना देवीका भक्त थिए । उनकै समयदेखि मगरहरु हालसम्म पनि मनकामना मन्दिरमा निरन्तर पुजारीको रुपमा रहेका छन् । प्रसिद्ध मनकामना मन्दिरका वर्तमान पुजारी इन्सान थापा मगर उनै सिद्ध लखन थापा मगरका अठारांै पुस्ताका सन्तती हुन् । अर्को लखन थापा (द्वितीय) शहीद लखन थापा मगर हुन् । नेपाली जनताको स्वतन्त्रताको लागि जंगबहादुर राणाको निरङ्कुशता विरुद्ध लड्दा–लड्दै सहादत प्राप्त गर्न पुगेका थिए, उनी नेपालको पहिलो शहीद पनि हुन् । यो वि.सं.१९३३ सालको घटना हो । उनले तत्कालीन समयमा आमजनतालाई संगठित गरी नेपाली जनभावना अनुरुप आफ्ना अनुयायीहरुलाई राणाविरोधी अभियानमा संलग्न गराए, बुङकोटमा मनकामनाको प्रतिकात्मक मन्दिर स्थापना गरेका थिए । बाहिरबाट झट्ट हेर्दा धार्मिक कार्य जस्तो देखिए तापनि भित्र–भित्रै राणाबिरोधी गतिविधिहरु संचालन गरिएका थिए, घटनामा स्थानीयहरुको जनसमर्थन र सहभागिता समेत रहेको थियो । यसरी दुवै लखन थापा मगरको पछाडि मनकामना देवीको भूमिका जोडिएकोले भ्रम सिर्जना हुन सक्तछ । यसरी एउटा लखन थापा मगर जो आध्यात्मीक, दैवीशक्ति भएका सोह्रांै शताब्दीतिर देखापर्दछन् भने अर्को जनस्तरवाट प्रजातान्त्रिक आन्दोलनको सुत्रधारकको रुपमा परिचित छन् । कालक्रम र विषयबस्तुको हिसावले यी दुवैमा ठूलो भिन्नता रहेकोले कसैले कुनै भ्रम राख्नु पर्ने अवस्था छैन । हाम्रा लेखक, इतिहासकारहरुबाट प्रथम र द्वितीय भनेर लेखिंदा दुवै लखन थापा मगरहरुका बारेमा पर्याप्त ज्ञानको अभावमा भ्रम सिर्जना हुन सक्छ । अतः प्रथम र द्वितीय उल्लेख गर्नु भन्दा क्रमशः सिद्ध र प्रथम शहीद उल्लेख गरेर स्पष्टताकासाथ अगाडि बढ्नु उचित देखिन्छ ।


(ख) तस्वीर र शालिकको सन्दर्भ–

लखन थापा मगरलाई सरकारले अहिले प्रथम शहीदको सम्मान दिएको छ तर तत्कालीन शासकहरुका सामु उनी विद्रोही थिए । त्यसकारण उनीप्रति राज्यले सकारात्मक हुने, उनीसंग सम्बन्धित दस्तावेजहरुको संरक्षण गर्ने, अभिलेखीकरण गर्ने कुरै भएन । राजा, महाराजा, सामन्त, महासामन्त आदि भएको भए तस्वीर, शालिक, ऐतिहासिक दस्तावेहरु अवश्य बन्थ्यो । यी सवै प्रतिकुल बनेपछि अध्ययन, अनुसन्धान कार्य अगाडि बढ्न स्वभाविक रुपमा कठिनाई आउँछ । राज्यले प्रथम शहीद घोषणा गर्नु अघि नै जनस्तरवाट उनको सम्मानमा देशैभरि शालिक बनेका छन् । उनको अर्धकदको तस्वीर माथि माल्यार्पण गर्ने गरिएका छन् । आज पोखरा, बुटवल, पाल्पा, दाङ्ग, चितवन, गोरखा, धादिङ्ग लगायत देशका अन्य स्थानहरुमा समेत उनको शालिक निर्माण भइरहेको अवस्था छ ।

लखन थापा मगरको विभिन्न स्थानमा बनेका शालिकहरुमा एकरुपता भने देखिदैन । अर्कोतर्फ प्रकाशमा आएका तस्वीरहरुमा समेत एकरुपता देखिएको छैन । प्रथम शहीदको घोषणा सँगै नेपाल सरकारले उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने जमर्को गरिरहेको छ । हुनसक्छ यसले धेरै ठूलो विवाद नल्याउला तर प्रकाशमा आइसकेको तस्वीरमा एकरुपता ल्याई जनमानसमा भ्रम पर्न दिनु हँुदैन । आपसि समन्वयको अभावमा विभिन्न संघसंस्थाहरुले विभिन्न तस्वीर प्रयोग गरिरहेको र शालिक निर्माण गर्दा मिल्दो–जुल्दो नदेखिएको अवस्था छ । लखन थापाका तस्वीर एवं शालिकहरुमा किन यस्तो भिन्नता आयो भन्ने प्रसङ्गमा जानकारहरुकै विचमा समेत मतभेद रहेको देखिन्छ । लामो समयदेखि प्रयोग हुँदै आएको स्वरुपलाई निरन्तरता दिने, आफुखुशी नयाँ बनाउन नदिने या नयाँ स्क्र्याच गरी नविनढंगले ल्याउने भन्ने विषयमा स्पष्ट हुन आवश्यक छ । यद्यपि शहीदकै नाममा स्थापित लखन प्रतिष्ठानले सरोकारवाला संघसंस्थाहरु विच समन्वय गरी लखन थापा मगरको एउटै तस्वीर प्रकाशमा ल्याई तस्वीरमा एकरुपता ल्याउनुपर्दछ ।

(ग) थापा र थापा मगरको सन्दर्भ–

इतिहासमा फेरी एउटा अर्को कञ्जुस्याईं राज्य र राज्य संयन्त्रमा स्थाई सरकार भनिने कर्मचारीतन्त्रबाट भएको छ । शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरियोस् भनेर प्रतिष्ठानले बुझाएको ज्ञापन–पत्रकै आधारमा मन्त्रिपरिषदले निर्णय गरेको हो । त्यतिमात्र नभएर प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठान कै लेटरहेडमा ज्ञापन–पत्र प्रस्तुत भएको थियो । तथापि निर्णय भएर आउँदा मगर छुटेको वा छुटाइएको त्रुटिपूर्ण अवस्था छ । तत्काल यसको कुनै प्रभाव नदेखिन सक्छ, किनकी यो प्रसंगमा हाल सवै जानकार पनि छैनन् र अर्कोतर्फ यसले त्यति गहनता पनि नबोक्ला । तथापि मुलुक संघीयतामा जाँदै गरेको अवस्थामा पहिचान र अस्तित्वको प्रसंग उठ्दा यो कञ्जुस्याईंको नकारात्मक असर त्यसवेला विस्तारै देखिएला कि !

इतिहासको विभिन्न कालखण्डमा यसरी नै मगर जातिको ऐतिहासिक विरासत, पहिचान, अस्तित्वलाई हराउने, मेटाउने, बङ्याउने, सखाप पार्ने काम हँुदै आएको हामीले अनुभूति गरेकै हो । जसरी हिजो मगर जातिको इतिहास मेटियो, मेटाइयो आज त्यसैको निरन्तरता देखिएको हो । भोलि यस्तो परिस्थिति सिर्जना हुन सक्छ कि लखन थापा क्षेत्री थिए या मगर ? त्यसको लागि पुनःअर्को संघर्ष गर्नुपर्ने हुनसक्छ । यो निर्णय, भोलिको ऐतिहासिक दस्तावेज पनि हो । हामीलाई थाहा छ, उनी थापा मगर हुन् तर दस्तावेजले त्यसो भनेको छैन । अन्ततः त्यही सत्य बनेर कालान्तरसम्म बस्छ । संस्कृति मन्त्रालयले जानकारी पत्र लिन बोलाएपछि प्रतिष्ठानको तर्फबाट अध्यक्ष र महासचिव मन्त्रालय पुग्यौं । मन्त्रिपरिषदको निर्णय सहित हामीलाई दिने जानकारी पत्र तयार हुँदै थियो, सोही क्रममा समेत मगर थप्न अनुरोध ग¥यौं । तर मन्त्रिपरिषदले गरेको निर्णयमा समेत मगर छैन, अर्कोतर्फ हामीले पनि पहिलो शहीद लखन थापा मात्र भनि पढेका हांै, मगर भनि पढेका छैनौं । त्यसको प्रतिबाद ग¥यौं– ज्ञापन–पत्र बुझाउँदा त थापा मगर नै भनेका छौं, कसरी त्यस्तो भयो ? तर उत्तर छोटो थियो– माथिको निर्णय हो । हाम्रो अर्को प्रश्न– कसले टिप्पणी उठाएको ? उत्तर थियो – त्यसो भए पत्र दिन मिल्दैन, माथि भन्नुस् । यस घटनाक्रमले पनि हाम्रो इतिहास यसरी नै नामेट पारिँदैछ भन्ने प्रस्ट भएको छ ।

अवको आवश्यकता ः

शहीद लखन थापा मगरलाई मृत्युदण्ड दिई सकेपछि स्थानीय गाउँलेहरुलाई खुशी पार्न राणाहरुले ठूलो धनराशी बुङकोट पठाए । स्थानीयहरुले रकम बुझ्न नमानेपछि सोही रकमबाट गोरखकाली मन्दिर परिसरमा एउटा ठूलो घण्टा बनाएर झुण्ड्याउने काम गरियो । त्यसबेलाको घण्टा अहिले पनि मन्दिर परिशरमा देख्न सकिन्छ । वि.सं.१९३३ को दुःखद घटनापछि लखन थापा मगरका सन्ततीहरु पैतृकथलो बुङकोट छाडेर नेपालको पूर्वी पहाड (तेह्रथुम) तर्फ लागेको र त्यहाँबाट पनि विदेशी सेनामा भर्ति भई विभिन्न स्थान हँुदै हाल दार्जिलिङ्ग(भारत)मा स्थायीरुपले बसोबास गर्न पुगेको सुनिएकोले लखन प्रतिष्ठानको तर्फबाट शहीदका सन्ततीहरुबारे जानकारी लिने क्रममा पाँच वर्षअघि (वि.सं. २०६८ मा) एक अध्ययन टोली दार्जिलिङ्ग पुगेको र उनका पाँचौं सन्तती ८४ वर्षीया शुभ कुमारी थापा, जो गत २०७२ पौष ५ गते निधन हुनु भएको दुःखद जानकारी मिलेको छ, लाई प्रत्यक्ष भेटेको, छलफलको क्रममा उनले ब्यक्त गरेका महत्वपूर्ण र सान्र्दभिक विचारहरुको रेकर्ड गरिएको छ । यद्यपि प्रतिष्ठानको एक्लो पहल र प्रयत्नले गरिएको अध्ययन पूर्ण हुन नसकेको यथार्थ पनि छ । राज्यपक्षले पनि यसका विभिन्न पक्षबारे बृहत् अध्ययन–अनुसन्धान गरी दस्तावेजिकरण गर्ने मामिलामा उदारतापूर्वक सहयोग गर्न आवश्यक देखिन्छ र यसको लागि लखन प्रतिष्ठान सहयोगी भूमिका निभाउन सधैं तत्पर छ ।

नेपालको राजनैतिक इतिहासमा १३९ वर्ष पछि प्रथम शहीदको मान्यता शहीद लखन थापा मगरले पाएका छन्, यसलाई जिवन्त राख्दै उनलाई राष्ट्रिय विभूतिको रुपमा समेत स्थापित गराउन जरुरी छ । साथै उनी संगसंगै सहादत प्राप्त गर्ने जयसिंह चुमी मगर, शुकदेव गुरुङ, सुपति गुरुङ जस्ता तत्कालीन समयका सहयोद्दाहरुलाई पनि शहीदको स्थान दिलाउन यथोचित पहल गर्न जरुरी छ । गोरखा बुङकोटको सहादतस्थललाई स्मारकको रुपमा विकसित गरी ऐतिहासिक स्थलको संरक्षण, सम्बद्र्धन गर्दै शहीदका जीवित सन्ततीहरुलाई राज्यले दिन सक्ने सुविधा जुटाउन कन्जुस्याई गर्नु हँुदैन । साथै शहीदहरुको स्मृति र सम्मानमा विभिन्न संरचनाको तयारी, अक्षयकोषको स्थापना आदि गरी तत्कालीन समयको गौरवमय इतिहासलाई प्रचार–प्रसारमा ल्याइनु पर्दछ ।

अमर शहीदहरुका नाममा स्थायी संरचना निर्माण गरी स्वतन्त्र, निष्पक्ष र भरपर्दो संयन्त्र विकास गर्नु पर्दछ । राजधानीको शहीदगेट लगायत देशका विभिन्न भागमा राज्यको पहलमा प्रथम शहीदको शालिक, स्मारकस्थल लगायतका संरचनाहरु निर्माण गर्दै लैजानु पर्दछ । उनको ऐतिहासिक विरासतलाई कायम राख्दै शहीदहरुले रोजेको बाटो, अँगालेको विचारहरु आत्मसात गर्दै अगाडि बढ्नु हामी सवैको कर्तब्य हो । नेपाली जनताको हकहित, अधिकार, स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको लागि शहीदले देखेको सपना साकार पार्दै देशमा सुख, शान्ति र समृद्धी ल्याउने दिशातर्फ बढ्नु प्रथम शहीद लखन थापा मगरप्रतिको सच्चा सम्मान एवं श्रद्धाञ्जली हुनेछ ।
(लेखक प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानका अध्यक्ष हुन्)

 

¬¬¬¬¬¬

 

Last Updated on Saturday, 13 February 2016 14:12

Hits: 1371

भोजराज बाहुनले बिभाजित गरेका थिए गुरुङहरुलाइ चार र सोह्र जातमा

-चन्द्र गुरुङ

गैर-गुरुङहरुमा भ्रमरुपी खेतीको एउटा विशाल रुखले निकै गहिरो जरा गाढेर बसेको छ कि गुरुङहरु एकआपसमा चार र सोह्र जातहरुमा बाँडिएका हुन्छन् ।

  जसमा चारजाते गुरुङहरुले आफूलाई सोह्रजाते गुरुङहरु भन्दा माथिल्लो स्तरका मान्छन् । यी चार थरी गुरुङहरु क्ले,कोने,लम र लेम हुन् तर हिन्दूकरणको क्रममा यिनलाई घले, घोताने, लामा र लामिछाने नामकरण गरियो अथवा भनियो । तर वास्तवमा गुरुङहरुमा तेस्तो केही विभेद पाइँदैन । पहिलो कुरो त के हो भने गुरुङहरुमा चार र सोह्र गरी बीसओटा मात्र होइन, लगभग दुई सय थर-उपथरहरु विधमान छन् ।

हो, विगतमा केही समयको लागि यस प्रकारको गलत चलन गुरुङहरुको बीच प्रत्यारोपन नभएको चाहिँ होइन । हिन्दू वर्णव्यवस्थाको अनुशरण गर्दै गुरुङहरुले पनि यस प्रकारको व्यवस्था आफ्नो समाजमा ल्याउने प्रयत्न गरे । इतिहासले भन्छ कि राजा जगति खान -जैन खानका पनाति )का पुरोहित भोजराज पण्डितले गुरुङहरु बारे एउटा झूठो वंशावली तयार पारे जसमा उनलाई राज्य विस्तारमा सहयोग गर्ने गुरुङ मुखियाहरुलाई ठूलो जात र असहयोगीहरुलाई तल्लो जातमा झारेर दास-कमाराका सन्तान बनाई दिए । यस प्रकार गुरुङ समाजमा वर्ग विभाजन सुरु भयो । अनपढ सोझा गुरुङहरुले सजिलै चतुर पण्डितको कथामा विश्वास गरे । साथै, केही दम्भी र अविवेकी ठूलाबडा भनाउँदाहरु जसको आर्थिक रुपले सम्पन्न थिए वा कुनै ठूलो मानपदवी थापेर बसेका थिए उनीहरु आफूहरुलाई गाउँ समाजका अन्य मानिसबाट छुट्टाएर आर्य शासकहरुको समीप राख्न रुचाउँथे । आफ्नो रवाफ वा मानसम्मानलाई कायम राख्न भनौं या आफूलाई विशिष्ट देखाउने चक्करमा आफूहरु र अन्य वर्गको बीचमा एक मसिनो सीमारेखाको निर्माण गर्थे । यसका लागि उनीहरु विभिन्न बहाना गरेर आफूलाई सुहाउने नीति वा नियमहरु निर्धारण गर्थे । फलस्वरुप केही समयको लागि भए पनि यी अदूरदर्शी र दम्भी गुरुङहरुले गर्दा गुरुङ समाज चार र सोह्र जातको कुरीतिमा फस्न पुग्यो । यसमा केही धर्ूत र स्वार्थी तत्वहरुले पनि भ्रमपूर्णकथाहरुको सिर्जना गरेर आगोमा घ्यू थप्दै गए ।

Qatar4  तर, गुरुङगुरुङको बीचमा कोरिएको यस विभाजनको रेखाले चीर स्थायित्व चाहिँ पाएन । यस नीतिको दूरगामी दुःपरिणामहरुलाई ध्यानमा राखेर केही समझदार गुरुङहरुद्वारा बडो विवेकपूर्णढंगले यसको विरोध गरियो । परिणामस्वरुप चार र सोह्र जातको झगडा जङ्गबहादुर राणाका समयमा अर्थात् विक्रम संवत् १९२४ सालमा एउटा सनदपत्र गराएर कर्नेल लछमन गुरुङले सदाका लागि अन्त्य गराए । जङ्गबहादुर राणाका पालामा अर्थात् विक्रम संवत् १९२४ साल पौष १३ गतेको दिनमा गुरुङ जातको सामाजिक स्थिति बसाल्न गराइदिएको लालमोहरमा साफ उल्लेख गरिएको छ कि- “फलानाको छोरीविवाह गर्दैन भन्यो वा फलानालाई छोरीदिंदैनौ भन्या छोरीलिदा दिदा आफनु खुसी हुन्छ कर लागदैन । गुरुङ गुरुङ जातमा हाम्रो जात ठूलो हो तेस्को जात सानु हो भन्या र भात काढन्यालाई २०/२० रुपैया डंड गर्नु जितन्यालाई जिताउरि पर्दैन भंन्या अैन गरि बकस्याको छ ।” यसले सिद्ध गर्छ कि विगतमा कतै र कहिलै नभएको जातीय विभाजन गुरुङ समाजमा थोपार्ने कोसिस गरिएको थियो तर गुरुङहरुले यस्तो ढोंगको पर्दाफास सजिलै गरिछाडे ।

हाम्रो देश नेपालमा मेची देखि महाकालीसम्म अनेक जातिका मानिसहरु पाइन्छन् । यिनलाई विशेष दुई भागमा विभक्त गर्न सकिन्छ । एक प्रकारका मानिसहरु वर्णव्यवस्थामा आस्था राख्ने देखिन्छन् भने अर्का प्रकारका नेपालीहरु वर्णव्यवस्थामा आस्था नराख्ने देखिन्छन् । ब्राहृमण, क्षत्रिय, वैश्य र शूद्र वर्णव्यवस्थामा आस्था राख्नेहरु हुन्छन् भने राई,लिम्बु, गुरुङ, मगर, तामाङ, शेर्पा आदि वर्णव्यवस्थामा आस्था राख्तैनन् । यो वर्ण व्यवस्था मुलतः हन्दू समाजमा पाईन्छ । यस्तो जातिवादको भावना ल्याउन मुख्य रुपमा हिन्दू धर्मावलम्बीहरुका आद्रि्रन्थ बेद, वेदको व्याख्या भएका ब्राहृमणग्रन्थ, उपनिषद्, म्ानुस्मृति र पुराण आदिले महत्वपूर्णभुमिका खेलेका छन् । भारतीय प्रायद्वीपमा यस वर्णव्यवस्थाले निकै लामो समय सम्म प्रभाव पारेको थियो । तर अचेल त हिन्दूसमाजमा पनि यस प्रकारको जाति तथा वर्गीय विभाजनको अवसान भएको पाईन्छ । यस प्रकारको विभेद र भेदभावको विरुद्ध कडा नियम कानुन नै बनेको छ ।

हाम्रो देश नेपालको सन्दर्भमा भन्नु पर्दा सन् १३२४ मा तराईको राज्यबाट मुसलमानहरुद्वारा विस्थापित भएका हरिसिंहदेवको नेपाल उपत्यका विजयले जातपातको चलन बलियो पार्नेकाम चाँडै हुन गयो । हरिसिंह तथा उनका वंशजहरुले त्यसताका हिन्दूस्तानमा आएको सामाजिक समस्याको विचार गरी नेपालमा सामाजिक कार्यलाई प्राथमिकता दिएका थिए । पछि जयस्थिति मल्लले काठमाण्डौं उपत्यकामा वर्णश्रम ब्यबस्था चलाइको कुरा हामीले धेरै ठाउँमा पढेका छौँ । उनले भारतबाट पाँचजना विद्वान् पण्डितहरु नेपाल बोलाए । शास्त्रहरु खोजेर यी पण्डितहरुले जाति, जातपात, घरबार, खेतीपाती, मृत्यु संस्कार आदि विषयका नियम कानून संकलन गरी शास्त्र तयार गरे । फलस्वरुप काठमाण्डौं उपत्यकाका नेवारहरु ६४ जातमा बाँडिए । यस प्रकार नेपालका जुन जुन जातजातिहरु दक्षिणबाट आएका हिन्दूहरुको सर्म्पर्कमा आए उनीहरुले आफ्नो समाज र समुदायमा पनि वर्णव्यवस्थालाई स्थापित गर्ने कोसिस गरे । पछि आएर मगरहरुले पनि चितौडबाट लखेटिएका हिन्दू राजपुतहरुको संगतमा आफ्नो मगर समाजलाई थुप्रै खाले थर र उपथरहरुमा बाँडे । फलस्वरुप उनमा सहनाई फुक्नेदेखि जनाई -जनै) लाउनेसम्म मगरहरु पाईन्छन् । काठमाण्डौं उपत्यकाका नेवारहरुमा यस प्रकारको जातिय विभाजन पाइनु स्वभाविक नै थियो किन भने बाहिरी आक्रमणकारीको पहिलो लक्ष्य यही उपत्यका हुन्थ्यो ।

त्यसपछि यस प्रकारको विभाजन सबै भन्दा बढी मगरहरुमा पाईन्छ किन भने मगर समाज पनि हिन्दूहरुको समीपमा निकै रह्यो । पूर्वी नेपालतिर पनि विसं १८८२ सालतिर र्सर्मे सुनवार र धर्मे सुनवारहरु जस्ता अलिक टाठाबाठाहरुले शासकहरुको हुजुरमा-“हामी सुनवार जातिहरुले पनि ब्राहृमण रितीरिवाज गर्न पाउँ ।” भनेर बिन्ति थरेका थिए । फलस्वरुप, सुनवारमा पनि दशथरीले छोएको बाह्रथरीले नखाने यसरी ठूलो जात र सानो जातमा विभाजित छन् । डाޠहर्क गुरुङले आफ्नो किताब “विषय विविध”को पृष्ठ २२६मा लेखेका छन् -“कर्णली र गण्डकी प्रदेशबाट हिन्दू प्रभाव पूर्ब फैलिँदै गएपछि किराँतीहरुमा पनि जात विभाजनको छाप पर्न गयो । किराँती जातिमा यस प्रकारको सानो-ठूलो सामाजिक विभाजनका उदाहरण हुन् तामाङमा बाह्र जात र अठार जात, सुनवारमा बाह्रथर र दसथर, गुरुङमा चारजात र सोह्रजात, चेपाङमा पुकुन्थली र कछाडे, थारुमा प्रधान र अप्रधान, नेवारमा श्रेष्ठ र ज्यापू, मुस्ताङेमा कुताक र रिघिन तथा सर्ेपामा खादेव र खामेन्दु ।” वास्तवमा विगतलाई नियाल्दा के कुरा साफ छ भने कुनै माथि जातीय -वर्गीय) विभाजन बलजफ्ती लादिएको थियो र कुनैले चाहिं आफूखुशी यस प्रथालाई अंगाले । यसमा प्रमुख दोष त्यसताका शासकहरुको दुर्नियत र उनले सिर्जना गरेको सामाजिक अवस्थाको थियो ।

केही मात्रामा यस प्रकारको जातिय व्यवस्था गुरुङहरुले पनि सिके । कारण थियो गोर्खाबाट सुरु भएको नेपाल एकीकरणको समयमा गोर्खा वरिपरिबाट गण्डकी भेगका थुप्रै गुरुङहरु पनि पृथ्वी नारायणशाहको सैनिक सेवामा सामेल हुन पुगे । गुरुङसमाजमा यस प्रकारको बेथितीलाई बसाल्न केही अन्य भ्रमक तत्वहरुले पनि थप साथ दियो । जस्तै शिखरनाथ सुवेदीले सन् १९११ सालमा बनारसबाट छपाएको “थरगोत्र-प्रवरावली” नामक पुस्तक । यस पुस्तकमा काल्पनिक कथा-पण्डित भोजराजले तयार पारेको वंशावली)को भरमा गुरुङहरुलाई दुई वर्गमा विभाजन गरेको थियो । जसमा चार थरी गुरुङहरु चाहिँ राजा र पुरोहितका पुत्र हुन र बाँकी सोह्र जाते गुरुङहरु चाहिँ दास कमाराका पुत्र हुन भनेर भ्रमको खेती गरेका थिए । वास्तवमा यस्ता खाले भ्रमपूर्णकथाहरु उहिलै देखि गुरुङहरुमा प्रचार-प्रसार गरिएको र लादिएको पाईन्छ । यो किताब पुर्णरुपले गलत नियतले लेखिएको किताब थियो त्यस कारण गुरुङहरुले “थरगोत्र-प्रवरावली” नामक यस पुस्तकलाई प्रतिबन्ध लगाउन निवेदन गरेका थिए ।

र विक्रम संवत् १९७५ साल जेष्ट १ गतेको दिनमा भारादारीबाट गरेको जाहेरी फैसलामा लेखिएको छ कि- “चलि आयाका गुरुङहरुमा कोही थरी कमाराको सन्तान दासी पुत्र भनि नभयाको कुरा “थरगोत्र प्रवरावली” भने नामले छपायाको कितापमा लेषी छपायाको देषिया ठहरेको हुनाले नीजलाई सजाये गर्नलाई गुरुङ जातहरुको मजहपमा षलल हुने गरी लेषि किताप छपायाको हुँदा अदालतका ३७ नम्बरका ऐन बमोजिं निज सीषरनाथ सवीडीलाई तजवीज मो. रु. २० जरीवाना हुन्छ नीज हाल यस सह्रदमा नभै बनारसमा बस्याको बुझीयाको हुनाले सरहदमा फेला परेका बषत तीरे असुल गरी स्याहा दर्ने नतीरे ऐन बमोजिं कैद गर्नु भनि अदालत तहसीललाई लगत बुझाई दिने र गुरुङहरुका जातभात बिहावारीका हकमा लेषिया मुतावीक अघि चली आयाको बमोजिं गर्नु भनि सुनाई दीने गरी यो मुद्दा फैसला गर्ने ठहराई जाहेर गरेका छौं जो मर्जि हुकुं ।” माथिको फैसलाबाट सिद्ध हुन्छ कि शिखरनाथ सुवेदीले आफ्नो किताबमा गुरुङहरु बारे बुझ्दै नबुझी पुरानो वंशावलीको नकल गर्दै भ्रमपूर्णकथा रचे र गुरुङहरुमा विभाजन ल्याउने कोसिस गरे । तर सजग र विवेकी गुरुङहरुको पहलमा उनको यो चाल पनि सफल भएन । उल्टै उनको यो किताबले गर्दा उनलाई सजायको घोषणा भयो ।

यस्तै खाले एउटा अर्को भ्रमक कथाअनुसार जब तिब्बतबाट गुरुङहरु तल प्रवेश गरे तब केही गुरुङहरु हिमालय पारभन्दा दक्षिणको मैदानी भागसम्म पुगे र केही हिमालय पार गरे तापनि हिमालयको दक्षिणी माटोभन्दा तल झरेनन् । जुन गुरुङहरु दक्षिणी मैदानमा पुगे ति हिन्दू धर्मको प्रभावमा आए र जो त्यहाँ पुगेनन् तिनमा हिन्दर्ूधर्मको प्रभाव परेन । उनीहरुमा पहिले बोन धर्मको प्रभाव थियो भने आज बौद्ध धर्मको प्रभाव छ । दक्षिणबाट घुमेर गुरुङहरु हिन्दू भएर यहाँ आए भने उत्तरबाट सोझै आउनेहरु अहिन्दू नै रहे । सम्भवतः र्सवप्रथम दक्षिणबाट आउनेहरु चार हुल थिए र उत्तरमा रहेका अहिन्दू गुरुङहरु सोह्र हुलमा विभाजित थिए । आफ्नो पूर्बइतिहासको ज्ञानको अभावमा वा राज्य खडा गर्ने लोभको कारणले गर्दा यिनीहरु आपसमा लडे र त्यसैको कारणले गर्दा यिनीहरुमा चार जात र सोह्र जातको भेद उत्पन्न भयो । तर यो तर्क पनि निराधार छ । हुन त यस कथालाई निकै होसियारीका साथ रचेका रहेछन् । तर हामीले बझ्नु पर्ने तथ्य के हो भने यस कथा अनुसार त चारजात गुरुङहरु हिन्दू हुन र सोह्र जात गुरुङहरु बौद्ध धर्मावलम्बी हुन । जो सरासर गलत छ । खास कुरो के हो भने जो गुरुङहरु आफ्नो समाज देखि टाढा पुगे र हिन्दू समाजको नजिक रहे उनीहरुमा केही मात्रामा हिन्दू संस्कारले प्रवेश पायो जस्तै पुर्बी नेपालका गुरुङहरु । तर जो गुरुङहरु आफ्नो समाजमै रहे उनीहरुले आफ्नै संस्कार र संस्कृतिलाई हुर्काउँदै लगे र अहिन्दू नै रहे ।  यस कारण माथि उल्लेख गरिएको कथामा पनि दम छैन र यो कथा सरासर भ्रमको खेती हो भन्ने बुझिन्छ ।

अन्त्यमा यो भन्न सकिन्छ कि गुरुङ समाजमा व्याप्त चार र सोह्रजातसित सम्बन्धित भ्रम केहि पनि होइन मात्र केही अविवेकी गुरुङहरुको आफूलाई अन्य गुरुङहरु भन्दा उच्च र ईज्जतदार देखाउने प्रयास मात्र थियो । साथै गुरुङहरुमा विधमान मेलमिलापको भावनालाई खलल पुर्‍याउन चाहन्ोहरुको चलखेल थियो । जसमा शाहवंशीय राजाहरुको हिन्दूकरणको नीतिले आगोमा घ्यूको काम गर्‍यो । र केही समयको लागि भए पनि यस समस्याले गुरुङ समाजलाई आक्रान्त पार्‍यो । त्यसताकाका गुरुङ समाजमा यस प्रकारको प्रयास मात्र छणिक परिवर्तन थियो जो उनले आफ्नो वरिपरिका हिन्दू समाज बाट लिएका थिए । बिस्तारै गुरुङहरुमा फैलिएको सकरात्मक परिवर्तनले यस प्रकारको भ्रमलाई सजिलै चिर्न मदत गर्‍यो र फलस्वरुप आजको गुरुङ समाजमा यस प्रकारको विकृतीप्रति कुनै लगाव र रहर बाँकी रहेको पाइँदैन ।

अब बाँकी जिम्मा हामी युवा पुस्तामा छ, हामीले पनि हाम्रा पूर्खाले झनै यस प्रकारका गल्ती र भ्रमहरुबाट हाम्रो गुरुङ समाजलाई जोगाएर राख्नु पर्ने हुन्छ । हरेक अप्ठ्यारो स्थितिको सामना विवेकपूर्णढंगले गर्दै यो गुरुङ समाजलाई उन्नतितिर लैजानु नै हाम्रो कर्त्तव्य हो ।

तमुसमाज.कम बाट

Last Updated on Monday, 25 January 2016 14:17

Hits: 44148

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर