A+ A A-

नेपाली कहलाइन पर्वते हिन्दु बन्नुपर्ने ?

  सांस्कृतिक डोमिनेशनमािथ सम्पादक तथा आदिवासी नेता भूपेन्द्र चेम्जोगंको दुखेसो

 

 हिन्दू  नेपाली नारीहरुको चाड तीज सकिएकोछ । हिन्दु चाड दशै र तिहारको मुखमा छौं हामी ।  तीजलाई नेपालका  विग हाउस मिडियाहरुले अत्यन्तै चर्चामा ल्याए ।  सानातीना तीजका कार्यक्रमहरुमा समेत मंत्री महोदयहरु उपस्थिति भएर तीजको महिमागान गाए । सम्पूर्ण नेपाली महिलाहरुको एकमात्र तीज भनियो । यस्ता क्रियाकलापले नेपालका सत्ताधारीहरु पुनः धर्म सापेक्ष राज्यको लागि जनमत जुटाउन लागेका हुन् कि भन्ने संशय उत्पन्न गराएकोछ । सत्ताच्युत भएका पूर्वराजा ज्ञानेन्द्र आफू हिन्दू धर्ममार्फत सत्तामा छिर्ने प्रयास गरिरहँदा नेपाल सरकारले तीजलाई प्राथमिकताकासाथ सवै नेपाली नारीहरुको नाममा मनाइरहनु कागताली मात्र नहुन सक्छ ।
तीज वा दशैं जस्तै ल्होछार, चासोक तङनाम, भिन्तुना, रमजान वा अन्य चाडहरुलाई नेपालीहरुको महान् चाडको प्गरी गुथाएर  विग मिडियाहरुले वा नेपालका मंत्रीहरुले कहिल्यै   भनेका छैनन् । उनीहरुले किरातीहरुको चाड चासोक तङनाम, वौद्ध मार्गीहरुको चाड ल्होछार वा गुरुङ वा तामाङको ल्होछार भनेर अगाडि विशेषण झुण्ड्याउने गर्छन् ।  हामीकहाँ दुईवटा चाडमध्ये एक थरी चाडहरु नेपालीका र अर्का थरी चाडहरु जातीय चाडहरुको रुपमा परिभाषित छ । राज्य र मिडियाले यो राजनीतिक स्वार्थ अनुरुप प्रचारबाजी गरिरहेकोछ । विभेदको सृजना गरिरहेको यसलाई हिन्दू संस्कृतिको दवदवा मान्न सकिन्छ । भाषाको कुरामा पनि त्यही कुरा लागु हुन्छ । खस नेपाली भाषालाई नेपाली राष्ट्रिय भाषा र अन्य जातजातिका भाषाहरुलाई राष्ट्रभाषा भनिदै आएकोछ ।

 तीजको मौका छोपी यस्तो राजनीति बिश्वभर गरियो । कथित विग मीडिया हाउसहरुले आफ्ना वेवसाईटका टाउकामा ठूलठूला अक्षरले तीज चाडको भब्य प्रचार प्रसार गरे । सबै नेपालीले तीज पर्व अति उत्साह रभव्यर धुमधामका साथ मनाइयो भनेर जोड दिए । बिभिन्न जातजातिका महिलाले पनि मनाए भनेर ठूला  राग अलापियो । एक जातिको वर्चश्वमा रहेका  ति मिडियाले रमजानमा हिन्दुले पनि संगसंगै बसेर सेवइ खाए, ल्होसारमा बाहुनले बुद्ध बिहारमा गई बुद्धबचन सुने भनि लेख्नसक्छन् ? उनीहरु यसर्थ लेख्दैनन् किनकी उनीहरु स्पस्ट मिसनका साथ यो सब गरिरहेकाछन् । अरुको संस्कृति मेटाए मात्र आफ्नो संस्कृति र धर्मप्रचार हुन्छ भन्ने मन्त्रणा घोकेका यी मिसनरहरुले कुटिलतापूर्वक यस्तो गरिरहेकाछन् । विडम्वना के छ भने आफूलाई जनजाति आदिवासीका नेता हुँ भन्नेहरुले अझै यस्तो राजनीति बुझ्न सकेका छैनन् । त्यस्तो राजनीति निर्देशित प्रचारबाजीले दिक्षित भएकाहरुले  भूभलूलैया श्रृजना गरिरहेकाछन् । यसपाली हंगकंगमा पनि त्यस्तै भयो । हंगकंगका आदिवासी जनजाति भनिने केही लेखकहरु समेतले तीजपर्वलाई नेपाली चाडको रुपमा स्थापित गर्न र हिन्दू धर्म नेपाली आदिवासी नारीहरुको गहनाको रुपमा प्रस्तुत गरेर साँस्कृतिक स्लोप्वाइजनको रुपमा तिनका मगजमा घुसाउन प्रयत्न गरे, कतिले वुझेर कतिले नवुझेर ।


     नमोवुद्ध आमा समूहले तीज पर्वको आयोजना गर्यो  र सो संस्थाका अध्यक्ष तीजमेलामा प्रमुख अतिथि भइन । त्यस्तै यसवर्षको आदिवासी चेली घोषित चेलीले तीजपर्वमा संचालकको भूमिका निभाइन् । नेपाली आदवासी जनजाति महासंघका उपाध्यक्ष महोदय वागलुङग समाजको तीज मेलामा प्रमुख अतिथि भए । नमोवुद्ध आमा समूह नामैले वौद्ध धर्म अन्तरगतको संस्था हो । यसको वौद्ध गुम्वामा वुद्धको पूजा आजा हुन्छ । यस संस्थाको उद्देश्य वुद्ध धर्मलाई परिस्कृत गर्नु र गौतम वुद्धको सन्देश विश्वभरि फैलाउनु हो । हिन्दू धर्मको प्रचार प्रसार गर्नु र आदिवासी महिलाहरुमा हिन्दू धर्म प्रचार गर्नु  होइन ।

 
त्यस्तै हंगकंग स्थित नेपाली आदिवासी चेलीहरु मध्ये उत्कृष्टलाई दिइने सर्वोच्च सम्मानलाई पनि महिमामन्डित गनर्ज काम गरियो । आदिवासी चेलीले आदिवासीहरुको चाडलाई वढाउनुको सट्टा हिन्दू नारीहरुको चाडलाई नेपाली सवै नारीहरुको चाड भन्दै आदिवासी चेलीहरुमा हिन्दू धर्मको मोह फैलाउने सहयोग गर्न हुन्छ कि हुन्न ? नेपाली आदिवासी जनजाति महासंघद्धारा सम्मान गरिएका आदिवासी चेलीहरुले महासंघको कुनै अनुसाशनको पालना गर्नु पर्देन ?


हङकङमा हुने गरेका मिस नेपाल हंगकंग, मिस पर्ल, ट्यालेन्ट हन्ट जस्ता विजेताहरुले त सामान्य रुपमा एक वर्षसम्म केही न केही नियम पालन गर्नुपर्ने हुन्छ । कुनै त्यस्ता विवादास्पद कार्यक्रमहरुको उपस्थितिमा सम्वन्धित संस्थाको अनुमति लिनुपर्ने हुन्छ । हाम्रा आदिवासी चेली कल्पना तुम्व्रोकले आदिवासी जनजाति महासंघवाट अनुमति लिइन कि लिइनन् ? आदिवासीहरुले हिन्दूहरु वा अन्य कुनै धर्मावलम्वीहरुको चाडपर्वहरुमा उपस्थित हुनु हुँदैन भन्न खोजिएको  होइन । ती संस्थाहरुमा उपस्थित भएर पाहुनाको रुपमा रमाइलो गर्नु धार्मिक सहिष्णुताको अति उच्च नमुना हुन सक्छ । तर यहाँ भन्न खोजिएको यति मात्र हो, आफू त्यो धर्मावलम्वी नभएकोले त्यस चाडको आयोजक हुनु वा अन्य धर्महरुलाई प्रचार प्रसार गर्ने कार्य किन गरिरहेका छौ ,जानेर वा अन्जानवस भन्ने प्रश्न मात्र प्रमुख कुरा हो । यसले बिश्वमा अरु समूदायले बुझ्दा नेपाली को चाड तीज, दशै, तिहारको रुपमा बुझ्छ, स्वाभाविक छ त्यसले निश्चित जातिलाई बिश्वमा प्रतिष्ठापित गनर्ज काम गर्दछ । एउटा जातिको धर्म संस्कृति र भाषाको फैलावट हुनु र अन्य समूदायका धर्म संस्कृति , भाषा मर्ने कारण नै त्यहि हो । यो कुरा बुझिएकोछैन ।


  आफूलाई स्वतन्त्र भन्ने संस्था मोना, फियोना तथा वागलुङ समाज जस्ता आदिवासी जनजातिहरुको वाहुल्य रहेको संस्थाहरुले तीज पर्वलाई सम्पूर्ण नेपाली नारीहरुको पर्वको रुपमा स्थापित गर्नु खोज्नु आफ्नो पहिचान आफै गुमाउन सहयोग गर्नु हो भन्ने कुरा यहाँ स्मरण गराइन जरुरी छ । फेरि ती संस्थाहरुले तीज तथा दशै तिहार वाहेक अन्य आदिवासीजन्य नेपाली पर्वहरुको आयोजन गरेको पनि देखिएको छैन । त्यसो भए अव ती संस्थाहरुलाई हामीले कसरी वुझ्ने ? आज नेपाल राज्यले समेत जात जाति तथा धर्मका चाडपर्वहरुलाई मान्यता दिदै धमाधम ती जाति या धर्मावलम्वीहरुलाई ती दिनहरुमा राष्ट्रिय विदा घोषणा गर्न लागेको अवस्थामा विदेशमा चाहि के नेपाली संस्कृति भन्नाले हिन्दू संस्कृति वाहेक अरु संस्कृति होइन भन्ने स्थापित गर्न खोजिएकोछ । त्यसमा ९८ प्रतिशत नेपाली आदिवासी वसोवास गर्ने हंगकंगमा हिन्दू चाड वाहेक अन्य नेपाली चाड मनाउन यस्तो तदारुकता  किन देखाइदैन ? एउटा हातले ताली बजाउने असहिष्णुताका योजनाकारहरुले यसको जवाफ दिनैपर्छ । आज पृथ्वीनारायणकै सोचाइमा हिन्दू चाडहरुलाई विदेशमा स्थापित गर्न खोजिदैछ । एकताको छाला ओडेर हिन्दू संस्कृति नेपाली संस्कृतिको नाममा उभ्याइन खोजिदैछ  । यो अत्यन्दै दुखदायी हो ।  वर्षौदेखि नेपाली राष्ट्रिय चाडको रुपमा स्थापित गराइएका दशै  तिहार जस्ता तत्कालीन महापर्वहरु समेत आदिवासीहरुको निम्ति धार्मिक चाडको दर्जामा ओर्लिसकेकाछन् । यस्तो परिप्रेक्ष्यमा हंगकंगमा पहिले कहिल्यै नभएको हिन्दू चाड तीजलाई सवै नेपालीहरुको परिचय वोकाउन किन लागि परेकाछौ यही मूल प्रश्न मात्र यहाँ उठाउन खोजिएकोहो  । यो अन्य समूदायलाई सानो देखाएर आफु महान  बन्न खोजिएको हो भने त्यसले द्धन्द्ध बाहेक केहि निम्त्याउनेछैन ।


   ३६४ दिनसम्म महिलालाई घरको चौघेरामा राखेर दमन चलाउने हैकमी  परम्परागत हिन्दु पुरुषले एक दिन आफुलाई मनमा लागेको कुरा संगीहरुसंग साटासाट गनर्ज अर्थात दुखेसो पोख्न श्रीमतीलाई दिएको छुट नै कालान्तरमा तीजको रुपमा स्थापित भयो । आदिवासी नारीहरु परापूर्व काल देखि नै वेहुला रोज्न स्वतन्त्र छन् । आदिवासी वुहारीले सासु ससुरा वा श्रीमान्संग चित्त नवुझेको कुरा तुरुन्तै जवाफ दिन मिल्ने हुनाले विलौना पोख्नको लागि तीज पर्खनै पर्दैन । महिला डोमिनेटेड जनजाति समाजमा बिद्रोहको प्रतिक रातो सारी, चुरा, टीका वा पोते अनिवार्य हुँदैन । बिद्रोह त जो माथि उत्पिडन भएकोछ उसले पो हो गनर्जे । तर तीजमा देखा सिखी गर्दै रातो साडी अनि चुरा पोते र सिन्दूरको चलनले जनजाति समूदायभित्र भविष्यमा त्यही संस्कृति स्थापित भएर उनीहरुको वास्तविक संस्कृति धरासायी हुने धेरै सम्भावना रहन्छ र आज टाठाबाठाहरु यही चाहन्छन् । यसले स्वतन्त्र रहेका जनजाति चेलीहरु पनि घुमाईफिराई पुरुष दमनको स्वाद चाख्न चाहेको देखिन्छ ।  यो घातक छ ।


 तसर्थ चाड पर्व आयोजना हुँदा आफ्नो पहिचान खोज्नु जरुरी छ । तीज पर्व , दशैं तिहार, इद , उधौली, चासोक, ल्होछार वा माघे संक्रान्ति वा छठ पर्व सवै नेपालीका चाडहरु हुन् सवैले स्वेच्छाले मनाउन पाउनु पर्दछ र रमाउनु पाउनु पर्दछ तर कुन चाड कुन जाति वा विशेष धर्मको पहिचानहो भन्ने कुरालाई भुल्न हुन्न । किनभने नेपाली भन्ने राष्ट्रियता एक सिंगो जाति मात्र होइन । यहाँका संघसंस्थाहरुले यो यथार्थ बिर्सन हुदैन ।

 -आदिवासी जनजाति महासंघ हंगकंगका निवर्तमान अध्यक्ष भूपेन्द्र चेम्जोङ सनराइज साप्ताहिकका सम्पादक पनि हुन् ।

Last Updated on Monday, 27 September 2010 18:48

Hits: 1115

प्रभुत्ववादी सत्ता बचाउने समाबेशी अस्त्र (प्रसंगवश)

लोकसेवा आयोगमा महिलाको उतिर्ण संख्यामा वृद्धि  सकारात्मक देखिएतापनि विविधतालाई अझै स्विकार्न सकेको देखिएन ।

-   गंगा खासु

Last Updated on Wednesday, 23 March 2011 11:24

Hits: 1664

हार्दिक श्रध्दाञ्जलि - गोरे बहादुर खपांगी